परशुराम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(परशुराम अवतारबाट अनुप्रेषित)
परशुराम
राजा रवि वर्माको चित्रकला परशुराम
देवनागरीपरशुराम
संस्कृत उच्चारणParaśurāma
संबद्धविष्णुको अवतार
वासस्थानमहेन्द्रगिरी
हतियारबनचरो
पिताजमदग्नि

परशुराम (अङ्ग्रेजी: Parshurama) हिन्दू धर्मका अनुसार परशुरामलाई भगवान् विष्णुका १० मुख्य अवतारहरूमा छैठौँ अवतार मानिएको छ । परशुरामको मुख्य हतियार परशु (बन्चरो) भएकोले उनको नाम परशुराम भएको मानिन्छ । परशुरामका पिताको नाम ऋषि जमदग्नि र माताको नाम रेणुका थियो । परशुराम एक ऋषिपुत्र भए पनि उनमा क्षत्रीय गुणहरू थिए । परशुरामले २१ पटक पृथ्वीका क्षत्रियहरूको संहार गरेका थिए ।

परशुरामको कथा[सम्पादन गर्नुहोस्]

परशुराम राजा प्रसेनजितकी पुत्री रेणुका र भृगुवंशीय जमदग्निका पुत्र तथा विष्णुका अवतार र शिवका परम भक्त थिए । यिनलाई शिवबाट विशेष परशु (बन्चरो) प्राप्त भएको थियो । यिनको नाम त राम हो तर शंकर द्वारा प्रदत्त अमोघ परशुलाई सदैव धारण गरिरहने कारणले यिनलाई परशुराम भनिन्थ्यो । विष्णुका दस अवतारहरू मध्ये छैठो अवतार, जो वामन एवं रामचन्द्रको मध्येमा गनिन्छन । जमदग्निको पुत्र भएको कारण यिनला 'जामदग्न्य' पनि भनिन्थ्यो । यिनको जन्म अक्षय तृतीया अथवा वैशाख शुक्ल तृतीयाका दिन भएको थियो । अत: यस दिन व्रत गर्ने र उत्सव मनाउने प्रथा छ । परम्परा अनुसार उनले क्षत्रिहरूको २१ पटक विनाश गरेका थिए । क्षत्रिहरूको अहंकारपूर्ण दमनबाट विश्वलाई मुक्ति दिलाउनको लागि इनको जन्म भएको थियो । परशुरामले शस्त्र विद्या द्रोणाचार्यलाई सिकायका थिए । परशुरामले शुक्राचार्य, बृहस्पति, ब्रह्माजीशिवजीसँग प्राचीन कालको धनुर्विद्या सिकेका थिए । परशुराम भगवान शिवजीलाई आफ्ना परम गुरु मान्थे । परशुरामलाई एक सच्चा पितृ बचन पालन गर्ने मान्छेको रूपमा पनि लिइएको छ । किन भने उनले पिता जमदग्निको आज्ञाअनुसार आफ्नी माता रेणुकाको हत्या गरेका थिए । एक दिन गन्धर्वहरूको जल विहार देखेर रेणुका मोहित भइन् भन्ने कारणले ऋषि जमदग्निले परशुरामलाई उनकी माता रेणुको हत्या गरिदिने आज्ञा दिएका थिए । परशुरामले पनि निस्संकोच पितृ आज्ञा पालन गर्न रेणुकाको गर्धन काटेका थिए । पछि गएर जमदग्निले खुसी हुँदै आफ्नो आज्ञाको पालना गरेकोमा परशुरामलाई मागे अनुसारको बरदान दिने वाचा गरे । तब परशुरामले आफ्नी मरेकी आमाको पुनर्जीवन मागे । यो देखेर जमदग्निले आफ्नो योग शक्तिले रेणुकालाई जीवित गराए । मातृबधको प्रायश्चित्तका लागि परशुरामले विभिन्न तीर्थहरूको भ्रमण गरेका थिए । परशुराम माता पिताका सच्चा भक्त थिए ।

परशुरामले गरेका कामहरू[सम्पादन गर्नुहोस्]

कार्तविर्य अर्जुन

मातृ बधको पापबाट मुक्त हुनको लागि परशुराम तिर्थाटनमा गएका बेला एक दिन जमदग्नीको आश्रममा सिकार खेल्दै हैहय क्षेत्री वंशका कार्तविर्य अर्जुन नाम गरेका राजा आफ्नो सेना सहित आए । ऋषी जमदग्नीले पनि उनिहरूको राम्रो स्वागत गरे । राजा कार्तविर्यका सेनाको स्वागतको लागि चाहिने सबै सामान आश्रममा पालिएकी एक गाईबाट प्राप्त भएको थियो । यो देखेर राजा कार्तविर्यको मनमा ऋषीबाट ति गाई प्राप्त गर्ने विचार आयो । राजाले ऋषीसँग पहिले त गाई मागे तर जमदग्नीले आफ्नो जीवन यापन चलाएकी यी गाई न दिने आग्रह गरे । यो सुनेर राजा कार्तविर्यले आफ्नो सेनालाई गाई लुटेर लिने आदेश दिए । राजाको आज्ञानुशार सेनाले ऋषी जमदग्नीलाई बन्धक बनाएर गाई लुटेर गए । त्यो बेला परशुराम आश्रममा थिएनन् । जब परशुराम आश्रममा आए तब सबै कुराहरू थाहा पाएर राजा कार्तविर्यको राज्यमा गए । राजा कार्तविर्यका हजारवटा हातहरू थिए । परशुरामले राजा कार्तविर्यसँग युद्ध गरे । परशुरामले राजा कार्तविर्यका हजारवटा हातलाई काटेर दुइटा हातहरू मात्र राखे । अब तँलाई मानव बनाएँ आज देखि दानवता छोडेर मानवतामा परिणत हुनु भनेर आफ्नो गाई लिएर परशुराम आश्रममा फर्किए । त्यसपछी परशुराम मातृबधको पापबाट मुक्ती पाउनकोलागी तिर्थयात्रामा गएको मौका पारी राजा कार्तविर्यका छोराहरूले ऋषी जमदग्नीलाई मारेर गाई लिएर गए । परशुराम आश्रममा फर्किए पछि रेणुकाले सबैकुरा भनेर बिलाप गर्न थालिन् । रेणुका छाती पिटेर रुन लागीन् । यो देखेर परशुरामलाई साह्रै रिश उठ्यो जति पटक रेणुकाले छाती पिटेकी छन् । त्यति पटक क्षेत्रीहरूको विनास गर्ने परशुरामले आफ्नी मातालाई बचन दिए । यसरी रुँदा रेणुकाले २१ पटक छाती पिटेकी थिइन् । त्यसैले परशुरामले पनि २१ पटक पृथ्वीमा घुमे सबै क्षेत्रीयहरूको नाश गरे । सबै क्षेत्रीय स्त्रीहरूलाई ब्राह्मणद्वारा सन्तानोत्पत्न गराए । यसै गरी परशुरामले पृथ्वीमा बढेका पापीहरूलाई नष्ट गरेर नयाँ धर्मको स्थापना गरे । त्रेता युगमा भगवान रामसँगको मिलन पछि परशुरामको तेज रामले आफू माथी लगेर परशुरामलाई एक सामान्य ऋषीको रूपमा राखिदिएका थिए ।[१]


मातृ-पितृ भक्त परशुराम[सम्पादन गर्नुहोस्]

परशुरामकी माता एक दिन कलश लिएर जल भर्नकोलागी नदीमा गइन् । त्यहाँ गंधर्व चित्ररथ अप्सराहरूका साथमा जलक्रीडा गरिरहेका थिए । उनलाई देख्दा रेणुका यती मोहित भइन् कि जल ल्याउन ढिलो भयो तथा यज्ञको समय व्यतीत भयो । उनको मानसिक स्थिति देखेर जमदग्निले आफ्ना छाराहरूलाई रेणुकाको वध गर्नको लागि भने । परशुरामको अतिरिक्त अरु कुनै पनि छोराहरूले यस्तो काम गर्न तयार भएनन् । पिताको आदेश भएपछी परशुरामले माताको वध गरे । पिता प्रसन्न भएपछी उनले वरदान स्वरूप आफ्नी माता जीवित हुने बरदान मागे ।

पिताबाट प्राप्त वरदान[सम्पादन गर्नुहोस्]

परशुरामका पिताले क्रोधको आवेशमा पटक पटक आफ्ना चारवटा छोराहरूलाई माताको हत्या गर्ने आदेश दिए । परशुरामको अतिरिक्त अरू कुनै छोरा पनि माताको बध गर्न तयार भएन । अत: जमदग्निले सबैलाई संज्ञाहीन गरीदिए । परशुरामले पिताको आज्ञा मानेर माताको शीर काटे । पिताले प्रसन्न भएर वर माग्न भने तब उनले चार वरदान मागे-

माता पुनर्जीवित हउन् , उनलाई मरेको स्मृति न रहोस्, भाई चेतना-युक्त हउन् र म परमायु होऊँ । जमदग्निले उनलाई चारैवटा वरदान दिए ।

क्रोधी स्वभाव[सम्पादन गर्नुहोस्]

दुर्वाशाकै भाँति यि पनि आफ्नो क्रोधी स्वभावको लागि विख्यात छन् । एक पटक कार्तवीर्यले परशुरामको अनुपस्थितिमा आश्रम उजाडेका थिए, जसबाट परशुरामले क्रोधित भएर उसका सहस्त्र भुजाहरूलाई काटे । कार्तवीर्यका सम्बन्धिहरूले प्रतिशोधको भावनाबाट जमदग्निको वध गरे । यसमा परशुरामले २१ पटक पृथ्वीलाई क्षत्रिय-विहीन गरिदिए । प्रत्यक पटक मारिएका क्षत्रियहरूकी पत्निहरू जीवित रहे र नयाँ पीढीलाई जन्म दिए र पाँच तालहरूलाई रगतले भरिदिए । अन्तमा पितरहरूको आकाशवाणी सुनेर उनले क्षत्रिहरूसंग युद्ध गर्न छोडेर तपस्यामा ध्यान लगाए ।

रामावतारमा रामचन्द्रद्वारा शिवको धनुष भाँचेकोमा परशुराम क्रुद्ध भएर आएका थिए । उनले परीक्षाको लागि उनको धनुष रामचन्द्रलाई दिए । जब रामले धनुषमा ताँदो चढाइ दिए तब परशुरामले रामचन्द्र विष्णुको अवतार हुन् भन्ने थाह पाए । यसैले उनको वन्दना गरेर तपस्या गर्न गए । 'कहि जय जय रघुकुल केतू । भुगुपति गए बनहि तप हेतु ॥' [२]

रामको पराक्रमको परीक्षा[सम्पादन गर्नुहोस्]

रामको पराक्रम सुनेर परशुराम अयोध्या गए । दशरथले उनको स्वागतार्थ रामचन्द्रलाई पठाए । उनलाई देख्ने वित्तिकै परशुरामले उनको पराक्रमको परीक्षा लिन चाहे । अतः उनलाई क्षत्रिय संहारक दिव्य धनुषको ताँदो चढाउनको लागि भने । रामले धनुषमा ताँदो चढाएको देखेर उनलाई धनुषमा एक दिव्य बाण चढाएर देखाउनु भने । रामले त्यो बाण धनुषमा चढाएर परशुरामको तेजमा छोडदिए । बाण उनको तेज खोसेर पुनः रामको पासमा फर्केर आयो । रामले परशुरामलाई दिव्य दृष्टि दीए । जसबाट उनले रामको यथार्थ स्वरूपको दर्शन गरे । परशुराम एक वर्षसम्म लज्जित, तेजहीन तथा अभिमानशून्य भएर तपस्यामा लागीरहे । तदनंतर पितरहरूको प्रेरणा पाएर उनले वधूसर नामक नदीको तीर्थमा स्नान गरेर आफ्नो तेज पुनः प्राप्त गरे ।

परशुराम कुण्ड[सम्पादन गर्नुहोस्]

भारतको आसाम राज्यको उत्तरी-पूर्वी सीमामा जहाँ ब्रह्मपुत्र नदी भारतमा प्रवेश गर्छ, त्यहाँ परशुराम कुण्ड छ । यसै कुण्डमा तपस्या गरेर उनले शिवजीबाट परशु प्राप्त गरेका थिए । त्यसै ठाउँमा त्यसलाई विसर्जित गरेका थिए । परशुराम जी सात चिरंजीविहरू मध्ये एक हुन् । इनको पाठ गर्नाले दीर्घायु प्राप्त हुन्छ । परशुराम कुण्ड नामक तीर्थस्थानमा पाँच कुण्ड बनेका छन् । परशुरामले समस्त क्षत्रिहरूको संहार गरेर ति कुण्डहरूको स्थापना गरेका थिए तथा आफ्नो पितृहरूबाट क्षेत्रिय संहारको पापबाट मुक्त हुने वर प्राप्त गरेका थिए ।

 स्कन्दपुराणको मानसखण्डमा उल्लेख भए अनुसार डडेल्धुरा जिल्लाको परशुराम न पा वा नं ५ मा एला( रंगुन) र श्याम( महाकाली ) को संगममा स्वयं भगवान परशुरामजीले आफ्नो बन्चरोले एउटा ढुङ्गामा तीन हात लम्बाइ तीन हात चौडाइ र तीन हात गहिराईको कुण्ड निर्माण गरेको र उक्त कुण्डमा भगवान बिश्वकर्माले दसअंगुल परिमितको बिष्णु प्रतिमा स्थापित गरिदिनु भएको थियो। सोही स्थानलाई परशुराम तीर्थ भनिन्छ।

रामकथामा परशुराम[सम्पादन गर्नुहोस्]

चारैवटा पुत्रहरूको विवाह उपरान्त राजा दशरथ आफ्नो विशाल सेना र छोराहरूका साथमा अयोध्या पुरीकालागी हिंडे । मार्गमा अत्यन्त क्रुद्ध तेजस्वी महात्मा परशुराम भेटिए । उनले रामसंग भने कि परशुरामले उनको पराक्रम गाथा सुनेका छन् तर राम उनको हाथको धनुष चढाएर दिखाउन् । तदुपरान्त उनको पराक्रमबाट संतुष्ट भएर उनी रामलाई द्वंद्व युद्धको लागि आमंत्रित गर्ने छन् । दशरथका अनेक प्रयत्नहरूका उपरान्त पनि ब्राह्मणदेव परशुराम शान्त भएनन् । परशुरामले भने 'विश्वकर्माले अत्यन्त श्रेष्ठ कोटिका दुइवटा धनुषहरूको निर्माण गरेका थिए । त्यस मध्ये एक त देवताहरूले शिवलाई अर्पित गरेका थिए र अर्को विष्णुलाई दिए । एक पटक देवताहरूले शिव र विष्णु मध्ये कुन बलबान छ र कुन निर्बल छन् भनेर ब्रह्माजीलाई सोधेकाले ब्रह्माले मतभेद स्थापित गर्दिए । फलस्वरूप विष्णुको धनुष टंकारका सम्मुख शिव धनुष शिथिल परेको थियो । अतः पराक्रमको वास्तविक परीक्षा यसै धनुषबाट हुन सक्छ । शान्त भएपछी शिवले आफ्नो धनुष विदेह वंशज देवरातलाई र विष्णुले आफ्नो धनुष भृगुवंशी ऋचकलाई धरोहरको रूपमा दिएका थिए । यो मसँग सुरक्षित छ ।'

परशुरामको कुरा सुनेर रामले क्रुद्ध भएर उनको हाथबाट धनुष बाण लिएर चढाए र भने - 'विष्णुबाण व्यर्थ जान सक्दैन । अब यसको प्रयोग कहाँ गर्ने ?' परशुरामको बल तत्काल लुप्त भयो । उनको कथनानुसार रामले बाणको प्रयोग परशुरामको तपोबलबाट जीतेका अनेक लोकहरूमा गरे, जो कि नष्ट भएर गए । परशुरामले भने - 'हे राम, तपाइँ निश्चय नै साक्षात विष्णु हुनुहुन्छ ।' तथा परशुराम महेन्द्र पर्वतकालागी प्रस्थान गरे । राम आदि अयोध्या गए । उनले यो धनुष वरुण देवलाई दिए । परशुरामले छोडेको सेना पनि राम आदिको साथमा प्रस्थान गरे ।

पिताको आदेश[सम्पादन गर्नुहोस्]

नारायणले नै भृगुवंशमा परशुरामका रूपमा अवतार धारण गरेका थिए । उनले जंभासुरको मस्तक विदीर्ण तुल्याएका थिए । शतदुंदभिको बध गरे । उनले युद्धमा हैहयराज अर्जुनको बध गरेका थिए र केवल धनुषको सहायता लिई सरस्वती नदीको तटमा हजारौं ब्राह्मणवेशका क्षत्रियहरूलाई मारेका थिए । एक पटक कार्तवीर्य अर्जुनले बाणहरूले समुद्रलाई त्रस्त गरेर कुनै परन्माश गरेका थिए वीरको विषयमा सोधे । समुद्रले उनलाई परशुरामसंग लड्नकोलागी भने । परशुरामलाई उनले आफ्नो व्यवहारबाट निकै रुष्ट गरी दिए । अतः परशुरामले उनका हजार भुजाहरू काटेर खसाले । अनेक क्षत्रियहरू युद्धको लागि आए । परशुराम क्षत्रिहरूसंग रुष्ट भए, अतः उनले एक्काइस पटक पृथ्वीलाई क्षत्रिय विहीन गरिदिए । अंतमा पृतिहरूको आकाशवाणी सुनेर उनले क्षत्रिहरूसंग युद्ध गर्न छोडेर तपस्यामा ध्यान लगाए ।

उनी सय वर्षसम्म सौम नामक विमानमा बसेर शाल्वसंग युद्ध गर्दै रहे किंतु गीत गाउँदै गरेकी नग्निका (कन्या) कुमारिहरूको मुखबाट यो सुनेर कि शाल्वको वध प्रद्युम्न र साम्बलाई साथ लिएर कृष्ण गर्नेछन्, उनलाई विश्वास भयो, अतः उनी त्यहि दिनदेखी वनमा गएर आफ्ना अस्त्र शस्त्र इत्यादि पानीमा डुबाएर कृष्णावतारको प्रतीक्षामा तपस्या गर्न लागे ।

परशुराम र यज्ञ[सम्पादन गर्नुहोस्]

परशुरामले आफ्नो जीवनकालमा अनेक यज्ञ गरेका थिए । यज्ञ गर्नको लागि उनले बत्तीस हाथ अग्लो सुनको वेदी बनाएका थीए । महर्षि कश्यपले दक्षिणामा पृथ्वी सहित त्यो वेदी लिए तथा फेरी परशुरामसंग पृथ्वी छोडेर जानको लागि भने । परशुरामले समुद्रलाई पछाडी हटाएर गिरिश्रेष्ठ महेंद्र गिरिमा निवास गरे ।

राम र परशुराम[सम्पादन गर्नुहोस्]

भृगुनंदन परशुराम क्षेत्रिहरूको नाश गर्नको लागि सदैव तत्पर रहन्थे । दशरथ पुत्र रामको पराक्रम सुनेर उनी अयोध्या गए । राजा दशरथले उनको स्वागतार्थ रामचन्द्रलाई पठाए । उनलाई देख्ने बित्तिकै परशुरामले उनको पराक्रमको परीक्षा लिन चाहे । अतः उनलाई क्षेत्रिय संहारक दिव्य धनुषको ताँदो चढाउनको लागि भने । रामले त्यो धनुमा ताँदो चढाएको देखेर उनलाई धनुषमा एक दिव्य बाण चढाएर देखाउनको लागि भने । रामले त्यो बाण चढाएर परशुरामको तेजमा छोड दिए । बाण उनको तेजलाई खोसेर पुनः रामसँग फर्केर आयो । रामले परशुरामलाई दिव्य दृष्टि दीए । जसबाट उनले रामको यथार्थ स्वरूपको दर्शन गरे । परशुराम एक वर्षसम्म लज्जित, तेजहीन तथा अभिमानशून्य भएरर तपस्यामा लागीरहे । तदनंतर पृतीहरूबाट प्रेरणा पाएर उनले वधूसर नामक नदीको तीर्थमा स्नान गरेर आफ्नो तेज पुनः प्राप्त गरे ।

गाधि र ऋचीक[सम्पादन गर्नुहोस्]

गाधि नामक महाबली राजा आफ्नो राज्य परित्याग गरेर वनमा गए । वहाँ उनकी एक पुत्री भइन् जसको वरण ऋचीक नामक मुनिले गरे । गाधिले ऋचीकसंग भने कि कन्याको याचना गर्दै उनको कुलमा एक सहस्र पांडुबर्णी अश्व, जसको कान एक तर्फ कालो होस्, शुल्क स्वरूप दिनुहोस्, अतः यो वाचा पूरा गर्नुहोस् । ऋचीकले वरुण देवताबाट उस प्रकारको एक सहस्र घोडा प्राप्त गरेर शुल्कस्वरूप प्रदान गरे । गाधिकी सत्यवती नामक पुत्रीको विवाह ऋचकसंग भयो ।

जन्म कथा[सम्पादन गर्नुहोस्]

भृगुले आफ्नो पुत्रको विवाहका विषयमा थाह पाएर धेरै प्रसन्न भए तथा आफ्नी पुत्रवधूसँग वर माँग्नकोलागी भने । उनसंग सत्यवतीले आफ्नो तथा आफ्नी माताको लागि पुत्र जन्मको कामना गरिन् । भृगुले उनी दुवैलाई चरु भक्षणार्थ दिएर भने कि ऋतुकालका उपरान्त स्नान गरेर सत्यवतीले गूलरको रुखमा र उनकी माताले पीपलको रुखमा आलिंगन गरे भने दुबै जनालाई पुत्र प्राप्त हुने छन् । आमा-छोरीले चरु खाँदा फेर बदल भयो । दिव्य दृष्टिबाट देखर भृगु पुनः वहाँ आए तथा उनले सत्यवतीसंग भने कि तिम्री माताको पुत्र क्षत्रिय भएर पनि ब्राह्मणोचित व्यवहार गरला तथा तिम्रो छोरो ब्राह्मणोचित भएर पनि क्षत्रियोचित आचार-विचार वाला होला । धेरै अनुनय-विनय गर्दा भृगुले माने कि सत्यवतीको छोरो ब्राह्मणोचित रहला किंतु नाती क्षत्रियहरूको जस्तो कार्य गर्ने वाला होला ।

सत्यवतीका पुत्र जमदग्नि मुनि भए । उनले राजा प्रसेनजितकी पुत्री रेणुकासंग विवाह गरे । रेणुकाका पाँच पुत्र भए—

रुमण्वान, सुषेण, वसु, विश्वावसु तथा पाँचौं पुत्रको नाम परशुराम थियो । उनै क्षत्रियोचित आचार-विचार वाला पुत्र थिए । एक पटक सद्यस्नाता रेणुका राजा चित्ररथमा मुग्ध भइन् । उनी आश्रममा पुगेपछी मुनिलाई दिव्य ज्ञानबाट समस्त घटना ज्ञात भयो । उनले क्रोधका आवेशमा आएर पटक पटक आफ्नो चार छोराहरूलाई माताको हत्या गर्ने आदेश दिए । किंतु कोही पनि तयार भएन । जमदग्निले आफ्नो चारै पुत्रहरूलाई जडबुद्ध हुने श्राप दिए । परशुरामले तुरन्त पिताको आज्ञाको पालन गरे । जमदग्निले प्रसन्न भएर उनलाई वर माग्नको लागि भने । परशुरामले पहिलो वरमा माताको पुनर्जीवन मागे र फेरी आफ्ना भाईहरूलाई क्षमा दिनको लागि भने । जमदग्नि ऋषिले परशुरामसंग भने कि उनी अमर रहने छन् । एक दिन जब परशुराम बाहिर गएका थिए त्यो समयमा कार्तवीर्य अर्जुन उनको कुटिमा आए । युद्धको मदमा उनले रेणुकाको अपमान गरे तथा उनका बाछाहरूलाई हरण गरेर गए । गाई बाँ बाँ गर्दै रहेकी थिइन् । परशुरामले थाह पाएपछी क्रुद्ध भएर उनले सहस्रबाहु हैहयराजलाई मारे । हैहयराजका पुत्रले आश्रममा धावा बोले तथा परशुरामको अनुपस्थितिमा मुनि जमदग्निलाई मारे । परशुराम घर पुगेपछी धेरै दुखी भए तथा पृथ्वीलाई क्षत्रियहीन गर्ने संकल्प गरे । अतः परशुरामले एक्काइस पटक पृथ्वीका समस्त क्षत्रिहरूको संहार गरे । समंत पंचक क्षेत्रमा पाँच रुधिरका कुण्ड भरे । क्षत्रियहरूको रुधिरबाट परशुरामले आफ्ना पृतीहरूको तर्पण गरे । त्यस समयमा ऋचक साक्षात प्रकट भए तथा उनले परशुरामको यस्तो कार्य गर्नबाट रोके । ऋत्विजहरूलाई दक्षिणामा पृथ्वी प्रदान गरे । ब्राह्मणहरूले कश्यपको आज्ञाबाट उस वेदीलाई खंड-खंड गरेर बाँडे, अतः जुन ब्राह्मणले वेदीलाई परस्पर बाँडेर लिएका थिए तिनीहरू खाण्डवायन भनिए ।

कथा: शिव द्वारा दिव्यास्त्र[सम्पादन गर्नुहोस्]

ठुलो भएर परशुरामले शिवाराधन गरे । उस नियमको पालन गर्दै उनले भगवान शिवलाई प्रसन्न गरे । शिवले उनलाई दैत्यहरूको हनन गर्ने आज्ञा दीए । परशुरामले शत्रुहरूसंग युद्ध गरे तथा उनको वध गरे । किंतु यस प्रक्रियामा परशुरामको शरीर क्षत-विक्षत भयो । शिवले प्रसन्न भएर भने कि शरीरमा जती प्रहार भएका छन् , उती नै अधिक देवदत्व उनलाई प्राप्त हुनेछ । उनी मान्यवर हुँदै जानेछन् । तदुपरान्त शिवले परशुरामलाई अनेक दिव्यास्त्र प्रदान गरे, जसबाट परशुरामले महाभारतका पात्र कर्ण देखी प्रसन्न भएर उसलाई दिव्य धनुर्वेद प्रदान गरे ।

जमदग्नि ऋषिले रेणुकाको गर्भबाट अनेक पुत्र प्राप्त जन्माए । त्यसमध्ये सबभन्दा कान्छा परशुराम थिए । त्यसताक हैहयवंश का अधिपति अर्जुन थिए । उनले विष्णुका अंशावतार दत्तात्रेयको वरदानबाट एक सहस्र भुजाहरू प्राप्त गरेका थिए । एक पटक नर्मदामा स्नान गर्दै मदोन्मत्त हैहयराजले आफ्ना हजार बाहुबाट नदीको वेग रोके, फलतः नदीको धारा उल्टो बग्न लाग्यो, जसबाट रावणको शिविर पानीमा डूब्न लाग्यो । दशाननले अर्जुनको नजिक गएर उनलाई राम्रो नराम्रो भनेकाले उनले रावणलाई समातेर कैदी बनाए । पुलस्त्यले भनेपछी उनने रावणलाई मुक्त गरिदिएका थिए । एकपटक उनी वनमा जमदग्निको आश्रममा पुगे । जमदग्निसँग कामधेनु थीइन् । अतः उनी अपरिमित वैभवका भोक्ता थिए । यो देखेर हैहयराज सहस्र बाहु अर्जुनले कामधेनुको अपहरण गरे । परशुरामले फरसा उठाएर उनको पीछा गरे तथा युद्धमा उनको समस्त भुजाहरू र सिर काटेर खसाले । उनका दस हजार पुत्रहरू डराएर भागे । कामधेनु सहित परशुराम आश्रममा फर्के र उनलाई पिताले तीर्थाटन गरेर आफ्नो पाप पखाल्नकोलागि आज्ञा दिए किनभने ब्राह्मणको धर्म भनेको नै क्षमादान हो र परशुरामले त्यसै गरे । एक वर्षको लागि तीर्थ गरेर फर्के । उनको आमा नदीमा कलश पानी भर्न गईन् । त्यहाँ अप्सराहरू र गन्धर्वहरूको पानी खेल थियो । त्यो हेर्दा पानी ल्याउनमा ढिलाइ भयो र यज्ञको समय बितिसकेको थियो । उनको मानसिक अवस्था बुझेर , तिनका छोराहरूलाई उनको वध गर्नलाई आदेश दिए । परशुरामको अतिरिक्त कोहि पनि यस्तो गर्नको लागि तयार भएनन् । पिताको भनेमा लागेर पराशुरामले आमा र सबै भाइहरूको बध गरे । पिताले प्रसन्न भएर उनलाई बर माग्न भने र उनले आफ्ना माता र दाजुभाइहरूलाई जीवित बनाउनको लागि र उनीहरूको स्मरणबाट बधको घटनालाई मेटाउनकोलागी बिन्ति गरे । कार्तबिर्य अर्जुनका छोराहरू निरन्तर बदला लिन मौका खोजि रहेकाथिए । एक दिन पुत्रहरूको अनुपस्थितिमा उनीहरूले ऋषि जमदग्निको वध गरे । परशुरामले ती सबको हत्या गरी महिष्मति नगरीमा उनीहरूका काटिएका शिरहरूबाट एक पर्वतको निर्माण गरे । उनले एक्काइस पटक पृथ्वीलाई क्षेत्रियहीन बनाइदिए । वास्तवमा परशुराम श्रीविष्णुका अवतार थिए , जसले क्षत्रिय नाशको लागि नै जन्म लिएका थिए । उनले आफ्नो पिताको शरीरलाई सिरसंग जोडेर यजनद्वारा उनलाई स्मृति रूप सकल्पमय शरीरको प्राप्ति गरिदिएका थिए।

श्रीमद्भागवत महापुराणमा वर्णन[सम्पादन गर्नुहोस्]

रेणुका के गर्भबाट जमदग्नि ऋषि के वसुमान आदि कैयौँ पुत्र भए । त्यसमा सबभन्दा कान्छा परशुराम थिए । उनको यश सारा संसारमा प्रसिद्ध छ । भनिन्छ कि हैहयवंशको अन्त गर्नाको लागि स्वयं भगवानले परशुरामको रूपमा अंशावतार ग्रहण गरेका थिए । उनले यस पृथ्वीलाई एक्कीस पटक क्षत्रियहीन बनाइ दिए । यद्यपि क्षत्रिहरूले उनको अलिकती मात्र अपराध गरेका थिए-तर पनि उनिहरू निकै दुष्ट, ब्राह्मणहरूका अभक्त, रजोगुणी र विशेष गरेर तमोगुणी भइरहेका थिए । यसै कारण पृथ्वीलाई भार भएको थियो र फलस्वरूप भगवान परशुरामले उनको नाश गरेर पृथ्वीको भार उतारे ।

राजा परीक्षितले सोधे- भगवन! अवश्य नै त्यस समयका क्षत्रियहरू विषयलोलुप भए होलान्; परन्तु उनीहरूले परशुरामजीको यस्तो के अपराध गरे, जसको कारण उनले पटक-पटक क्षत्रिहरूको वंशलाई संहार गरे ।

श्री शुकदेवजी भन्छन् - परीक्षित! त्यसबेला हैहयवंशको अधिपति कार्तविर्य अर्जुन थिए । उनी एक श्रेष्ठ क्षत्रिय थिए । उनले अनेकौअं प्रकारका सेवा-शुश्रूषा गरेर भगवान नारायणका अंशावतार दत्तात्रेयजीलाई प्रसन्न गरे र उनबाट एक हजार हातहरू तथा कुनै पनि शत्रु युद्धमा पराजित गर्न नसकुन् - यो वरदान प्राप्त गरे । साथै इन्द्रियहरूको अबोध बल, अतुल सम्पत्ति, तेजस्विता, वीरता, कीर्ति र शारीरिक बल पनि उनले दत्तात्रयको कृपाबाट प्राप्त गरेका थिए । उनी योगेश्वर भइ सकेका थिए । उनमा यस्तो ऐश्वर्य थियो कि उनी सूक्ष्म-भन्दा-सूक्ष्म, स्थूल-भन्दा-स्थूल रूप धारण गर्न सक्थे । सबै सिद्धिहरू उनलाई प्राप्त थिए । उनी संसारमा वायु जस्तै सबै ठाउँमा बेरोक-टोक विचरण गर्थे । एक पटक गलामा वैजयन्ती माला लगाएर सहस्त्रबाहु अर्जुन धेरै सुन्दरी स्त्रिहरूको साथमा नर्मदा नदीमा जल-विहार गर्दै थिए । उस समय मदोन्मत्त सहस्त्रबाहुले आफ्ना हातले नदीको प्रवाह रोकी दिए । दशमुख रावणको शिविर पनि त्यहि कतै नजिकैमा नै थियो । नदीको धारा उल्टो बग्न थाल्यो, जसबाट उसको शिविर डूब्न लाग्यो । रावण आफुलाई निकै ठुलो वीर ठान्थ्यो, यसैले सहस्त्रार्जुनको यो पराक्रम उसलाई सहन भएन । रावण सहस्त्रबाहु अर्जुन ठाउँ गएर राम्रो-नराम्रो भन्न थाल्यो, उनले स्त्रिहरूको अगाडि नै खेल-खेलमा रावणलाई पक्रे र आफ्नो राजधानी माहिष्मतीमा लगेर बाँदर झैं कैद गरे । पछि पुलस्त्यजी को भनाईमा लागेर सहस्त्रबाहुले रावणलाई छोडी दिए ।

कामधेनुको लागि संघर्ष[सम्पादन गर्नुहोस्]

एक दिन सहस्त्रबाहु अर्जुन शिकार खेल्नको लागि घोर जंगलमा गएका थिए । दैववश उनी जमदग्नि मुनिको आश्रममा पुगे । परम तपस्वी जमदग्नि मुनिको आश्रममा कामधेनु गाई थीइन् । उनको प्रतापबाट उनले सेना, मन्त्री र वाहनहरूका साथ हैहयाधिपतिलाई समेत तृप्त गरे । यो देखेर हैहयाधिपतिले जमदग्नि मुनिको ऐश्वर्य त मभन्दा पनि धेरै रहेछ भन्ने सोचे । त्यसैले उनले जमदग्नीको स्वागत-सत्कारलाई कुनै पनि आदर न दिएर कामधेनुलाई नै लैजान खोजे । उनले अभिमानवश जमदग्नि मुनिसंग नमागेरै आफ्ना सेवहरूलाई कामधेनुलाई खोसेर लैजाउ भन्ने आज्ञा दिए । उनको आज्ञाबाट उनका सेवक बाछा साथै 'बाँ-बाँ' गर्ने कामधेनुलाई बलपूर्वक माहिष्मतीपुरी लिएर गए । जब उनीहरू सबै गए, तब परशुरामजी आश्रममा आए र उनको दुष्टताको वृत्तान्त सुनेर चोट खाएको सर्प झैं क्रोधले तिलमिलाए । उनी आफ्नो भयंकर फरसा, तरकस, ढाल एवं धनुष लिएर निकै वेगसंग कार्तविर्यको पछि दौडे ।

सहस्त्रबाहु अर्जुन आफ्नो नगरमा प्रवेश गर्दै थिए कि उनले देखे परशुरामजी महाराज निकै वेगसंग आफू तर्फ आइरहेका छन् । उनको निकै विलक्षण झाँकी थियो । उनी हाथमा धनुष-बाण र फरसा लिएका थिए, शरीरमा कालो मृगचर्म धारण गरेका थिए र उनका जटाहरू सूर्य किरहरू समान चम्की रहेका थिए । उनलाई देख्ने वित्तिकै उसले गदा, खड्ग बाण, ऋष्टि, शतघ्नी र शक्ति आदि आयुधहरूले सुसज्जित एवं हाथी, घोडा, रथ तथा पदातिहरूले युक्त अत्यन्त भयंकर सत्रह अक्षौहिणी सेना पठाए । भगवान परशुरामले कुरै कुरामा एक्लै त्यो सबै सेनालाई नष्ट गरी दिए । भगवान परशुरामजीको गति मन र वायुको समान थियो । बस, उनी शत्रुको सेना काट्दै थिए । जहाँ-जहाँ उनी आफ्नो फरसाको प्रहार गर्थे, वहाँ-वहाँ सारथि र वाहनहरूको साथ ठुला ठुला वीहरूका हात, खुट्टा र काँधहरू काटिएर पृथ्वीमा झर्थे ।

सहस्त्रबाहु अर्जुनको वध[सम्पादन गर्नुहोस्]

हैहयाधिपति अर्जुनले आफ्ना सेनाका धनुष, ध्वजाहरू र ढाल भगवान परशुरामका फरसा र बाणहरूद्वारा काटिंदै खूनबाट लथपथ रणभूमिमा झरेका देखे पछि उनलाई निकै क्रोध आयो र उनी स्वयं पर्शुरामसँग भिड्नको लागि आए । उनले एकै साथ आफ्ना हजार भुजाहरूबाट पाँच सय धनुषहरूमा बाण चढाएर परशुरामजी माथी छोडे । परन्तु परशुराम त समस्त शस्त्रधारिहरूका शिरोमणि थिए । उनले आफ्नो एक धनुषमा छोडेका बाणहरूबाट नै एक साथ सबैलाई काटेर खसाले । हैहयाधिपति आफ्ना हातले पहाड र रुखहरू उखेलेर निकै वेगसंग युद्ध भूमिमा परशुरामजी तर्फ झम्टे । परन्तु परशुरामजीले आफ्नो धारिलो फर्साले निकै फुर्तीसँग कार्तविर्यका सर्प समान भुजाहरूलाई काटेर खसाए । जब उनका हातहरू काटिए, तब उनले पहाडको चुचुरा झैं उनको अग्लो टाउको शरिरबाट अलग गरिदिए । पिता मरेपछि उनका दश हजार पुत्रहरू डराएर भागे ।

प्रायश्चित[सम्पादन गर्नुहोस्]

परीक्षित! विपक्षी वीरहरूका नाशक परशुरामजी ले बाछाका साथै कामधेनु फर्काए । उनी निकै दु:खी भएका थीए । उनले आफ्नो आश्रममा ल्याएर पिताजीलाई सौंपे र माहिष्मतीमा सहस्त्रबाहुले तथा आफुले जस्तो जस्तो गरेका थिए त्यो सबै वृतांत आफ्ना पिताजी तथा भाइहरूलाई सुनाए । यो सबै सुनेर जमदग्नि मुनिले भने- 'हाय, हाय, परशुराम! तिमीले ठुलो पाप गर्‍यौ । राम, राम! तिमी ठूला वीर होउ; परन्तु सर्वदेवमय नरदेवको तिमीले व्यर्थ वध गर्‍यौ । पुत्र! हामीहरू ब्राह्मण हौं । क्षमाको प्रभावबाट नै हामी संसारमा पूजनीय भएका छौं भने सबैका पिताम्मह ब्रह्माजीले पनि क्षमाका बलबाट नै ब्रह्मपद प्राप्त गरेका छन् । ब्राह्मणहरूको शोभा क्षमाद्वारा नै सूर्यको प्रभा समान चम्कन्छ । सर्वशक्तिमान भगवान श्रीहरि पनि क्षमावानहरूमा नै शीघ्र प्रसन्न हुन्छन् ।

पुत्र ! सार्वभौम राजाको वध ब्राह्मणको हत्या भन्दा पनि बढी हुन्छ । जाउ, भगवानको स्मरण गर्दै तीर्थहरूको सेवन गरेर आफ्ना पापहरूलाई धोएर आउ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. सुब्बा होमनाथ केदारनाथ कृत सुक सागरमा
  2. 'राम चरितमानस', प्रथम सोपानमा २६७ देखी २८४ दोहा सम्म

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]