भकुन्डो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भकुन्डो


भकुन्डो एक खेल सामग्री हो जुन गोलो (बाटुलो) हुन्छ। भकुन्डो साधारणतया रबर तथा प्लास्टिकको बनाइएको हुन्छ। तर गाउँघरमा साना साना केटाकेटीहरूले कपडाको भकुन्डो बनाएर खेलेको पनि पाइएको छ। भकुन्डोलाई धेरै जसो निम्न खेलहरूमा प्रयोग गरिन्छ।

फुटबल (लाते भकुन्डो)[सम्पादन गर्नुहोस्]

यो खेल ११-११ जनाको २ समुहमा खेलिन्छ। यो खेलमा एउटा भकुन्डोलाई खेलाडीहरू खुट्टाले (लात्तीले) अर्का तर्फ बढाउँदै लगेर गोलपोष्ट सम्म छिराउँदै खेल्छन्।

भलिबल (हाते भकुन्डो)[सम्पादन गर्नुहोस्]

यो खेलमा भकुन्डोलाई खेलाडीहरूले ६-६ जनाको दुई समूह बनाएर हातले उछाल्दै खेल्छन्। दुवै समुहको विचमा दुईवटा पोल गाढेर त्यसमा नेट (जाली) लगाएको हुन्छ। खेलाडीहरू भकुन्डोलाई जालीबाट नँघाएर आफ्नो समुहबाट विरोधी समुह तर्फ कटाउने कोसिस गर्छन्।

क्रिकेट[सम्पादन गर्नुहोस्]

यो खेलमा खेलाडीहरू ११-११ जनाको समूहमा विभाजित भएर एक पछि एक गर्दै पालै पालो गरेर खेल्छन्। एक जना खेलाडीले भकुन्डोलाई विरोधी समूहको खेलाडी तर्फ जोरले हिर्काउछ। जो काठको दाब्लो आकारको बैट लिएर मैदानमा तैनात हुन्छ। उसले आफू तर्फ आउदै गरेको भकुन्डोलाई काठको बैटले हिर्काएर टाढा पुराउने कोशिस गछ्। यदी उसको प्रयास सफल भएछ भने बैट मैनले रन प्राप्त गर्छ। तर फिल्डिङ गरी रहेका बलर तर्फका खेलाडीहरूले भकुन्डोलाई टाढा जानबाट रोक्ने कोसिस गरिरहेका हुनाले कतिपय बैटमैनले रनहरू बनाउलाई गाह्रो पछ्।

भकुन्डोको प्रकारहरू[सम्पादन गर्नुहोस्]


सम्बन्धित लेखहरू[सम्पादन गर्नुहोस्]

  1. फुटबल विश्वकप
  2. फुटबल खेल
  3. भलिबल
  4. क्रिकेट