डिएगो फोर्लान
![]() | |||
व्यक्तिगत विवरण | |||
---|---|---|---|
पुरा नाम | डिएगो फोर्लान कोराज्जो | ||
जन्म मिति | १९ मे १९७९ | ||
उचाई | १.८० मी (५ फिट ११ इन्च)[१] | ||
खेल्ने स्थान | अग्रपंक्ति (फुटबल) | ||
क्लबको विवरण | |||
हालको क्लब | सेरेजो ओसाका | ||
सङ्ख्या | १० | ||
युवा क्लब | |||
१९९०–१९९१ | Peñarol | ||
१९९१–१९९४ | Danubio | ||
१९९४–१९९७ | Independiente | ||
वरिष्ठ क्लब* | |||
बर्ष | क्लबहरू | खेल | (गोल) |
१९९७–२००२ | Independiente | ८० | (३७) |
२००२–२००४ | Manchester United | ६३ | (१०) |
२००४–२००७ | Villarreal | १०६ | (५४) |
२००७–२०११ | Atlético Madrid | १३४ | (७४) |
२०११–२०१३ | Internazionale | १८ | (२) |
२०१२–२०१४ | Internacional | ३४ | (१०) |
२०१४– | Cerezo Osaka | ३९ | (१६) |
राष्ट्रिय टोली | |||
२००२–२०१४ | Uruguay | ११२ | (३६) |
|
डिएगो फोर्लान कोराज्जो (स्पेनी उच्चारण: [ˈdjeɣo forˈlan]; जन्म १९ मे १९७९) उरूग्वेली फुटबलर हुन जो जापानी क्लब सेरेजो ओसाकाका लागि फरवार्डका रूपमा खेल्ने गर्दछन् । उनी पिचिचि ट्रफि र युरोपियन गोल्डेन सु का दुइ पटकका विजेता हुन भने २०१० फिफा विश्वकपमा प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा गोल्डेन बल जित्न पनि सफल भएका थिए । उनी उरूग्वे राष्ट्रिय फुटबल टिमका तबसम्म उच्च गोलकर्ता थिए जबसम्म उनका सहपाठी लुइस स्वारेजले उनलाई उछिनेनन् । फोर्लान फुटबलरको परिवारमा जन्मेका थिए – उनका पिता पाब्लोले साओ पाउलो (१९७०–१९७५) र उरूग्वेका लागि १९६६ र १९७४ फिफा विश्वकप खेलेका थिए भने मावली हजुरबुवा जुआन कार्लोस कोराज्जोले अर्जेन्टीनी क्लब इन्डीपेन्डाइन्टका लागि खेलेका थिए । फोर्लानले युवा टोलीबाट माथि उठेर इन्डीपेन्डाइन्ट क्लबमा लागि आफ्नो ४ वर्ष बिताएर आफैँलाई नियमित खेलाडीका रूपमा स्थापित गरेका थिए । उनको खेलले प्रशंशकहरू सम्मोहित हुन थालेका थिए । लगत्तै उनलाई भित्र्याउन म्यान्चेस्टर युनाइटेडले सिलसिला अघि बढायो । सोचेअनुरूप प्रभावकारी नभएपछि म्यान्चेस्टर प्रबन्धक सर एलेक्सले २००४ मा उनलाई भिल्लारियलको बाटो देखाए । उनलाई भित्राउन र निकाल्न दुवै काममा म्यान्चेस्टरले हतारो गर्यो जसको फल उसले राम्रै भोग्यो । भिल्लारियल छिरेको पहिलो सिजनमै उनले तहल्का मच्चाउँदै २५ गोल हानेका थिए । फोर्लानको यो खेलले एट्लेटिको म्याड्रिडका प्रबन्धकमा पनि राम्रो छाप छोड्यो जसको फलत उसले फोर्लानलाई नभित्राइ रहन सकेन । एट्लेटिकोमा पनि एक सिजन उनी उच्च गोलकर्ता बन्दै पिचिचिस ट्रफि कब्जा गर्न सफल भए । २०१० यूरोपा लिग फाइनलमा एट्लेटिकोलाई उपाधि जिताउन उनले फुलह्याम विरूद्ध गोल गरेका थिए । २०११ मा इटालियन क्लब इन्टर मिलान उनलाई भित्राउन उत्सुक भयो र भित्रायो पनि तर २०१२ मै उनी इन्टरनेकियोनल मा स्थानान्तरित भए । उनको अन्तराष्ट्रिय जीवनवृत्ती पनि निकै सफल मानिन्छ । सन् २००२ देखि राष्ट्रिय टोलीमा उदाएका फोर्लानले आफ्नो १२ वर्षे अन्तराष्ट्रिय खेलमा कुल ३६ गोल गरेका थिए । उनमा भएको गोल गर्ने खुबी विश्वकप र कोप्पा अमेरिकामा पनि देख्न सकिन्छ । २००२ फिफा विश्वकपमा उनले गरेको एक गोल हेर्दै सुन्दर थियो । २००६ फिफा विश्वकपका लागि उरूग्वे छनौट हुन सकेन तर २०१० फिफा विश्वकपमा उनले ५ गोल गर्दै लोकप्रियताको चरम चुलीमा पुगेका थिए । उक्त विश्वकपमा उनले घाना विरूद्ध गरेको फ्रि-किक गोल र जर्मनी विरूद्ध तेस्रो स्थानका लागि भएको प्ले-अफमा गरिएको गोलको सँधै चर्चा भइरहनेछ । en:Diego Forlán
- ↑ "Site oficial do Sport Club Internacional :: Grupo de Jogadores", Internacional.com.br।