बोरुसिया डर्टमन्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बोरुसिया डर्टमन्ड
पुरा नामबल्सपिल्भरिन बोरुसिया ०९ इ.भी. डर्टमन्ड
उपनाम(हरू)डाइ बोरूसेन डाइ स्वार्जजेलबेन (द ब्ल्याक एन्ड यल्लोज) डर बिभिबी (द बिभिबी)
छोटो नामबिभिबी
स्थापना19 डिसेम्बर 1909; ११४ वर्ष पहिले (1909-१२-19)
मैदानसिग्नल इडुना पार्क
मैदान क्षमता८१,२६४
अध्यक्षहान्स-जोएचिम वाट्ज्के(सिइओ)
लिगबुन्डेस लिगा
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

बोरुसिया डर्टमन्डको स्थापना डर्टमन्ड शहरका १७ खेलाडीको अगुवाइमा १९०९ मा भएको थियो । बोरुसिया डर्टमन्डले हालसम्म ८ जर्मन च्याम्पियनसिप, ३ डिएफबी-पोकल , ५ डिएफएल-सुपर कप, १ युइएफए च्याम्पियन्स लिग, १ युइएफए कप विनर्स कप र १ अन्तर महादेशिय कप जितेको छ । १९७४ यता डर्टमन्डले वेष्टफेलस्टेडियनलाई आफ्नो घरेलु मैदान बनाएको छ जुन जर्मनीकै सबभन्दा ठूलो स्टेडीयम हो । डर्टमन्डको खेलमा विश्वकै क्लब फुटबलमध्येको सबभन्दा बढी औसत दर्शक उपस्थिति हुने गर्छ । बुन्डेस लिगामा साल्के ०४बायर्न म्युनिख बोरुसिया डर्टमन्डका चिर प्रतिद्वन्दी हुन् ।

इतिहास[सम्पादन गर्नुहोस्]

१९ डिसेम्बर १९०९ मा स्थापित यस क्लबका संस्थापकहरू फ्रान्ज ब्राउन, पल ब्राउन, हेनरी क्लीभ, हान्स डिबेस्ट, पल जिन्डजिल्ली, जुलियस र विल्हेल्म ज्याकोबी, हान्स कान, गुस्तब मुलर, फ्रान्ज रिस्सी , फ्रिट्ज सुल्ते, हान्स सिबोल्ड, अगष्ट टन्समेन, हेनरिच र रोबर्ट अन्गर, फ्रिट्ज वेबर र फ्रान्ज वेन्ड्ट हुन् । बोरुसिया शब्द भने नजिकैको बोरुसिया बियर कम्पनीबाट लिइएको हो जसले बोरुसिया बियर उत्पादन गर्थ्यो ।

टोलीले सुरूमा निलो र सेतो धर्सा भएको जर्सी लगायो भने १९१३ मा अहिलेको जर्सी मिल्दोजुल्दो पहेँलो र कालो धर्सा भएको जर्सी बनायो । त्यसको एक दशक सम्म यस क्लबले घरेलु लिगहरूमा मात्र सफलता हात पार्यो ।१९३० मा तेस्रो रिच(Third Reich) को उदय भयो जसले राष्ट्रभरको खेल र फुटबल संस्थाको पुनसंरचना गर्यो । बोरुसियाका अध्यक्षलाई नाजी पार्टीमा नजोडिएकोले पदविहिन गरियो । क्लबले गौलिगा वेष्टफलेनमा धेरै उपलब्धी हाँसिल गर्यो । यहि समयमा डर्टमन्डको साल्के ०४ चिर प्रतिद्वन्दी बन्यो ।१९६३ मा नयाँ नमुनाको बुन्डेस लिगा सुरू हुनु अघि यस क्लबले जर्मन फुटबल च्याम्पियनसिपको अन्तिम संस्करण जित्यो भने १९९७ मा आएर अन्तरमहादेशिय कप जित्दै यो कप जित्ने बायर्न म्युनिखपछीको दोस्रो जर्मन क्लब बन्यो ।

बाह्य लिङ्करू[सम्पादन गर्नुहोस्]