पेनाल्टी-सुटआउट
पेनाल्टी सुटआउट (अङ्ग्रेजी: penalty shoot-out) अथवा यसलाई टाइब्रेकर पनि भन्ने चलन छ । यो फुटबल खेलको एक महत्त्वपूर्ण नियम हो । यसले फुटबल खेलमा बिजेता र उपबिजेता छुट्ट्याउन विशेष भुमिका निर्वाह गर्दछ । फुटबल खेलमा निर्धारित ९० मिनेटको समयमा पनि खेलको कुनै पनि स्पष्ट नतिजा आउन नसके ३० मिनेटको अतिरिक्त समय थपिन्छ । तर यसरी पनि कुनै निर्णय नआएको खण्डमा बल्ल पेनाल्टी सुट आउटको प्रयोग गरिन्छ ।
प्रयोग हुने अवस्था[सम्पादन गर्नुहोस्]
समूह चरण वा लिग चरण बाहेकको नक आउट चरणको जुन सुकै फुटबल प्रतियोगिताहरूमा यस नियमको प्रयोग गरिन्छ ।
इतिहास[सम्पादन गर्नुहोस्]
फिफा विश्वकपको इतिहास पल्टाउने हो भने केबल दुई पटक मात्र पेनाल्टी सुटआउटरू प्रयोग गरी प्रतियोगिताको बिजेता र उप बिजेताको छनौट गरिएको थियो । जुन सन् १९९४ र २००६ को विश्वकपको फाइनल थियो । यसैगरी यस नियमलाई फिफा ले २००४ देखि लागू हुने गरी फिफाको ''ल अफ द गेम''मा परिमार्जन गरेको नियमहरूको नियम नम्बर १० मा उल्लेख गरिएको छ। जहाँ यसरी उल्लेख गरिएको छ । जस्तै ;नियम १०
- विजय निर्धारण सम्बन्धमा :- अब गोल्डेन वा सिल्भर गोलका आधारमा म्याचको निर्णय हुने छैन । निर्धारित ९० मिनेटबाट कुनै निर्णय हुन नसकेमा १५/१५ गरेर जम्मा ३० मिनेटको अतिरिक्त समयमा खेलाइनेछ । त्यसबाट पनि टुङ्गो नलागे म्याच पेनाल्टी सुटआउटमा जानेछ।