सामग्रीमा जानुहोस्

अल्बर्ट आइन्स्टाइन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यस पाठका केही श्रोतहरु वार्तालापमा राखिएको छ । यसलाई परिमार्जित गरी वा अङ्ग्रेजीबाट उल्था गरी मुख्य लेखमा सार्न सकिन्छ ।

आइन्स्टाइन

अल्बर्ट आइन्स्टाइन [] (१४ मार्च १८७९ - १८ अप्रिल १९५५) जर्मन-मूलका एक सैद्धान्तिक भौतिकशास्त्री थिए जो सापेक्षताको सिद्धान्त विकासका लागि प्रसिद्ध थिए। आइन्स्टाइनले क्वान्टम सिद्धान्तमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याए। [][] उनको पिण्ड-ऊर्जा समतुल्यता सूत्र E = mc2, जुन विशेष सापेक्षताबाट उत्पन्न , लाई "विश्वको सबैभन्दा प्रसिद्ध समीकरण" भनिन्छ।[] उनले "सैद्धान्तिक भौतिकशास्त्रमा उनको सेवा र विशेष गरी प्रकाशको विद्युतीय प्रभावको नियमको खोजको लागि" १९२१ मा भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गरे। []

आइन्स्टाइनले सापेक्षता को विशेष र सामान्य सिद्धान्तसहित धेरै योगदान दिए । उनको अन्य योगदानहरु मा- सापेक्ष ब्रह्माण्ड, केशिकीय गति, क्रान्तिक उपच्छाया, सांख्यिक मेकानिक्सका समस्याहरु, अणुहरु को ब्राउनियन गति, अणुहरूलाई उत्परिवर्त्तन संभाव्यता, एक अणुयुक्त ग्याँसको क्वान्टम सिद्धान्त, कम विकिरण घनत्वयुक्त प्रकाशको ऊष्मीय गुण, विकिरणको सिद्धान्त, एकीकृत क्षेत्र सिद्धान्त र भौतिकीय ज्यामितीकरण समाविष्ट छ ।

आइन्स्टाइनले पचास भन्दा बढी शोध-पत्र र विज्ञान भन्दा अलग किताबहरु लेखे । १९९९ मा टाइम पत्रिकाले उनलाई शताब्दी-पुरूष घोषित गर्यो ।[]

बाल्यकाल र शिक्षा

[सम्पादन गर्नुहोस्]
१८९३ मा अल्वर्ट आइन्स्टाइन (उमेर- १४ वर्ष)

अल्वर्ट आइन्स्टाइनको जन्म जर्मनीमा वुटेमबर्गको एक यहूदी परिवारमा भयो । उनका पिताको नाम उल्म थियो ।उनकापिता एक इन्जीनियर र सेल्सम्यान पनि थिए । उनका आमा पाऊलिन आइन्स्टाइन थिइन् । हुनत आइन्स्टाइनलाई शुरू-शुरूमा बोलाईमा समस्या हुन्थ्यो, तर उनी पढाईमा अव्वल थिए । उनको मातृ-भाषा जर्मन थियो र पछि उनले इटालियन र अङ्ग्रेजी सिके ।

१८८० मा उनको परिवार म्यूनिख शहरमा गए जहाँ उनको पिता र काकाले Elektrotechnische Fabrik J. Einstein & Cie नामक कम्पनी खोले । यो कम्पनी बिजुलीको उपकरण बनाउँथ्यो र यसले म्यूनिकको अक्टोबर फेस्ट मेलामा पहिलो पल्ट उज्यालोको व्यवस्था पनि गरेको थियो । उनको परिवार यहूदी धार्मिक परम्पराहरूलाई मान्दैनथ्यो, र आइन्स्टाइन क्याथोलिक विद्यालयमा पढ्न गए । आफ्नी आमाले भने पछि उनले सारङ्गी बजाउन सिक्न थाले । उनलाई यो कुरा मन पर्दैनथ्यो र पछि यसलाई छोडे, तर पछि मोजार्टको सारङ्गी सङ्गीतमा उनलाई धेरै आनन्द आउँथ्यो ।

हर्मन आइन्स्टाइनको छोरा पाँच देखि दस वर्षको उमेरसम्म एक क्याथोलिक प्राथमिक स्कूलमा पढे । हुनत आइन्स्टाइनले बाल्यकालमा शुरुमा बोलाईमा समस्या भएपनि पछि राम्ररी बोल्न सिके । उनी प्राथमिक स्कूलमा एक अव्वल छात्र थिए । आइन्स्टाइनले रमाइलोको लागि मोडल र यान्त्रिक उपकरणहरूको निर्माण गरे र गणितमा प्रतिभा देखाउन पनि शुरू गरे| १८८९ म्याक्स तल्मूडले दस वर्षीय आइन्स्टाइनलाई विज्ञानको महत्त्वपूर्ण ग्रन्थहरु सिकाए । तल्मूड एक गरीब यहूदी मेडिकल छात्र थिए । यहूदी समुदायले तल्मूडलाई छ वर्षको लागि प्रत्येक शुक्रबार आइन्स्टाइनसँग भोजन गराउने व्यवस्था गरे । यस समयभरी तल्मूडसँगै आइन्स्टाइन पुरा मनले धर्मनिरपेक्ष शैक्षिक हितहरूको माध्यमबाट धेरै निर्देशित भए ।

विवाह र पारिवारिक जीवन

[सम्पादन गर्नुहोस्]

ज्यूरिचमा पढ्दापढ्दै गर्दाकी एक सहपाठी मितेवा मोरेकसँग उनले सन् १९०४ मा विवाह गरे । सन् १९०४ मा पहिलो छोरा ड्रान्स अल्वर्ट र सन् १९१० मा दोस्रो छोरा एडुवार्ड जन्मे । वर्लिनमा धेरै समयसम्म बस्ने कुरामा आइन्स्टाइनको मत उनकी श्रीमती मिलेवाको मत मिल्न नसकेपछि दुई छोराहरू साथ लिइ आइन्स्टाइनलाइृ बर्लिनमै छाडेर ज्यूरिचतिर फर्किन् । पछि सन् १९१९ मा आइन्स्टाइन र मिलेवावीच सम्बन्ध विच्छेद भयो । त्यही वर्ष उनले आफ्नै आमाकी दिदीकी छोरी सल्सासँग दोश्रो विवाह गरे । प्रिन्सटनमा सन् १९३६ मा आइन्स्टाइनकी दोश्रो श्रीमति एल्साको मृत्यु भयो । त्यसले उनलाई धेरैनै दुखित पा-यो । यसबाट बुझिन्छ कि उनको पारिवारिक जीवन राम्रो भएन ।

विज्ञान जीवन

[सम्पादन गर्नुहोस्]
१९२७ मा ब्रसेल्समा भएको सोल्वे सम्मेलन, विश्वका शीर्ष भौतिकशास्त्रीहरूको भेला। आइन्स्टाइन बीचमा छन्।

प्रकाश विद्युतीय असर(Photoelectric Effect)

[सम्पादन गर्नुहोस्]
प्रकाश विद्युत प्रभाव

मुख्य लेख : प्रकाशको विद्युतीय असर

१९०५ को एक शोधपत्रमा,[] आइन्स्टाइनले प्रकाश स्थानीयकृत कणहरू (quanta)बाट मिलेर बनेको अवधारणा राखेका थिए। आइन्स्टाइनको प्रकाश क्वान्टाको अवधारणालाई म्याक्स प्लाङ्क र निल्स बोहर लगायत सबै भौतिकशास्त्रीहरूले लगभग विश्वव्यापी रूपमा अस्वीकार गरेका थिए। यो विचार १९१९ मा रोबर्ट मिलिकनको फोटोइलेक्ट्रिक प्रभावमा विस्तृत प्रयोग पछी मात्र विश्वव्यापी रूपमा स्वीकृत भएको थियो।

उनले आफ्नो यस सिद्धान्तमा प्रकाशको विद्युतीय असरको बारेमा विस्तृत रूपमा व्याख्या गरेका छन् उसमा उनले पदार्थमा विद्युतीय धार (Electric Current) को उत्पादन कसरी हुन्छ भन्ने बारेमा वर्णन गरेका छन् । यसमा जन पोटासियम, सोडियम, लिथियम जस्ता धातुमा प्रकाश ढाकिन्छ, तब ती धातुबाट इलेकट्रोन बाहिर निस्कन्छ । त्यस्ता इलेक्ट्रोनलाई फोटो इलेक्ट्रोन र त्यो असरलाई फोटो विद्युतीय असर (Photoelectric Effect) भनिन्छ ।

यसै कार्यको कदर स्वरूप उनलाई सन् १९२१ मा भौतिक शास्त्रतर्फको नोवेल पुरस्कार प्रदान गरियो । यसै नियमको प्रयोगबाट नै सोलार सेल (Solar Cell) को विकास भएको हो र सौर्य ऊर्जालाई आजको बैकल्पिक ऊर्जाको रूपमा लिन सकिएको हो ।

सापेक्षतावादको सिद्धान्त: (Theory of Relativity)

[सम्पादन गर्नुहोस्]

सापेक्षतावादको सिद्धान्त भनेको एक वस्तुको गतिले अर्को वस्तुको गतिमा देखा पर्ने असर हो ।

कणहरूको ब्राउनियमन गति (Brownian Motion of Particles)

[सम्पादन गर्नुहोस्]

यस सिद्धान्त अनुसार परमाणु (Atom) र अपपारमाणिक कणहरू (Sub-atomic Particles) जहिले पनि जथाभावी वा दिशाविहीन (Random) तर नागवेली वा बक्र गति (Zig-zag Motion) मा घुमिरहेका हुन्छन् । यसरी घुम्दा एक वस्तुको अर्को वसतुसँग स्थिति स्थापक ढक्का (Elastic Collision) हुन्छ भन्ने हो ।

एकिकृत भौतिक सिद्धान्त (Unified Field Theory)

[सम्पादन गर्नुहोस्]

सन् १९२० को अन्त्यतिर विद्युत–चुम्बकीय (Electromagnetism) र गुरुत्वाकर्षण (Gravitation) को प्रकृतिको संयोजन गरी (Unified Field Theory नामक उत्कृष्ट सिद्धान्तको परिकल्पना गरेका थिए । यो सिद्धान्त उनले ब्रम्हाण्ड परिचालन सम्बन्धी नियमहरूलाई उद्धृत गर्ने उद्देश्यले प्रतिपादन गरेका हुन् । जसमा गुरुत्वाकर्षण र विद्युतीय चुम्कतत्व तथ्यको संयोजन गरिएको छ । उनको यो सिद्धान्त भौतिक विज्ञानको क्षेत्रमा अत्यन्तै चूनौतीपूर्ण र गहन ठानिन्छ । आज विश्वका थुपै वैज्ञानिकहर आइन्स्टाइनको यो सपनालाई पूरा गर्न लागि परेका छन् ।

आविष्कारकको रूपमा आइन्स्टाइन

[सम्पादन गर्नुहोस्]

१९२६ मा, आइन्स्टाइन र उनका पूर्व विद्यार्थी लियो स्जिलार्डले आइन्स्टाइन रेफ्रिजरेटरको सह-आविष्कार गरे (र १९३० मा, पेटेन्ट गरे)। यो एब्जर्प्सन रेफ्रिजरेटरमा कुनै पनि गतिशील अंग थिएन र इनपुटको रूपमा केवल ताप प्रयोग गरेको कारण त्यतिबेलाको क्रान्तिकारी आविस्कार थियो।[] ११ नोभेम्बर १९३० मा, अमेरिकी पेटेन्ट १,७८१,५४१ आइन्स्टाइन र लियो स्जिलार्डलाई रेफ्रिजरेटरको लागि प्रदान गरिएको थियो। तिनीहरूको आविष्कार तुरुन्तै व्यावसायिक उत्पादनमा राखिएको थिएन, तर तिनीहरूको सबैभन्दा आशाजनक पेटेन्ट स्विडेनी कम्पनी इलेक्ट्रोलक्सले प्राप्त गरेको थियो। [note १]

आइन्स्टाइनले इलेक्ट्रोम्याग्नेटिक पम्प,[१०] साउन्ड रिप्रोडक्सन उपकरण [११] र अन्य धेरै घरायसी उपकरणहरू पनि आविष्कार गरे। [१२]

विचार स्वभाव र चरित्र

[सम्पादन गर्नुहोस्]

१. आइन्स्टाइन दार्शनिक एवम समाजवादी विचारका मानववादी

पत्रिका “मन्थली रिभ्यू” प्रथम अड्ढमा उनले “Why Socialism?” (समाजवाद नै किन ?) विषयमा एउटा लेख लेखे । यसमा उनले अर्थशास्त्र र समाजवाद” विषयमा प्रष्ट पारेका छन् । उनी पूँजीवादका विरोधी थिए । विश्वको वर्तमान संकट नै समाधान पूँजीवाद नभई समाजवाद हो भनी उनले व्याख्या गरेका छन् ।

२. मानवतावादी आइन्स्टाइन र धर्मप्रति उनको धारणाः

एक पटक उनलाई साँगुरो गल्लीबाट जानको लागि मानिसले तान्ने रिक्सामा बस्न अनुरोध गर्दा अस्वीकार गरी भनेका थिएः– मानवलाई पशु झैंव्यवहार गरी त्यसमाथि सवार भएर जान मेरो नैतिकताले कदापी स्वीकार्दैन भन्दै ईश्वरप्रति उनको धारणा थियोः ईश्वर दयालु हुन सकछन् तर दुष्ट हुँदैनन् ।

३. प्रजातन्त्रप्रेमी आइन्स्टाइनः

उनका शान्ति प्रजातनत्र र समानताप्रतिको प्रतिबद्धता यस्तो थियो: कुनैपनि वस्तु र स्थानका बारेमा छनौट रहेसमम म त्यो देशमा मात्र बस्ने थिए जहाँ कानुनी छनौट स्वयम कारवाही हुनु अगावै आम वा गरिरहने जनस्वतनत्रता । सहिष्णुता र समानता कायम रहोस् । प्रजातन्त्रमा अधिकार र वर्तमानका बारेमा उनको धारणा थियोः सत्यको खोजी गर्ने अधिकार एक कर्तव्य पनि हो । तर सत्य सहित भईसकेपछि त्यसको कुनै पनि अंशलाई कसैले पनि दबाउनु हुँदैन ।

४. विज्ञान र विज्ञानसम्बन्धी उनको धारणाः

उनले विज्ञानलाई जहिले पनि व्यवहारमा र सामाजिक जनजीवनमा उतार्नुपर्दछ भन्ने ठान्दथे । विज्ञान समाजभनाद टाढा हुनुहुादैन, बरू समाजमा एककार गर्नुपर्दछ भनी भन्दथे । सापेक्षतावादमा सिद्धानतलाई सरल भाषामा भनदथेः जब एक जना केटो सुन्दरी केटसिाग् गफगाफमा भुल्दछ, उसलाई एक घण्टा भनाद बढी समय लाग्दछ । सापेक्षतावादमा सिद्धान्त भनेको नै यही हो । शिक्षाको बारेमा उनको धारणा थियोः शिक्षाको साँचो उद्देश्य भनेको मानिसको मस्तिष्कलाई सोच्ने बनाउन तालिम प्रदान गर्नु हो । तसर्थ शिक्षा अमूल्य छ । ”

५. शान्तिवादी आइन्स्टाइनः

नाजीवादी जर्मनहरूलाई हटाउन र विश्वबाट नाजीवादी, फाँसीवादी र चिन्चनलाई परास्प “भ्यानहाटन प्रोजेक्ट” मार्फत् आणविक हातहतियारले अमेरिकालाई सम्पन्न पार्न उनी लागे । जर्मनहरूल्े अमेरिकन भनदा अगावै आणविक वमाको निर्माण गर्नेछन् किनकी आणविक भौतिकशास्त्रको क्षेत्रमा जर्मनहरू दोश्रो विश्वयुद्ध भन्दा अगाडि निकै नै अगाडि थिए । दोश्रो विश्व युद्धमा अमेरिकाले जापानमा हिरोसिमा र नागासाकीमा अणुवम प्रहार गरू लाखौं जापानी जनताको नरसंहार गरेपछि अमेरिकी खुला आलोचक बने । विश्व शान्तिको पषमा जनमत निर्माण गर्न “शानित मजबूत” भई विभिन्न देशको भ्रमण गर्दै शान्तिको पक्षमा वकालत गर्न लागे ।

६. माखाको दर्शनशास्त्रको प्रभावमा वैज्ञानिक जीवनः

आइन्स्टाइनले आÇनो वैज्ञानिक जीव्न सपूर्ण रूपमा दार्शनिक विचारहरको प्रभावमा शुरूवात गर्नु भएको थियो । न्यूटनका सिद्धान्तहरू माथिभौतिकशास्त्री तथ्य दार्शनिक माखद्वार । गरिएको आलोचनाबाट उहाँ अति नै प्रभावित हुनुभएको थियो । आइन्स्टाइनदेखि म्यकँस प्लामे जस्ता महान् वैज्ञानिकहरूमाथि माखको दर्शनको प्रभाव निकै महत्त्वपूर्ण देखिन्छ ।

७. आइन्स्टाइनः समाजवादी तर सोभियत समाजवादमा आलोचनात्मक समर्थकः

आइन्स्टाइनले समाजवादमा पक्षपाती र माक्र्सवादका समर्थक थिए भने सोभियत सङ्घ लगायत समाजवादी “अवस्थाका सञ्चालकहरूको स्वस्थ आलोचनामा थिए । उनले सन् १९१७ को समयमा भएको अक्टोवर समाजवादी क्रान्तिको समर्थन गरेका थिए भने आशा अनुसार सोभियत समाजवादले काम गर्न नसकेकोमा आलोचक । उनको विचारमा समाजवादको समाजमुखी व्यक्तिगत स्वतन्त्रतामा र अधिकार कर्तव्यबोध सहितको जनताको जनतन्त्र हुनुपर्दछ । सन् १९५० मा सोभियत नेता जोसेफ स्टालिनद्वारा उनलाई सोभियत संघमा बस्न आमन्त्रित गर्दा उनले अस्विकार गरेका थिए ।

८. फासीवाद, जातिवाद र साम्राज्यवाद विरोधी आइन्स्टाइन

आइन्स्टाइन फासीवादमा कट्ट । विरोधी हुनुहुनथ्यो । फासीवादमा भुक्तभोगी आइन्स्टाइनले हिटलरको नाजीवादी जर्मनी, मुसालिनीको फासीवादी इटाली र सैन्यवादी जापनको पराजय तथा ल्याम, समानता र स्वतन्त्रताको विजयको लागि दोश्रो विश्वयुद्धमा संलग्न शरणार्थीहरूलाई सहभोज अभियान नै थाले । आइन्स्टाइन उग्र जातिवाद विरोधी थिए ।

९. शान्तिपूर्ण विश्व सरकारका पक्षमा आइन्स्टाइन

आइन्स्टाइन विश्व शान्तिका पक्षपाती थिए । उनी विज्ञानलाई मानवीय र सामािजक उत्तरदायित्व वहन गर्ने विषयमा केनिद्रत एवम् क्रियाशील बनाउन चाहन्थे । विज्ञानलाई दर्शनसँग जोड्न रूचाउने आइन्स्टाइन “शान्तिपूर्ण विश्व सरकार स्थापनार्थ निरन्तर तल्लीन थिए ।

९. त्यागी आइन्स्टाइन

सन् १९५२ मा इजरायलमा प्रथम राष्ट्रपति चाहम वाइजम्यानको मृत्यृपछि प्रधानमन्त्री डेभिड वेन गुडियनले आइन्स्टाइनलाई इजरायलमा राष्ट्रपति बनिदिन अनुरोध सहित राखिएको प्रस्तावलाई उनले अस्वीकार गरेका थिए ।

१०. सरल स्वभावका धनी

आइन्स्टाइन अत्यन्तै सरल स्वभावका थिए । कहिले डामरमा पुरानो टाइ हजार बनाएर बाँध्दथे । केश जिङरिङ पारेर हिंड्दे । एकपटक वेल्जियमकी महारानीले उनलाई औपचारिक भ्रमणमा निम्तोमा उनी पैदल हिंडेर दरबाट अघि आइरहेको देखेर उनले प्रश्न सोधिन ? डा. साहेव, किन मैले तपाईमा स्वागर्थ पठाएको कार छोडी लुसुलुस हिंडेर आउनुभएको ? “प्रत्युत्तरमा मुसुक्क मुस्कुराउँदै उनले भने “महारानी महोदय पैदल हिडुनुको मजा, आफ्नै ठाउँमा छ ।

११. जनतामा सच्चा मित्र आइन्स्टाइन

संसारमा विभनिन् ठाउँबा आएका कैयौँ मानिसहरू उनलाई भेट्न आउँथे । उनी भ्याएसम्म सबैसँग कुरा गर्दथे । उनी राजनीतकि वहस गर्न खुवै रूचाउँथे । उनी भन्थे “मेरो जीवन समीकरण र राजनीतबिीच विभाजित छ । यसंै प्रसंगमा एक पटक उनले भनेका थिएः राजनीति कर्ताहरूको लागि मात्र हो तर समीकरण अनन्तकालसम्म माथि छ ।

कृति र पुरस्कार

[सम्पादन गर्नुहोस्]

१. सापेक्षतावादको विशेष सिद्धानत (१९०५)

२. सापेक्षतावाद (१९२०)

३. भौतिकशास्त्रको विकास (१९३८)

४. यहुदीवाद (१९३०)

५. युद्ध किन (१९३३)

६. मेरो दर्शन (१९३९)

७. मेरो पछिल्ला वर्षहरू (१९५००

र सैद्धान्तिक भौतिकशास्त्रमा पाँच सय भन्दा बढी शोध पत्रहरू प्रकाशित छन ।

यसका अलवा उनले विज्ञान चिकित्साशास्त्र र दर्शनशास्त्रमा मानार्थ विद्यावारिधी यूरो पर अमेरिकाका दजृनौ विश्वविद्यालयबाट पास । उनलाई विश्वभरिनै जस्तो प्रमुख वैज्ञानिक संस्थाहरूल्े मानार्थ सदस्यता प्रदान गरे । उनले रायल सोसाइटीको कोप्ले पदक (१९१५) । प्रान्कलिन पदक (१९३५) लगायत पचास पदक पाए ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Wells, John, सम्पादक (३ अप्रिल २००८), Longman Pronunciation Dictionary (3rd संस्करण), Pearson Longman, आइएसबिएन 978-1-4058-8118-0
  2. Whittaker, E. (१ नोभेम्बर १९५५), "Albert Einstein. 1879–1955", Biographical Memoirs of Fellows of the Royal Society 1: 37–67, जेएसटिओआर 769242, डिओआई:10.1098/rsbm.1955.0005
  3. Yang, Fujia; Hamilton, Joseph H. (२०१०), Modern Atomic and Nuclear Physics, World Scientific, पृ: २७४, आइएसबिएन 978-981-4277-16-7
  4. Bodanis, David (२०००), E = mc2: A Biography of the World's Most Famous Equation, New York: Walker।
  5. "The Nobel Prize in Physics 1921", Nobel Prize, मूलबाट ३ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जुलाई २०१६
  6. Golden, Frederic (३१ डिसेम्बर १९९९), "Albert Einstein", Time[स्थायी मृत कडी]
  7. Einstein (1905a).
  8. Goettling, Gary. "Einstein's refrigerator", मूलबाट २५ मे २००५-मा सङ्ग्रहित। अभिलेखिकरण २५ मे २००५ वेब्याक मेसिन Georgia Tech Alumni Magazine. 1998. Retrieved 12 November 2014. Leó Szilárd, a Hungarian physicist who later worked on the Manhattan Project, is credited with the discovery of the chain reaction
  9. Alok, Jha (२१ सेप्टेम्बर २००८), "Einstein fridge design can help global cooling", The Guardian, मूलबाट २४ जनवरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ फेब्रुअरी २०११
  10. "Electrodynamic movement of fluid metals particularly for refrigerating machines"
  11. "Device, in particular for sound reproduction devices, in which changes in electrical current through magnetostriction cause movements of a magnetic body"
  12. Albert Einstein's patents. 2006. World Pat Inf. 28/2, 159–65. M. Trainer. doi: 10.1016/j.wpi.2005.10.012

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. /ˈnstn/;[] जर्मनेली: [ˈalbɛʁt ˈaɪnʃtaɪn]
उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found.
  1. In September 2008, it was reported that Malcolm McCulloch of Oxford University was heading a three-year project to develop more robust appliances that could be used in locales lacking electricity, and that his team had completed a prototype Einstein refrigerator. He was quoted as saying that improving the design and changing the types of gases used might allow the design's efficiency to be quadrupled.[]
उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found.