आदि पर्व

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।

महाभारतका आदि पर्वका अन्तर्गत कुल १९ उपपर्व र २३३ अध्याय छन्।

पर्व शीर्षक उप-पर्व सङ्ख्या उप-पर्व सूची अध्याय एवम श्लोक सङ्ख्या विषय-सूची
आदिपर्व १-१९
  • अनुक्रमणिका पर्व
  • पर्वसंग्रह पर्व
  • पौष्य पर्व
  • पौलोम पर्व
  • आस्तीक पर्व
  • अंशावतार पर्व
  • सम्भाव पर्व
  • जतुगृह पर्व
  • हिडिम्बवध पर्व
  • बकवध पर्व
  • चैत्ररथ पर्व
  • स्वयंवर पर्व
  • वैवाहिक पर्व
  • विदुरागमन राज्यलम्भ पर्व
  • अर्जुनवनवास पर्व
  • सुभद्राहरण पर्व
  • हरणाहरण पर्व
  • खाण्डवदाह पर्व
  • मयदर्शन पर्व।
२२७/७९००

आदि पर्व महाभारतका अठार पर्वहरू मध्येको पहिलो पर्व हो । "आदि" (Adi, Ādi) संस्कृत शब्द हो जसको अर्थ "प्रथम"/"पहिलो" वा "सुरूको" हुन्छ । आदि पर्वका १९ उप-पर्व र २३६ अध्याय छन् । यसको पछिल्लो संस्करणमा १९ उप-पर्व र २२५ अध्याय छन् । आदि पर्वले तक्सिलामा वैसमपायनले जनमेजयको सर्पसत्रमा गरेको वाचन पछि कसरी यो महाकाव्य (महाभारत) लाइ उग्रस्रभ सौतीले नैमिसा जङ्गलमा भेला भएका ऋषिहरूलाइ वाचन गरेर सुनाए भन्ने कुराको वर्णन गर्छ । आदि पर्वमा महाभारतको महत्व वर्णन गरेको पाइन्छ । भरत र भृगुहरूको इतिहाँस छ यसमा । कुरू राज्यका राजकुमारहरू को जन्म र जीवनका साथै धृतराष्ट्रले पाण्डवहरूमाथी गरेको टोकेसो पनि यहाँ सम्मिलित छ । आदि पर्वका प्रारम्भमा महाभारतका पर्वहरू, उपपर्वहरू र तिनको विषयहरूको संक्षिप्त संग्रह छ। यसमा सर्वप्रथम महर्षि उत्तंगको महात्म्य, भृगुवंशको विस्तार , नागहरूको वंश, कद्रू र विनताको कथा, देताहरू-दानवहरू द्वारा समुद्र मंथन, जनमेजयका सर्पसत्रको सूचना,व्यास आदिको उत्पत्ति, देवताहरूका अंशावतरण, दुष्यन्त-शकुन्तलाको कथा, भरतको चरित्र, ययातिका चरित्रको वर्णन, शन्तनु र गंगाको कथा, महर्षि वसिष्ठदेखि शापित वसुहरूको भीष्मका रूप माको जन्म, भीष्म प्रतिज्ञा, कौरवों तथा पाण्डवोंको उत्पत्ति, लाक्षागृहको वृत्तान्त, हिडिम्बको वध र हिडिम्बाको विवाह, बकासुरको वध, धृष्टद्युम्नद्रौपदीको उत्पत्ति, द्रौपदी-स्वयंवर र विवाह, पाण्डवको हस्तिनापुरमा आगमन, सुन्द-उपसुन्दको कथा, नियम भंगका कारण अर्जुनको वनवास, सुभद्राहरण र विवाह, खाण्डव वनको दहन र इन्द्रप्रस्थको स्थापना वर्णित छ।

चित्र दीर्घा

बाह्य कडीहरू[सम्पादन गर्ने]