केप टाउन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
केप टाउन
Kaapstad (अफ्रिकी)
iKapa (खोसा)
Table Mountain
Cape Town CBD Skyline
Clifton Beach
Port of Cape Town
Aerial view of the Strand golf club.
Social housing in Manenberg
माथीबाट, दायाँबाट बायाँ: टेबल माउन्टेन, केप टाउन (व्यापारिक केन्द्र), क्लिफ्टन बिच, स्ट्रयाण्ड, केप टाउन जहाज अड्डा, म्यानेनबर्ग
Flag of केप टाउन
झण्डा

प्रतिक चिन्ह
आदर्श वाक्य: Spes Bona (Latin for "Good Hope")
केप टाउन पश्चिमी केप-এ অবস্থিত
केप टाउन
केप टाउन
केप टाउन South Africa-এ অবস্থিত
केप टाउन
केप टाउन
राष्ट्र  South Africa
प्रदेस पश्चिम केप
नगरपालिका केप टाउन सहर
मुख्य स्थान केप टाउन सिटी हल
स्थापना १६५२
नगर सरकार १८३९
सरकार[१]
 - प्रकार महानगरपालिका
 - मेयर ड्यान प्लाटो (DA)
 - उपमेयर इयान नेल्सन (DA)
क्षेत्रफल[२]
 - नगर ४००.२८ किमी (१५४.५ वर्ग मी)
 - मेट्रो २,४६१ किमी (९५०.२ वर्ग मी)
अधिकतम उचाईं १,५९०.४ मि (५,२१८ फिट)
न्युनतम उचाईं ० मि (० फिट)
जनसङ्ख्या (2011)[२]
 - नगर ४३३,६८८
 जनघनत्व १,०८३.५/किमी (२,८०६.२/वर्ग मी)
 - महानगरीय क्षेत्र[३] ४,००५,०१५
 - मेट्रो घनत्व १,६२७.४/किमी (४,२१४.९/वर्ग मी)
मूलबासी नाम केपटोनियन
जातिय विभिदता (२०११)[२][४][५]
 - अश्वेत अफ्रिकन १५.८%
 - कलर्ड ४४.६%
 - भारतीय/एसियन ३.४%
 - गोरा ३२.3%
 - अन्य ३.९%
प्रमुख भाषाहरू (२०११)[२]
 - अङ्ग्रेजी ६७.७%
 - अफ्रिकन्स २२.५%
 - खोसा २.७%
 - अन्य ७.१%
समय क्षेत्र SAST (युटिसी+2)
हुलाक कोड 7400–8099
टेलिफोन कोड +२७ (०)२१
GDP US$78.7 billion[६]
GDP per capita US$19,656[६]
वेबसाइट capetown.gov.za

केप टाउन दक्षिण अफ्रिकाको दक्षिण-पश्चिमी समुद्री तटमा रहेको सहर हो। यो सहर दक्षिण अफ्रिकाको राजधानीका साथै पश्चिमी केप प्रदेशको मुख्य सहर पनि हो।[७] जनघनत्वको आधारमा केप टाउन दक्षिण अफ्रिकाको दोस्रो ठूलो सहर हो।[८]

दक्षिण अफ्रिकी संसदको एक कोटा पाएको यो सहर दक्षिण अफ्रिकाको व्यवस्थापिकाको राजधानी पनि हो।[९] यसले केप टाउन महानगरपालिकाको केही भाग ओगटेको छ। केप टाउन पानी जहाजहरूको अड्डा (हार्बर), केप वानस्पतिक क्षेत्रको प्राकृतिक अवस्था र टेबल पहाड तथा केप पोइन्ट जस्ता स्थानहरूका लागि प्रख्यात छ। सन् २०१४ को एक तथ्याङ्क अनुसार जनसङ्ख्याको आधारमा यो सहर अफ्रिका महादेशभरिमा दसौँ स्थानमा पर्दछ भने पश्चिम केपमा बसोवास गर्ने मानिसहरू मध्ये ६०% मानिसहरू यहाँ बस्ने गरेको पाइन्छ।[१०] यो सहर विश्वभरका बहुसांस्कृतिक सहरहरू मध्ये एक हो। विभिन्न देशहरूबाट आप्रवासी वा प्रवासी भएर दक्षिण अफ्रीका प्रवेस गर्नेहरूको प्रमुख गन्तव्य भएको हुनाले पनि यहाँ सांस्कृतिक विविधता भएको हो।[११] सन् २०१४ मा औद्योगिक सर्जकहरूको समाजको अन्तर्राष्ट्रीय परिषद्ले केप टाउनलाई त्यस वर्षको लागि 'वर्ल्ड डिजाइन क्यापिटल'को उपाधि प्रदान गरेको थियो।[१२] सोही वर्ष संयुक्त राज्य अमेरिकाकोको न्युयोर्क टाइम्स[१३] र बेलायतको डेली टेलिग्राफ[१४] पत्रिकाले यो सहरलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गरेका थिए।

टेबल खाडीको किनारामा अवस्थित केप टाउन डच इस्ट इन्डिया कम्पनीले स्थापना गरेको सहर हो। उनीहरूले नेदरल्यान्डबाट पूर्वी अफ्रिका, भारत तथा पूर्वका अन्य देशहरूमा जाने पानी जहाजमा खाना तथा इन्धन भर्नको लागि यसलाई विकसित गरेका थिए। सन् १६५२ अप्रिल ६ तारिखमा जन भान रिबिक केप टाउन पुगेर युरोपेली वस्ती बसाए। पूरै दक्षिण अफ्रिकामा यो नै पहिलो युरोपेली वस्ती थियो। सन् १८८६ मा विट्वाटर्जरान्डमा बृहत् सुन खानी फेला परेर जोहानेसबर्ग विकसित हुनुभन्दा पहिला केप टाउन नै दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो सहर थियो।

इतिहास[सम्पादन गर्ने]

केप टाउनको इतिहास
जन भान रिबिक केप टाउनमा अागमन, चार्ल्स बेलको तस्वीर
टेबल खाडीमा डच इस्ट इन्डिया कम्पनीको एक दृष्य
सन् १८०० को केप टाउनको एक तस्वीर

अहिलेसम्म प्राप्त तथ्य अनुसार केप टाउनको फिस होकमा रहेको पिअर्स गुफामा सबभन्दा पुरानो मानव वस्तीका अवशेषहरू फेला परेका छन्। ती अवशेषहरू करीब १५००० देखि १२००० वर्ष पुराना भएको विश्वास गरिन्छ।[१५] लिखित इतिहासको अभावका कारण प्राचिन समयमा यहाँ पहिलो पटक बसोवास गर्ने मानिसहरूको बारेमा पूर्ण जानकारी उपलब्ध छैन। सन् १४८६ मा पोर्चुगलका खोजकर्ता बार्तोलोमेउ दियासले यो क्षेत्रलाई पहिलो पटक उल्लेख गरेका थिए। केप टाउनमा पुग्ने पहिलो युरोपेली व्यक्ति बन्न सफल उनले यसको नाम आँधीहरूको अन्तरीप (अङ्ग्रेजीमा केप अफ स्टोर्म/पोर्चुगाली भाषामा काबो दास तोर्मेन्तास) राखे। पछि पोर्चुगल कै जोन द्वितीयले यस स्थानको नाम अङ्ग्रेजीमा केप अफ गुड होप (पोर्चुगाली भाषामा काबो दा बोआ इस्पेरान्सा) राखे। केप टाउन हुँदै भारत र पूर्वी एसियाको समुन्द्री यात्राको बाटो खुलेका कारण समुद्री यात्रीहरूमा नयाँ अाशा पलाएको भन्दै उनले यो नाम राखेको विश्वास गरिन्छ। ख्यातिप्राप्त खोजकर्ता भास्को दा गामाले सन् १४९७ मा आफूले केप अफ गुड होप देखेको कुरा उल्लेख गरेका छन्। सोर्हौं सताब्दीको अन्त्यतिर भारत वा पूर्वी एसियाली देश जाने पोर्चुगलका सबै तथा फ्रान्स, बेलायत, नेदर्ल्यान्ड र डेन्मार्कका केही जहाजहरू टेबल खाडीमा रोकेर जाने गर्दथे। यस स्थानमा रहेको बेलामा युरोपेली मानिसहरू आदिवासी खोइखोई समुदायका मानिसहरूसँग सुर्ती, तामा तथा फलामसँग ताजा मासु साटेर लैजाने गर्दथे।

सन् १६५२ मा जन भान रिबिक तथा डच इस्ट इन्डिया कम्पनीका अन्य कर्मचारीहरूलाई केप टाउनमा नेदरल्यान्डबाट भारततिर जाने पानीजहाजहरूका लागि बिसौनी तथा फोर्ट डि गोइडी हुप ( पछि क्यासल अफ गुड होप भनिएको) नामको किल्ला निर्माण गर्न पठाइयो। सुरुका दिनहरूमा यो वस्ती बिस्तारै बढ्यो किनकी त्यतिबेला सहर बिस्तारको लागि कामदारहरू पाउन मुस्किल थियो। यही कामदार अभावलाई पूरा गर्न युरोपेली अधिकारीहरूले इन्डोनेसिया तथा माडागास्करबाट दासहरू आयात गर्न थाले। तिनै दासहरू मध्ये केही हाल केप टाउनमा अस्तित्वमा रहेका केप कलर्ड समुदायका पुर्खाहरू थिए।[१६][१७] भान रिबिक तथा उनका उत्तराधिकारीहरूले नेदरल्यान्ड सेनाको प्रतिनिधि र पछि गभर्नरका रूपमा यहाँ रहँदा धेरै उपयोगी वनस्पतिहरू अन्य स्थानहरूबाट केप टाउनमा भित्राए। जसले गर्दा यहाँको प्राकृतिक वातावरण सदाका लागि परिवर्तन भयो। उनीहरूले ल्याएका मध्ये अङ्गुर, अन्नबालीहरू, बदाम, आलु, स्याउ र सुन्तला परिवारका फलहरूले यस क्षेत्रको समाज तथा अर्थतन्त्रमा महत्वपूर्ण तथा दिगो प्रभाव पारेको पाइन्छ।[१८]

तत्कालिन डच रिपब्लिक (नेदरल्यान्ड) फ्रान्सको अधिनमा पुगेर बाताभियन रिपब्लिक भएको बेलामा बेलायतले नेदरल्यान्डका उपनिवेसहरू हत्याउन थाल्यो। यही क्रममा सन् १७९५ मा बेलायतले केपटाउनमाथि कब्जा जमायो। तर सन् १८०३ मा भएको सन्धीमा बेलायतले केप टाउन नेदरल्यान्डलाई नै फिर्ता दियो। सन् १८०६ मा बलाउबर्गको युद्धपछि बेलायती सेनाले केप टाउनमाथि पुन: कब्जा जमायो।

तत्कालिन डच रिपब्लिक (नेदरल्यान्ड) फ्रान्सको अधिनमा पुगेर बाताभियन रिपब्लिक भएको बेलामा बेलायतले नेदरल्यान्डका उपनिवेसहरू हत्याउन थाल्यो। यही क्रममा सन् १७९५ मा बेलायतले केप टाउनमाथि कब्जा जमायो। तर सन् १८०३ मा भएको सन्धीमा बेलायतले केप टाउन नेदरल्यान्डलाई नै फिर्ता दियो। सन् १८०६ मा बलाउबर्गको युद्धपछि बेलायती सेनाले केप टाउनमाथि पुन: कब्जा जमायो। पछि सन् १८१४ मा भएको अङ्ग्रेज-नेदर्ल्याड सन्धीपछि केप टाउन स्थायी रूपमा बेलायतको हातमा पुग्यो। त्यसपछि यो सहर बेलायतीहरूले भर्खरै स्थापना गरेको केप उपनिवेसको राजधानी बन्यो। उन्नाइसौँ सताब्दीभरी केप उपनिवेसको सीमाना उल्लेख्य रूपमा बढ्यो। सिमाना बढेसँगै यस उपनिवेस बेलायतको अधिनबाट मुक्त हुनु पर्छ भन्ने मागहरू पनि बढ्न थाले। फलस्वरूप केप उपनिवेसले सुरुमा सिमित कार्यकारी अधिकार हुँदै सन् १८५४ मा आफ्नो अलग संसद् तथा सन् १८७२ मा स्थानीय प्रधानमन्त्री पायो। केप क्वालिफाइड फ्रान्चाइज नाम दिएको प्रणालीबाट हुने निर्वाचनमा जातीय विभेद नगरिएको भए पनि त्यतिबेला पुरुषहरूले मात्र मतदान गर्न पाउँथे।[१९][२०]

सन् १८६७ मा ग्रिक्वाल्यान्डमा हीरा र विट्वाटर्जरान्डमा सुन खानी पत्ता लागेपछि दक्षिण अफ्रिकामा आप्रवासीहरूको ओइरो लाग्यो।[२१] बर गणतन्त्र तथा बेलायती अौपनिवेसिक सरकारबिच भएको विवादका कारण सन् १८९९-१९०२ सम्म दोस्रो बर युद्ध भयो जसमा बेलायत बिजयी भयो। सन् १९१० मा बेलायतले दक्षिण अफ्रिकी सङ्गठनको स्थापना गर्यो जसले केप उपनिवेसलाई पराजित दुई बर गणतन्त्रहरू तथा नतालको उपनिवेससँग समाहित गर्यो। केप टाउनलाई दक्षिण अफ्रिकी सङ्गठनको व्यवस्थापिकाको राजधानी बनाइयो। पछि दक्षिण अफ्रिकी गणतन्त्रको स्थापना पश्चात पनि यो सहर व्यवस्थापिकाको राजधानी रह्यो।

सन् १९४८ मा भएको राष्ट्रिय निर्वाचनमा नेसनल पार्टीले 'अस्वेत आतंक' (अफ्रिकन भाषामा स्वार्ट गेभार) भन्ने जातीय नारा उचालेर विजय प्राप्त गर्यो। त्यस पश्चात बिस्तारै केप टाउनमा प्रचलनमा रहेको बहुजातीय सहभागीतामुलक निर्वाचन प्रणालीलाई खुम्चाउँदै अन्त्यमा समाप्त पारियो। समुदाय क्षेत्र कानुन लागू गरेर विकसित इलाकाहरूमा गोराहरू मात्र बसोवास गर्न सक्ने व्यवस्था गरियो। पहिला बहुजातीय मानिएका सहरका विभिन्न इलाकाहरूबाट अस्वेतहरूलाई गैरकानुनी वासिन्दा बनाएर निकाला गरियो भने केही बस्तीहरू नै नष्ट गरियो। यसको कुख्यात उदाहरणको रूपमा केप टाउनको डिस्ट्रिक्ट सिक्सलाई लिन सकिन्छ। सन् १९९५ मा गोराहरूको क्षेत्र घोषणा गरिएपछि त्यहाँ भएका सबै घरहरू भत्काइयो र साठी हजारभन्दा बढी अस्वेतहरूलाई त्यहाँबाट बलपूर्वक हटाइयो।[२२] यी मध्ये धेरै अस्वेतहरूलाई केप फ्ल्याट्स तथा लेभेन्डर डाँडामा लगेर राखियो। जातीय विभेदको यो कानुन लागू भएको बेलामा केप टाउनमा गोरा बाहेक एसियालीमूलका मानिसहरूलाई मात्र काम दिने प्रचलन थियो। बान्तु जस्ता अफ्रिकी अस्वेतहरूलाई कसेले पनि काममा राख्दैनथे।

सन् १९७६ मा केप टाउनको सोवेतो भन्ने स्थानमा आदिवासी बान्तु समुदायका मानिसहरूलाई शिक्षा दिइएको विरोधमा प्रदर्शन गरियो। प्रदर्शनको खबर फैलिएपछि केप टाउनका लन्गा, गुगुलेथु तथा नयान्गामा विद्यार्थीहरूले प्रतिक्रियात्मक सभा तथा जुलुसको आयोजना गरे। जुलुसमा सहभागी विद्यार्थीहरू र प्रहरीबिच झडप पनि भयो। यो समयमा धेरै विद्यालय भवनमा आगजनी गरेर ध्वस्त बनाइयो।[२३][२४]

केप टाउन जातीय विभेदविरुद्ध लागेका धेरै राजनितीज्ञहरूको वासस्थानको रूपमा रहेको थियो। सहरबाट करीब १० किलोमिटर (६ माइल) टाढा रहेको रोबेन टापुमा पहिले गम्भीर अपराधिहरूलाई राखिन्थ्यो। त्यहाँ रहेको कारागारमा धेरै प्रख्यात राजनितीज्ञहरूले बर्षौँसम्म बन्दी जीवन बिताएका थिए।

सन् १९९० को फेब्रुअरी ११ मा नेल्सन मन्डेलाले केप टाउन सिटी हलको बार्दलीबाट जनतालाई गरेको सम्बोधन जातीय विभेदविरुद्धको आन्दोलनमा लागेकाहरूका लागि महत्वपूर्ण क्षण मानिन्छ। थुना मुक्त भएको केही घण्टापछि गरिएको उक्त सम्बोधन मन्डेलाको लामो काराबासपछिको पहिलो थियो। उनको भाषणलाई दक्षिण अफ्रिकाको इतिहासमा नयाँ युगको सुरुवातको रूपमा लिने गरिन्छ। यसको चार वर्षपछि सन् १९९४ को अप्रिल २७ मा पहिलो प्रजातान्त्रिक चुनाव सम्पन्न भयो। केप टाउनको भिक्टोरिया एन्ड अल्फ्रेड वाटरफ्रन्टमा अवस्थित नोवल स्क्वायरमा दक्षिण अफ्रिकाका चार नोवेल पुरस्कार विजेताहरूको (अल्बर्ट लुथुली, देस्मन्ड तुतु, एफडब्लु डी क्लार्क तथा नेल्सन मन्डेला) सालिक राखिएको छ। सन् १९९४ देखि नै यो सहरले लागुपदार्थ दुर्व्यसन तथा यसका कारणले पैदा हुने अपराधको समस्या झेलिरहेको छ। केप टाउनमा हाल आएर अपराधिक समूहका बिच हुने झडपले ठूलो समस्या पैदा गरेको पाइन्छ। अर्कोतर्फ पर्यटन उद्योग तथा घरजग्गाको कारोबारमा प्राप्त भएको सफलताले देशको अर्थतन्त्र अहिलेसम्मकै उच्चतम बिन्दुमा पुगेको छ। केप टाउनलाई दक्षिण अफ्रिकाभरमा सबैभन्दा धेरै समानता दर भएको सहरको रूपमा लिने गरिन्छ।[२५]

भौगोलिक अवस्था[सम्पादन गर्ने]

मे महिनामा टेबल पहाडबाट देखिएको केप टाउन

केप टाउन ३३.५५ डिग्री दक्षिणी अक्षांश (सिड्नी र ब्युनस आयर्सको हाराहारीमा तथा भूमध्यरेखादेखिको दूरीका आधारमा उत्तरी गोलार्धमा रहेका कासाब्लाङ्का र लस एन्जलसको समान दूरीमा) तथा १८.२५ डिग्री पूर्वी देसान्तरमा अवस्थित छ। यो सहरको सबैभन्दा नजिकको उच्च स्थानको रूपमा टेबल पहाड रहेको छ जसको उचाइ करीब १००० मिटर (३,३०० फिट) छ। यो पहाडको किनारामा चट्टानी भिर भए पनि टुप्पामा समतल भूभाग भएकोले यसको आकृति टेबल जस्तै छ। टेबल पहाडको दाया-बाया रहेका राक्षसको पहाड र सिंह टाउके पहाडले केपटाउनको मध्य भागलाई वरीपरीबाट घेरेको भएर केहीले यसलाई 'सिटी बोल' भन्ने गरेको पाइन्छ। कहिलेकाहीँ पातलो बादलले टेबल पहाडलाई ढाक्यो भने त्यसलाई स्थानीयहरूले टेबल ढाक्ने कपडाको संज्ञा दिने गरेका छन्। केप टाउनको दक्षिणमा पहाडी भूबनौट भएको केप प्रायद्वीप आन्ध्र महासागरमा करीब ४० किलोमिटरसम्म फैलिएको छ। पहाडी मनोरम दृष्यले भरिपूर्ण यो प्रायद्वीपको पुच्छारमा केप पोइन्ट रहेको छ। केप टाउन सहरको आधिकारिक सीमा क्षेत्रभित्र ३०० मिटर (९८० फिट) अग्ला ७० वटा ससाना डाँडाहरू छन्। यस सहरका प्रायजसो बस्तीहरू केप फ्ल्याट्स भनिने विशाल फाँटहरूमा रहेका छन्। केप टाउन सहरको आधिकारिक सीमा क्षेत्रभित्र ३०० मिटर (९८० फिट) अग्ला ७० वटा ससाना डाँडाहरू छन्। यस सहरका प्रायजसो मानव बस्तीहरू केप फ्ल्याट्स भनिने विशाल फाँटमा रहेका छन्। यो समथर भुमि ५० किलोमिटर पूर्वसम्म फैलिएको छ। यसले केप प्रायद्वीपलाई अफ्रिकाको मुख्य भूभागसँग जोडेको छ। यो क्षेत्रको हावापानी सामान्यतया भूमध्य सागरीय क्षेत्रको जस्तो छ। फैलिएको तटीय क्षेत्र, बिच भूभागमा रहेका उपत्यका तथा लगभग मरुभूमी जस्तै भूभागहरूले घेरिएको केपटाउन दक्षिणी क्यालिफोर्निया जस्तै लाग्छ।

रोबेन टापु[सम्पादन गर्ने]

पश्चिमी केपमा अवस्थित रोबेन टापुलाई युनेस्कोले सन् १९९९ मा विश्व सम्पदा सूचीमा सूचीकृत गरेको हो। यो टापु केप टाउनको ब्लाउबर्गस्ट्रान्डबाट करीब ६ किलोमिटर पश्चिममा समुद्री सतहबाट ३० मिटरको उचाइमा रहेको छ। रोबेन टापुलाई करीब ४०० वर्षसम्म समाजबाट अलग्याइएका, देश निकाला गरिएका तथा प्रवेश निषेध गरिएका मानिसहरूलाई थुनेर राख्ने कारागारको रूपमा प्रयोग गरियो। उपचार हुन नसक्ने कुष्ठरोग जस्ता रोग लागेका रोगीहरूलाई लगेर राखिने हुनाले लामो समयसम्म सामाजिक तथा नैतिक रूपमा बहिष्कृत यो टापुमा हुलाक कार्यालय, चरन क्षेत्र, मानसिक अस्पताल र सहर सुरक्षाका लागि बाहिरी किल्ला पनि थिए।[२६]

हाल यो स्थानमा जान पर्यटकहरूका लागि डुङ्गा सेवा सञ्चालन गरिएको छ। रोबिन टापु सङ्ग्रहालयद्वारा सञ्चालित डुङ्गा सेवा व्यस्त मौसम सुरु नभइञ्जेलसम्म (सेप्टेम्बर १) दिनको तीन पटकमात्र चलाइन्छ। डुङ्गाहरू भिक्टोरिया एन्ड अल्फ्रेड वाटरफ्रन्टमा अवस्थित नेल्सन मन्डेला गेटवेबाट लाग्ने गर्दछन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "City of Cape Town announces new city manager", News24, २६ अप्रिल २०१८, मूलबाट १५ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ फेब्रुअरी २०१९ 
  2. २.० २.१ २.२ २.३ "Main Place Cape Town", Census 2011, मूलबाट २१ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मार्च २०१९ 
  3. "City of Cape Town Metropolitan Municipality", मूलबाट २२ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ डिसेम्बर २०१८ 
  4. "City of Cape Town", मूलबाट २२ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ डिसेम्बर २०१८ 
  5. "2016 Community Survey", मूलबाट २० जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ फेब्रुअरी २०१६ 
  6. ६.० ६.१ "Global city GDP 2011", Brookings Institution, मूलबाट ५ जुन २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ नोभेम्बर २०१४ 
  7. Africa, Statistics South, "Metropolitan Municipality | Statistics South Africa", www.statssa.gov.za, अन्तिम पहुँच २०१६-०६-०२ 
  8. "Discover the 9 Provinces of South Africa and their Capital Cities", अन्तिम पहुँच २०१७-०६-२२ 
  9. "Western Cape | province, South Africa", Encyclopedia Britannica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०६-२२ 
  10. Morris, Michael (२१ नोभेम्बर २०१४), "Highlights from the State of the City 2014 report", Weekend Argus, अन्तिम पहुँच २३ नोभेम्बर २०१४ 
  11. "Why Cape Town is one of the best cities for travel and expat living", ExpatCapeTown, अन्तिम पहुँच १४ अप्रिल २०१४ 
  12. "Cape Town Hosts Official WDC 2014 Signing Ceremony", World Design Capital, अन्तिम पहुँच ४ अगस्ट २०१२ 
  13. "14 Fun Facts You Didn’t Know About Cape Town - Interesting & Amusing Things about the Mother City", Cape Town Magazine 
  14. "The world's best cities", Telegraph.co.uk 
  15. "The Antiquity of man", SouthAfrica.info। 
  16. "Cape-Slavery-Heritage " Coloured People of the Western Cape have the most Diverse Ancestry in the World :: iBlog", Cape-slavery-heritage.iblog.co.za, १ मे २००९, अन्तिम पहुँच १७ मार्च २०११ [dead link]
  17. "Slavery and early colonisation, South African History Online", Sahistory.org.za, २२ सेप्टेम्बर १९२७, अन्तिम पहुँच १७ मार्च २०११ 
  18. Pooley, S. ‘Jan van Riebeeck as Pioneering Explorer and Conservator of Natural Resources at the Cape of Good Hope (1652–62),’ Environment and History 15 (2009): 3–33.
  19. Bell, Charles, "A painting of the arrival of Jan van Riebeeck in Table Bay", अन्तिम पहुँच ११ अप्रिल २०११ 
  20. McCracken, J.L.. The Cape Parliament, 1854-1910. Clarendon Press, Oxford, 1967. 
  21. Mbenga, Bernard, "New History of South Africa", Tafelberg, South Africa, 2007, अन्तिम पहुँच १८ जनवरी २०१३ 
  22. "Recalling District Six", SouthAfrica.info, १९ अगस्ट २००३। 
  23. "Cape Schools Join the Revolt - South African History Online" 
  24. "Western Cape Youth Uprising timeline 1976 - South African History Online" 
  25. "Cape Town least unequal SA city - Politics | IOL News", IOL.co.za, ४ डिसेम्बर २०१२, अन्तिम पहुँच २४ फेब्रुअरी २०१४ 
  26. http://www.sahistory.org.za/article/robben-island


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]