सन्न्यास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विवेकानन्द (1894) एक सन्यासी थिए

सन्यास

सनातन धर्ममा जीवनका चार भाग ( आश्रम ) छन् - ब्रह्मचर्य आश्रम, गृहस्थ आश्रम, वानप्रस्थ आश्रम र सन्यास आश्रम । संन्यास आश्रमको उद्देश्य मोक्ष प्राप्ति हो। सन्यास भनेको सांसारिक बन्धनबाट मुक्त हुनु र निस्वार्थ भावले भगवानलाई निरन्तर याद गर्नु हो। संन्यासलाई शास्त्रमा जीवनको सर्वोच्च अवस्था भनिएको छ।

संन्यास व्रत गर्नेलाई सन्यासी भनिन्छ। सन्यासीहरू यस संसारमा रहँदा निर्लिप्त रहन्छन् अर्थात् ब्रह्मचिन्तनमा लीन भई भौतिक आवश्यकताहरूप्रति उदासीन रहन्छन्।

अन्तर्राष्ट्रिय जगतगुरु दशनाम गुसाई गोस्वामी एकता अखाडा परिषद्लाई गृहस्थको सबैभन्दा ठूलो अखाडा मानिन्छ।