हामेस रोद्रिगेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हामेस रोद्रिगेस
सन् २०१८ मा प्रशिक्षण लिँदै रोद्रिगेस
व्यक्तिगत जानकारी
पुरा नाम हामेस दाभिद रोद्रिगेस रोबियो[१]
जन्म मिति (1991-07-12) १२ जुलाई १९९१ (उमेर ३२)
जन्म स्थान कुकुता, कोलोम्बिया
उचाइ १.८० मिटर
खेल्ने स्थान(हरू) आक्रामक मध्यपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
रियल म्याड्रिड
सङ्ख्या १६
युवा करियर
सन् २००१–२००५ आकादेमिया तोलिमेन्सी दे फुतबोल
सन् २००५–२००६ एन्बिगादो क्लुब दे फुतबल
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २००६–२००८ एन्बिगादो ३० (९)
सन् २००८–२०१० बानफिल्द ४२ (५)
सन् २०१०–२०१३ पोर्तो ६३ (२५)
सन् २०१३–२०१४ आएस मोनाको ३४ (९)
सन् २०१४– रियल म्याड्रिड ८५ (२९)
सन् २०१७–२०१९ → बायार्न मुन्छेन (ऋणमन) ४३ (१४)
अन्तर्राष्ट्रिय करियर
सन् २००७ २० वर्ष मुनी ११ (३)
सन् २०११ २० वर्ष मुनी (३)
सन् २०११– कोलोम्बिया ७६ (२२)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १६:०२, १३ असार २०७७ (नेपाली समय)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २८ जुन २०१९

हामेस दाभिद रोद्रिगेस रोबियो वा जेम्स रोड्रिगेज (स्पेनी: James Rodríguez), सुन्नुहोस्, (जन्म:१२ जुलाई १९९१) सामान्य रूपमा हामेस नामले परिचित, एक कोलम्बियाली व्यावसायिक फुटबल खेलाडी हुन्। उनी स्पेनी क्लब रियल म्याड्रिडकोलोम्बिया राष्ट्रिय फुटबल टोलीको लागि आक्रमक मध्यपङ्क्तिको रूपमा फुटबल खेल्न गर्छन्। हामेसलाई संसारकै उत्कृष्ट युवा खेलाडीहरू मध्ये एक मानिन्छ।[२] उनी आफ्नो तिक्ष्ण प्राविधिक खेलका लागि आफ्नो प्रशंसकको मन जित्न सफल मानिन्छन्।[३][४]

हामेसले व्यावसायिक फुटबल कार्यकालको सुरुवात एम्भिगो नामक एक कोलोम्बियाली फुटबल क्लब मार्फत सन् २००६ मा गरेका थिए भने सन् २००८ मा उनको बानफिल्द नामक एक अर्जेन्टिनी फुटबल क्लबमा अनुबन्दित भएका थियो। सन् २०१० मा इटालेली फुटबल क्लब पोर्तोमा सरुवा भएपछि हामेसले एकाएक सफलता प्राप्त गर्दै पुरै युरोपेली फुटबलमा ख्याति कमाउन सफल भएका थिए। पोर्तो फुटबल क्लबसँगको तीन वर्षीया संलग्नतामा हामेसले उक्त क्लबका लागि ठूलो योगदान पुर्‍याएका थिए भने उनले केही उपाधिहरू पनि हात पारेका थिए। सन् २०१४ मा हामेस आएस मोनाकोबाट ६३ मिलियन युरो डलरको स्थानान्तरण शुल्कमा रियल म्याड्रिड नामक एक स्पेनी फुटबल क्लबमा सरेका थिए जसले रादामेल फल्काओद्वारा कायम गरिएको सबैभन्दा महङ्गा कोलोम्बियाली खेलाडीको क्रीतिमानलाई तोड्न सफल भएको थियो।[५] उनले रेआल माद्रिदका क्लबमा पर्दापण गरेको वर्ष आयोजित ला लिगा संस्करण रियल म्याड्रिडले जित्न सफल भएको थियो भने उनले उक्त वर्ष उत्कृष्ट मध्यपङ्क्ति खेलाडीको विधामा उपाधि जित्न सफल भएका थिए। सन् २०१७ मा उनले जर्मनेली क्लब बार्यन मुन्चेनका लागि दुई वर्षीय आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए।

हामेसले सन् २०११ मा कोलोम्बियाली राष्ट्रिय फुटबल टोलीको २० वर्ष मुनीको राष्ट्रिय टोलीका लागि पर्दापण गर्दै अन्तर्राष्ट्रिय फुटबल कार्यकालको सुरुवात गरेका थिए भने सोही वर्ष उनले तुलोँ प्रतियोगिता पनि जित्न सफल भएका थिए। उनले सन् २०११ फिफा २० वर्ष मुनीको विश्वकपमा कोलोम्बियाली राष्ट्रिय फुटबल टोलीको कप्तान भूमिका निर्वाह गरेका थिए। विभिन्न घरेलु तथा अन्य प्रतियोगिताहरूमा उत्कृष्ण प्रदर्शन गरेका कारण २० वर्षको उमेरमा उनको कोलोम्बियाली राष्ट्रिय फुटबल टोलीमा पदोन्नति भएको थियो। सन् २०१४ मा ब्राजिलमा आयोजित फिफा विश्वकपमा हामेसले उक्त प्रतियोगिताकै सर्वाधिक गोल गर्दै सुनौली जुत्ता जित्न सफल भएका थिए भने सन् २०१८ मा रूसमा आयोजित फिफा विश्वकपमा पनि उनले कोलोम्बियाली राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै उक्त प्रतियोगितामा भाग लिएका थिए।[६][७] सन् २०१५ मा आयोजित कोपा अमेरिका फुटबल प्रतियोगितामा हामेसले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए र त्यस्तै गरी सन् २०१६ कोपा अमेरिका सेन्तेनारियो र सन् २०१९ को कोपा अमेरिका फुटबल क्लबमा पनि राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए जहाँ उनले सन् २०१६ को कोपा अमेरिका सेन्तेनारियोमा तेस्रो उपाधिका लागि पदक जित्न सफल भएका थिए।

क्लब कार्यकाल[सम्पादन गर्नुहोस्]

एम्बिगादो[सम्पादन गर्नुहोस्]

हामेसको जन्म सन् १९९१ जुलाई १२ का दिन दक्षिण अमेरिकी देश कोलोम्बियाको कुकुता भन्ने ठाउँमा भएको थियो भने उनले आफ्नो बाल्यकाल तोलिमामा बिताएका थिए।[८] उनको बुबाको नाम विलसन हामेस रोद्रिजेस बेदोजा हो भने आमाको नाम मारिया देल पालेर रोबियो हो। हामेसले सन् २००६ कोलोम्बियाको दोस्रो शीर्षको एम्बिगादो नामक एक फुटबल क्लब मार्फत व्यावसायिक फुटबल कार्यकालको सुरुवात गरेका थिए भने सन् २००७ मा उनको पहिलो दर्जाको फुटबल विभागमा पदोन्नति भएको थियो।[९][१०] मात्र १४ वर्षको कलिलो उमेरमा नै व्यावसायिक फुटबल खेलमा सामेल हुने उनी कम उमेरको दोस्रो खेलाडी बन्न सफल भएका थिए भने उनले सन् २००६ मे २१ का दिन पहिलो आधिकारिक व्यावसायिक फुटबल खेल खेलेका थिए। [११]

बानफिल्द[सम्पादन गर्नुहोस्]

हामेस सन् २००८ मा बानफिल्द नामक एक फुटबल क्लबसँग आवद्ध भएका थिए। उनले सन् २००९ फेब्रुअरी ७ का दिन उक्त क्लबका लागि पहिलो उपस्थिति जनाएका थिए भने उनले सन् २००९ फेब्रुअरी २७ का दिन उक्त क्लबका लागि पहिलो व्यक्तिगत गोल गर्न सफल भएका थिए जसकारण बानफिल्दले रोसारियो सेन्त्राललाई ३-१ गोल अन्तरले पराजित गरेको थियो।[१२][१३] सन् २००९ को घरेलु संस्करणको लिगमा हामेसले बानफिल्दका लागि ११ उपस्थिति जनाउँदै १ गोल गरेका थिए। [१४]

सन् २००९[सम्पादन गर्नुहोस्]

सन् २००९ मा हामेस बानफिल्द क्लबका लागि नियमित खेल खेल्ने खेलाडी बनेका थिए भने त्यस समयमा आर्हेन्तिना प्रिमियरा दिभिसियोन चलिरहेको थियो। १७ वर्षमा उमेरमा एक विदेशी खेलाडीको रूपमा अर्जेन्टिनी फुटबल लिगहरूमा गोल गर्ने उनी सबैभन्दा कान्छा खेलाडी बन्न सफल भएका थिए। हामेसले सन् २००९ सेप्टेम्बर २६ का दिन नियोस ओल्द बोइस विरुद्धको खेलाडीमा एक गोल गरेकम थिए भने उक्त खेल बानफिल्दले २-१ को गोल अन्तरले जित्न सफल भएको थियो भने उक्त वर्षको प्रिमियरा दिभिसियोन लिग पनि क्लको इतिहासमै पहिलोपटक बानफिल्दले जितेको थियो। सन् २०१० को कोपा लिबेर्तादोरेस पश्चात् इतालियाली व्यावसायिक फुटबल क्लब उदिनेइजेले हामेसलाई ५० लाख युरोमा खरिद गर्नका लागि बानफिल्द समक्ष प्रस्ताव गरेको थियो तर रकम एक भएको भन्दै बानफिल्दले उक्त प्रस्तावलाई अस्वीकार गरेको थियो।[१५] सन् २००९-१० प्रिमियरा दिभिसियोन लिग खेल अन्तर्गत १३ फेब्रुअरी २०१० का दिन आयोजित बानफिल्द र लानुस फुटबल क्लब विरुद्धको खेलमा हामेसले एक गोल गर्न सफल भएका थिए भने उक्त खेल २-० अन्तरले बानफिल्दले जित्न सफल भएको थियो।[१६]

सन् २०१०[सम्पादन गर्नुहोस्]

सन् २०१० फेब्रुअरी १० का दिन आयोजित कोपा लिबेर्तादोरेसको एक खेलमा हामेसले मोनार्कास मोरेला नामक मेक्सिकोको क्लब विरुद्ध एक गोल गर्न सफल भएका थिए जसकारण बानफिल्दले २-१ गोल अन्तरले उक्त क्लबलाई पराजित गरेको थियो।[१७] हामेसले एक हप्ता पश्चात् कोपा लिबेर्तादोरेसको खेलमा समूह चरणको प्रतिद्वन्द्वी देपोर्तिभ कोइङ्का विरुद्ध चौँथो गोल गरेका थिए भने उक्त खेल दिपोर्तिफ कुइङ्काको घरेलु मैदानमा आयोजना गरिएको थियो जहाँ बानफिल्दले कुइङ्कालाई ४-१ गोल अन्तरले पराजित गरेको थियो जसकारण हामेसको प्रतिष्ठा उच्च भएको थियो। हामेसले सन् २०१० मार्च १० का दिन आयोजित कोपा लिबेर्तादोरेसमा पनि क्लबका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। पछि हामेसले उरुग्वेको न्यासियोनाल नामक क्लबका विरुद्ध पहिलो हेडिङद्वारा र दोस्रो पेनाल्टी मार्फत गोल गरेका थिए तर उक्त ख्ल २-२ को बराबरीमा अन्त्य भएको थियो।[१८] सन् २०१० अप्रिल २९ का दिन हामेसले सन् २०१० को कोपा लिबेर्तादोरेस उत्कृष्ट १६ मा छनोट हुने क्रममा ब्राजिली क्लब इन्तरन्यासियोनाल विरुद्ध १ गोल गर्न सफल भएका थिए भने उक्त खेल बानफिल्दले ३-१ को गोल अन्तरले जितेको थियो। हामेसले पछि उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा कुल ७ गोल गर्न सफल भएका थिए।[१९] बानफिल्द दोस्रो चरणको खेलमा पोर्तो एलेग्रेसँग ०-२ ले पराजित भएका कारण हामेसको अन्तर्राष्ट्रिय खेल शृङ्खला हारमा समाप्त भएको थियो भने उक्त खेलमा दुईपटक फल खेलेका कारण उनले रातो कार्ड खाएका थिए।[२०]

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्नुहोस्]

सुरुवाती कार्यकाल[सम्पादन गर्नुहोस्]

हामेसले सन् २००७ मा कोलोम्बिया राष्ट्रिय फुटबल सङ्घद्वारा सङ्गठित कोलोम्बिया १७ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीमा आवद्ध हुँदै अन्तर्राष्ट्रिय कार्यकालको सुरुवात गरेका थिए। सन् २००७ मा आयोजित दक्षिण अमेरिकी १७ वर्ष मुनीको च्याम्पियनसिपमा हामेसले कोलोम्बियाली युवा टोलीको नेतृत्व गरेका थिए भने उक्त प्रतियोगितामा उनले कुल ३ गोल गर्न सफल भएका थिए भने उक्त प्रतियोगितामा कोलोम्बिया युवा फुटबल टोली उपविजेता बन्न सफल भएको थियो। उनले सन् २००७ मा आयोजित फिफा १७ वर्ष मुनीको विश्वकपमा कोलोम्बिया युवा फुटबल टोलीका लागि उक्त प्रतियोगिताको समूह चरण पार गर्न महत्त्वपूर्ण योगदान दिएका थिए तर उक्त प्रतियोगिता नाइजेरियाले जितेको थियो। सन् २०११ को फरकफरक मितिमा आयोजित तुलोँ प्रतियोगिता, दक्षिण अमेरिकी २० वर्ष मुनीको च्याम्पियनसिप र २० वर्ष मुनीको विश्पकपमा हामेसले कोलोम्बिया २० वर्ग मुनीको राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्ने मौका प्राप्त गरेका थिए।

हामेसले सन् २०११ मा आयोजित तुलोँ प्रतियोगितामा तीनपटक गोल गर्न सहायता तथा दुई गोल गर्न सफल भएका थिए भने उक्त प्रतियोगिताको अन्तिम खेलमा कोलोम्बियाले फ्रान्स २० वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीलाई पेनाल्टी मार्फत पराजित गर्दै उक्त प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो। सन् २०११ दक्षिण अमेरिकी देश पेरूमा आयोजित दक्षिण अमेरिकी २० वर्ष मुनीको फुटबल प्रतियोगितामा हामेसले गोल गर्नका लागि ३ पटक सहायता प्रदान गरेका थिए। सन् २०११ मा आयोजित २० वर्ष मुनीको विश्वकपमा उनको खेल्ने शैली तथा खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई राष्ट्रिय टोलीको नेतृत्व दिइएको थियो। उक्त प्रतियोगितामा गोल गर्नका लागि ३ सहायता तथा ३ व्यक्तिगत तीन गोल गरेका कारण उनले अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाउन सफल भएका थिए।

राष्ट्रिय टोलीमा पदोन्नति[सम्पादन गर्नुहोस्]

१० सेप्टेम्बर २०१० मा हामेस राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै

सन् २०११ सेप्टेम्बर २९ का दिन हामेसलाई कोलोम्बियाली राष्ट्रिय फुटबल सङ्घले राष्ट्रिय टोलीको एक खेलाडीको रूपमा छनोट गरेको थियो भने त्यसपछि उनले सन् २०११ अक्टोबर ११ का दपन बोलिभिया विरुद्ध राष्ट्रिय टोलीका तर्फबाट पहिलो आधिकारिक खेल खेलेका थिए। बोलिभिया विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शनले गर्दा उनलाई उक्त खेलको उत्कृष्ट खेलाडीको रूपमा सम्मानित गरिएको थियो भने उनले उक्त खेल अन्तिम मिनेटमा उनको सहायतामा रादामेल फलकाओले एक गोल गर्न सफल भएका थिए जसकारण कोलोम्बियाले बोलिभियालाई २-१ गोल अन्तरले पराजित गरेको थियो।[२१] कोलोम्बिया राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकको भूमिकामा होसे पेकर्मन आएपछि हामेसले जितका लागि उक्त खेलमा महत्त्वपूर्ण योगदान दिएका थिए जसकारण कोलोम्बियाले मेक्सिकोलाई २-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो। राष्ट्रिय टोलीमा पदोन्नति भए पश्चात् हामेसले पेरू विरुद्धको खेलमा पहिलो आधिकारिक गोल गरेका थिए भने उक्त खेलमा पनि कोलोम्बिया राष्ट्रिय फुटबल टोलीले पेरूलाई पराजित गर्दै सन् २०१४ को विश्वकप छनोट खेलमा छैटौँ स्थानबाट पाँचौँ स्थानमा पर्न सफल भएको थियो।

हामेसले सन् २०१४ मा दक्षिण अमेरिकी देश ब्राजिलमा आयोजना हुन लागेको फिफा विश्वकपको छनोट खेल अन्तर्गत उरुग्वेलाई पराजित गर्न र कोलोम्बियालाई जित दिलाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए भने उक्त खेलमा कोलोम्बियाले उरुग्वेलाई ४-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो। फिफा विश्वकपको छनोट खेल अन्तर्गत चिले विरुद्धको खेलमा कोलोम्बियाले चिलेलाई पराजित गरेका कारण छनोट खेलको शीर्ष तालिकामा कोलोम्बियाको पदोन्नति भई दोस्रो स्थानमा आउन सफल भएको थियो। पछि पाराग्वे विरुद्धको खेलमा पनि हामेसले राष्ट्रिय टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उक्त वर्षको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरूमा हामेसले सन् २०१४ फिफा विश्वकप आयोजक राष्ट्रिय ब्राजिलका विरुद्ध गोल गर्नका लागि सहायता प्रदान गरेका थिए भने उक्त खेल १-१ को गोल अन्तरमा टुङ्गिएको थियो।[२१] हामेसले सन् २०१३ मा पहिलो खेल कोम्मेबोल प्रतियोगिताको छनोट खेलमा बोलिभियाको विरुद्धमा खेलेका थिए भने उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई उक्त खेलको उत्कृष्ट खेलाडीको रूपमा सम्मानित गरिएको थियो भने उक्त खेलमा राष्ट्रिय टोलीले बोलिभिया राष्ट्रिय फुटबल टोलीलाई ५-० को फराकिलो गोल अन्तरले पराजित गर्न सफल भएको थियो।

दक्षिण अमेरिकी फुटबलको सर्वोत्कृष्ट अर्जेन्टिना फुटबल टोली विरुद्ध खेल चलिरहेको ३० मिनेटमा हामेसलाई चोट लागेका कारण उनको सट्टामा अर्का खेलाडीलाई मैदान प्रवेश गराइएको थियो भने चोटका कारण उनलु केही दिन पश्चात् पेरू विरुद्धको खेल गुमाउनु परेको थियो।[२२] हामेस चोट मुक्त भई विश्वकप छनोट खेलमा इक्वेडर विरुद्ध मैदान उत्रिएका थिए भने उक्त खेलमा उनको १ गोल गर्न सफल भएकन थिए भने उक्त गोल जित हासिल गर्न पर्‍याप्त बनेको थियो। उक्त खेलको केही हप्ता पश्चात् चिले विरुद्ध आयोजित खेलमा हामेसको पेनाल्टी मार्फत खेल बराबरीमा टुङ्गिएको थियो। उक्त खेलको आयोजना भएको अर्को दिन हामेसले पाराग्वे विरुद्धको खेलमा राष्ट्रिय टोलीका लागि पहिलो अग्रता दिलाउन सफल भएका थिए भने उक्त खेल कोलोम्बियाले २-१ गोल अन्तरले जित्न सफल भएको थियो।

बोलिभिया विरुद्धको खेलमा हामेसले राष्ट्रिय टोलीलाई बेल्जियम विरुद्धको खेलमा पहिलो अग्रता दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए भने उक्त खेलमा राष्ट्रिय टोलीले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई उक्त खेलको उत्कृष्ट खेलाडीको रूपमा सम्मानित गरिएको थियो। त्यस खेलको केही दिन पश्चात् आयोजित नेदरल्यान्ड विरुद्धको खेलमा पनि हामेस उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई उक्त खेलको उत्कृष्ट खेलाडीको रूपमा पुरस्कृत गरिएको थियो तर उक्त खेल कुनै पक्षबाट गोल नभई टुङ्गिएको थियो।[२३] सन् २०१४ को सुरुवात पश्चात् हामेसले तुनिसिया विरुद्धको खेफमा राष्ट्रिय टोलीलाई अग्रता दिलाउन पहिलो गोल गरेता पनि उक्त खेल १-१ को बराबरीमा टुङ्गिएको थियो।

सन् २०१४ फिफा विश्वकप[सम्पादन गर्नुहोस्]

सन् २०१४ मा दक्षिण अमेरिकी देश ब्राजिलमा हुन लागेको फिफा विश्कपमा लागि कोलोम्बियाले २३ राष्ट्रिय टोलीका खेलाडीहरूको सूची तयार पार्दा हामेसलाई पनि राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने मौका दिएका थिए भने उनलाई दश सङ्ख्या भएको राष्ट्रिय खेल पोशाक दिइएको थियो।[२४] विश्वकपमा कोलोम्बियाले खेलेको पहिलो खेलमा हामेसले युनान राष्ट्रिय फुटबल विरुद्ध दुई गोल गर्न सफल भएका थिए भने उक्त खेल कोलोम्बिया राष्ट्रिय फुटबल टोलीले ३-० गोल अन्तरले जित्न सफल भएको थियो तथा यसको साथसाथै उनले यस खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई खेलको उत्कृष्ट खेलाडीको रूपमा सम्मानित गरिएको थियो।[२५] विश्वकपमा कोलोम्बियाको दोस्रो खेल आइभोरी कोस्तको विरुद्धमा भएको थियो भने उक्त खेलमा हामेसले उवान फेर्नान्दो कोन्तेरोलाई गोल गर्नका लागि सहायता पुर्‍याएका थिए भने उक्त खेलमा कोलोम्बियाले २-१ गोल अन्तरले जित्न सफल भएको थियो। आइभोरी कोस्ट विरुद्धको खेलमा पनि उनको हामेसको उत्कृष्ट प्रदर्शन रहेका कारण उनलाई यस खेलको उत्कृष्ट खेलाडी घोषित गरिएको थियो।[२६] समूह चरणको खेल अन्तर्गत जापान राष्ट्रिय फुटबल टोली विरुद्ध आयोजित अन्तिम खेलमा हामेस पहिलो खण्ड समाप्त भएपछि मैदान उत्रिएका थिए भने उनले राष्ट्रिय टोलीका अर्का खेलाडी जाकसोन मार्तिनेसलाई गोल गर्नका लागि सहायता पुर्‍याएका थिए भने उनले पछि राष्ट्रिय टोलीका लागि १ गोल गरेका थिए जसकारण खेलमा कोलोम्बियाले जापानलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो।[२७][२८] समूह चरणका खेलहरूको अन्त्यमा उनलाई फिफाद्वारा उत्कृष्ट खेलाडीको रूपमा पुरस्कृत गरिएको थियो।[२९]

गोल गरेपछि हामेस

सन् २०१४ जुन २८ का दिन ब्राजिलको माराकनमा आयोजित उरुग्वे विरुद्धको खेलमा हामेस एक्लैले राष्ट्रिय टोलीका तर्फबाट दुई गोल गर्न सफल भएका थिए भने उक्त खेलमा कोलोम्बियाले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गर्न सफल हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो।[३०] यी गोलहरूले उनलाई सन् २००२ मा रोनाल्डो र रिभाल्डो पछि राष्ट्रिय टोलीका लागि सबै सुरुवाती खेलहरूमा अग्रता बनाउने पहिलो खेलाडी बनाएको थियो।[३१] पछि उरुग्वे विरुद्धको खेलमा पनि उनको उत्कृष्ट प्रदर्शनलाई कदर गर्दै उक्त उनलाई उत्कृष्ट खेलाडी घोषित गरिएको थियो भने यससँगै उनले खेलेका कुल चार खेलहरू मध्ये उनले तीन खेलहरूमा उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गरेका थिए।[३२] विश्वकपको क्वाटरफाइनल खेलमा कोलोम्बियाको सामना आयोजक राष्ट्र ब्राजिलसँग भएको थियो भने उनले उक्त खेलमा उक्त प्रतियोगिताको कुल खेलहरूमा गरेको गोल सहित कुल ६ गोल गर्न सफल भएका थिए तर उक्त खेलमा ब्राजिलले कोलोम्बियालाई पराजित गरेको थियो।[३३] खेलमा पराजित भएपछि हामेसले ब्राजिल खेलाडीहरूलाई अङ्कमाल गरेका थिए भने उनले दाभी लुइससँग पोशाक पनि साटेका थिए।[३४][३५] हामेसले उक्त खेलमा गरेको मेहनतलाई कदर गर्दै खेल हेर्न पुगेका दर्शकहरू तथा राष्ट्रिय टोलीका समर्थकहरूले उनलाई उभिएर सम्मान पनि गरेका थिए।[३६] ११ जुलाई २०१४ का दिन उनलाई उक्त प्रतियोगितामा सर्वाधिक गोल गरेका कारण फिफा सुनौलो जुत्ता प्रदान गरिएको थियो।[३७]

कोपा आमेरिका र कोपा आमेरिका सेन्तेनारियो[सम्पादन गर्नुहोस्]

सन् २०१६ जुनमा रोद्रिगेस

सन् २०१५ मा चिलेमा आयोजना हुन लागेको कोपा आमारेका फुटबल प्रतियोगिताका लागि राष्ट्रिय टोलीका खेलाडी छनोट गर्ने क्रममा हामेसलाई २३ सदस्य रहेको कोलोम्बिया राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्न छनोट गरिएको थियो।[३८] कोलोम्बिया र अर्जेन्टिना विरुद्धको खेलमा पेनाल्टी मार्फत अर्जेन्टिनाले कोलोम्बियालाई पराजित गरेको थियो भने अर्जेन्टिनासँगको हार पश्चात् कोलोम्बिया उक्त प्रतियोगिताबाट बाहिरिएको थियो।[३९] पछि हामेसले कोपा आमेरिकी सेन्तेनारियो फुटबल प्रतियोगितामा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै भाग लिने भएका थिए भने उनलाई उक्त प्रतियोगिताका लागि राष्ट्रिय टोलीको कप्तानका रूपमा समेत चयन गरिएको थियो।[४०] ३ जुन २०१५ का दिन आयोजक राष्ट्रिय संयुक्त राज्य अमेरिका विरुद्ध आयोजित खेलमा उनले राष्ट्रिय टोलीका तर्फबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने उक्त खेल कोलोम्बियाले २-० गोल अन्तरले जित्न सफल भएको थियो तर उक्त खेलमा उनलाई चोट लागेको थियो।[४१] उनी घाइते भएपश्चात् उनले पाराग्वे विरुद्धको खेल गुमाउने स्थितिमा पुग्नै लाग्दा उनी चोट मुक्त हुँदै पाराग्वे मैदान उत्रिएका थिए जहाँ उनले टोलीका लागि पहिलो गोल गर्दै राष्ट्रिय टोलीलाई अग्रता दिलाएका थिए भने उक्त खेल कोलोम्बियाले २-१ गोल अन्तरले जित्न सफल भएको थियो। कोलोम्बिया पछि विजेता चिले विरुद्धको खेलमा पराजित हुँदै उक्त प्रतियोगिताबाट बाहिरिएको थियो।[४२]

कार्यकाल तथ्याङ्क[सम्पादन गर्नुहोस्]

क्लब[सम्पादन गर्नुहोस्]

अद्यावधिक २१ जुन २०२०
क्लब संस्करण लिग कप लिग कप महादेशिय अन्य जम्मा Ref.
उपस्थितिहरू गोलहरू उपस्थितिहरू गोलहरू उपस्थितिरू गोलहरू उपस्थितिहरू गोलहरू उपस्थितिहरू गोलहरू उपस्थितिहरू गोलहरू
एन्बिगादो २००७
२००८ २२ २२
जम्मा ३० ३०
बानफिल्द सन् २००८–०९ ११ ११ [१४]
२००९–१० ३० [क] ३८ [१४]
जम्मा ४१ ४९ १०
पोर्तो सन् २०१०–११ १५ [ख] ३१ [४३]
२०११–१२ २६ १३ [ग] ३८ १४ [४३]
२०१२–१३ २४ १० [घ] [ङ] ३८ १२ [४३]
जम्मा ६५ २५ २५ १०७ ३२
मोनाको २०१३–१४ ३४ ३८ १० [४३]
रियल म्याड्रिट २०१४–१५ २९ १३ [घ] [च] ४६ १७ [४३]
सन् २०१५–१६ २६ [घ] ३२ [४३]
सन् २०१६–१७ २२ [घ] [छ] ३३ ११ [४३]
सन् २०१९–२० [ज] १४ [४३]
जम्मा ८५ २९ १० २२ १२५ ३७
बायार्न मुन्छेन (ऋणमा) २०१७–१८ २३ १२[घ] ३९
सन् २०१८–१९ २० [घ] २८ [४३]
जम्मा ४३ १४ १७ ६७ १५
कार्यकाल जम्मा २९९ ९१ २९ ७१ ११ ४१६ ११३

अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

अद्यावधिक २८ जुन २०१९[४४]
कोलोम्बिया
वर्ष उपस्थितिहरू गोलहरू
सन् २०११
सन् २०१२
सन् २०१३ १०
सन् २०१४ १२
सन् २०१५
सन् २०१६ १२
सन् २०१७
सन् २०१८
सन् २०१९
जम्मा ७६ २२

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "2018 FIFA World Cup Russia: List of players: Colombia", FIFA, १० जुन २०१८, पृ: ५, अन्तिम पहुँच ११ जुन २०१८ 
  2. "James Rodríguez tenía el mundo a sus pies", dailymail, अन्तिम पहुँच ३ मे २०२० 
  3. "Rodriguez: I’ve got a lot to learn", FIFA, २० अगस्ट २०१२, अन्तिम पहुँच १९ जनवरी २०१३ 
  4. Richards, Alex (२८ जुन २०१४), "World Cup 2014: Chief conductor James Rodriguez looking to lead as Colombia face Uruguay", The Mirror, अन्तिम पहुँच ९ अप्रिल २०१८ 
  5. "James Rodriguez: Real Madrid sign Monaco forward", BBC Sport, २ जुलाई २०१४, अन्तिम पहुँच ९ अप्रिल २०१८ 
  6. "Messi, Neuer heralded as Brazil 2014's best", FIFA, १३ जुलाई २०१४, अन्तिम पहुँच ९ अप्रिल २०१८ 
  7. "2018 FIFA World Cup Russia — FIFA.com", FIFA.com, मूलबाट १९ डिसेम्बर २०१४-मा सङ्ग्रहित। 
  8. José Daniel, Gómez Sánchez (१ जुन २०१५), "James Rodríguez, el silencio del superhéroe", revistadonjuan.com, अन्तिम पहुँच २९ जुलाई २०१९ 
  9. Miseleccion.co (सम्पादक), "El gol olímpico de James Rodríguez en el Pony Fútbol", मूलबाट १२ डिसेम्बर २०१४-मा सङ्ग्रहित। 
  10. "James Rodriguez: The Life Story Of Colombia's Brightest Star", World Soccer Talk, ३ जुलाई २०१४, मूलबाट ५ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अप्रिल २०१८ 
  11. "Los futbolistas colombianos mas jovenes en debutar", tricoloresenelexterior.blogspot.com.co (स्पेनीमा), १० मार्च २०११, मूलबाट ३१ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अप्रिल २०१८ 
  12. "Noticia relacionada en La Nación" 
  13. "James debutaría en Banfield - En la Jugada", मूलबाट १० डिसेम्बर २००८-मा सङ्ग्रहित। 
  14. १४.० १४.१ १४.२ (ESPN) (सम्पादक), "Estadísticas James Rodríguez Rubio", मूलबाट ५ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ नोभेम्बर २०१३ 
  15. "James podría ir al Udinese", मूलबाट २७ de junio de २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ de enero de २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-२७ मिति
  16. "James Rodríguez podría jugar para la Juventus", १ de marzo de २०१०, मूलबाट २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ de marzo de २०१० 
  17. "Banfield se ilusiona: venció a Morelia en el debut" (स्पेनीमा), ESPN Deportes, १० फेब्रुअरी २०१०, मूलबाट १८ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अप्रिल २०१८ 
  18. "Un Taladro rendidor", Diario Olé (स्पेनीमा), १० मार्च २०१०, मूलबाट १५ अप्रिल २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अप्रिल २०१८ 
  19. "Banfield-ARG 3x1 INTER – Compacto, Sportv – Oitavas de Final – Libertadores 2010 – 28/04/2010", YouTube, २८ अप्रिल २०१०, अन्तिम पहुँच ९ अप्रिल २०१८ 
  20. Wright, Anthony (७ मे २०१०), "Internacional 2-0 Banfield (Agg. 3-3): Inter Progress To Last Eight Of Copa Libertadores On Away Goals", Goal.com, अन्तिम पहुँच ९ अप्रिल २०१८ 
  21. २१.० २१.१ "James ajuda Colômbia a esmagar a Bolívia (5-0)", Maisfutebol.iol.pt (पुर्तुगालीमा), २२ मार्च २०१३, अन्तिम पहुँच ९ अप्रिल २०१८  वेब्याक मेसिन अभिलेखिकरण २७ जनवरी २०१६ मिति
  22. "Belgium vs. Colombia: Score, Grades and Post-Match Reaction", Bleacher Report, अन्तिम पहुँच १५ नोभेम्बर २०१३ 
  23. "International friendlies – Netherlands play out draw with Colombia – Yahoo Eurosport UK", मूलबाट ११ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ जनवरी २०१४ 
  24. "Recovering Falcao left off Colombia's final 23-player World Cup roster", Fox Sports, २ जुन २०१४, अन्तिम पहुँच १६ जुन २०१४ 
  25. "Colombia 3–0 Greece", FIFA.com, १४ जुन २०१४, अन्तिम पहुँच १६ जुन २०१४ 
  26. "2014 FIFA World Cup Brazil™: Colombia-Côte d'Ivoire – Overview", FIFA.com, १९ जुन २०१४, अन्तिम पहुँच २४ जुन २०१४ 
  27. "2014 FIFA World Cup Brazil™: Japan-Colombia", FIFA.com, अन्तिम पहुँच ३० जुन २०१४ 
  28. "James Rodriguez and Colombia continue to excite", Irish Times, २४ जुन २०१४, अन्तिम पहुँच २५ जुन २०१४ 
  29. "Rodriguez hits front as Perisic goes home in second", FIFA.com, २७ जुन २०१४, अन्तिम पहुँच २९ जुन २०१४ 
  30. Masefield, Fraser (२८ जुन २०१४), "World Cup – Genius Rodriguez fires Colombia past toothless Uruguay", Eurosport, मूलबाट १४ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ जुन २०१४ 
  31. "Colombia's James Rodríguez sizzles to end Uruguay World Cup saga", The Guardian, २९ जुन २०१४, अन्तिम पहुँच ३० जुन २०१४ 
  32. "Colombia 2–0 Uruguay", FIFA, २८ जुन २०१४, अन्तिम पहुँच २९ जुन २०१४ 
  33. "Rodriguez volley named Goal of the Tournament", FIFA, २१ जुलाई २०१४, अन्तिम पहुँच २१ जुलाई २०१४ 
  34. "James Rodriguez", FIFA, १२ नोभेम्बर २०१४, अन्तिम पहुँच १४ नोभेम्बर २०१४ 
  35. "James Rodriguez beats Stephanie Roche for Puskas award", BBC Sport, १२ जनवरी २०१५, अन्तिम पहुँच १२ जनवरी २०१५ 
  36. "World Cup 2014: Fifa announces Golden Ball shortlist", BBC, ११ जुलाई २०१४, अन्तिम पहुँच १२ जुलाई २०१४ 
  37. "World Cup 2014: Lionel Messi Golden Ball surprised Sepp Blatter", BBC Sport, १४ जुलाई २०१४, अन्तिम पहुँच १६ अक्टोबर २०१७ 
  38. Jonathan Wilson (२६ जुन २०१५), "James Rodríguez irked at Copa América, a year on from World Cup wonder goal", The Guardian, अन्तिम पहुँच ६ जुन २०१६ 
  39. "Copa América: Argentina beat Colombia in penalty shootout after stalemate", The Guardian, २७ जुन २०१५, अन्तिम पहुँच ६ जुन २०१६ 
  40. Doug McIntyre (२ जुन २०१६), "Colombia 'can go far' at Copa America Centenario – Jose Pekerman", ESPN FC, अन्तिम पहुँच ७ जुन २०१६ 
  41. Alicia Rodriguez (३ जुन २०१६), "USA 0, Colombia 2 – Copa America Centenario Match Recap", MLSSoccer.com, अन्तिम पहुँच ६ जुन २०१६ 
  42. "Colombia Beats U.S. for Third Place in Copa América", The New York Times, २५ जुन २०१६, आइएसएसएन 0362-4331, अन्तिम पहुँच २ जुन २०१८ 
  43. ४३.० ४३.१ ४३.२ ४३.३ ४३.४ ४३.५ ४३.६ ४३.७ ४३.८ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Soccerway profile
  44. "James Rodríguez", National Football Teams (अङ्ग्रेजीमा), अन्तिम पहुँच २८ जुन २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found