म्यानचेस्टर सिटी फुटबल क्लब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म्यानचेस्टर सिटी
पुरा नामम्यानचेस्टर सिटी फुटबल क्लब
उपनाम(हरू)'सिटी,द सिटीजन्स र द स्काई ब्लुज'
स्थापनासन १८९४ अप्रिल १६
मैदानसिटी अफ म्यानचेस्टर स्टेडियम
मैदान क्षमता५५,०९७[१]
मालिकद सिटी फुटबल ग्रुप
अध्यक्षखाल्दुन अल मुबारक
म्यानेजरपेप ग्वार्दिओला
लिगप्रिमियर लिग
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ

म्यानचेस्टर सिटी फुटबल क्लब म्यानचेस्टरमा स्थापना गरिएको अङ्ग्रेजी व्यावसायिक फुटबल क्लब हो । म्यानचेस्टर सिटी फुटबल क्लबलाई पहिला सेंट मार्क (वेस्ट गोर्टोन) को रूपमा सन् १८८० मा स्थापना गरिएको थियो पछि सन् १८८७ मा आर्डविक एसोसिएशन फुटबल क्लबको रूपमा रुपान्तरण गरियो र पछि यसलाई सन् १८९४ मा म्यानचेस्टर सिटी क्लबको रूपमा पूर्णरुप दिईयो । क्लबले सन् २००३ पछि आफ्नो सबै घरेलु म्याच सिटी अफ म्यानचेस्टर स्टेडियममा खेल्दै आएको छ । क्लबको इतिहास हेर्दा सबैभन्दा सफल अवधि सन् १९६० को दशक र सन् १९७० को दशक रूपमा लिन सकिन्छ , त्यति बेला क्लबले लिग च्याम्पियनशिपलिग कप जितेको थियो । सन् १९८१ पछि क्लबको प्रदर्शनमा क्रमशः उतार चढाव हुदैं गयो र सन् १९९८ तिर उसको प्रदर्शन तेश्रो स्तरमा झर्यो । सन् २००८ मा क्लबलाई आबु धाबी युनाइटेड ग्रूपले खरिद गर्यो र यो त्यसपछि संसारकै सबैभन्दा महँगो क्लबको सुचीमा सामेल हुन पुग्यो । यसकै फलस्वरूप: क्लबले ४४ वर्षपछि सन् २०१२ मा प्रिमियर लिगको उपाधि जित्न सफल भयो ।

इतिहास[सम्पादन गर्नुहोस्]

रेकर्ड[सम्पादन गर्नुहोस्]

रङ्गशाला[सम्पादन गर्नुहोस्]

एतिहाद रङ्गशाला

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "Premier League Handbook Season 2013/14" (PDF), Premier League, अन्तिम पहुँच १७ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण ३१ जनवरी २०१६ मिति