आर्यभट्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आर्यभट
आर्यभट्ट

आर्यभट्ट (४७६-५५०) प्राचीन भारतका एक महान ज्योतिषविद्गणितज्ञ थिए। उनले आर्यभटीय ग्रंथको रचना गरे जसमा ज्योतिषशास्त्रका अनेक सिद्धांतहरु प्रतिपादन गरिएकाछन्। यस ग्रंथमा उनले आफ्नो जन्मस्थान कुसुमपुर र जन्मेको साल शक संवत् ३९८ लेखेकाछन्। बिहारमा वर्तमान पटनाको प्राचीन नाम कुसुमपुर थियो तर आर्यभटको कुसुमपुर भनें दक्षिणमा थियो।

एउटा अर्को मान्यतानुसार उनको जन्म महाराष्ट्रको अश्मक देशमा भएको थियो। उनको वैज्ञानिक कार्यहरूको समादर राजधानीमा नैं हुनसक्थ्यो। यसकारण उनले लामो यात्रा गरी आधुनिक पटनाको छेउको कुसुमपुरमा बसेर आफ्ना रचनाहरु पूरा गरेका थिए।

कृतिहरु[सम्पादन गर्नुहोस्]

  1. दशगीतिका
  2. आर्यभटीय
  3. आर्यभट सिद्धान्त
  4. तन्त्र

आर्यभटको योगदान[सम्पादन गर्नुहोस्]

π को अन्दाजी मान[सम्पादन गर्नुहोस्]

आर्यभटले पाई () अपरिमेय सङ्ख्या हो भन्ने कुराको ज्ञान थाहा पाए । आर्यभटीयम् (गणित) को दोश्रो भागमा लेखिएको छ:

चतुराधिकं शतमष्टगुणं द्वाषष्टिस्तथा सहस्राणाम्।
अयुतद्वयस्य विष्कम्भस्यासन्नो वृत्तपरिणाहः॥
१०० मा चार जोडेर, आठले गुणा गरेर ६२००० जोडौ। यो नियमले २०००० परिधिको एक वृत्तको व्यास थाहा पाउन सकिन्छ ।
(१०० + ४) * ८ + ६२०००/२०००० = ३.१४१६

यो अनुसार व्यास र परिधिको अनुपात ((४ + १००) × ८ + ६२०००) / २०००० = ३.१४१६ हुन्छ, जुन पाँच महत्त्वपूर्ण आंकडों सम्म बिलकुल सटिक छ।[१][१][२]

बीजगणित[सम्पादन गर्नुहोस्]

आर्यभटीय मा आर्यभटले वर्गघन को श्रेणीको रोचक परिणाम पत्ता लगाए।[३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ How Aryabhata got the earth's circumference right वेब्याक मेसिन अभिलेखिकरण १५ जनवरी २०१७ मिति
  2. Indian Mathematics and Astronomy: Some Landmarks, (१९९४/१९९८), S. Balachandra Rao, Jnana Deep Publications, आइएसबिएन 81-7371-205-0  |address= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. Boyer, Carl B. (१९९१), "The Mathematics of the Hindus", A History of Mathematics (Second संस्करण), John Wiley & Sons, Inc., पृ: २०७, आइएसबिएन 0471543977, "He gave more elegant rules for the sum of the squares and cubes of an initial segment of the positive integers. The sixth part of the product of three quantities consisting of the number of terms, the number of terms plus one, and twice the number of terms plus one is the sum of the squares. The square of the sum of the series is the sum of the cubes."