देवकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्ण र बलरामको माता-पितासँग मिलन राजा रवि वर्माको कलाकृति

देवकी महाभारत कालमा मथुराका राजा उग्रसेनका भाइ देवककी कन्या थिईन् । उनी भगवान श्रीकृष्णबलरामकी माता थिईन् । देवकीलाई अदितिको अवतार भनिएको छ । एक भनाईका अनुसार देवकीको पूर्जन्म पृष्णिका रूपमा भयो र त्यस जन्ममा उन विवाह राजा सुतपससँग भएको थियो ।[१]

देवकीको रूपमा उनको विवाह वसुदेव सँग भएको थियो । उग्रसेनको क्रूर छोरा कंसले देवकीको आठौँ सन्तानको हातबाट आफ्नो मृत्यु हुने आकाशवाणी सुनेपछि देवकी र वसुदेवलाई कारागारमा थुनेर राखेको थियो । कंसले देवकीका छ वटा सन्तानलाई जन्मेकै समयमा मारेको थियो । बलराम देवकीका सातौँ सन्तान थिए । आठौँ पुत्र भगवान विष्णुका अवतार कृष्ण जन्मेकै समयमा वसुदेवले गोकुलमा लगेर नन्दका घरमा छोडेर आएका थिए । नन्द तथा नन्दकी पत्नी यशोदाले बालक कृष्ण र बलरामको पालन पोषण गरेर हुर्काए । कृष्णलाई गोकुलमा छोडेर फर्कने बेलामा वसुदेवले यशोदाकी कन्या महामायालाई ल्याएर आए । बालक रुपी महामायालाई देखेर कंसले उनलाई मार्नको लागि हातमा उठाएर जमिनमा पट्कन लागेकै बेला उडेर आकाशमा गईन् र कंशलाई तेरो मृत्युले गोकुलमा जन्म लिएको भने पछि कंशले देवकीको आठौँ सन्तान गायब भएको थाह पायो । यो कुरा थाह पाए पछि कंशले वसुदेव र देवकीलाई कारागारबाट मुक्त गरेको थियो । त्यस पछि उनीहरू मथुरामा बस्न थाले । वसुदेवकी अर्की पत्नी रोहणीबाट सुभद्रा नामकी एक कन्या थिईन् । सुभद्राको विवाह अर्जुनसँग भएको थियो । अभिमन्यु सुभद्रा तथा अर्जुनका छोरा हुन् ।[२]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://www.mythfolklore.net/india/encyclopedia/devaki.htm
  2. सुकसागर