लुइस स्वारेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
लुइस स्वारेज
Luis Suárez 2018.jpg
व्यक्तिगत विवरण
पुरा नाम लुइस अलबर्टो स्वारेज डियाज
जन्म मिति (१९८७-०१-२४) २४ जनवरी १९८७ (उमेर ३४)
जन्म स्थान साल्टो, उरुग्वे
उचाई १.८१ मी (५ फिट ११ इन्च)
खेल्ने स्थान स्ट्राइकर
क्लबको विवरण
हालको क्लब एफसी बार्सिलोना
सङ्ख्या
युवा क्लब
२००३-२००५ नेसनल
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००५-२००६ नेसनल २७ (१०)
२००६-२००७ ग्रोनिनगेन २९ (१०)
२००७-२०११ एएफसी एज्याक्स ११० (८१)
२०११-२०१४ लिभरपुल ११० (६९)
२०१४–२०२० बार्सिलोना १६३ (१३१)
२०२०- एथ्लेटिको म्याड्रिड
राष्ट्रिय टोली
२००६-२००७ उरुग्वे राष्ट्रिय अन्डर-२० (२)
२०१२- उरुग्वे राष्ट्रिय अन्डर २३ (३)
२००७- उरुग्वे १०६ (५५)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २० मे २०१८.


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी ०६ जुलाई २०१९

लुइस अलबर्टो स्वारेज डियाज (जन्म २४ जनवरी १९८७) उरुग्वेन फुटबल खेलाडी हुन् । उनी एथ्लेटिको म्याड्रिड र उरुग्वेको राष्ट्रिय टिममा स्ट्राइकरका रूपमा खेल्छन ।

स्वारेजलाई उनको पुस्ताको एक महान खेलाडी र फुटबल इतिहासको महान स्ट्राइकर मध्ये एक मानिन्छ। [note १] स्वारेजले आफ्नो करिअरमा क्लब स्तरको ७ लिग र एक युइएफए च्याम्पियन्स लिग र उरुग्वेको तर्फबाट २०११ कोपा अमेरिका सहित १९ वटा मुख्य ट्रफी जितेका छन्। सदावहार गोलकर्ता, स्वारेजले दुई युरोपेली गोल्डेन सु, एरिडिभिसी गोल्डेन बुट, एक प्रिमियर लिग गोल्डेन बुट, र पिचिची ट्रफी जितेका छन्। उनले क्लब र देशको लागि ५०० भन्दा धेरै गोल गरेका छन्।[९][१०]

स्वारेज आफ्नो करिअर भरी विवादले घेरिए। [note २] उनले तीन पटक आफ्नो विपक्षी खेलाडीलाई टोकेका थिए भने २०१० विश्वकपमा उनले गोल लाइनमा हातले बल रोकेका थिए। [note ३] स्वारेजलाई मैदानमा लडेको नाटक गर्ने आरोप लाग्ने गरेको छ र यो कुरा उनले स्वीकार गरेका छन्,[१८][१९] र २०११ मा, फुटबल संगठनले उनलाई, पेट्रिस इभ्रालाई जातीय दुर्ववहार गरेकोमा दोषी पायो,[२०] यो निर्णयमा स्वारेजले विवाद गरेका थिए।[२१]

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

क्लब जीवनी[सम्पादन गर्ने]

बार्सिलोनाबाट फुटबल खेल्दै स्वारेज

स्वारेज हाल विश्व चर्चित फुटबल क्लब एथ्लेटिको म्याड्रिडबाट व्यवसायीक फुटबल खेल्ने गर्दछन्। यस अघि उनी बार्सिलोनाका एक महत्त्वपूर्ण स्ट्राइकर थिए ।

बार्सिलोना[सम्पादन गर्ने]

हस्ताक्षर र निलम्बन[सम्पादन गर्ने]

स्वारेजले बार्सिलोनाको लागि पहिलो खेलमा क्लब लियोन बिरुद्ध अगस्ट २०१४ खेलेका थिए। २०१४ विश्व कपमा विपक्षी खेलाडीलाई टोकेकाले उनीमाथि भएको चार महिबे निलम्बन पछी, उनले उनको पहिलो खेल २५ अक्टुबरमा खेले।

११ जुलाई २०१४ मा, स्वारेजले गोप्य स्थानान्तरण मूल्यमा बार्सिलोनासँग पाँच वर्षे करार गरे। [२२] यद्यपि, फुटबल लिकद्वारा सार्वजनिक गरिएको कागजात अनुसार, मुल्य £६४.९८ मिलियन (€८२.३ मिलियन) थियो, यसबाट उनी विश्व फुटबल इतिहासमा सबैभन्दा मूल्यवान खेलाडी मध्ये एक भए।[२३][२४] बार्साले २०१४-१५ सिजनमा स्वारेजले ९ नम्बरको जर्सी लगाउने कुरा पक्का गर्यो। [२५]

२०१४ फिफा विश्वकपमा इटालीका खेलाडी जर्जो किएलिनीलाई टोकेकोमा उनलाई दोषी पाएकाले, स्वारेजले सिजनको पहिलो भाग छुटाए। [२६][२७] उनको निलम्बनको हिस्साको रुपमा, उनलाई बार्सिलोनामा ट्रेनिङ सहित (२६ अक्टोबर सम्म) सबै प्रकारको "फुटबल सम्बन्धी गतिविधि" बाट प्रतिबन्ध गरिएको थियो। उनलाई सो अवधिमा दर्शकको रुपमा रङ्गशालामा प्रवेश गर्न पनि प्रतिबन्ध लगाइएको थियो।[२६][२७]

२४ जुलाईमा, स्वारेज र उनका वकिलले खेलकुदको मध्यस्तकर्ता न्यायलयमा अपिल दायर गरे र उनको प्रतिबन्ध छोट्ट्याउन वा उनको निलम्बन हटाउन आग्रह गरे।[२८] ८ अगस्ट मा, स्वीट्जरल्यान्डको लाउसानेमा उनको पक्षको सुनुवाई भयो। [२९] छ दिन पछि, खेलकुद न्यायलयले फिफाद्वारा स्वारेज माथि गरिएको चार महिना खेलबाट निलम्बन र नौ अन्तर्राष्ट्रिय खेलको प्रतिबन्धलाई अनुमोदन गर्यो। यद्यपि, खेलकुद न्यायलयले खेलाडीको "फुटबल सम्बन्धी गतिबिधी"को प्रतिबन्ध हटायो र बार्सिलोनामा ट्रेनिङ गर्न अनुमति दियो। यो प्रतिबन्धको कारण, स्वारेज २०१५ कोपा अमेरिकामा सहभागी हुन प्रतिबन्धित भए।

खेलकुद मध्यस्थता न्यायलयले स्वारेजलाई मैत्रीपूर्ण खेलमा सहभागी हुन अनुमती दियो, र उनले १८ अगस्टमा क्याम्प नाउमा क्लब लियोन बिरुद्ध बार्सिलोनाको लागी पहिलो खेल खेले। उनी राफिन्हा को स्थानमा प्रवेश गरेका थिए र आखिरी १४ मिनेट खेले। त्यो खेल ६-० ले विजयी भयो र ग्याम्पर ट्रफी जित्यो। स्वारेज मैदान प्रवेश गर्दा सहकर्मी फरवार्ड लियोनल मेसीनेयमारलाई सब्स्टिच्युट (प्रतिस्थापन) गरिइ सकेको थियो। [३०]

२०१४-१५: एमएसएन त्रीमुर्ती र ट्रिबल बिजेता[सम्पादन गर्ने]

स्वारेजले बार्सिलोनाको प्रतिस्पर्धा खेलमा २५ अक्टोबरमा लिओनेल मेसी र नेयमार सँगै एल क्लासिकोमा रियल म्याड्रिड विरुद्ध प्रवेश गरे। [३१] उनले खेलको चौथो मिनेटमा सुरुवाती गोलको लागि उनले नेयमारलाई असिस्ट गरेपनि, दोस्रो हाफमा स्वारेजलाई सब्स्टिच्युट गरियो र बार्सिलोना त्यस खेलमा ३-१ ले पराजित भयो। [३१] क्लबको लागि उनके पहिलो गोल २६ नोभेम्बरमा अपोएल एफ सि विरुद्ध च्याम्पियन्स लिगको समूह चरणको खेलमा गरेका थिए। त्यो खेल्मा ४-० ले जितेको थियो। [३२] २० डिसेम्बरमा, उनको ला लिगाको आठौ खेलमा उनले क्लबको लागि पहिलो लिग गोल गरे। कोर्डोबा विरुद्धको खेलमा बार्सिलोना ५-० ले विजयी भएको थियो।[३३]

बर्लिनमा हुने २०१५ युएफा च्याम्पियन्स लिगको अगाडि आक्रमक त्रिमुर्ती (अट्याकिङ ट्रिओ) मेसी, स्वारेज र नेयमार (एमएसएन)को फोटो प्रदर्शन गर्दै बार्सिलोना समर्थक

स्वारेजले बार्सिलोनामा पहिलो सिजन सबै खाले प्रतियोगितामा २५ गोल र २० असिस्ट गरि अन्त्य गरे।[३४] बार्सिलोनाले ला लिगा, कोपा डेलरे र च्याम्पियन्स लिग ट्रिबल जितेको यो दोस्रोपटक थियो। बार्सिलोनाको आक्रमक त्रिमुर्ती मेसी, स्वारेज र नेयमार, छोटकरीमा "एमएसएन" ले १२२ गोल गरि स्पेनिस फुटबल इतिहासकै आक्रमक त्रिमुर्तीले एकै सिजन गरेको सर्वाधिक गोलको रेकर्ड बनायो। [३५]

अन्तर्राष्ट्रिय करिअर[सम्पादन गर्ने]

स्वरेजलाई २००७ को अन्डर २० विश्व कपको छनोट चरण खेल्नको लागि बोलाइेको थियो। तर उनको क्लबले उनलाई रिलिज गरेन। [३६] तैपनी उनले यो प्रतियोगिताको चार खेल खेले, र उनले दुई गोल गरे।[३७] उनले स्पेन विरुद्ध बराबरी गोल गरेका थिए[३८] र अमेरिका विरुद्ध एक गोल गरेका थिए, तर अमेरिका २-१ गोल ले विजयी भयो र उरुग्वे प्रतियोगिताबाट बाहिरियो। [३९]

स्वारेजले सिनियर टिममा ८ फेब्रुअरी २००७ मा प्रवेश गरे। कोलम्बिया विरुद्धको खेल्मा उरुग्वे ३-१ ले विजयी भयो। खेलको ८५ औं मिनेटमा दोश्रो पहेलो कार्ड पाएर उनले मैदान छाडे। [४०][३६] स्वारेजले २०१० को विश्व कप छनोटको २० मध्ये १९ खेल र इन्टर कन्फीडिरेसन प्ले अफको खेल खेले र पाँच गोल हाने।[३७]

स्वारेज र डिएगो फोर्लान

२०१० फिफा विश्वकप[सम्पादन गर्ने]

जुन २०१० मा, उरुग्वेका प्रशिक्षक ओस्कार तेबारेजले उरुग्वेको विश्वकप टोलीमा स्वारेजको नाम छनोट गरे। [४१] उरुग्वेले फ्रान्स विरुद्ध ०-० खेल्दै प्रतियोगिता सुरु गर्यो।[४२] दोश्रो खेलमा, दक्षिण अफ्रिका विरुद्ध ३-० को जितमा, स्वारेजले पेनाल्टीमा एक गोल र एल्भारो पेरेरालाई थप समयमा एक गोलको सहायता एसिस्ट गरे।[४३] समूह चराणको अन्तिमा खेलमा, मेक्सिको विरुद्धको १-० जितमा एडिनसन काभानीको पासमा हेड गर्दै गोल गरे र खेलको म्यान अफ द म्याच घोषित भए।[४४][४५] उरुग्वे समूह ए को विजेता बनी नक आउट चरणमा पुग्यो। [४४][४५]

अन्तिम १६ मा दक्षिण कोरिया विरुद्धको खेलमा, २-१ को जितमा स्वारेजले दुवै गोल गरे। बराबरीमा चलिरहेको खेलको  उनले ८० औं मिनेटमा डिफेन्डरहरूलाई छलाएर ड्रिबल गर्दै गोल गरेर अग्रता दिलाए।[४६] स्वारेज यस खेलको म्यान अफ द म्याच भए।[४६] यो जितले उरुग्वे १९७० पछी पहिलो पटक क्वाटर फाइनलमा प्रवेश गर्‍यो। [४७]

घाना विरुद्धको क्वाटर फाइनलको खेलमा, नियमित समयको खेल १-१ को बराबरी मा टुङ्गियो र खेल थप समयमा गयो। थप सम्यको उत्तरआर्ध तिर, घानाले फ्रि किक प्रहार गर्‍यो र स्वेरजले स्टेफ्यान अपियाहको प्रहारलाई गोल लाइनमा छेके। [४८] उनले त्यस पछीको डोमिनिक अडियाहको हेडरलाई हातले छेकेर व्यवसायिक फल गरेर [४९] आफ्नो टिमलाई जे गरेर हुन्छ जिताए।[५०] उनको यो हर्कतबाट उनलाई रेड कार्ड दिइयो र उनले मैदान छाडे। असामोह ज्ञानले प्रहार गरेको पेनाल्टी क्रसबार माथि बाट आकासियो। [४८] टनेलमा छिर्नु भन्दा अगाडि पेनाल्टी प्रहार हेर्न रोकिएका स्वारेज पेनाल्टी मा गोल नभएपछी खुसी मनाएका थिए।[५१][५२] उरुग्वेले पेनाल्टी सुटआउट ४-२ ले जित्यो र सेमीफाइनल पुग्यो। [४८][५३]

"The Hand of God now belongs to me. Mine is the real Hand of God."

—After using his hand in the quarter-final against Ghana, Suárez referred to १९८६ फिफा विश्वकपमा इङ्ल्यान्ड विरुद्ध डिएगो म्याराडोनाको ह्यान्ड अफ गड [५४]

खेल पछी, स्वारेजले भनेका थिए, "मैले प्रतियोगिता कै उत्कृष्ट बच्चाउ गरे।"[५०] उनले उनीसंग बिकल्प नभएको र आफू स्वाभाविक प्रव्रिती भन्दा बाहिर भएको र यदी यसले आफ्नो टिमलाई जिताउँछ भने यो फेरी गर्ने बताएका थिए।[५५] घानाको मुख्य प्रशिक्षाक मिलोभान राजेभाकले खेल "अन्यायपूर्ण" भएको बताए[५१]र उनले स्वारेजलाई खलनायक र चिटरको संज्ञा दिए।[५६][५५] अन्यले उनलाई नायकको नजरले हेरे।[५७] रातो कार्ड पाए पछी उनले स्वत: अर्को खेल सेमिफाइनल गुमाए। स्वरेजले पेनाल्टी मिस भएको खन्डमा र पेनाल्टी सुटआउटमा आफ्नो टिमले जितेको खन्डमा सेमीफाइनलको खेलमा आफूलाई बली चढाए। [५८][५६]


घाना विरुद्धको खेलमा रातो कार्ड पाएकाले स्वारेज सेमी फाइनलको खेलको लागि निशकाशित भए।[५९] नेदरल्यान्ड बिरुद्धको  सेमीफाइनलमा उनको अभाव प्रष्ट देखिन्थ्यो [६०] र उरुग्वे ३-२ ले पराजित भयो।[६१][६२] जर्मनी विरुद्धको तेस्रो स्थानको लागि को खेलमा स्वारेज फर्किए। उनले बल पाएको हरेक पटक उनलाई तर्साइयो किनभने घानासँगको खेलमा उनले हातले बल रोकेका थिए।[६३] उनले काभानीलाई उरुग्वेको पहिलो गोलका लागि एसिस्ट गरे,[६४] तर उरुग्वे ३-२ ले पराजित भयो। [६३] प्रतियोगिता भर, स्वेरजले छ खेलमा ५४३ मिनेट खेले र तीन गोल गरे। [६५]

२०११ कोपा अमेरिका[सम्पादन गर्ने]

२०११ कोपा अमेरिका फुटबलमा स्वारेज सर्वोत्कृष्ट खेलाडी (मस्ट भ्यालुएबल प्लेयर ) घोषित भएका थिए।

२०११ कोपा अमेरिकामा, उरुवेको पहिलो खेलमा स्वारेजले पेरु विरुद्धको खेलमा १ गोल गरेर उरुग्वेलाई अग्रता दिलाए। त्यो खेल १-१ को बराबरीमा सकियो। [६६] अर्को खेलमा, उनलेे अल्भारो परेेेरालाई चिली विरुद्धको १-१ बराबरीको लागि एसिस्ट गरे।[६७] उरुग्वे समूहमा दोश्रो हुँदै नकआउट चरणमा प्रवेश गर्यो। [६८] उसले मेेकसिकोो संंग १-० को जित र पेरु र चिलीसंग बराबरीमा खेल सकेको थियो।[६९] क्वाटरफाइनलमा, उरुग्वेले आयोजक अर्जेन्टिनासँग नियमित समय र थप समयसम्म १-१ को बरावरी खेल्यो। उरुग्वेले सुटआउट ५-४ मा खेल जित्यो। [७०][७१] स्वारेजलेे सेेेेमिफाइनलमा पेेेरु विरुद्धको २-० को जितमा दुवै गोल गरेका थिए र खेलको म्याान अफ द म्याच भए।.[७२] फाइनलमा , स्ववारेजले सुरुवाती गोल गरे र डिएगो फोर्लानलाई दोस्रो गोललाई एसिस्ट गरे। उरुग्वेले पारग्वेलाई ३-० ले हराएर किर्तिमानी १५ कोपा अमेरिका उपाधी जित्यो। [७३][७४] स्वारेजले चार गोल गरे र दुई सहयोग (एसिस्ट) गरे र उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (मस्ट भ्यालुएबल प्लेयर) घोषित भए। [७३][७५][७६]

अन्तर्राष्ट्रिय गोल[सम्पादन गर्ने]

अद्यावधिक ८ जुन २०२१ [७७]
राष्ट्रिय टिममा वर्ष अनुसार खेल र गोल
राष्ट्रिय टिम वर्ष खेल गोल
उरुग्वे 2007 6 2
2008 10 4
2009 12 3
2010 11 7
2011 13 10
2012 8 4
2013 16 9
2014 6 5
2016 8 3
2017 5 2
2018 11 6
2019 7 4
2020 3 4
2021 2 0
कुल 118 63

जितेका उपाधिहरू[सम्पादन गर्ने]

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्ने]

लिभरपुल [७८]

  • फुटबल लिग कप: २०११-१२

बार्सिलोना[७८]

Atlético Madrid[७८]

उरुग्वे[७८]

विवादहरू[सम्पादन गर्ने]

स्वारेजलाई व्यापक रुपमा लडेको नाटक (डाइभिङ) गर्ने आरोप लाग्ने गरेको छ। [note ४], उनको प्रशिक्षक, सहकर्मीहरू र धेरै विश्लेषकहरूले लडेको नाटक गर्ने उनको क्रियाकलापले गर्दा रेफ्रीहरूले उनले पाउने पर्ने पेनाल्टी समेत दिदैनन् भनेर टिप्पणी गरेका थिए। [८२][८३]जनवरी २०१३ मा, स्वारेजले स्टोक सिटी विरुद्धको अक्टोबर २०१२ को खेलमा लडेको नाटक गरेको स्वीकर गरेका थिए। त्यसपछि उनका व्यवस्थापक ब्रेन्डन रोड्जर्सले उनको काम "अस्वीकार्य" भएको टिप्पणी गरेका थिए र उनी आन्तरिक रुपमा क्लबमा कुरा गर्ने बताए। [८४] २०१८को विश्वकपमा पोर्चुगल विरुद्धको खेलमा, पोर्चुगिज खेलाडी सँग ठोकिएपछि दुई पटक टाउकोमा चोट लागेको जस्तो नाटक गरे। यद्यपि स्वारेजको टाउको छोइएको थिएन। [८५]

स्वारेजले अनेक पटक विपक्षी खेलाडीलाई टोकेकोमा बद्नामी कमाएका छन्। २०१४ को विश्वकपको समूह डिको खेलमा स्वारेजले इटाली को डिफेन्डर जर्जियो चिलेनीलाई टोके। परिणामस्वरूप फिफाले उनलाई ४ महिना सबै प्रकारको फुटबल गतिविधिबाट निश्काशन गर्यो। लिभरपुलबाट खेल्दा, प्रिमियर लिगको खेलमा स्वारेजले चेल्सीका खेलाडी ब्रानिस्लाभ इभानोभिकलाई टोकेका थिए, र सजायस्वरुप उनलाई १० खेलमा प्रतिबन्ध गरिएको थियो। यो भन्दा अघिल्लो घटनामा, ए एफ सी एजाक्स बाट खेल्दा, उनले ओट्मान बक्कललाई टोकेकोमा सात खेलमा निष्कासन गरिएको थियो। [८६] स्वारेजलाई प्रिमियर लिग र युएफा युरोपा लिगको खेलमा विपक्षी खेलाडीलाई खुट्टाले हान्ने (स्टम्पिङ)को आरोप पनि लाग्ने गरेको छ। [८७][८८][८९][९०]

उनको लडेको नाटक गर्ने (डाइभिङ), स्टाम्पिङ र अन्य हास्यास्पद र असामान्य हर्कतले गर्दा उनलाई बारम्बार आइस हक्कीको पेस्ट र चिट (धोकेबाज)को रुपमा संज्ञा दिइन्छ। [९१][९२] डिसेम्वर २०१३ मा, स्पेनिस फुटबल वेवसाइट एल गोल डिजिटल (El Gol Digital) ले विश्वको सबैभन्दा खराब खेलाडीहरूको सूचीमा पाचौं स्थानमा राखेको थियो। [९३]

नोट[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. "The 100 best footballers in the world 2013 – interactive", The Guardian, २० डिसेम्बर २०१३, अन्तिम पहुँच १ जनवरी २०१४ 
  2. "Uruguay's Suárez, Known for Biting, Leaves Mark on World Cup", The New York Times, २५ जुन २०१४। 
  3. "Uruguay v England: Luis Suarez proved he is best in the world, says Peter Taylor", SkySports। 
  4. Quarrell, Dan (२१ सेप्टेम्बर २०१५), "Why Luis Suarez is better than Lionel Messi and Cristiano Ronaldo – Cristian Rodriguez", Eurosport, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१५ 
  5. "The 100 best footballers in the world 2016 – interactive", The Guardian, २० डिसेम्बर २०१६। 
  6. "Thierry Henry considers Suarez the best striker in the world", Hitc, १९ जुलाई २०१४, अन्तिम पहुँच १९ जुलाई २०१४ 
  7. "Luis Suarez: The best striker in Barcelona's history", Marca, २४ सेप्टेम्बर २०२०, अन्तिम पहुँच २४ सेप्टेम्बर २०२० 
  8. "Barcelona striker Luis Suarez is Uruguay's 'best ever player'", Standard, २१ अप्रिल २०२०, अन्तिम पहुँच १५ जुन २०२१ 
  9. "Outrageous assist tees up Suarez's 300th", Fox Sports, १ नोभेम्बर २०१५। 
  10. Shaw, Chris (२४ डिसेम्बर २०१७), "Luis Suarez celebrates 400-goal landmark", Liverpool FC, अन्तिम पहुँच २४ डिसेम्बर २०१७ 
  11. "Luis Suárez: 10 previous controversies involving the Liverpool striker", The Guardian, २१ अप्रिल २०१३, अन्तिम पहुँच २५ जुन २०१४ 
  12. "Luis Suarez: a history of controversy", ITV, २४ जुन २०१४, मूलबाट ९ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जुन २०१४ 
  13. "Luis Suarez bites Giorgio Chiellini: Uruguay striker's career flashpoints", The Daily Telegraph (London), २४ जुन २०१४, अन्तिम पहुँच २५ जुन २०१४ 
  14. "Luis Suárez: 'The Cannibal of Ajax'?", The Guardian, Associated Press, २२ नोभेम्बर २०१०, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  15. Fifield, Dominic (२१ अप्रिल २०१३), "Luis Suárez's bite has proven again he is a liability, even at his peak", The Guardian, अन्तिम पहुँच २१ अप्रिल २०१३ 
  16. De Menezes, Jack (२४ जुन २०१४), "Luis Suarez bite: Uruguay striker accused of biting Giorgio Chiellini in latest controversy during World Cup clash", The Independent, अन्तिम पहुँच २४ जुन २०१४ 
  17. Borden, Sam (२५ जुन २०१४), "Uruguay's Suárez, Known for Biting, Leaves Mark on World Cup", New York Times, अन्तिम पहुँच २५ जुन २०१४ 
  18. १८.० १८.१ "World Cup: England striker Daniel Sturridge insists he won't cheat to win", Sky Sports, अन्तिम पहुँच २५ जुन २०१४ 
  19. "Luis Suarez diving: Liverpool boss Brendan Rodgers reveals anger", BBC Sport, अन्तिम पहुँच १९ जनवरी २०१३ 
  20. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named racialguilt
  21. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Suarez statement
  22. "FC Barcelona and Liverpool FC have reached an agreement for the transfer of Luis Suárez" (प्रेस विज्ञप्ति), F.C. Barcelona, ११ जुलाई २०१४, मूलबाट १२ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०१७ 
  23. "Revealed: How much Luis Suarez really cost Barcelona", The Telegraph, २८ मार्च २०१६, अन्तिम पहुँच २४ अगस्ट २०१६ 
  24. Whaling, James (२८ मार्च २०१६), "Luis Suarez's Barcelona transfer fee "revealed as £65m" – £10m LESS than his Liverpool release clause", Mirror, अन्तिम पहुँच २९ अगस्ट २०१६ 
  25. "Luis Suárez, FC Barcelona's number 9", FC Barcelona, ११ जुलाई २०१४, मूलबाट १२ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ जुलाई २०१४ 
  26. २६.० २६.१ "Luis Suárez suspended for nine matches and banned for four months from any football-related activity", FIFA, २६ जुन २०१४, मूलबाट ३ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० जुन २०१४ 
  27. २७.० २७.१ De Menezes, Jack (२६ जुन २०१४), "Luis Suarez banned: Fifa hand striker record nine-game ban AND a four month football ban for biting Giorgio Chiellini in biggest ever World Cup suspension", The Independent, अन्तिम पहुँच २६ जुन २०१४ 
  28. "FOOTBALL – Decision in the Luis Suarez case", Court of Arbitration for Sport, १४ अगस्ट २०१४, मूलबाट २१ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अगस्ट २०१४ 
  29. "CAS hears the appeal of Luis Suarez", Court of Arbitration for Sport, ८ अगस्ट २०१४, मूलबाट २१ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अगस्ट २०१४ 
  30. Lowe, Sid (१८ अगस्ट २०१४), "Luis Suárez finally makes Barcelona bow as substitute against León", The Guardian, अन्तिम पहुँच २३ अगस्ट २०१४ 
  31. ३१.० ३१.१ Sanghera, Mandeep (२५ अक्टोबर २०१४), "Real Madrid 3–1 Barcelona", BBC Sport, अन्तिम पहुँच २५ अक्टोबर २०१४ 
  32. Papantonopoulou, Vassiliki (२५ नोभेम्बर २०१४), "Record-breaker Messi leads Barça stroll at APOEL", UEFA, अन्तिम पहुँच २६ नोभेम्बर २०१४ 
  33. "Barcelona 5–0 Córdoba", BBC Sport, २० डिसेम्बर २०१४, अन्तिम पहुँच २१ डिसेम्बर २०१४ 
  34. "Luis Suárez", Goal.com, अन्तिम पहुँच ७ जुन २०१५ 
  35. "Barcelona's Luis Suárez, Leo Messi and Neymar too good for Juventus", The Guardian, ६ जुन २०१५। 
  36. ३६.० ३६.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named 9 Suarez profile
  37. ३७.० ३७.१ "Luis SUAREZ", FIFA.com, अन्तिम पहुँच २१ अगस्ट २०११ 
  38. Bell, Jack (९ जुलाई २००७), "U-20s: USA vs. Uruguay – the Preview", NYTimes.com (The New York Times Company), अन्तिम पहुँच २७ अगस्ट २०११ 
  39. "Match 38 – USA – Uruguay", FIFA.com, ११ जुलाई २००७, मूलबाट २७ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अगस्ट २०११ 
  40. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Pearce 1-3
  41. "Tabarez trims Uruguay team to 23", FIFA.com, Press Association, १ जुन २०१०, मूलबाट १६ मार्च २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २०११ 
  42. "Uruguay draw a blank", FIFA.com, ११ जुन २०१०, मूलबाट १३ अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  43. "Forlan silences South Africa", FIFA.com, १६ जुन २०१०, मूलबाट २७ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  44. ४४.० ४४.१ "Uruguay edge Mexico, both advance", FIFA.com, २२ जुन २०१०, मूलबाट ८ अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  45. ४५.० ४५.१ Hassan, Nabil (२२ जुन २०१०), "Mexico 0–1 Uruguay", BBC Sport, अन्तिम पहुँच २८ जुन २०१० 
  46. ४६.० ४६.१ "Suarez double downs South Koreans", FIFA.com, २६ जुन २०१०, मूलबाट ३० अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  47. Chowdhury, Saj (२६ जुन २०१०), "Uruguay 2–1 South Korea", BBC Sport, अन्तिम पहुँच २८ जुन २०१० 
  48. ४८.० ४८.१ ४८.२ "Ghana pay the penalty", FIFA.com, २ जुलाई २०१०, मूलबाट ११ अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  49. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Echo 2-3
  50. ५०.० ५०.१ "World Cup 2010: I have hand of God – Uruguay's Suarez", BBC Sport, ३ जुलाई २०१०, अन्तिम पहुँच २४ अगस्ट २०११ 
  51. ५१.० ५१.१ Marcus, Jeffrey (२ जुलाई २०१०), "Uruguay Trades Penalty for Chance at Victory", The New York Times, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  52. MacSwan, Angus (३ जुलाई २०१०), "I had no choice but to handle says Uruguay's Suarez", Reuters, अन्तिम पहुँच ३ जुलाई २०१० 
  53. Telegraph staff and agencies (३ जुलाई २०१०), "World Cup 2010: Uruguay striker Luis Suarez says it was 'Hand of God' against Ghana", The Telegraph, अन्तिम पहुँच ३ जुलाई २०१७ 
  54. "World Cup 2010: The Hand of God belongs to me, says Luis Suárez", The Guardian, ३ जुलाई २०१०, अन्तिम पहुँच ३ जुलाई २०१७ 
  55. ५५.० ५५.१ Doward, Jamie (४ जुलाई २०१०), "Luis Suarez is new World Cup villain after 'hand of God' claim", guardian.co.uk, अन्तिम पहुँच २४ अगस्ट २०११ 
  56. ५६.० ५६.१ White, Jim (४ जुलाई २०१०), "World Cup 2010: why can't football tackle cheats?", The Telegraph (Telegraph Media Group), अन्तिम पहुँच २८ अगस्ट २०११ 
  57. "A country full of gratitude defies freezing weather to honour Uruguay's soccer team", MercoPress, १४ जुलाई २०१०, अन्तिम पहुँच २४ अगस्ट २०११ 
  58. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Lyttleton
  59. "Uruguay Star Won't Face Additional Sanctions for Handball", The New York Times, Associated Press, ३ जुलाई २०१०, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  60. Hughes, Rob (६ जुलाई २०१०), "Leader and Scorer, Yet Not a Finalist", NYTimes.com (The New York Times Company), अन्तिम पहुँच २३ अगस्ट २०११ 
  61. "Oranje edge five-goal thriller", FIFA.com, ६ जुलाई २०१०, मूलबाट २९ अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  62. Clarey, Christopher (६ जुलाई २०१०), "Netherlands 3, Uruguay 2: A Flick of the Head, a Nod to the Past", The New York Times, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  63. ६३.० ६३.१ "Khedira's late winner gives Germany third place at World Cup", CNN, १० जुलाई २०१०, अन्तिम पहुँच २१ अगस्ट २०११ 
  64. "Germany pip Uruguay to third place", FIFA.com, १० जुलाई २०१०, मूलबाट २५ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अगस्ट २०११ 
  65. "9 Luis SUAREZ", FIFA.com, मूलबाट १९ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २०११ 
  66. "Uruguay Rallies to Tie Peru in Copa América", NYTimes.com (The New York Times Company), Associated Press, ४ जुलाई २०११, अन्तिम पहुँच २६ अगस्ट २०११ 
  67. "Copa America 2011: Uruguay Vs. Chile: Uruguay And Chile Settle For 1-1 Draw", SBNation (SBNation), ८ जुलाई २०११, अन्तिम पहुँच ८ जुलाई २०११ 
  68. Snowdon, Paul (१३ जुलाई २०११), "Liverpool FC striker Luis Suarez helps Uruguay reach quarter-finals of Copa America Cup with 1–0 win over Mexico", Liverpool Echo (Trinity Mirror), अन्तिम पहुँच २६ अगस्ट २०११ 
  69. "Uruguay Matches", CA2011.com, Copa América 2011, २०११, मूलबाट ७ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्ट २०११ 
  70. "Matches: Argentina v Uruguay", CA2011.com, Copa América 2011, १६ जुलाई २०११, मूलबाट २६ अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्ट २०११ 
  71. Fanning, Evan (१६ जुलाई २०११), "Argentina v Uruguay – as it happened | Evan Fanning", The Guardian, आइएसएसएन 0261-3077, अन्तिम पहुँच २७ मे २०२० 
  72. "Suarez sends Uruguay through", FIFA.com, २० जुलाई २०११, मूलबाट १८ अगस्ट २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ अगस्ट २०११ 
  73. ७३.० ७३.१ "Luis Suárez and Diego Forlán shoot Uruguay to record 15th Copa América", The Guardian, २४ जुलाई २०११, मूलबाट ९ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ मे २०२० 
  74. "Diego Forlan leads Uruguay to Copa America victory", BBC Sport, २४ जुलाई २०११, अन्तिम पहुँच २७ मे २०२० 
  75. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Liverpool profile
  76. "Suarez voted Player of Tournament at Copa America", en.people.cn, २५ जुलाई २०११, अन्तिम पहुँच २७ मे २०२० 
  77. "Suárez, Luis", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच ५ अप्रिल २०१८ 
  78. ७८.० ७८.१ ७८.२ ७८.३ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named BarcelonaProfile
  79. Hunter, Andy (२६ अक्टोबर २०१२), "Liverpool's Luis Suárez has a history of diving, says David Moyes", The Guardian, अन्तिम पहुँच १९ जनवरी २०१३ 
  80. "Luis Suarez 'diving' debate continues", ESPN FC, अन्तिम पहुँच १९ जनवरी २०१३ 
  81. "Chelsea boss Jose Mourinho accuses Luis Suarez of diving", BBC Sport, अन्तिम पहुँच २५ जुन २०१४ 
  82. Percy, John (२४ सेप्टेम्बर २०१२), "Luis Suárez is the victim of a referee witch-hunt over unfair reputation for diving, say Liverpool team-mates", The Telegraph, अन्तिम पहुँच १९ जनवरी २०१३ 
  83. Lacey, David (५ अक्टोबर २०१२), "A reputation for diving is hard for referees to forget in a hurry", The Guardian, अन्तिम पहुँच १९ जनवरी २०१३ 
  84. "Luis Suarez diving: Liverpool boss Brendan Rodgers reveals anger", BBC Sport, १७ जनवरी २०१३, अन्तिम पहुँच १९ जनवरी २०१३ 
  85. "Luis Suarez back to his tenacious best as Uruguay beat Portugal", ESPN, अन्तिम पहुँच १ जुलाई २०१८ 
  86. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Gaines
  87. Smith, Ben (१७ नोभेम्बर २०१२), "Luis Suarez accused of stamping by Wigan boss Roberto Martinez", BBC Sport, अन्तिम पहुँच २७ जुन २०१४ 
  88. White, Jim, "Everton v Liverpool: Luis Suárez is Anfield's inspiration but a pantomime villain to away fans", The Telegraph, अन्तिम पहुँच २७ जुन २०१४ 
  89. "Uefa says no investigation over Luis Suárez 'stamp' against Zenit", BBC Sport, अन्तिम पहुँच २७ जुन २०१४ 
  90. "Luis Suarez appears to stamp on Valencia's Aymen Abdennour", Sky Sports (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०५-२७ 
  91. "Luis Suarez back to his tenacious best as Uruguay beat Portugal", Sky Sports (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०५-१५ 
  92. Skinner, Adam (२०१९-०५-१२), "Barcelona star Luis Suarez slammed in scathing rant for Liverpool antics by Frank Leboeuf", Express.co.uk (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०५-१५ 
  93. Bossi, Dominic (१२ डिसेम्बर २०१३), "Kevin Muscat named football's dirtiest player", Sydney Morning Herald, अन्तिम पहुँच ३१ अगस्ट २०१४ 

बाहिरी कडीहरू[सम्पादन गर्ने]