कंस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्ण द्वारा कंशको वध

कंश अथवा कंस हिन्दू पौराणिक कथा अनुसार यदुकुलका एक राजा थिए । कंशको राजधानी मथुरा थियो । कंश भगवान कृष्णकी माता देवकीको भाइ थियो । कंसलाई प्रारम्भिक स्रोतहरूमा मानव भनिए पनि पुराणहरूमा एक राक्षसको रूपमा वर्णन गरिएको छ । कंसको जन्म राजा उग्रसेन तथा रानी पद्मावतीको घरमा भएको थियो । कंशले आफ्ना विश्वासी मित्रहरू बाणासुरनरकासुरको सल्लाह अनुसार आफ्ना पितालाई अपदस्थ गरेर आफै मथुराको राजा बनेको थियो ।[१] कंसले मगधका राजा जरासन्धकी दुईटी छोरीहरू अस्थी र प्रिप्तीलाई विवाह गरेको थियो ।

एक दिन देवकीको आठौँ पुत्रले उसलाई मार्नेछ भन्ने आकाशवाणी भयो । आकाशवाणी सुनेर कंसले देवकी र देवकीका पति मार डालेगा। वसुदेवलाई जेलमा राख्यो । पहिलेका छ वटा देवकीका सबै सन्तानलाई कंशले जन्मेकै समयमा मारेको थियो । सातौँ गर्भका बलराम बचेका थिए ।[२] देवकीका आठौँ सन्तान भगवान विष्णुका अवतार कृष्णलाई गोकुलमा लगेर गोपालका मुखिया नन्दले पालेका थिए । कृष्णलाई मार्नको लागि कंशले कैयों राक्षसहरूला गोकुलमा पठायो । तर कृष्णले कंशका सबै योद्धाहरूलाई गोकुलमा नै मारेका थिए । अन्तमा कृष्णलाई मार्ने विचारले कंशले उनलाई मथुरा बोलायो । कृष्णले मथुरामा गएर कंशलाई मारी आफ्ना आमाबुवालाई कारावासबाट मुक्त गरेका थिए ।

लोकप्रिय संस्कृतिमा[सम्पादन गर्नुहोस्]

कुनै अत्याचारी या कष्ट दिने मामालाई कंस मामा भनिन्छ ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=कंस&oldid=896941" बाट अनुप्रेषित