२०११ कोपा अमेरिका
Copa América Argentina 2011 | |
---|---|
चित्र:2011 Copa América logo.svg | |
प्रतियोगिता विवरण | |
आयोजक राष्ट्र | अर्जेन्टिना |
मिति | सन् २०११ जुलाई १-२४ |
टोलीहरू | १२(२ सङ्घहरूबाट) |
स्थान(हरू) | ८ (८ आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | ![]() |
उप-विजेता | ![]() |
तेस्रो स्थान | ![]() |
चौथो स्थान | ![]() |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | २६ |
गोल सङ्ख्या | ५४ (२.०८ प्रति खेल) |
उपस्थिति | ८८२,६२१ (३३,९४७ प्रति खेल) |
शीर्ष गोलकर्ता(हरू) | ![]() (५ गोल) |
उत्कृष्ट खेलाडी(हरू) | ![]() |
उत्कृष्ट युवा खेलाडी | ![]() |
उत्कृष्ट गोलरक्षक | ![]() |
उत्कृष्ट खेल पुरस्कार | ![]() |
कोपा अमेरिका २०११ दक्षिण अमेरिकी राष्ट्रिय फुटबल टोलीहरूको मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता, कोपा अमेरिकाको ४३औँ संस्करण थियो। यस प्रतियोगिताको आयोजना दक्षिण अमेरिकी फुटबल सङ्घले सन् २०११ जुलाई १ देखि जुलाई २४ सम्म अर्जेन्टिनामा गरेको थियो।
प्रतियोगिताको फाइनलमा, उरुग्वेले पाराग्वेलाई ३-० ले पराजित गर्दै यो प्रतियोगिताको विजेता बनेको थियो। उरुग्वेको यो किर्तिमानी १५औँ कोपा अमेरिका उपाधि र सन् १९९५ यताकै पहिलो कोपा अमेरिका उपाधि थियो। पाराग्वेले प्रतियोगिताको उपविजेताको नाताले कोपा बोलिभिया पाएको थियो। पाराग्वेले एउटा पनि खेल नजिती फाइनलमा पुगेकाले पाराग्वेको प्रदर्शन सम्झना योग्य थियो। उनीहरूको यो नतिजा पेनाल्टी सुट आउटबाट आएको थियो। यो प्रतियोगिताको साविक विजेता ब्राजिल थियो तर ब्राजिल क्वाटर फाइनलमा पाराग्वेसँग पराजित भयो। पेनाल्टी सुट आउटमा ब्राजिलले कुनै गोल गर्न सकेन। कोपा अमेरिका विजेताको हिसाबले उरुग्वेले ब्राजिलमा आयोजित सन् २०१३ फिफा कन्फेडेरेसन कपमा सहभागी भएको थियो। तेस्रो स्थानको लागि भएको खेलमा पेरुले भेनेजुएलालाई ४-१ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो।