रियल म्याड्रिड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रियल म्याड्रिड
पुरा नामरियल म्याड्रिड क्लब डे फुटबल
(Real Madrid Club de Fútbol)[१]
उपनाम(हरू)लस ब्लान्कस(The Whites) लस मरेगन्गस(The Meringues) लस ग्यालाक्टिकस (The Superstars)
स्थापना६ मार्च १९०२
म्याड्रिड फुटबल क्लब[२]
मैदानसान्टियागो बर्नबेउ स्टेडियम, म्याड्रिड, (स्पेन)
मैदान क्षमता८१,०४४ [३]
अध्यक्षफ्लोरेन्टिनो पेरेज
म्यानेजरजिनेदिन जिदान
लिगला लिगा
२०१९-२०ला लिगा, प्रथम
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

रियल म्याड्रिड वा रियल म्याड्रिड क्लब डे फुटबल म्याड्रिड, स्पेनमा अवस्थित व्यवसायिक फुटबल क्लब हो। यसको स्थापना १९०२ मार्च ६ मा म्याड्रिड फुटबल क्लब नाममा भएको थियो। स्थापनाकालदेखि नै सेतो जर्सी लगाउने यस क्लबलाई लस ब्लान्कस(द ह्वाइट्स) पनि भनिन्छ। स्पेनिस भाषामा रियलको अर्थ रोयल हुन्छ, स्पेनका तत्कालिन राजाले सन १९२० मा म्याड्रिड फुटबल क्लब लाई रोयल उपाधी र निशानी (चिन्ह) प्रदान गरेका थिए।

रियल म्याड्रिड विश्वमा सबैभन्दा धेरै समर्थक भएका खेलका टिमहरु मध्ये एक हो।[४] यो ला लिगाको तीन संस्थापक क्लबहरुमध्ये एक हो। ला लिगामा रियल म्याड्रिड कहिल्यै पनि पहिलो श्रेणीबाट घटुवा भएको छैन (बार्सिलोना र एथ्लेटिक बिल्बाओ समेत)। फुटबलमा यस क्लबको केही प्रतिस्पर्धाहरु लामो समयदेखि कायम छन, ती मध्ये एल क्लासिको (बार्सिलोना विरुद्ध) र म्याड्रिड डर्बी (एत्लेटिको म्याड्रिड विरुद्ध) चर्चित छन।

स्पेन र युरोपमा रियल म्याड्रिड महारथी फुटबल क्लबको रूपमा स्थापित छ। क्लबले सन १९५० को दशकमा लगातार ५ पटक युरोपियन कप र ७ वर्षमा ५ पटक लिग जितेको थियो। स्टेफानो, पुस्कास, गेन्टो आदि खेलाडी रहेको उक्त समयको टिमलाई कतिपयले फुटबल जगतको अहिले सम्मकै सर्बोत्कृष्ट टिम मान्छन।[५][६][७]

स्पेनमा रियल म्याड्रिडले ७० उपाधीहरू जितेको छ, जसमा किर्तिमानी ३५ ला लिगा, २० कोपा डेल रे, १३ स्पेनिस सुपरकोपा सहित अन्य छन।[८] युरोप र विश्वमा यस क्लबले १४ युरोपियन च्याम्पियन्स लिग, २ युइएफए कप, ४ युइएफए सुपर कप, ३ इन्टरकन्टिनेन्टल कप र ५ फिफा क्लब वर्ल्डकप सहित किर्तिमानी २६ उपाधीहरु जितेको छ। सन २००० मा फिफाले रियल म्याड्रिडलाई २० औँ शताब्दीको सर्बोत्कृष्ट फुटबल क्लब घोषणा गरेको थियो।[९] सन २०१७ मा रियल म्याड्रिड लगातार ३ सिजन नयाँ स्वरूपको च्याम्पियन्स लिग जित्ने पहिलो क्लब बन्न सफल भयो।[१०][११]

इतिहास[सम्पादन गर्नुहोस्]

म्याड्रिडमा फुटवल को सुरुवात क्याबरिज तथा अक्सफोड विश्विद्यालयका विद्यार्थीले गरेका थिए ,स्न १९०० मा स्काइ फुटबल समुह वनाइ आइतवार खेल खेल्दथे पछी सो समुहमा विभाजन आयो र जुआन प्याड्रस र कार्लोस प्याड्रस, नयाँ क्लब म्याड्रिड फटबल क्लब स्न १९०१ मा बन्यो र स्न १९०२मा आधिकारिक रूपमा दर्ता(गठन) भयो [१२] । आधिकारिक रूपमा दर्ता भएको ३ बर्ष पछाडी म्याड्रिडले पहिलो उपाधीको रुपमा स्पेनिश कप एथलेटिक बिलबाओलाई हराउदै जित्यो ।

१९२०मा राजा अल्फन्सो तेह्रोले म्याड्रिडलाई रियल (रोयल राजकीय)को उपाधि प्रधान गरे क्लबको नाम रियल म्याड्रिड भयो । सन् १९३१ को दोस्रो स्पेनी गणतन्त्रका कारण रियल नाम हटाउन परेको थियो ।

सन् १९२९ मा स्पेनिश फुटबल लिग सरु भएपछी पहिलो पटक १९३१÷३२ सिजमा उपाधी जित्यो र अर्काे बर्ष पनि रियले नै स्पेनिश फुटबल लिग जित्यो ।

स्पेनिश गृहयुद्ध सकिएपछी १९४५मा स्यान्टियागो बर्नाबाउ रियल म्याड्रिडको अध्यक्षहुदा एस्टाडियो रियल म्याड्रिड क्लब डे फटबोल (रङ्गगशाला) र सियुदाद डेपोर्टिभा (प्रशिक्षण केन्द्र) पुन निर्माण तथा १९५०मा युवा एकेडेमी बनेकोे थियो र उनको ३५ बर्षको कार्याकालमा विदेशी विश्व स्तरीय खेलाडीहरुलाई क्लबमा अनुबन्धन गर्ने रणनीति बनेको थियो,उक्त समयमा अर्जेन्टिनीयन अल्फ्रेडो डि स्टोफानो जस्ता विश्व प्रसिध खेलाडीहरु अनसबन्धन गरेका थिए। सोही समयमा अहीले यूइएफए च्याम्पियन्स लिग भनिने युरोपिन कप्प १९५६ देखी १९६० सम्म लगातार ५ पटक जितेको थियो । सन् १९७८ जुन ८ मा उन्को निधन भएको थियो ।

२०००मा फुटबलको अन्तर्राष्ट्रिय निकाय फिफाले शताब्दीको उत्कृष्ट क्लब घोषित गरेको थियो ।

२००० जुलाइमा फ्लोरेन्टिनो पेरेज क्लबको यूरो २७०मिलियन ऋण मुक्त गर्ने र क्लबलाइ आधुनिकरण गर्ने घोषणा गरेका थिए र अध्यक्ष मनोनित भएपछी प्रतिद्वंद्वी क्लब बार्सिलोना बाट लुइस फिगोलाई अनुबन्धन गरे र ग्यालक्टिकोस युगको सुरुवात गरेका थिए । उक्त समयमा रियलले विश्व प्रसिद जिनेदिन जिदान,रोनाल्डो नाजारियो,फिगो,डेभिड बेक्हम, फावियो क्यानाभारो जस्ता खेलाडी लाई रियाल ल्याएको थियो र २००५मा जिलियो, रोविनहो, सर्जियो रामोस जस्ता युवा खेलाडीलाइ अनुबन्धन गरेको थियो [१३] तर पनि रियलले २००२ मा यूसियल २००३मा ला लिगा पनि जितेपनि अरु कप नजितेको कारण २००६ मा फ्लोरेन्टिनो पेरेजले राजीनामा गरे र उनि पछी रामान काल्डेरोन रियलका अध्यक्ष भए।

सन् २००९मा फ्लोरेन्टिनो पेरेज फेरी अध्यक्ष मनोनित भए र काकालाई मिलानबाट ५६मिलियन यूरोमो र फेरी क्रिस्टियानो रोनाल्डोलाइ म्यानचेस्टर युनाइटेडबाट ८० मिलियन यूरोमा विश्व कीर्तिमान तोडै रियलमा अनुबन्धन गरे[१४] र पुन ग्यालक्टिकोस युग÷नीति सुरुगरेका थिए ।


रङ्गशाला[सम्पादन गर्नुहोस्]

दर्शकले भरिएको सान्टियागो बर्नबेउ रङ्गशाला

सम्मान[सम्पादन गर्नुहोस्]

सिजन[सम्पादन गर्नुहोस्]

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

जनवरी २२, २०२० को आधारमा[१५]

टिममा[सम्पादन गर्नुहोस्]

नं. स्थान खेलाडी
फ्रान्स गोलरक्षक अल्फोन्स एरिओला (पेरिस सेन्ट-जर्मेनबाट लोनमा)
स्पेन रक्षापङ्क्ति ड्यानियल कार्भजल
ब्राजिल रक्षापङ्क्ति एडर मिलिटो
स्पेन रक्षापङ्क्ति सर्जियो रामोस (कप्तान)
फ्रान्स रक्षापङ्क्ति राफाएल भरान (उप-कप्तान)
स्पेन रक्षापङ्क्ति नाचो
बेल्जियम अग्रपङ्क्ति एडन हजार्ड
जर्मनी मध्यपङ्क्ति टोनी क्रूस
फ्रान्स अग्रपङ्क्ति करिम बेन्जेमा (उप-कप्तान)
१० क्रोएसिया मध्यपङ्क्ति लुका मोड्रिच
११ वेल्स अग्रपङ्क्ति ग्यारेथ बेल
१२ ब्राजिल रक्षापङ्क्ति मार्सेलो (उप-कप्तान)
१३ बेल्जियम गोलरक्षक थिबोउ कोर्टवा
नं. स्थान खेलाडी
१४ ब्राजिल मध्यपङ्क्ति कासीमिरो
१५ उरुग्वे मध्यपङ्क्ति फेडरिको भल्भर्डे
१६ कोलोम्बिया मध्यपङ्क्ति जेम्स रोदृगेज
१७ स्पेन अग्रपङ्क्ति लुकास भाजक्वेज
१८ सर्बिया अग्रपङ्क्ति लुका योभिच
२० स्पेन मध्यपङ्क्ति मार्को एसेन्सिओ
२१ स्पेन मध्यपङ्क्ति ब्राहिम डियाज
२२ स्पेन मध्यपङ्क्ति इस्को
२३ फ्रान्स रक्षापङ्क्ति फर्लाण्ड मेन्डी
२४ डोमिनिकन गणतन्त्र अग्रपङ्क्ति मारिआनो डियाज
२५ ब्राजिल अग्रपङ्क्ति भिनिसियस जुनियर
२७ ब्राजिल अग्रपङ्क्ति रोड्रिगो सिल्भा

लोनमा[सम्पादन गर्नुहोस्]

नं. स्थान खेलाडी
युक्रेन गोलरक्षक एन्द्रिय लुनिन (३० जुन २०२० सम्म रियल ओभिएदो स्पेनमा)
स्पेन गोलरक्षक मोहा रामोस (३० जुन २०२० सम्म बरमिङहम, बेलायतमा)
फ्रान्स गोलरक्षक लुका जिदान (३० जुन २०२० सम्म रेसिङ डे स्यान्टान्डर, स्पेनमा)
मोरोक्को रक्षापङ्क्ति अच्राफ हाकिमी (३० जुन २०२० सम्म बोरुसिया डर्टमन्ड‎, जर्मनीमा)
स्पेन रक्षापङ्क्ति अल्वारो ओद्रियोजोला (३० जुन २०२० सम्म बायर्न म्युनिख, जर्मनीमा)
स्पेन रक्षापङ्क्ति सर्जियो रेगिलन (३० जुन २०२० सम्म सेभिया, स्पेनमा)
स्पेन रक्षापङ्क्ति जावि स्यान्चेज (३० जुन २०२० सम्म रियल भायाडोलिड, स्पेनमा)
स्पेन रक्षापङ्क्ति जिसस भाल्लेजो (३० जुन २०२० सम्म ग्रानाडा, स्पेनमा)
स्पेन मध्यपङ्क्ति ड्यानि सेबायोस (३० जुन २०२० सम्म आर्सनल, बेलायतमा)
स्पेन मध्यपङ्क्ति अल्बर्टो फर्नान्डेज (३० जुन २०२० सम्म फ्युएन्लाब्राडा, स्पेनमा)
नं. स्थान खेलाडी
स्पेन मध्यपङ्क्ति जोर्गे डे फ्रुटोस (३० जुन २०२० सम्म रायो भाएकानो, स्पेनमा)
जापान मध्यपङ्क्ति टाकेफुसा क्युबो (३० जुन २०२० सम्म मायोर्का, स्पेनमा)
नर्वे मध्यपङ्क्ति मार्टिन ओडेगार्ड (३० जुन २०२० सम्म रियल सोसियाड्याड, स्पेनमा)
स्पेन मध्यपङ्क्ति ओस्कार रोदृगेज (३० जुन २०२० सम्म लेगानेस, स्पेनमा)
स्पेन मध्यपङ्क्ति अल्बर्टो सोरो (३० जुन २०२० सम्म रियल जारागोजा, स्पेनमा)
पाराग्वे अग्रपङ्क्ति सर्जियो डियाज (३१ डिसेम्बर २०२० सम्म सेर्रो पोर्तेन्यो, पाराग्वेमा)
स्पेन अग्रपङ्क्ति ड्यानि गोमेज (३० जुन २०२० सम्म टेनेराईफ, स्पेनमा)
स्पेन अग्रपङ्क्ति बोर्जा मायोराल (३० जुन २०१९ सम्म लेभान्टे, स्पेनमा)
स्पेन अग्रपङ्क्ति ह्युगो भाल्लेजो (३० जुन २०२० सम्म डेपोर्टिभो ला कोरुना, स्पेनमा)

व्यवस्थापन तथा कर्मचारी[सम्पादन गर्नुहोस्]

प्रशिक्षकहरु[सम्पादन गर्नुहोस्]

पद कर्मचारी
मुख्य प्रशिक्षक जिनेदिन जिदान
सहायक प्रशिक्षक डेभिड बेटेनि
गोलरक्षा प्रशिक्षक रोबर्टो भाज्क्वेज
फिटनेस प्रशिक्षक/ खेल थेरापीस्ट जाभीएर माल्लो
खेल थेरापीस्ट जोसे कार्लोस जि प्यार्रालेस

प्रशासकहरु[सम्पादन गर्नुहोस्]

पद कर्मचारी
अध्यक्ष फ्लोरेन्टिनो पेरेज
पहिलो उपाध्यक्ष फर्नान्डो फर्नान्डेज तापिआस
दोस्रो उपाध्यक्ष एडुआर्डो फर्नान्डेज डे ब्लास
मानार्थ अध्यक्ष फ्रान्सिस्को गेन्टो
बोर्ड सचिव एनरिके सान्चेज गोन्जालेज
मुख्य निर्देशक जोशे एन्जेल सान्चेज
अध्यक्षको कार्यालयको निर्देशक म्यानुएल रेडोन्डो
सामाजिक क्षेत्रको निर्देशक जोशे लुईस सान्चेज

जितेका उपाधिहरू[सम्पादन गर्नुहोस्]

ला लिगा[सम्पादन गर्नुहोस्]

कोपा डेल रे कप[सम्पादन गर्नुहोस्]

स्पेनिस सुपर कप[सम्पादन गर्नुहोस्]

युइएफए च्याम्पियन लिग[सम्पादन गर्नुहोस्]

फिफा क्लब विश्व कप[सम्पादन गर्नुहोस्]

बाहिरि लिङ्कहरू[सम्पादन गर्नुहोस्]

(Japanese) (स्पेनी)
(स्पेनी)

hiwiki

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "Real Madrid Club de Fútbol" (Spanishमा), Liga de Fútbol Profesional, अन्तिम पहुँच २२ फेब्रुअरी २००९ 
  2. Luís Miguel González, "Pre-history and first official title (1900–1910)", Realmadrid.com, अन्तिम पहुँच १२ जुलाई २००८ 
  3. "Santiago Bernabéu Stadium | Real Madrid CF", Real Madrid C.F. - Web Oficial (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०८-२६ 
  4. Dongfeng Liu, Girish Ramchandani (2012). "The Global Economics of Sport". p. 65. Routledge,
  5. "Real Madrid 1960 – the greatest club side of all time", BBC, २३ मे २०११, अन्तिम पहुँच १९ मार्च २०१५ 
  6. "The great European Cup teams: Real Madrid 1955–60", The Guardian, २२ मे २०१३, अन्तिम पहुँच १९ मार्च २०१५ 
  7. "Real Madrid 1955–1960", Football's Greatest, अन्तिम पहुँच १९ मार्च २०१५ 
  8. "World Football: The 11 Most Successful European Clubs in History", अन्तिम पहुँच २२ जनवरी २०१२ 
  9. "The FIFA Club of the Century", FIFA, १ डिसेम्बर २०००, अन्तिम पहुँच ११ मे २०१७ 
  10. "UEFA Team Ranking 2016", xs4all.nl, १ डिसेम्बर २०००, अन्तिम पहुँच २२ मे २०१७  = Archive.today अभिलेखिकरण १२ जुलाई २०१५ मिति
  11. "UEFA rankings for club competitions", UEFA, अन्तिम पहुँच २२ मे २०१७ 
  12. "म्याड्रिड काे इतिहास" 
  13. "रियलका नं ९ हरू publisher=hamrokhelkud.com" 
  14. "राेनाल्डाेलाइ रियलअाएकाे दिन" 
  15. "Plantilla de Jugadores del Real Madrid | Real Madrid CF" (Spanishमा), Realmadrid.com, अन्तिम पहुँच २२ जुलाई २०१७