फिफा विश्वकप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
फिफा विश्वकप
Fifa Worldcup Trophy.jpg
सन् १९७४ पछी विश्व कप विजेतालाई दिईने गरेको विश्वकप ट्रफी
स्थापना सन् १९३०
समुह संख्या ३२ (फाइनल)
२०४ (२०१० को छनोटबाट)
हालको विजेता  फ्रान्स (२ औंं उपधि)
सबैभन्दा सफल टीम  ब्राजिल (५ औंं उपधि)
वेबसाइट आधिकारिक वेबसाइट
२०१८ फिफा विश्वकप

विश्वकप फुटबल प्रतियोगिता थालनीको कथा अन्तर्राष्ट्रिय फुटबल महासङ्घ, फिफा सँग जोडिएको छ भने फिफाको कथा विभिन्न देशमा स्थापना भएका राष्ट्रिय फुटबल सङ्घहरूको विकास सँग जोडिएको छ । सन् १८६६ मा विश्वको पहिलो राष्ट्रिय फुटबल सङ्घको रूपमा 'इङ्ग्ल्याण्ड फुटबल एसोसिएशन'- एफए गठन भइसकेको थियो । केही वर्षपछि अरू देशहरूमा पनि धमाधम राष्ट्रिय फुटबल सङ्घहरू स्थापना हुन थाले । यसरी फुटबल खेल र त्यसका राष्ट्रिय सङ्घहरूको विस्तार हुँदै गएपछि एउटा अन्तराष्ट्रिय फुटबल सङ्घको आवश्यकता सर्वत्र महसुस हुन थाल्यो । यही खाँचोको निकास खोज्ने क्रममा फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, डेनमार्क, स्पेन, स्वीडेनस्विट्जरल्यान्डसमेत सात देशका प्रतिनिधि फ्रान्सको राजधानी पेरिसमा भेला भए । यही भेलाले २९ मे १९०४ मा फुटबलको सर्वोच्च संस्था 'अन्तराष्ट्रिय फुटबल महासङ्घ' -फेडरेसन इन्टरनेशनल डे फुटबल एसोसिएशन, फिफाको औपचारकि गठन भयो । इङ्ग्ल्याण्ड दुई वर्षपछि फिफा सदस्य बन्यो । त्यसपछि अरू देशहरू पनि धमाधम यसको सदस्य हुने क्रम चल्यो, जुन अहिले पनि जारी रहेको छ । अहिले दुई सयभन्दा बढी देश फिफा सदस्य छन् । नेपाल सन् १९७० मा फिफाको पूर्ण सदस्य बनेको हो ।

विश्व कप फुटबल प्रतियोगिताको थालनीको श्रेय आधुनिक ओलम्पिक खेलकूद प्रतियोगिताको सफल सुरूवातलाई जान्छ । सन् १९०० मा भएको दोस्रो ओलम्पिक खेलकूदमा फुटबल पहिलोपटक समावेश गरिएको थियो । ओलम्पिक फुटबलको सफलताले उत्साहित भएका फिफा पदाधिकारीहरूले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ओलम्पिकको घेराभित्र सीमित राख्न नहुने निष्कर्ष निकाले । छलफल चल्दै जाँदा अन्ततः २६ मे १९२८ मा बसेको फिफा एम्स्टर्डम कङ्ग्रेसले युगान्तकारी निर्णय गर्‍यो, हरेक चार-चार वर्षको अन्तरालमा फिफा सदस्य देशहरूबीच विश्व कप प्रतियोगिता आयोजना थाल्ने र पहिलो विश्व कप सन् १९३० मा गर्ने कुराको निचोड निकालियो । अनि अर्को वर्ष, सन् १९२९ को बार्सिलोना फिफा कङ्ग्रेसले यो ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व उरूग्वेलाई प्रदान गर्‍यो । फलस्वरूप, राजधानी मोन्टेभिडियोमा एक लाख दर्शक अट्ने नवनिर्मित रंगशाला स्टेडियम देल सेन्टेनारयिोमा आईतबार १३ जुलाई १९३० मा फ्रान्स र मेक्सिकोबीच पहिलो विश्व कपको पहिलो म्याच विधिवत् उद्घाटन खेलको रूपमा सम्पन्न भयो ।

पहिलो विश्वकप आयोजना हुँदा फिफा सदस्य देशसंख्या जम्मा ४१ थियो । त्योबेला छनोट चरण प्रतियोगिता पनि भएको थिएन । तसर्थ, विविध कारणले गर्दा पहिलो विश्व कप प्रतियोगितामा मात्र १३ देश सहभागी भएका थिए । तर दोस्रो विश्वकपमा भने सदस्य देशको संख्या धेरै भएकोले उनीहरूबीच छनोट चरण प्रतियोगिता गराइएको थियो । र, फाइनल प्रतिस्पर्धाका लागि १६ देश छनोट भएका थिए । त्यसपछि लामो समयसम्म छनोट चरण र त्यही १६ देशबीच नै फाइनल स्पर्धा हुने प्रचलन रहँदै आयो । तर सदस्य संख्या र स्तर बढ्दै गएको तुलनामा त्यो संख्या कम महसुस हुन थाल्यो । फलतः सन् १९८२ को बाहौं विश्व कपदेखि यसलाई बढाएर २४ देश पुर्‍याइयो । पुनः १९९८ को १६ औं संस्करणदेखि विश्व कप उपाधिको फाइनल चरणमा भिड्न पाउने देशको संख्या ३२ पुर्‍याइएको हो । हाललाई यही संख्या कायम राखिएको छ ।

विजेताहरू[सम्पादन गर्ने]

बर्ष आयोजक बिजेता गोल अन्तर उप-बिजेता तेस्रो स्थान गोल अन्तर चौथो स्थान
१९३०
विवरण
Flag of Uruguay.svg उरुग्वे Flag of Uruguay.svg उरुग्वे ४ - २ Flag of Argentina.svg अर्जेन्टिना Flag of the United States.svg संयुक्त राज्य अमेरिका [note १] युगोस्लोभाकियायुगोस्लाभिया
१९३४
विवरण
Flag of Italy.svg इटाली Flag of Italy.svg इटाली २ - १
(आतिरिक्त समय)
Flag of the Czech Republic.svg चेकोस्लोभाकिया
जर्मनी
३ - २ Flag of Austria.svg अष्ट्रिया
१९३८
विवरण
Flag of France.svg फ्रान्स Flag of Italy.svg इटाली ४ - २ Flag of Hungary.svg हंगेरी Flag of Brazil.svg ब्राजिल ४ - २ स्विडेनस्वीडेन
१९५०
विवरण
Flag of Brazil.svg ब्राजिल Flag of Uruguay.svg उरुग्वे [note २] Flag of Brazil.svg ब्राजिल स्विडेनस्वीडेन [note २] Flag of Spain.svg स्पेन
१९५४
विवरण
स्विजरल्याण्ड स्विट्जरल्यान्ड West Germanyपश्चिम जर्मनी ३ - २ Flag of Hungary.svg हंगेरी Flag of Austria.svg अष्ट्रिया ३ - १ Flag of Uruguay.svg उरुग्वे
१९५८
विवरण
 स्विडेन Flag of Brazil.svg ब्राजिल ५ - २  स्विडेन Flag of France.svg फ्रान्स ६ - ३ West Germanyपश्चिम जर्मनी
१९६२
विवरण
Flag of Chile.svg चिली Flag of Brazil.svg ब्राजिल ३ - १ Flag of the Czech Republic.svg चेकोस्लोभाकिया Flag of Chile.svg चिली १ - ० युगोस्लोभाकियायुगोस्लाभिया
१९६६
विवरण
Flag of England.svg इङ्ल्यान्ड Flag of England.svg इङ्ल्यान्ड ४ - २
(अतिरिक्त समय)
West Germanyपश्चिम जर्मनी Flag of Portugal.svg पोर्चुगल २ - १ सोभियत सङ्घसोभियत संघ
१९७०
विवरण
Flag of Mexico.svg मेक्सिको Flag of Brazil.svg ब्राजिल ४ - १ Flag of Italy.svg इटाली West Germanyपश्चिम जर्मनी १ - ० Flag of Uruguay.svg उरुग्वे
१९७४
विवरण
West Germany पश्चिम जर्मनी West Germany पश्चिम जर्मनी २ - १  नेदरल्याण्ड Flag of Poland.svg पोल्यान्ड १ - ० Flag of Brazil.svg ब्राजिल
१९७८
विवरण
Flag of Argentina.svg अर्जेन्टिना Flag of Argentina.svg अर्जेन्टिना ३ - १
(अतिरिक्त समय)
 नेदरल्याण्ड Flag of Brazil.svg ब्राजिल २ - १ Flag of Italy.svg इटाली
१९८२
विवरण
Flag of Spain.svg स्पेन Flag of Italy.svg इटाली ३ - १ West Germanyपश्चिम जर्मनी Flag of Poland.svg पोल्यान्ड ३ - २ Flag of France.svg फ्रान्स
१९८६
विवरण
Flag of Mexico.svg मेक्सिको Flag of Argentina.svg अर्जेन्टिना ३ - २ West Germanyपश्चिम जर्मनी Flag of France.svg फ्रान्स ४ - २
(अतिरिक्त समय)
Flag of Belgium (civil).svg बेल्जियम
१९९०
विवरण
Flag of Italy.svg इटाली West Germanyपश्चिम जर्मनी १ - ० Flag of Argentina.svg अर्जेन्टिना Flag of Italy.svg इटाली २ - १ Flag of England.svg इङ्ल्यान्ड
१९९४
विवरण
Flag of the United States.svg संयुक्त राज्य अमेरिका Flag of Brazil.svg ब्राजिल ० - ०
(अतिरिक्त समय)
(३ - २ पेनाल्टी सुटआउट)
Flag of Italy.svg इटाली  स्विडेन ४ - ० Flag of Bulgaria.svg बुल्गेरिया
१९९८
विवरण
Flag of France.svg फ्रान्स Flag of France.svg फ्रान्स ३ - ० Flag of Brazil.svg ब्राजिल Flag of Croatia.svg क्रोएसिया २ - १  नेदरल्याण्ड
२००२
विवरण
Flag of South Korea.svg दक्षिण कोरिया
Flag of Japan.svg जापान
Flag of Brazil.svg ब्राजिल २ - ० Flag of Germany.svg जर्मनी Flag of Turkey.svg टर्की ३ - २

दक्षिण कोरिया

२००६
विवरण
Flag of Germany.svg जर्मनी Flag of Italy.svg इटाली १ - १
(अतिरिक्त समय)
(५ - ३ पेनाल्टी सुटआउट)
Flag of France.svg फ्रान्स Flag of Germany.svg जर्मनी ३ - १ Flag of Portugal.svg पोर्चुगल
२०१०
विवरण
Flag of South Africa.svg दक्षिण अफ्रिका Flag of Spain.svg स्पेन १ - ०
(अतिरिक्त समय)
 नेदरल्याण्ड Flag of Germany.svg जर्मनी ३ - २ Flag of Uruguay.svg उरुग्वे
२०१४
विवरण
Flag of Brazil.svg ब्राजिल Flag of Germany.svg जर्मनी १ - ०
(अतिरिक्त समय)
Flag of Argentina.svg अर्जेन्टिना  नेदरल्याण्ड ३ - ० Flag of Brazil.svg ब्राजिल
२०१८
विवरण
रसियारुस Flag of France.svg फ्रान्स ४ - २
Flag of Croatia.svg क्रोएसिया Flag of Belgium (civil).svg बेल्जियम २ - ० Flag of England.svg इङ्ल्यान्ड
२०२२
विवरण
 कतार
२०२६
विवरण
Flag of Canada.svg क्यानडा
Flag of the United States.svg संयुक्त राज्य अमेरिका
Flag of Mexico.svg मेक्सिको
Notes
  1. १९३० फिफा विश्वकपमा तेस्रो स्थानको खेल भएको थिएन । फिफाले संयुक्त राज्य अमेरिकाले खेलको समयमा युगोस्लाभिया भन्दा राम्रो प्रदशन गरेका कारण संयुक्त राज्य अमेरिका तेस्रो भएको थियोे[१]
  2. २.० २.१ १९५० फिफा विश्वकपमा कुनै पनि आधिकारिक विश्वकप फाइनल खेल भएको थिएन[२] विजेता चार टोलीहरू (उरुग्वे, ब्राजील, स्वीडेन र स्पेन) सँग अन्तिम समूह प्रतियोगितामा निर्णय गरियो । उरुग्वे लीगको शीर्षस्थानमा थियोे त्यसैले बिजेता भएको थियो । ब्राजिल दोस्रो भयो भने स्वीडेन तेस्रो र स्पेनले चौथो भएको थियोे । उरुग्वेको अन्तिम खेल ब्राजिलको विरुद्धमा थियो, यस खेललाई प्राय: १९५० विश्वकपको फाइनलमा मानिन्छ । [३]

रेकर्डहरू[सम्पादन गर्ने]

बाहिरी कडी[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. 1930 FIFA World Cup, FIFA.com. Retrieved on 5 March 2009. |url=https://www.webcitation.org/5mr1WcKgn%7Cdate =2010-01-17}}
  2. 1950 FIFA World Cup, FIFA.com. Retrieved on 5 March 2009.
  3. FIFA World Cup Finals since 1930 (PDF), FIFA.com. Retrieved on 5 March 2009.