नहुष
| नहुष | |
|---|---|
स्वर्गबाट नहुषको पतन र सर्पमा रूपान्तरण भएको एक रेखाचित्र | |
| वासस्थान | स्वर्ग |
| धर्मग्रन्थहरू | महाभारत, हरिवंश, पद्म पुराण |
| वंशावली | |
| अभिभावकहरू | |
| जीवनसाथी | विरजा (हरिवंश र वायु पुराणका अनुसार) वा अशोकसुन्दरी (पद्म पुराणका अनुसार) |
| सन्तानहरू | यति, ययाति, सम्याति, आयाति, वियाति र कृति (छोराहरू) |
| वंश | चन्द्रवंश |
नहुष हिन्दु पुराण र महाभारतका अनुसार चन्द्रवंशका एक प्रतापी राजा हुन्। उनी पुरूरवाका ज्येष्ठ पुत्र आयु र स्वर्भानुकी छोरी प्रभाका पुत्र थिए।[१]
साहित्य
[सम्पादन गर्नुहोस्]ऋग्वेदको मण्डल १ देखि नै नहुषको बारम्बार उल्लेख गरिएको पाइन्छ। नहुषले प्रतिष्ठानपुरबाट शासन गरेका थिए। महाभारतको परिशिष्टका रूपमा रहेको हरिवंश र वायु पुराणका अनुसार,[२] नहुषले पितृकी मानस पुत्री विरजा (जसलाई सुस्वहा पनि भनिन्छ) सँग विवाह गरेका थिए।[३] विभिन्न शास्त्रहरूका अनुसार उनीहरूका छ वा सात छोराहरू थिए। उनका जेठा छोरा यति ऋषि बनेका थिए। त्यसपछि उनका माइला छोरा ययाति राजा बनेका थिए।[४]
पद्म पुराणका अनुसार, नहुषले अशोकसुन्दरीसँग विवाह गरेका थिए। उनले ययाति[५] र नहुषका सय छोरीहरूलाई जन्म दिएको बताइन्छ।[६][७]
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]जन्म र प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]पद्म पुराणका अनुसार, अशोकसुन्दरीको विवाह आयुका पुत्रसँग हुने भविष्यवाणी गरिएको थियो। एक पटक, जब असुर हुण्ड तपोवनमा प्रवेश गर्छन् उनले अशोकसुन्दरीलाई प्राप्त गर्ने इच्छा गर्छन् तर अशोकसुन्दरीले उनलाई आफ्नी आमाको भविष्यवाणीको बारेमा जानकारी दिइन्। हुण्डले एक सुन्दरी स्त्रीको रूप धारण गरेर अशोकसुन्दरीलाई छलपूर्वक आफ्नो दरबारमा ल्याउँछन् र उनको सतीत्व नष्ट गर्ने प्रयास गर्छन्। त्यहाँबाट उम्किएपछि, अशोकसुन्दरीले हुण्डलाई श्राप दिँदै आयुका पुत्रले उनको वध गर्ने बताउँछिन्। त्यसपछि उनले कठोर तपस्या गर्न थाल्छिन्।[८]
यसैबीच, चन्द्र वंशका पूर्वज पुरूरवाले प्रयाग राज्यमा शासन गर्थे र प्रतिष्ठानपुर उनको राजधानी थियो। उनले राज्यत्याग गरी आफ्ना पुत्रलाई राज्य सुम्पेर स्वर्ग प्रस्थान गरेपछि, उनका ज्येष्ठ पुत्र आयु राजा बने। आयुको विवाह असुर राहुकी छोरी प्रभासँग हुन्छ। तर, उनीहरू सन्तानविहीन हुन्छन्।
आयुले ऋषि दत्तात्रयकहाँ गएर उनलाई प्रसन्न पार्दै एक अजेय तथा गुणवान् पुत्रको वरदान माग्छन्। ऋषिको आशीर्वादले आयुका घरमा पुत्रको जन्म हुन्छ। अशोकसुन्दरीको श्राप पूरा हुने डरले हुण्ड आयुको पुत्रको जन्मको पर्खाइमा थिए। त्यसैले, असुर हुण्डले शिशुलाई अपहरण गर्छन् र आफ्ना सेवकहरूलाई बालकको हत्या गर्ने आदेश दिन्छन्। तर, सेवकहरूले बालकलाई नमारेर ऋषि वसिष्ठको आश्रममा छाडिदिन्छन्। वसिष्ठले बालकलाई संरक्षण दिन्छन् र उनको नाम 'नहुष' (जसको अर्थ "निर्भय" हुन्छ) राख्छ्न। नहुष वसिष्ठको शिष्यका रूपमा हुर्किन्छन्। अन्ततः, वसिष्ठले नहुषलाई उनको वास्तविक मातापिताको बारेमा बताउँछन्। नहुषले देवताहरूबाट अस्त्र-शस्त्र प्राप्त गर्दै युद्धमा हुण्डको वध गरी आफ्ना मातापिताकहाँ फर्किन्छन्। त्यसपछि उनले अशोकसुन्दरीसँग विवाह गर्छन्।[९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ www.wisdomlib.org (२०१९-०१-२८), "Story of Nahuṣa", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-१४।
- ↑ वायु पुराण—"पितृगणका मानस पुत्रीका रूपमा विरजा प्रसिद्ध थिइन्। उनी नहुषकी पत्नी र ययातिकी आमा थिइन्।"
- ↑ Debroy, Bibek (२०१६), Harivamsha, Penguin UK।
- ↑ Pargiter, F.E. (1972). Ancient Indian Historical Tradition, Delhi: Motilal Banarsidass, p.85-6.
- ↑ Bibek Debroy, Dipavali Debroy (2002). The holy Puranas. p. 152. "नहुष र अशोकसुन्दरीका ययाति नामका छोरा थिए।"
- ↑ George M. Williams (२००८), Handbook of Hindu Mythology, Oxford University Press, पृ: 217–8, आइएसबिएन 978-0-19-533261-2।
- ↑ Gaṅgā Rām Garg (१९९२), Encyclopaedia of the Hindu World Vol. 3, Concept Publishing Company, पृ: ७१२, आइएसबिएन 978-81-7022-376-4।
- ↑ www.wisdomlib.org (२०१९-०१-२८), "Story of Nahuṣa", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-१४।
- ↑ Anant Pai, सम्पादक (अप्रिल १९७१), Nahusha, Amar Chitra Katha Private limited, आइएसबिएन 9788184821901।
