२०१० फिफा विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१० फिफा विश्वकप
फिफा विश्वकप दक्षिण अफ्रिका २०१०
२०१० फिफा विश्वकप आधिकारिक लोगो
प्रतियोगिता विवरण
आयोजक राष्ट्रदक्षिण अफ्रिका
मिति११ जुन-११ जुलाई (३१ दिन)
टोलीहरू३२(६ सङ्घहरूबाट)
स्थान(हरू)१० (९ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता स्पेन (१औँ उपाधि)
उप-विजेता नेदरल्यान्ड
तेस्रो स्थान जर्मनी
चौथो स्थान उरुग्वे
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू६४
गोल सङ्ख्या१४५ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "१"। प्रति खेल)
उपस्थिति३,१७८,८५६ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "६"। प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)उरुग्वे डिएगो फोर्लान
जर्मनी थोमस मुलर
नेदरल्यान्ड वेस्ले स्नाइडर
स्पेन डेविड भिया
(प्रत्येकद्वारा ५ गोल)[१]
उत्कृष्ट खेलाडी(हरू)उरुग्वे डिएगो फोर्लान[२]
उत्कृष्ट युवा खेलाडीजर्मनी थोमस मुलर[३]
उत्कृष्ट गोलरक्षकस्पेन इकर क्यासिलास[४]


चारवर्षको पर्खाइपछि जोहानेसवर्गको सकर-सिटी रङ्गशालामा ११ जून (२८ जेठ) स्थानीय समय अनुसार अपरान्ह चारबजे भएको आयोजक दक्षिण अफ्रिका (द.अफ्रिका) र मेक्सिको बीचको खेलबाट १९औं विश्वकप फुटबलको साइत भयो । पहिलो पटक अफ्रिकी महाद्वीपले पाएको आयोजनाको दिन नजीकिँदै जाँदा यसको खर्च, परिणाम, प्रभाव र प्रतिफलको जोडघटाउ जोडतोडमा भएको थियो । ३२ राष्ट्रको बहुप्रतीक्षित यस भिडन्तलाई रङ्गशालामै पुगेर या टेलिभिजनमा हेर्न विश्वभरका करोडौं फूटबलप्रेमीको अधैर्य बिच सन् १९९५ को रग्वी विश्वकप र २००३ को विश्वकप क्रिकेटको सफल आयोजना गरेको द. अफ्रिकाले यस महाकुम्भलाई अफ्रिका महाद्वीपकै गौरव बढाउने अवसरको उपयोग गर्न सफल भयो । अफ्रिकी सपना द.अफ्रिकाले १९औं विश्वकपलाई अविस्मरणीय बनाउन तीन वर्षकै अवधिमा उत्तरी डर्बनमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल र ६४ खेलका लागि सरदर ५६ हजार दर्शक क्षमताका दश वटा भव्य रङ्गशाला तयार पारेको थियो । प्रतियोगिताका पूर्वाधार निर्माण र यसका अन्य परियोजनामा करिब ३.७ अर्ब अमेरिकी डलर खर्चको जोहो उसले गरेको छ । अन्तर्राष्ट्रिय फूटबल महासङ्घ (फिफा)ले पनि पुरस्कार, टिम र तयारीका लागि करिब ८० करोड डलरभन्दा बढी खर्च गरेको छ । फूटबलको महाकुम्भसँगै जोडिएर आउने पर्यटनबाट रु.२०० अर्ब र व्यापारबाट रु.८० अर्ब आम्दानी गर्ने अनुमान र खेल अवधिमा करिब चार लाख पर्यटक औसत १८ दिने बसाइका लागि दक्षिण अफ्रिका भित्रिने अनुमान गरिएको थियो । तयारीको अधिकांश खर्च आयोजक राष्ट्रले बेहोरे पनि आम्दानीमा फिफाको एकाधिकार रहने चलन छ, जसको पुष्टि रु.२२५ अर्बभन्दा बढी आम्दानी गर्ने उसको घोषित लक्ष्यबाटै हुन्छ । यसबाट आइलाग्ने अवगालबाट जोगिन उसले द.अफ्रिकालाई तयारीका लागि १० करोड डलर सहयोग गर्ने जनाएको थियो प्रतियोगितामा गरिएको लगानीबाट चालू आर्थिक वर्षमा द.अफ्रिकाको आर्थिक वृद्धिदर ३ प्रतिशतबाट ३.५ प्रतिशतमा उक्लिने अनुमान अनुसार यो विश्वकपले सम्पूर्ण अफ्रिकी महाद्वीपकै अर्थतन्त्र, सामाजिक विकास र राजनीतिलाई समेत गति दिएको छ । त्यस कारण, यस महाद्वीपका द.अफ्रिका, अल्जेरिया, घाना, क्यामरुन, आइभरी कोष्ट, नाइजेरिया जस्ता द्वन्द्वको पीडा खेपेका मुलुकहरूका लागि यो विश्वकप सहभागिताबाहेक राष्ट्रिय र क्षेत्रीय मेलमिलापको अवसर पनि भयो । त्यही भएर अफ्रिकी महाद्वीपमा विश्व कप भित्र्याउन नेल्सन मण्डेला स्वयंले विशेष लबिङ गरेका थिए ।

डिजिटल विश्वकपका दाबेदार[सम्पादन गर्नुहोस्]

फेसबुकट्विटरको सामाजिक सञ्जालबाट छिनछिनमा गरिएको विश्वकप-अपडेट यसपटकको फूटबल महाकुम्भको नयाँ आयाम हो । जर्मनीमा सम्पन्न पछिल्लो संस्करणताका यी विद्युतीय सञ्जालहरू उदाउँदो अवस्थामा थिए, जसले वितेका चार वर्षमा आश्चर्यजनक प्रभुत्व जमाइसकेको थियो । दैनिक ५ करोड सूचना आदानप्रदान हुने ट्वीटरमार्फत प्रतियोगिता चलिरहँदा सेकेण्डभरमा लाखौं सन्देश फूटबल फ्यानहरूबीच ट्वीट भएको अनुमान छ । ४० करोडभन्दा बढी सक्रिय प्रयोगकर्ता छन्, फेशबुकका। त्यसमाथि छ, १६ लाखभन्दा बढी प्रयोगकर्ता भएको फिफाको आफ्नै सञ्जाल द क्लब । विश्वकप शुरु भएको निमेषभरमै इन्टरनेटको अर्को लोकप्रिय सञ्जाल युट्युबमार्फत अपलोड गरिएको भिडियोहरू संसारकै लागि आकर्षण थियो । रेफ्रीका विवादास्पद निर्णय हुन् वा आकर्षक गोल वा पेनाल्टी, संसारभरका दर्शकले युट्युबमार्फत दोहोर्‍याई तेहर्‍याई हेरेर प्रतिक्रिया दिएका थिए । यसैगरी, विभिन्न कम्पनीहरूले उपलब्ध गराउने थ्री-डी संस्करणका प्रत्यक्ष म्याचहरूले फूटबलप्रेमीहरूलाई पलभरमै अर्कै संसारमा हुत्याइदियो । फिफाले जोहानेसवर्ग, डर्बन, केपटाउन र पोर्ट एलिजावेथका पाँच रङ्गशालामा हुने २५ म्याचलाई थ्री-डी भर्सनमा प्रसारण गरेको थियो ।

छनौट भइसकेका राष्ट्रहरू[सम्पादन गर्नुहोस्]

सन् २००९ अक्टोबरमा भएको फिफाको ड्रमा परेका ३२ टिमहरु [५] यस टुर्नामेन्टमा छनौट भएका छन् ।

म्याच हुने स्थान[सम्पादन गर्नुहोस्]

सन् २०१० को विश्वकपको लागि फिफाद्वारा सन् २००६ मार्च १७ मा दक्षिण अफ्रिकाका ११ वटा शहर निर्धारित गरिएको छ जुन हुन् ब्लोमफोन्टेन, केप टाउन,डरबन, जोहानेसबर्ग(२ स्थानमा), किमबर्ले,क्लर्क्सडोर्प, ओर्कने, पोलोकवेन,पोर्ट एलिजाबेथ, प्रिटोरिया तथा रस्टेनबर्ग[६] प्रतियोगिताको फाइनल खेल सकर सिटी,जोहानेसबर्गमा हुनेछ ।

जोहानेसबर्ग केप टाउन डरबन जोहानेसबर्ग
सकर सिटी1[७] केप टाउन स्टेडियम2 मोसेस मभिदा स्टेडियम3 एलिस पार्क स्टेडियम
२६°१४′५.२७″द॰ २७°५८′५६.४७″पू॰ / २६.२३४७९७२°S २७.९८२३५२८°E / -26.2347972; 27.9823528 (सकर सिटी) ३३°५४′१२.४६″द॰ १८°२४′४०.१५″पू॰ / ३३.९०३४६११°S १८.४१११५२८°E / -33.9034611; 18.4111528 (केप टाउन स्टेडियम) २९°४९′४६″द॰ ३१°०१′४९″पू॰ / २९.८२९४४°S ३१.०३०२८°E / -29.82944; 31.03028 (मोसेस मभिदा स्टेडियम) २६°११′५१.०७″द॰ २८°३′३८.७६″पू॰ / २६.१९७५१९४°S २८.०६०७६६७°E / -26.1975194; 28.0607667 (एलिस पार्क स्टेडियम)
क्षमता: 84,490 क्षमता: 64,100 क्षमता: 62,760 क्षमता: 55,686
प्रिटोरिया Lua error in मोड्युल:Location_map/multi at line 27: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/South Africa" उपलब्ध छैन्. पोर्ट एलिजाबेथ
लोफ्टस भर्सफेल्ड स्टेडियम नेल्सन मण्डेला बे स्टेडियम
२५°४५′१२″द॰ २८°१३′२२″पू॰ / २५.७५३३३°S २८.२२२७८°E / -25.75333; 28.22278 (Loftus Versfeld Stadium) ३३°५६′१६″द॰ २५°३५′५६″पू॰ / ३३.९३७७८°S २५.५९८८९°E / -33.93778; 25.59889 (Nelson Mandela Bay Stadium)
क्षमता: 42,858 क्षमता: 42,486
पोलोकवेन नेल्सप्रुइट ब्लोमफोन्टेन रस्टेनबर्ग
२३°५५′२९″S २९°२८′०८″E / २३.९२४६८९°S २९.४६८७६५°E / -23.924689; 29.468765 (Peter Mokaba Stadium) २५°२७′४२″S ३०°५५′४७″E / २५.४६१७२°S ३०.९२९६८९°E / -25.46172; 30.929689 (Mbombela Stadium) २९°०७′०२.२५″द॰ २६°१२′३१.८५″पू॰ / २९.११७२९१७°S २६.२०८८४७२°E / -29.1172917; 26.2088472 (Free State Stadium) २५°३४′४३″S २७°०९′३९″E / २५.५७८६°S २७.१६०७°E / -25.5786; 27.1607 (Royal Bafokeng Stadium)
पिटर मोकाबा स्टेडियम बोम्बेला स्टेडियम फ्री स्टेट स्टेडियम रोयल बफोकेंङ्ग स्टेडियम
क्षमता: 41,733 क्षमता: 40,929 क्षमता: 40,911 क्षमता: 38,646

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Players - Top goals", FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच ६ जुलाई २०१२ 
  2. "Adidas Golden Ball", FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच ६ जुलाई २०१२ 
  3. "Hyundai Best Young Player", FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच ६ जुलाई २०१२ 
  4. "Adidas Golden Glove", FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच ६ जुलाई २०१२ 
  5. FIFA "Rankings shown are those in May 2010, but the rankings used for selecting the seven non-host seeds were those of October 2009", Espn Fc, ४ अक्टोबर २००९, अन्तिम पहुँच जुलाई २०१० 
  6. "2010 Soccer World Cup Fan Parks & 2010 Host Cities", Google Earth Community, २९ अक्टोबर २००७, अन्तिम पहुँच १ डिसेम्बर २०११ 
  7. "Soccer City Stadium – Johannesburg", FIFA.com, FIFA, अन्तिम पहुँच १ डिसेम्बर २०११ 

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]