मोहिनीअट्टम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मोहिनीअट्टम (जसलाई मोहिनीयट्टम पनि भनिन्छ) दक्षिण भारतीय शैलीको भारतका केरल प्रान्तको एक शास्त्रीय नृत्य हो। यस मोहक नृत्यलाई नृत्यांगनाहरु एकल रूपमा प्रस्तुत गर्दछ। मोहिनीअट्टम शब्द दुई शब्दहरु "मोहिनी" अर्थात मोह लिने "अट्टम" अथवा 'मादक मुद्राहरु'लाई मिलाएर बनाएको छ।

यस शास्त्रीय नृत्यमा दक्षिणको दुई अत्यन्त सुन्दर नृत्य शैली भरतनाट्यमकथकलीको सुन्दर संगम हेर्नेलाई मिल्दछ। यस नृत्यमा पहने जाने परिधान साडीका किनारहरुमा सुनौलो जडी लागेको हुन्छ। नृत्यका समय हस्त लक्षणदीपिकामा वर्णित पदहरुका मुद्राहरुका अनुसार नृत्य हुन्छ।

नृत्यका समय एक गायक हुन्छ चोल्लका अनुसार पदहरुलाई गाइरहन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

"म र सरकारी जागीर"== कसैले भनेको कुरा सम्झने उमेरको हुँदो हो मेरो । मेरी आमाले विहानीको डाँकसँगै भन्नुहुन्थ्यो छोरा तैले सरकारी जागीर खानुपर्छ । बाबुआमाको मन सधै छोराछोरीमाथि भनेझै उहाँले मलाई उहाँकै रहर अनुसार उहाँको गक्षअनुसार राम्रो सरकारी स्कूलमा भर्ना गरिदिनुभयो । म पनि आमाको सपना साकार पार्नै भनेर कसीएर पढ्न थाले । S.L.C.राम्रै नतीजा ल्याएर पास गरेँ । अब त्यहाँभन्दा माथि पढाउन सक्ने घरको औकात थिएन । त्यसैले S.L.C.दिनासाथ मैले पढेकै विद्यालयमा बिहान बेलुका ट्युशन पढाउन थाले । मैले कक्षा ११/१२ मा पढ्ने भनेको आफ्नै स्कूलमा उपलब्धहुने विषय पढ्नुपर्ने बाध्याता थियो । मनले भन्थ्यो, ईन्जिनियर बन । तर यो महत्वकांक्षा मेरो लागि हावालाई मुक्का हान्नु जस्तै थियो । त्यसैले मैले गणित विषय लिएर Education Faculty मा पढ्न थाले । आफुपढ्दै पढाउँदै गर्दा लगभग ९ बर्ष विताएँ । त्यसबेलासम्म मेरो एकसरो विश्वविद्यालयको पढाइ सकिसकेको थियो । त्यस दौरानसम्म कहिले बोर्डीङ स्कूल त कहिले निजीश्रोतमा सामुदायिक स्कूलमा पढाएर विते । आमाको सपना सरकारी जागीर खानुपर्छ । मैले देखेको सरकारी जागीर केवल शिक्षण पेशामात्र हो । सायद ९ बर्ष शिक्षण पेशामै जीवन विताएर होला । तर त्यसबेलासम्म शिक्षक सेवा आयोगले विज्ञापन गर्ने कुनै छेकछन्द देखिदैनथ्यो । मनले अब विकल्पको सरकारी जागीर खोजीगर्न थाल्यो । गोरखापत्रले प्रत्येक बुधबार लोकसेवाको सूचना लेख्छ भन्ने कुरा त्रिभुवन विश्वविद्यालयको परीक्षा दिन जाँदा छेऊछाउको साथीहरुले कुरा गरेको सुनेको थिएँ । अब मैले पनि गोरखापत्रको बुधबारको लोकसेवाको सूचना खोजी खोजी पढ्न थालेँ । नभन्दै खरिदारमा १२ जना मागेको विज्ञापन देखियो । योग्याता चाहि S.L.C.को । पढाइ विश्वविद्यालयको । दिऊँ कि नदिउँ परीक्षा भनेर केहि दिन दोधारमा परेँ । तर पनि आमाले सरकारी जागीर खानुपर्छ है बाबु भनेर म तीन कक्षामा छदै मबाट सधैको लागि विदाइ भएको कुराको याद आयो । अनि मैले खरिदारको परीक्षा दिएँ । नभन्दै पास गरेँ । अनि पोष्टिङगर्दा चाहि गोश्वारा हुलाक सुन्धारामा भएँ । त्यसपछि सरकारी जागीरेहरु,ठूलाबडा पदका व्यक्तित्वहरुसँग मेरो चिनजान हुन थाल्यो । संगतले भनौ या आमाको आशिर्वाद अनि मनको उत्कट ईच्छा सबैको संगमले मैले खरिदार भएको पाँचै महिनामै रा.प.तृ ,गणित प्रशिक्षक(Instructor)को लोकसेवा आयोगको परीक्षा पास गरेँ ।


सरकारी जागीरको मनको घण्टी अनि आमाको सपना अब चाहि पूरा गरेको जस्तो लाग्यो । तर यो सरकारी जागीर अब मैले राम्ररी चिन्न थालेँ । पदस्थापनदेखि नै राजनीतिक वडाहरुको फोनको भरमा कसलाई कहाँ पोष्टिङ गर्ने भनेर निर्णय हुँदो रहेछ । सरुवा बढुवाको लागि त के कुरा । मसँगै नाम निकाल्ने अरु १४ जना साथीहरु पनि थिएँ । कोही कतै । कोही कतै आफ्नो बलबर्गतले पदस्थापन भएँ । मलाई भने कोही जान नमानेको,सबैले छाडेको धनुषाजिल्लामा पोष्टिङ गरियो । निजामती सेवाका कर्मचारीलीले हिमाल, पहाड, तराई सबै ठाउँको अनुभव त लिनु पर्छ । यसमानेमा म सोह्रैआना सहमत । तर यहाँ चाप्लुसी,गुलामी र political approach पुगेको आँडमा सिंहदरबारलाई फेरिलगाउनेहरुको जमात देखिन थाल्यो । विदेश जाने उनकै मान्छे । आकर्षक अड्डामा विराजमान हुने उनकै मान्छे । जो बढी जोखिमपूर्ण ठाउँमा सेवा अवधि विताएको छ,उसलाई सुगम ठाउँमा ल्याउने कहिकतैबाट पहल गरेको पनि देखिन मैले । सरकारी जागिर खाएको २ बर्ष भयो । तर यस अवधिमा थुप्रै निजामती रङ्गकर्मीहरुको रङमञ्चहरु देख्न पाईयो । सँगै पोष्टिङ भएको साथी विदेशजानको लागि मनोनयनमा पर्यो रे भन्ने पनि सुन्दैछु । लेखापाल र हाकिम मिले कार्यालयको काम फत्ते हुने । पुराना सबै जान्ने । नेपाल सरकारले हजारौ प्रतिस्पर्धीबाट छनोट गरी पठाएको नयाँ मान्छे केही नजान्ने ......आदि आदि । यो सरकारी जागीरको भूलभूलैया । सोचेजस्तो रहिन्छ । बाहिरबाट अन्यपेशाकर्मीले देखे भन्दा फरक । सोचेभन्दा फरक । Lukewarm हरुको जमात । लालफित्ताशाही । भेगीएवाद , फरियावाद, नातावाद,क्रिपावाद.......जुन जुन उपमा दिए पनि पच्ने । ऐन,कानुन ,नीति ,नियम पनि आफ्नो Favor मा बन्ने कति अनौठो कुरा । सरकारी जागीरलाई सीमित वर्गको मात्रै पेवा अनि रजाइँ गर्ने ठाउँ यसरी नै बनाईदै गईन्छ भने सक्षम,दक्ष युवा जनशक्ति विदेशीने निश्चित छ । कालान्तरमा मेरो देश डाँकू बस्ने ओडार नबन्ला भन्न सकिदैन । त्यसैले जो राष्ट्रसेवक हुँ भनी आफ्नो सेवा क्षेत्रमा विराजमान हुनुहुन्छ । उहाँहरुले पहिला आफ्नो जिम्मेवारी,काम, कर्तव्य,अधिकार अनि मात्र अन्य अन्य मा ध्यानाकर्षण गर्नुपर्ने अपरिहार्य आवश्यक देखिन्छ । नत्र मेरो आमाले देख्नुको भएको सरकारी जागीरको भविष्य र तपाई मैले लिएको सरकारी जागीर खाने जीवनको लक्ष्य केवल भोलिका दिनमा एकादेशको कथा जस्तो मात्र हुने निश्चित छ । हाम्रो नेपालमा ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]