सामग्रीमा जानुहोस्

सत्येन्द्र नाथ बोस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सत्येन्द्र नाथ बोस
Satyendra Nath Bose
जन्म01 जनवरी 1894
कलकत्ता, भारत
आवासभारत
राष्ट्रीयताभारतीय
क्षेत्रभौतिकी, बांग्ला साहित्य,
संस्थानप्रेसिडेंसी कालेज, कोलकाता
शिक्षाकलकत्ता विश्वविद्यालय

सत्येन्द्र नाथ बोस (१८९४-१९७४) गणितज्ञभौतिक शास्त्री थिए। भौतिक शास्त्रमा दुई प्रकारका अणुहरूमा बर्गिकरण गरिदै आएको छ - बोसानफर्मियान। यस मध्येको बोसान सत्येन्द्र नाथ बोसकै नाममा राखिएको हो।

सत्येन्द्रनाथ बोसको जन्म १ जनवरी १८९४मा कोलकातामा भएको थियो। उनको प्रारम्भिक शिक्षा उनकै घर नजीकै रहेको साधारण स्कूलमा भएको थियो। तत् पश्चात उनी न्यू इण्डियन स्कूल र पछि हिंदू स्कूलमा भर्ना गराइयो। विद्यालयीय शिक्षा पूरा गरेर सत्येन्द्रनाथ बोसले कोलकाताको प्रसिद्ध प्रेसीडेंसी कॉलेजमा प्रवेश गरे। उनी अफ्नो सबै परीक्षाहरूमा सर्वाधिक अङ्क पउदै रहे र उनलाई सर्व प्रथम स्थान मिल्दै रहयो। उनको प्रतिभा देखेर त्यसबेला मनिसहरूले भन्थे कि उनी एक दिन पियरे साइमन, लेप्लास र आगस्टीन लुई काउथी जस्ता गणितज्ञ बन्नेछन्।

सत्येन्द्रनाथ बोसले सन्‌ १९१५ मा गणितमा एम.एस्सी. परीक्षा प्रथम श्रेणीमा सर्वप्रथम भएर उत्तीर्ण गरे। उनको प्रतिभा देखी प्रभावित भएर सर आशुतोष मुखर्जीले उनलाई प्राध्यापकको पदमा नियुक्त गरिदिए। त्यस समयमा भौतिक विज्ञानमा नयाँ-नयाँ खोजेहरू भइरहेका थिए। जर्मन भौतिकशास्त्री म्याक्स प्लाङ्कले क्वांटम सिद्धान्तको प्रतिपादन गरेका थिए। यसको अर्थ यो थियो कि शक्ति(Energy) सुक्ष्मातिसुक्षम हिस्साहरूबाट बनेको हुन्छ। जर्मनीमा पनि अल्बर्ट आइन्स्टाइनले "सापेक्षताको सिद्धान्त" प्रतिपादन गरेका थिए। सत्येन्द्रनाथ बोस यी सब खोजोहरूको अध्ययन गरिरहेका थिए। बोस तथा आइन्स्टाइनले मलेर बोस-आइंस्टीन स्टैटिस्टिक्सको खोज गरे।

उनले एक लेख लेखे- "प्लाङ्क्स ल एण्ड लाईट क्वान्टम" जसलाई भारतमा कुनै पनि पत्रिकाले छापेन त्यो सत्येन्द्रनाथले सीधै आइन्स्टाइन समक्ष पठाए।प उनले त्यसको अनुवाद जर्मनीमा स्वयंले गरिदिए र प्रकाशित गरी दिए। यसबाट सत्येन्द्रनाथले धेरै प्रसिद्धि पाए । उनले यूरोपको यात्राको बेला आइन्स्टाइनसँग भेट पनि गरे । सन्‌ १९२६मा सत्येन्द्रनाथ बोस भारत फर्किए र ढाका विश्वविद्यालयमा १९५० सम्म काम गरे। पछि शान्तिनिकेतनमा विश्व भारती विश्वविद्यालयको कुलपति बने। उनको निधन ४ फेब्रुअरी, १९७४मा भयो । आफ्नो वैज्ञानिक योगदानको लागि उनी चीर स्मरणीय रहनेछन्।

बाहिरी स्रोतहरू

[सम्पादन गर्नुहोस्]