थोमस मुलर
![]() थोमस मुलर २०१७ मा | |||
व्यक्तिगत विवरण | |||
---|---|---|---|
पुरा नाम | थोमस मुलर | ||
जन्म मिति | १३ सेप्टेम्बर १९८९ (उमेर २५) | ||
उचाई | १.८६ मि (६ फिट १ इन्च) | ||
खेल्ने स्थान | फरवार्ड/मिडफिल्डर/विङ्गर | ||
क्लबको विवरण | |||
हालको क्लब | बायर्न म्युनिख | ||
सङ्ख्या | २५ | ||
युवा क्लब | |||
१९९३–२००० | टीएसभी पाल | ||
२०००–२००८ | बायर्न म्युनिख | ||
वरिष्ठ क्लब* | |||
बर्ष | क्लबहरू | खेल | (गोल) |
२००८–२००९ | बायर्न म्युनिख II | ३५ | (१६) |
२००८– | बायर्न म्युनिख | ३१८ | (११०) |
राष्ट्रिय टोली | |||
२०१०-२०१९ | जर्मनी | १०० | (३८) |
|
थोमस मुलर (जन्मः १३ सेप्टेम्बर १९८९) जर्मनी राष्ट्रिय फुटबल टिमका खेलाडी हुन् भने उनी व्यवसायिक फुटबल बायर्न म्युनिखका लागि खेल्न गर्दछन् । मुलरले आक्रामक अलराउन्डरको भुमिका निर्वाह गर्छन्, फरवार्ड र मिडफिल्ड दुवै स्थानमा खेल्न सक्ने खेलाडीका रूपमा चिनिन्छन् । मुलरको उपस्थितिमा जर्मनीको आक्रमण शक्ति सँधै शसक्त हुने गर्छ । मुख्यतः मिडफिल्डमा जम्ने मुलर विङ्सबाट पनि राम्रै प्रभाव पार्न सक्छन् । युवा क्लबको जीवन सकेर वरिष्ठ टोलीमा डेब्यु गर्दा मध्यपंक्तिको रूपमा खेले पनि अग्रपंक्तिमा पनि सटीक खेल खेल्ने खेलाडी हुन् मुलर । बायर्न म्युनिख र राष्ट्रिय टोलीले ४-२-३-१ को ढाँचामा खेल्दछन जहाँ मुलर तीन आक्रामक मिडफिल्डर मध्येमा पर्दछन् । मुलर परिपक्वता र तीव्र वेग भएका खेलाडीका रूपमा चिनिन्छन् । मैदानमा प्रवेश गरेपछी दबाबमा नरहनु र विपक्षीलाई दबाबमा राख्नु उनको विशेषता हो ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
खेल्ने स्थानहरू | ||
---|---|---|
अघिल्लो मिरोस्लाभ क्लोज |
फिफा विश्वकप गोल्डेन बुट २०१० |
पछिल्लो हामेस रोद्रिगेस |
![]() |
विकिमिडिया कमन्समा थोमस मुलर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |