१९७४ फिफा विश्वकप
स्वरूप
Fußball-Weltmeisterschaft 1974 (जर्मनेली) | |
---|---|
प्रतियोगिता विवरण | |
आयोजक देश | West Germany |
मिती | १३ जून – ७ जुलाई (२५ दिन) |
जम्मा टिम सङ्ख्या | १६ (५ संघहरूबाट) |
मैदान | ९ (९ वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | पश्चिम जर्मनी (२औँ उपाधि) |
उप विजेता | नेदरल्यान्ड |
तेस्रो स्थान | पोल्यान्ड |
चौथो स्थान | ब्राजिल |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | 38 |
हानिएको गोल | 97 (2.55 प्रत्येक खेलमा) |
दर्शक सङ्ख्या | १,८६५,७६२ (४९,०९९ प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | Grzegorz Lato (७ गोल) |
उत्कृष्ट खेलाडी | Johan Cruyff[१] |
उत्कृष्ट युवा खेलाडी | Władysław Żmuda |
१९७४ फिफा विश्वकप, फिफा विश्वकपको दसौं संस्करण हो जुन १३ जून देखि ७ जुलाई सम्म पश्चिम जर्मनीमा आयोजना भएको थियो । प्रतियोगितामा पहिलो पटक मूर्तिकला सिल्भियो गेजजानिगा द्वारा बनाइएको फिफा विश्वकप ट्रफीलाई बिजेतालाई सम्मानित गरिएको थियो । अघि ट्रफी, जोल्स रिमिट ट्राफी, तेस्रो पटक ब्राजिलले १९७० मा जितेको थियो र स्थायी रूपमा ब्राजिललाई नै सम्मानित गरिएको थियो । म्युनिखको ओलम्पिकेडियनमा फाइनलमा नेदरल्याण्ड्सलाई २-१ को गोल अन्तरमा हराउँदै आयोजक राष्ट्र बिजेता वनेको थियो । यो उपाधी १९५४मा जिते सँगै पश्चिम जर्मनी २ पटक बिजेता बनेको थियो ।, अस्ट्रेलिया, पूर्वी जर्मनी, हाइटी र झैरे अन्तिम चरणमा पहिलो पटक उपस्थित भएका थिए । पूर्वी जर्मनी, जर्मनीमा १९९० मा गाभिनुभन्दा अधि यो फिफा विश्वकप पूर्वी जर्मनीकोलागि अन्तिम उपस्थिति रहेकोे थियो ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "फिफा विश्वकपका उत्कृष्ट खेलाडीहरू (गोल्डेन बल)", टपेन्ड स्पोर्ट्स, अन्तिम पहुँच २३ जून २०१८।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा फिफा विश्वकप १९७४ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- १९७४ फिफा विश्वकप ™, फिफा डटकम
- फिफा प्राबिधिक प्रतिवेदन