लुका मोड्रिच

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लुका मोड्रिच
Luka Modrić
ISL-HRV (7).jpg
क्रोएसियाका कप्तान मोड्रिच २०१८ विश्वकपमा
व्यक्तिगत विवरण
पुरा नाम लुका मोड्रिच[१]
जन्म मिति (१९८५-०९-०९) ९ सेप्टेम्बर १९८५ (उमेर ३४)[१]
जन्म स्थान जदार, क्रोएसिया, युगोस्लाभिया
उचाई १.७२ मी[२]
खेल्ने स्थान मध्यपङ्क्ति
क्लबको विवरण
हालको क्लब रियल म्याड्रिड
नम्बर १०
युवा क्लब
१९९६-२००१ जदार
२००२-२००३ दिनामो जाग्रेब
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००३-२००८ दिनामो जाग्रेब ९४ (२६)
२००३-२००४ → ज्रिन्ज्सकी (ऋणमा) २२ (८)
२००४-२००५ → इन्टर जेप्रेसिक (ऋणमा) १८ (४)
२००८-२०१२ टोटन्ह्याम हटस्पर १२७ (१३)
२०१२– रियल म्याड्रिड २०० (१२)
राष्ट्रिय टिम
२००१ क्रोएसिया यु१५ (०)
२००१ क्रोएसिया यु१७ (०)
२००३ क्रोएसिया यु१८ (०)
२००३-२००४ क्रोएसिया यु१९ ११ (२)
२००४-२००५ क्रोएसिया यु२१ १४ (२)
२००६– क्रोएसिया १२० (१४)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १९ मे २०१८.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १७:४७, १५ जुलाई २०१९ (युटिसी)

लुका मोड्रिच (क्रोएसियाली उच्चारण: [lûːka mǒːdritɕ];[३][४] जन्म ९ सेप्टेम्बर १९८५) क्रोएसियाली व्यवसायिक फुटबल खेलाडी हुन् । मोड्रिच हाल स्पेनी क्लब रियल म्याड्रिडका प्रभावशाली खेलाडी तथा क्रोएसिया राष्ट्रिय टिमका कप्तान हुन् । मोड्रिच मुख्यतः प्रमुख मध्यपङ्क्तिबाट खेल्ने गर्छन् तर उनी आक्रामक मध्यपङ्क्ति वा रक्षात्मक मध्यपङ्क्तिका रूपमा समेत खेल्न सक्छन् । प्राय: उनलाई मध्यपङ्क्तिबाट समग्र टिमको खेललाई गति दिने प्ले-मेकरको भूमिकामा मैदानमा खेलाइन्छ । मोड्रिचलाई आफ्नो समयको सबैभन्दा उत्कृष्ट मध्यपङ्क्ति खेलाडीहरुमध्येका एक मानिन्छ ।[nb १] [nb २]

मोड्रिच क्रोएसियाको जदारमा जन्मिएका हुन । क्रोएसियाको स्वतन्त्रता संग्रामको कारणले उनको बाल्यकालमै उनको परिवार विस्थापित हुनु परेको थियो । स्थानीय क्लबमा राम्रो प्रदर्शन गरे पछि सन् २००२ मा १६ बर्षको उमेरमै उनलाई दिनामो जाग्रेब फुटबल क्लबले अनुबन्धित गर्यो । केहि समय अन्य क्लबहरुमा अनुभव बटुलेर सन् २००५ देखि उनले दिनामो जाग्रेब फुटबल क्लबबाट फुटबल खेल्न थाले र लगातार तीन पटक घरेलु लिग तथा कप जिते । यस क्रममा उनी सन् २००७ को क्रोएसियाको वर्ष फूटबल खेलाडी घोषित भए । सन् २०१८ मा उनलाई प्रिमियर लिग को फुटबल क्लब टोटन्ह्याम हटस्पर ले क्लबकै इतिहासमा सर्बाधिक मूल्य (पाउन्ड स्टर्लिंग एक करोड ६५ लाख) तिरेर अनुबन्धित गर्यो । उनकै योगदानमा टोटन्ह्याम हटस्पर सन् २०१०-११ को च्याम्पियन्स लिगमा छनौट भयो, यो सहभागिताको अवसर करीब ५० बर्षपछि क्लबलाई प्राप्त भएको थियो । मोड्रिचको प्रेरणामा टोटन्ह्याम हटस्पर उक्त संस्करणको च्याम्पियन्स लिगको उत्कृष्ट-८ सम्म पुग्न सफल भयो ।

सन् २०१२ मा मोड्रिच स्पेनी क्लब रियल म्याड्रिडमा स्थानान्तरण भए जसका लागि म्याड्रिडले टोटन्ह्यामलाई पाउन्ड स्टर्लिंग तीन करोड तिर्यो । सन् २०१३-१४ मा प्रशिक्षक कार्लो एन्सेलोट्टीको नेतृत्वमा म्याड्रिडले आफ्नो दशौं च्याम्पियन्स लिग उपाधि जित्दा मोड्रिचको योगदान महत्वपूर्ण रह्यो र उनी सो बर्ष च्याम्पियन्स लिगको सर्वोत्कृष्ट ११ खेलाडीको टोलीमा समेटिए । जिनेदिन जिदान म्याड्रिडको प्रमुख प्रशिक्षक नियुक्त भए पछि क्लबले सन् २०१५-१६ देखि १०१७-१८ सम्म लगातार च्याम्पियन्स लिग जित्दा मोड्रिचको भूमिका झन् महत्वपूर्ण तथा केन्द्रीय रह्यो र हरेकपटक च्याम्पियन्स लिगको सर्वोत्कृष्ट ११ खेलाडीको टोलीमा समेटिए । स्पेनी लिगको सर्वोत्कृष्ट मध्यपङ्क्तिको खेलाडीको रुपमा उनी सन् २०१३-१४ तथा २०१५-१६ मा पुरस्कृत भए । साथै, उनलाई युरोपेली फुटबल संघ (युईएफए) ले सन् २०१७ तथा २०१८ युरोपको सर्वोत्कृष्ट मध्यपङ्क्तिको खेलाडी घोषणा गर्दै पुरस्कार प्रदान गर्यो । सन् २०१५ मा विश्व फुटबल संघ (फिफा) ले विश्वको सर्वोत्कृष्ट ११ खेलाडीको टोली (फिफप्रो-११) घोषणा गर्दा क्रोएसियाको तर्फबाट उक्त टोलीमा प्रतिनिधित्व गर्ने पहिलो खेलाडी बनेका उनी २०१६ तथा २०१८ मा पनि उक्त टोलीमा समेटिए । सन् २०१८ मा उनी युईएफए वर्ष खेलाडी दरिएका उनी सो सम्मान पाउने पहिलो क्रोएसियाली खेलाडी बने । सोहि बर्ष फुटबल खेलाडीले पाउने सबैभन्दा सम्मानित सम्मान बलुन डी’ओर तथा फिफा वर्ष खेलाडीको उपाधि जितेर उक्त सम्मानहरुमा लियोनेल मेस्सी तथा क्रिस्टियानो रोनाल्डो को एक दशकभन्दा लामो अविछिन्न दबदबा अन्त्य गर्न सफल भए ।

सन् २०१८ को विश्वकप फुटबलमा मोड्रिच ले क्रोएसियाको राष्ट्रिय फुटबल टोलीलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरे । उनको टोली फाइनलमा फ्रान्ससंग पराजित भएपनि उनी विश्वकपको उक्त संस्करणको सर्वोत्कृष्ट खेलाडीको रुपमा छानिए र प्रतियोगिताको सुनौलो (गोल्डेन) बल प्राप्त गर्न सफल भए ।

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]

क्लब करियर[सम्पादन गर्ने]

प्रारम्भिक समय[सम्पादन गर्ने]

दिनामो जाग्रेब[सम्पादन गर्ने]

टोटन्ह्याम हटस्पर[सम्पादन गर्ने]

रियल म्याड्रिड[सम्पादन गर्ने]

अन्तर्राष्ट्रिय करियर[सम्पादन गर्ने]

करियर तथ्याङ्क[सम्पादन गर्ने]

क्लब[सम्पादन गर्ने]

राष्ट्रिय टोली[सम्पादन गर्ने]

सम्मानहरु[सम्पादन गर्ने]

क्लब[सम्पादन गर्ने]

दिनामो जाग्रेब

रियल म्याड्रिड

राष्ट्रिय टोली[सम्पादन गर्ने]

क्रोएसिया

व्यक्तिगत[सम्पादन गर्ने]

राष्ट्रिय

अन्तर्राष्ट्रिय


टिपोटहरु[सम्पादन गर्ने]

  1. कुनै पनि दृष्टिकोणबाट लुका मोड्रिच क्रोएसियाको इतिहासको सर्वोत्कृष्ट खेलाडी होइनन् भन्न सकिदैन (अंग्रेजीमा)]"। Squawka.Com बाट १ जुलाई २०१८ मा उद्दृत ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ Hugman, Barry J., सं (2010). The PFA Footballers' Who's Who 2010–11. Mainstream Publishing. प॰ 290. . 
  2. "Player Profile", realmadrid.com, अन्तिम पहुँच १८ नोभेम्बर २०१७ 
  3. "Lȗka", Hrvatski jezični portal (shमा), अन्तिम पहुँच १७ मार्च २०१८, "Lȗka" 
  4. "mȍdar", Hrvatski jezični portal (shमा), अन्तिम पहुँच १७ मार्च २०१८, "Módrić" 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]