ग्यारेथ बेल
|
बेल २०१८ मा रियल म्याड्रिडको तर्फबाट | |||
| व्यक्तिगत जानकारी | |||
|---|---|---|---|
| पुरा नाम | ग्यारेथ फ्र्यांक बेल[१] | ||
| जन्म मिति | १६ जुलाई १९८९[१] | ||
| जन्म स्थान | कार्डिफ, वेल्स | ||
| उचाइ | १.८६ मी (६ फिट १ इन्च)[२] | ||
| खेल्ने स्थान(हरू) | विङ्गर | ||
| क्लब जानकारी | |||
वर्तमान टोली | रियल म्याड्रिड | ||
| सङ्ख्या | ११ | ||
| युवा करियर | |||
| – | कार्डिफ जनसेवा | ||
| १९९९-२००६ | साउथह्याम्पटन एकेडमी | ||
| वरिष्ठ करियर* | |||
| वर्ष | टोली | उपस्थिति | (गोल) |
| २००६-२००७ | साउथह्याम्प्टन | ४० | (५) |
| २००७-२०१३ | टोटनह्याम हट्स्पर | १४६ | (४२) |
| २०१३– | रियल म्याड्रिड | १७१ | (८०) |
| २०२०– | → लाेन टोटनह्याम हट्स्पर | ० | (०) |
| अन्तर्राष्ट्रिय करियर‡ | |||
| २००५-२००६ | वेल्स राष्ट्रिय अन्डर-१७ फुटबल टिम | ७ | (१) |
| २००६ | वेल्स राष्ट्रिय अन्डर-१९ फुटबल टिम | १ | (१) |
| २००६-२००८ | वेल्स राष्ट्रिय अन्डर-२१ फुटबल टिम | ४ | (२) |
| २००६– | वेल्स | ८५ | (३३) |
|
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ६ सेप्टेम्बर २०२० ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ६ सेप्टेम्बर २०२० | |||
ग्यारेथ फ्र्याङ्क बेल (जन्म १६ जुलाई १९८९) वेल्सबाट खेल्ने फुटबल खेलाडी हुन् । उनी हाल व्यावसायिक रूपमा रियल म्याड्रिडबाट विङ्गरबाट खेल्छन । ग्यारेथले व्यावसायिक फुटबलको सुरुवात सन् २००६ मा साउथह्याम्प्टनबाट लेप्ट ब्याक्क का रूपमा गरेका थिए ।छिट्टै वहाँ इङ्गलिस प्रिमीयर लिगमा फ्री-किक विशेसज्ञको रूपमा चर्चित भएका थिए । सन् २००६/२००६ सिजन पछि टोटन्ह्याम हट्स्पर कलबमा आबद्ध भए र २०१२/१३ सिजन सम्म सोहि क्लबमा खेले ।टोटनह्याम हट्स्परमा हुदा १४६ खेलमा ४२ गोल ३१ असिस्ट गरेका थिए र १५ पहेलो कार्ड र १ रातो कार्ड पाएका थिए ।
उनी सन् २०११ तथा २०१३ मा एपिएफ प्लेयर अफ द इअर र यङ प्लेयर अफ द इअर घोषित भएका छन् । इङगल्याण्डको प्रोफेसनल फुटबलर एशोसिएसनले २३ वर्षिय बेललाई प्लेयर अफ द इयर र यङ प्लेयर अफ द इअरबाट सम्मान गरेको थियो ।[३]
सन् २०१३ मा दुई महिनाको लामो कसरतपछि अन्ततः स्पेनी क्लव रियल म्याड्रिडले ग्यारेथ बेललाई इङ्गलिस क्लव टोटनह्याम हट्स्परबाट कीर्तिमानी रकममा ९९ सय मिललियन युरो तिरेर क्लवमा आबद्ध गरेको हो ।[४]
रियल म्याड्रिडमा उनी ११ जर्सी लगाउछन् र दाहिने अग्रपंङतीमा (राइट विंगर) खेल्दछन् ।रियल म्याड्रिडमा अहिले सम्म सबै २३१ खेलमा १०२ गोल गरेका छन् , ला लिगामा १५५ खेलमा ६८ गोल ४३ असिस्ट गरेका छन् ।
उनी राष्ट्रिय फुटबल टिममा सन् २००६ मेबाट खेल्न सुरू गरेका थिए र वेल्स राष्ट्रिय टिमबाट धेरै गोल गर्ने खेलाडि उनी हुन् ।
प्रारम्भिक जीवनी
[सम्पादन गर्नुहोस्]ग्यारेथ फ्र्याङ्क बेलको (बेल) जन्म सन् १९८९ जुलाइ १६ मा कार्डिफ,वेल्समा भएको थियो । उनी कार्डिफ सिटिका पुर्व फुटबलर्र किर्स पिकेका भदा हुन् ।
उन्ले प्राथमिक स्कूल व्हीचर्चमा गरेका थिए र हाई स्कूल व्हीचर्च हाई स्कूल कार्डिफमा अध्ययन गरेका थिए ।
क्लव इतिहास
[सम्पादन गर्नुहोस्]साउथेम्प्टन
[सम्पादन गर्नुहोस्]टोटनह्याम हट्स्पर
[सम्पादन गर्नुहोस्]रियल म्याड्रिड
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- 1 2 Hugman, Barry J., सम्पादक (२०१०), The PFA Footballers' Who's Who 2010–11, Mainstream Publishing, पृ: ३१, आइएसबिएन 9781845966010।
- ↑ "FIFA World Cup Qatar 2022™: List of Players: Wales", FIFA, २०२२-११-१५, पृ: ३२, मूलबाट २०२२-११-३०-मा सङ्ग्रहित।
- ↑ "ग्यारेथ बेल एपीएफ प्लेयर अफ दि इयर र योङग प्लेयर अफ दि इयर घोषित", हिमालय टेलीभिजन, २९ अप्रिल २०१३।[स्थायी मृत कडी]
- ↑ "ग्यारेथ बेल रियाल मड्रिडमा आबद्ध", इमेज खबर, १४ सेप्टेम्बर २०१३। अभिलेखिकरण २०१५-०१-०३ वेब्याक मेसिन
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- रियल म्याड्रिड प्रोफाइल
- ग्यारेथ बेल – युइएफए प्रतियोगिता तथ्याङ्क
- ग्यारेथ बेल – फिफा प्रतियोगिता तथ्याङ्क