सामग्रीमा जानुहोस्

पृथु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पृथु
गाईको रूपमा रहेकी पृथ्वीलाई पछ्याउँदै पृथु
देवनागरीपृथु
आबद्धवैष्णव धर्म, चक्रवर्ती सम्राट
अस्त्रधनुष र बाण
वंशावली
अभिभावकहरूवेन (पिता)
रानीअर्ची
सन्तानहरूविजितसत्व

पृथु (शाब्दिक अर्थ: "विशाल, महान्, महत्त्वपूर्ण, प्रचुर")[] पुराणहरूमा उल्लेख गरिएका एक चक्रवर्ती सम्राट हुन्। हिन्दु धर्मका अनुसार, उनी संरक्षणका देवता—विष्णुका एक अवतार हुन्। उनलाई पृथु, पृथिपृथु वैण्य (शाब्दिक अर्थ: "वेनका छोरा पृथु") पनि भनिन्छ।

पृथुलाई पहिलो अभिषेक गरिएका राजाका रूपमा सम्मान गरिन्छ, जसको नामबाट पृथ्वीले आफ्नो नाम प्राप्त गरेकी थिइन्।"[] उनी मुख्यतया पृथ्वी देवीलाई पछ्याएको किंवदन्तीसँग जोडिएका छन्, जो गाईको रूपमा भागेकी थिइन् र अन्ततः संसारको अन्न र वनस्पतिको रूपमा आफ्नो दूध दिन सहमत भएकी थिइन्।[] महाकाव्य महाभारत, विष्णु पुराणभागवत पुराणले उनलाई विष्णुको अंशावतारका रूपमा वर्णन गरेका छन्।[]

पौराणिक कथाहरू

[सम्पादन गर्नुहोस्]

पृथुको जन्म कुनै स्त्रीको हस्तक्षेप बिना नै भएको थियो (गर्भ बिना), यसरी 'अयोनिज' ("योनीको सहभागिता बिना जन्मिएको") हुनाले पृथु इच्छा र अहंकारबाट अछुतो छन् र धर्म अनुसार शासन गर्नका लागि आफ्ना इन्द्रियहरूलाई नियन्त्रण गर्न सक्छन्।[]

पृथुको किंवदन्ती महाकाव्य महाभारत र अधिकांश पुराणहरूमा पाइन्छ; विष्णु पुराण, भागवत पुराणपद्म पुराण मा यसको सबैभन्दा विस्तृत विवरण छ।[][]

विष्णु पुराण, मत्स्य पुराण, ब्रह्म पुराण, भागवत पुराणहरिवंश मा उल्लेख भए अनुसार राजा वेन धार्मिक राजा ध्रुवको वंशका राजा अङ्गका छोरा थिए, यद्यपि शास्त्रहरूमा ध्रुव र अङ्ग बीचको पुस्ता र नामहरूमा भिन्नता छ। तर पद्म पुराण ले अङ्ग ऋषि अत्रिका वंशज भएको उल्लेख गरेको छ।[]

विष्णु पुराण मा उल्लेख भए अनुसार वेनकी आमा मृत्युकी छोरी सुनीथा थिइन्। वेन एक दुष्ट राजा थिए, जसले वैदिक अनुष्ठानहरूको उपेक्षा गरेका थिए। त्यसैले ऋषिहरूले उनको हत्या गरिदिन्छन्, जसका कारण वेनको अराजकताले गर्दा राज्य उत्तराधिकारी विहीन हुन्छन् र अनिकाल पर्न जान्छ। त्यसैले छोरा उत्पन्न गर्नका लागि ऋषिहरूले वेनको तिघ्रा मन्थन गर्छन्, जसबाट सुरुमा एक कालो पुड्को शिकारी प्रकट हुन्छ, जो वेनको दुष्टताको प्रतीक थियो। त्यो पुड्को मानिसलाई निषाद भनिन्छ, जो आफ्नो नामको जातिको प्रवर्तक मानिन्छ। वेनका पापहरू पुड्को मानिसको रूपमा बाहिर निस्किएपछि शरीर शुद्ध हुन्छ। थप मन्थन गर्दा, मृत शरीरको दाहिने हातबाट पृथुको उदय हुन्छ।[] ऋषिले पृथुको हात मन्थन गर्दा पृथु र अर्ची गरि एक जोडी प्रकट हुन्छ जो उनकी पत्नी बन्छिन्।[१०]

विष्णु पुराण अनुसार: पृथुको दाहिने हातमा विष्णुको चक्रको चिन्ह थियो। यसैका आधारमा सृष्टिकर्ता ब्रह्माले पृथुलाई विष्णुको अवतारका रूपमा पहिचान गरे। उनको शक्ति देवताहरू भन्दा पनि उच्च भएको भनिन्छ।[११] ग्रन्थमा उल्लेख भए अनुसार चक्र एक सार्वभौम सम्राटको चिन्ह हो (चक्रवर्ती, शाब्दिक अर्थ "जसमा चक्र निवास गर्दछ")।[१२] यद्यपि ओल्डहमका अनुसार, चक्रवर्ती उपाधि जन्मचिन्हबाट आएको हुन सक्छ र यसले विश्वव्यापी प्रभुत्वलाई सङ्केत नगर्न पनि सक्छ।[११] पृथुको दाहिने हत्केलामा चक्र चिन्ह र खुट्टाको पैतालामा कमलको चिन्ह थियो भनेर भागवत पुराणले स्पष्ट पारेको छ।[१०]

विष्णु पुराण मा अजगव नामक दिव्य धनुष र बाण आदि आकाशबाट पृथुलाई उपहार दिइएको थियो।[१२] भागवत पुराण ले सिंहासन, गहना, शाही छाता, मुकुट, राजदण्ड, तरवार, ढाल, धनुष र बाण, घोडा, गाई र अन्य राजकीय चिन्हहरू विभिन्न देवताहरूबाट प्राप्त उपहारका रूपमा वर्णन गरेको छ।[१३]

पृथुको जन्मलाई ब्रह्माले यज्ञ को रूपमा लिइन्छ। पृथुलाई राजा को रूपमा अभिषेक गरिन्छ। यज्ञबाट सूतमागध (शाही उद्घोषक र भाटहरू) उत्पन्न हुन्छन् र राजाको महिमा गाउँछन्। पृथ्वीको हत्या गरेर वनस्पति प्राप्त गरी अनिकाल अन्त्य गर्न प्रजाले गरेको बिन्तीपछि पृथुले गाईको रूपमा भागेकी पृथ्वी (पृथ्वी) लाई पछ्याउँछन्। अन्ततः पृथुले घेरेपछि पृथ्वीले आफ्नो ज्यान जोगाउन प्रार्थना गर्छिन् र बदलामा वनस्पति दिने वाचा गर्छिन्। त्यसैले पृथुले आफ्ना हतियारहरू तल राखेर पृथ्वीसँग उनको रक्षक बन्ने प्रतिज्ञा गर्छन। पृथुको शासनकाल भन्दा अघि "खेतीपाती, पशुपालन, कृषि र व्यापारीहरूका लागि कुनै राजमार्ग" थिएन; सबै सभ्यता पृथुको शासनकालमा उदय हुन्छ। पृथुले हिमालहरूलाई सम्याउँछन् र गाउँहरू स्थापना गर्छन, जहाँ उनका प्रजाहरू बस्छन्। पृथुले स्वायम्भु मनु (पहिलो मानिस) लाई बाच्छो बनाएर पृथ्वीलाई दुहन्छन् र मानवताको कल्याणका लागि आफ्नो हातमा दूधका रूपमा सबै वनस्पति र अन्न प्राप्त गर्छन। पृथ्वीलाई जीवन दान दिएर र उनको रक्षक बनेर, पृथु पृथ्वीका पिता बन्छन् र उनले "पृथ्वी" भन्ने नाम स्वीकार गर्छिन।[१४]


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Monier Williams Sanskrit-English Dictionary (2008 revision)
  2. Singh p.1712
  3. "Annam", Bhaktivedanta VedaBase Network, मूलबाट २४ जुन २०१०-मा सङ्ग्रहित। अभिलेखिकरण २४ जुन २०१० वेब्याक मेसिन
  4. Singh p.1713
  5. Pattnaik, Devdutt (२००१), The Man Who Was a Woman and Other Queer Tales from Hindu Lore, Haworth Press, पृ: ५५, आइएसबिएन 978-1-56023-181-3
  6. Wilson p. 191
  7. For Bhagavata Purana, see
  8. Wilson pp. 178-9
  9. Wilson pp. 179-83
  10. 1 2 Tarage p. 516
  11. 1 2 Oldham, C.F. (१९८८), The Sun and the Serpent: A Contribution to the History of Serpent-worship, Asian Educational Services, पृ: ७४, आइएसबिएन 978-81-206-0416-2
  12. 1 2 Wilson pp. 183
  13. Tarage p. 517
  14. Wilson pp. 184-8