आसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

३ आसनः (सुखपूर्वक लामोसमयसम्म स्थीर भएर बस्ने अभ्यास) अष्टाङ्ग योगको तेश्रो अङ्ग आसन हो । व्यायामको रूपमा देखिने यो पद्घति संसारमा चलन चल्तीका रूपमा रहेका अन्य व्यायाम प्रकृया भन्दा फरक छ । संसारका अन्य व्यायाम पद्घतिहरूले शरीरका मांसपेशीहरूको वृद्धि र विकासमा मात्रै बढी ध्यान केन्द्रित गरेका छन् । तर अष्टाङ्ग योगका आसनहरूको उद्येश्य शरीरमा भएका प्रत्येक नस, नाडी मांसपेशी, भित्री अङ्ग रजोर्नीहरु लाई लचिलो बनाई शरीरलाई स्वच्छ र रोग मुक्त राख्नमा सहयोग पुयाउनु हो । जसरी भिजेको कपडालाई निचोरेर त्यस भित्रको सबै मल र अशुद्धि निष्काशन गरिन्छ | त्यसरीनै योगाशनहरूको अभ्यासले शरीरगत मल वा रोगको सफाई हुन्छ । शरीर स्वच्छ भएमात्रै मन स्वच्छ हुन्छ, जवसम्म मन स्वच्छ हुदैन, तवसम्म यसलाई कुनै एक ध्येय वा शून्यमा केन्द्रित गर्न सकिदैन । जवसम्म मन कुनै एक ध्येयमा केन्द्रित हुँदैन | तव सम्म योग हुँदैनअथवा यसबाट कुनै विशिष्ट उपलब्धी प्राप्त गर्न सकिदैन । शास्त्रमा भनिएको छ : मन एव मनुस्याणां कारणं बन्ध मोक्षयो । अर्थात बन्धन् या मुक्तिको कारक तत्व भनेको पनि यही मन हो । मन अशुद्धध,अशान्त भए संसारका समस्त भौतिक सुखभोग उपलब्ध गराइए पनि मानसिक सुख मिल्न सक्दैन । अथवा उ सुखको अनुभूति गर्न सक्दैन । त्यसैले यसको परिष्कार र परिमार्जन अत्यावश्यक छ । शरीरको स्थिति, मनको एकाग्रता, र स्वाश–प्रश्वासको लय लयबद्धता मेलबाट मात्रै आसनपूर्ण हुन्छ । यी तीनको मेलले शरीर, मन र प्राण निर्मल हुन्छ । रोग शोक र पीडा एकैपटक समाप्त हुन्छ र पूर्णस्वाथ्य प्राप्त गर्न सकिन्छ । महर्षि पतञ्जली लेख्नुहुन्छ ः–प्रयत्नशैथिल्यानन्त समापत्तिभ्याम । (प.योगदर्शन) अर्थात ः– शिथिलताको प्रयत्न र अनन्तमा मन लगाइ राख्नाले आशन सिद्ध हुन्छ । यो उपलब्धि संसारका अन्य व्यायाम पद्धतिबाट पाइँदैन । हाल योगको रूपमा संसारभर सर्वत्र अभ्यास गरिने यिनै योगका ८४ आसनहरु हुन् । योगका आसनहरूको अ भ्यास गर्दा पेट पूर्ण खाली हुनु पर्दछ । कुन रोगीले कुन प्रकारका आसन गर्नुहुदैन , यसको पूर्ण जानकारी राख्नु पर्दछ । विशेष गरेर विहानको शौच पछि योगाशन गर्ने उत्तम समय हो । योसाशनले मानिसलाई मन, वचन र कर्म स्वच्छ रहन सहयोग पुग्छ ।

"https://ne.wikipedia.org/w/index.php?title=आसन&oldid=917850" बाट अनुप्रेषित