युइएफए च्याम्पियन्स लिग
![]() | |
स्थापना | १९५५ |
---|---|
क्षेत्र | युरोप (युइएफए) |
समूह सङ्ख्या | ३२ (समूह चरण) ७९, ८० वा ८१ (जम्मा) |
वर्तमान विजेता | ![]() |
सबैभन्दा सफल क्लब | ![]() |
टेलिभिजन सहयोगी | युइएफए च्याम्पियन्स लिगका प्रसारणकर्ताहरू |
वेबसाइट | uefa.com |
![]() |
युइएफए च्याम्पियन्स लिग युरोपेली फुटबल महासङ्घ द्वारा आयोजित एक महाद्वीपीय क्लब फुटबल प्रतिस्पर्धा हो जसमा शीर्ष-विभाजित युरोपेली क्लबहरू समावेश भएका हुन्छन्। यो विश्वको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो र युरोपेली फुटबलमा सबैभन्दा प्रतिष्ठित क्लब प्रतिस्पर्धा पनि हो। युइएफए च्याम्पियन्स लिगको फाइनल विश्वभर सबैभन्दा धेरै हेरिएको वार्षिक खेल हो। २०१२-१३ संस्करणको च्याम्पियन्स लिगको फाइनल सबैभन्दा बढी दूरदर्शन मुल्याङ्कन पाएको थियोे र यो खेल ३६० मिलियन दूरदर्शन दर्शकहरूले प्रत्यक्ष हेरेको थिए।
यो प्रतियोगिता सन् १९५५ मा युरोपेली च्याम्पियन्स क्लब कपको नामबाट स्थापना गरिएको थियो जसलाई सामान्यतया युरोपेली कप पनि भनिन्थ्यो। यो सुरुमा सोझो नकआउटक प्रतियोगिता थियो जुन प्रत्येक राष्ट्रिय च्याम्पियनसिपबाट प्रतिनिधित्व गर्ने च्याम्पियन क्लबहरूको लागि मात्र उपलब्ध रहेको थियो। सन् १९९२ देखि यस प्रतियोगिताको नाम हालको नामबाट खेल खेलाउन सुरु गरिएको थियो जसमा राउण्ड रोबिन र समूह चरण समावेश गरिएको थियो र युरोपका केही फुटबलमा उत्कृष्ट देशहरूबाट सहभागीहरूलाई सोही ढाँचा अनुसार खेल खेलाइएको थियो।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "लिभरपुललाई च्याम्पियन्स लिग उपाधि", हाम्रो खेलकुद, जेष्ठ १९, २०७६, अन्तिम पहुँच जेष्ठ २०, २०७६।
- ↑ "फुटबलको प्रमियर क्लब प्रतियोगिता", युरोपेली फुटबल सङ्घ, ३१ जनवरी २०१०, अन्तिम पहुँच २३ मे २०१०।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा युइएफए च्याम्पियन्स लिग सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |