पेनाल्टी कार्ड
स्वरूप

पेनाल्टी कार्ड विभिन्न खेलहरूमा खेलाडी, प्रशिक्षक वा कर्मचारीहरूले गल्ती गरे वापत चेतावनी वा सजाय स्वरूप प्रयोग गरिन्छ ।
मुख्यतया प्रयोग हुने कार्डहरू
[सम्पादन]पहेंलो कार्ड
[सम्पादन]एसोसिएशन फुटबलमा, खेलाडीलाई आधिकारिक रूपमा चेतावनी दिइएको छ भनी संकेत गर्न रेफ्रीले पहेँलो कार्ड देखाउँछन्। [१] त्यसपछि खेलाडीको विवरण रेफ्रीले सानो नोटबुकमा रेकर्ड गर्छन्। चेतावनी पाउने खेलाडीले खेलमा रहन सक्छ; यद्यपि, त्यही खेलमा दोस्रो चेतावनी प्राप्त गर्ने खेलाडीलाई बाहिर निकालिन्छ (पहेंलो कार्ड देखाइन्छ, र त्यसपछि रातो कार्ड) । उनीहरूले तुरुन्तै मैदान छोड्नु पर्छ र खेलमा भाग पाउँदैन।

रातो कार्ड
[सम्पादन]रातो कार्ड फुटबलमा प्रयोग हुने एक कार्ड र एक किसिमको नियम हो। यो कार्ड फुटबल खेलमा कुनै खेलाडीद्वारा विशेष तथा घातक फल गरे वापत दिइने गरिन्छ।
प्रयोग
[सम्पादन]- विशेष प्रकारको घातक फल गरे बापत यो कार्ड दिइन्छ।
- कार्ड पाए पछि खेलाडीले मैदान छाड्नु पर्ने हुन्छ।
- रातो कार्ड खाए पछिको कम्तीमा पनि एउटा खेल खेलाडीले स्वतः गुमाउनु पर्ने हुन्छ।
- एउटै खेलमा एउटा खेलाडीले दुईवटा पहेंलो कार्ड खाएमा पनि रातो कार्ड बराबर मानिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Laws of the Game", fifa.com, मूलबाट जुन ६, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन ६, २००८। अभिलेखिकरण फेब्रुअरी १, २०२० वेब्याक मेसिन