प्रिमियर लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रिमियर लिग
देशइङ्ल्यान्ड
सङ्घयुइएफए
स्थापना२० फेब्रुअरी १९९२; ३२ वर्ष पहिले (१९९२-०२-20)
टोलीको सङ्ख्या२०
लेभल पिरामिड
पदघटमाफुटबल लिग च्याम्पियनसिप
घरेलु कपएफए कप
एफए सामुदायिक शिल्ड
लिग कपलिग कप
अन्तर्राष्ट्रिय कपयुइएफए च्याम्पियन्स लिग
युइएफए युरोपा लिग
वर्तमान विजेताम्यानचेस्टर सिटी (चौथो उपाधि)
(२०१८-१९)
सबैभन्दा धेरै पटक विजेताम्यानचेस्टर युनाइटेड (१३ उपाधि)
टिभी साझेदारस्काई स्पोर्ट्सबिटी स्पोर्ट (प्रत्यक्ष प्रसारण)
स्काई स्पोर्ट्सबिबिसी (हाइलाइट)
वेबसाइटआधिकारिक वेबसाइट
२०१८-१९

प्रिमियर लिग अङ्ग्रेजी फुटबल सङ्घ आवद्ध फुटबल क्लबहरूको व्यावसायिक लिग हो । यो लिग अङ्ग्रेजी फुटबल लिग प्रणालीको सर्वोत्कृष्ट फुटबल प्रतिस्पर्धा हो । यस लिगमा जम्मा २० टिमको सहभागिता हुन्छ । यस लिगको सञ्चालन द फुटबल लिगसँगै निहित प्रणालीमा आधारित रहेको छ । प्रिमियर लिग एउटा यस्तो निकाय हो जसमा २० सदस्य क्लब शेयरधनीको रूपमा कार्य गर्दछ । यस लिगको आयोजना अगस्ट देखि मे महिनासम्म हुन्छ जसमा प्रत्येक टिमले ३८ वटा खेल खेल्ने गर्छन्, एक वर्षमा जम्मा ३८० खेल खेलाइन्छ । प्राय: खेलहरू शनिबार र आइतबार खेलाइने गरिन्छ र कुनै कुनै खेल बिदाको दिन पनि खेलाइन्छ ।

वास्तवमा सन् १८८८ मा स्थापना गरिएको द फुटबल लिगबाट विभाजन भएपछि र आकर्षक टेलिभिजन आधिकारको फायदा उठाउने उद्देश्यले फुटबल लिग फर्स्ट डिभिजनका क्लबहरूको निर्णयको आधारमा सन् १९९२ फेब्रुअरी २० मा एफए प्रिमियर लिगको स्थापना भएको हो ।[१]त्यस पश्चात प्रिमियर लिग विश्वको सबैभन्दा धेरै हेरिने लिगको रूपमा उदय भएको हो । यो संसारकै सबैभन्दा आकर्षक फुटबल लिग हो जसको संयुक्त क्लब राजश्व सन् २००७-०८ मा £१.९३ बिलियन रहेको थियो । यस लिगलाई २१२ देशको ६ करोड ४३ लाख घरमा हेरिन्छ भने लगभग ४७ करोड सम्भावित दर्शकहरूले यस लिगलाई हेर्दै आएका छन् ।[२] सन् २०१०-२०११ प्रिमियर लिग सिजनमा औषत प्रत्येक म्याचमा ३५,३६३ दर्शकको उपस्थिति थियो जुन कि जर्मनीको बुन्डेसलिगा पछिको सबैभन्दा बढी हो ।[३]

प्रतियोगिता[सम्पादन गर्नुहोस्]

यस प्रतियोगितामा २० टिमको सहाभागिता रहने गरेको छ ।

क्लब[सम्पादन गर्नुहोस्]

सन् १९९२ देखि चल्दै आएको प्रिमियर लिगमा अहिले सम्म ४५ वटा क्लबको उपस्थिति रहेको छ । प्रिमियर लिगको सुरुवात देखि यसका ७ वटा क्लबले प्रत्येक आयोजनामा सामेल हुँदै आएको छ । आर्सनल, एस्टन भिल्ला, चेल्सी, लिभरपुल, म्यानचेस्टर युनाइटेड तथा टोटन्ह्याम हटस्पर एफ.सीले प्रत्येक वर्ष प्रिमियर लिगमा सहभागिता जनाउदै आएको छ ।[४]

तल रहेका २० वटा क्लबले सन् २०१३-१४मा सहभागिता जनाएका छन् ।

क्लब स्थान
२०१२-१३मा स्थिति
प्रथम संस्करणमा
शिर्ष स्थान
उपस्थित संस्करणको संख्या
शिर्ष स्थान
प्रिमियर लिगमा उपस्थिति संख्या
प्रथम संस्करण
मा हाल
शिर्ष डिभिजन
शिर्ष डिभिजन
उपाधि
अन्तिम शिर्ष डिभिजन उपाधि
आर्सनलa, b 004चौथौ १९०३-१९०४ ९७ २२ १९१९-२० १३ २००३-०४
एस्टन भिल्लाa, b, c 015१५ औ १८८८-१८८९ १०३ २२ १९८८-८९ १९८०-८१
कार्डिफ सिटीb, d 018प्रथम च्याम्पियनशिप १९२१-१९२२ १६ २०१३-१४ n/a
चेल्सीa, b 003तेश्रो १९०७-१९०८ ७९ २२ १९८९-९० २००९-१०
क्रिस्टल प्यालेसa 020पाँचौ च्याम्पियनशिप १९६९-१९७० १४ २०१३-१४ n/a
एभर्टनa, b, c 006छैठौ १८८८-१८८९ १११ २२ १९५४-५५ १९८६-८७
फुलह्यामb 012१२ औ १९४९-१९५० २५ १३ २००१-०२ n/a
हल सिटी 019दोश्रो च्याम्पियनशिप २००८-२००९ २०१३-१४ n/a
लिभरपुलa, b 007सातौ १८९४-१८९५ ९९ २२ १९६२-६३ १८ १९८९-९०
म्यानचेस्टर सिटीa 002दोश्रो १८९९-१९०० ८५ १७ २००२-०३ २०११-१२
म्यानचेस्टर युनाइटेडa, b 001 प्रथम १८९२-१८९३ ८९ २२ १९७५-७६ २० २०१२-१३
न्युक्यासल युनाइटेड 016१६ औ १८९८-१८९९ ८३ २० २०१०-११ १९२६-२७
नर्विच सिटीa 011 ११ औ १९७२-१९७३ २४ २०११-१२ n/a
साउथ ह्याम्प्टनa 014 १४ औ १९६६-१९६७ ३७ १५ २०१२-१३ n/a
स्टोक सिटीb, c 013 १३ औ १८८८-१८८९ ५८ २००८-०९ n/a
सन्डरल्याण्ड 017 १७ औ १८९०-१८९१ ८३ १३ २००७-०८ १९३५-३६
स्वान्सी सिटीb, d 009 नौ १९८१-१९८२ २०११-१२ n/a
टोटनह्याम हट्सपरa, b 005 पाँचौ १९०९-१९१० ७९ २२ १९७८-७९ १९६०-६१
वेस्ट ब्रोमविचc 008 आठौँ १८८८-१८८९ ७७ २०१०-११ १९१९-२०
वेस्टह्याम युनाइटेड 010दशौ १९२३-१९२४ ५६ १८ २०१२-१३ n/a

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "United (versus Liverpool) Nations", The Observer, ६ जनवरी २००२, अन्तिम पहुँच ८ अगस्ट २००६ 
  2. "The World's Most Watched League", Premier League (PremierLeague.com), १६ नोभेम्बर २०११, अन्तिम पहुँच ११ अप्रिल २०१२  वेब्याक मेसिन अभिलेखिकरण ४ अगस्ट २०१२ मिति
  3. "German Bundesliga Stats: Team Attendance – 2010–11", Soccernet, ESPN, अन्तिम पहुँच २२ जनवरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण ८ डिसेम्बर २०१२ मिति
  4. "It's official – Tottenham have the worst defence in Premier League history", Daily Mail, १४ नोभेम्बर २००७, अन्तिम पहुँच १ डिसेम्बर २००७