२०२२ फिफा विश्वकप फाइनल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२२ फिफा विश्वकप फाइनल
फिफा विश्वकपको लागि अर्जेनटिनी खेलाडी समूह
प्रतियोगिता२०२२ फिफा विश्वकप
अतिरिक्त समय पछि
पेनाल्टीमा अर्जेन्टिना ४–२ ले विजयी
मिति१८ डिसेम्बर २०२२ (2022-12-18)
स्थानलुसेल स्टेडियम, लुसेल
म्यान अफ द म्याचलियोनेल मेसी (अर्जेन्टिना)
रेफ्रीसाइमन मार्सिनियाक (पोल्यान्ड)
उपस्थिति८८,९६६
मौसमआंशिक बादल
२२ °से (७२ °फे)
६४% आद्रता[१][२]
२०२६

२०२२ फिफा विश्वकप फाइनल खेल सन् २०२२ डिसेम्बर १८ का दिन कतारको लुसेल सहर अवस्थित लुसेल स्टेडियममा अर्जेन्टिनाफ्रान्सबीच सम्पन्न भएको थियो। यो फुटबल खेल २०२२ फिफा विश्वकपको समापन खेल रहेको थियो। यो पुरुष राष्ट्रिय फुटबल टोलीहरू सम्मिलित फिफा विश्वकप प्रतियोगिताको २२औँ संस्करणको फाइनल खेल थियो। यो फाइनल खेल हेर्न रङ्गशालामा ८८,९६६ समर्थकहरूको उपस्थिति दर्ज गरिएको थियो।[३] यो खेललाई पोल्यान्डका रेफरी साइमन मार्सिनियाकले सञ्चालन गरेका थिए।

अर्जेन्टिनाले पहिलो हाफमा लियोनेल मेसीएन्जेल डी मारियाको गोलले २-० को अग्रता लिएको थियो तर फ्रान्सका लागि किलियन एम्बाप्पेको ह्याट्रिक र अर्जेन्टिनाका लागि लियोनेल मेसीको थप एक गोलले खेल अतिरिक्त समयमा ३–३ गोलको बराबरीमा सकिएको थियो। अर्जेन्टिनाले त्यसपछिको पेनाल्टी सुटआउटमा ४–२ ले खेल जितेर तेस्रो र सन् १९८६ पछि पहिलो पटक फिफा विश्वकपको उपाधि जितेको थियो। खेललाई यसको ब्याक-एन्ड-फोर्थ प्रकृतिको लागि प्रशंसा गरिएको थियो[४] र केही पत्रकारहरूले यसलाई हालसम्म सम्पन्न भएका उत्कृष्ट फिफा विश्वकप फाइनलहरू मध्ये एक मानेका थिए।[५][६][७]

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

२०१८ फिफा विश्वकप विजेता राष्ट्र फ्रान्सले लगातार दुई संस्करणको फिफा विश्वकपको फाइनलमा आफ्नो उपस्थिति तथा उपाधि विजेता राष्ट्रले फाइनल खेल खेल्ने कीर्तिमान बनाउन सफल भएको थियो। यो दुवै कीर्तिमानहरू यसभन्दा पहिले ब्राजिलले १९९८ फिफा विश्वकप२००२ फिफा विश्वकपको फाइनल खेलेर बनाउन सफल भएको थियो। फ्रान्सले सन् १९९८ फिफा विश्वकप र सन् २०१८ गरी दुई वटा फिफा विश्वकप जितेको छ। फ्रान्सले २००६ फिफा विश्वकपको फाइनलसम्मको यात्रा तय गरेको भएता पनि पेनाल्टीमा इटालीसँग पराजित भएको थियो। दिदिया देशँको व्यवस्थापनमा, जसले खेलाडीको रूपमा सन् १९९८ को फिफा विश्वकप प्रतियोगिता जितेको थियो, फ्रान्सेली टोलीले २०१४ फिफा विश्वकप, युइएफए युरो २०१६२०२० को उपाधि जित्न असफल भएको थियो तर २०१८ को फिफा विश्वकपको उपाधि सफलतापूर्वक जित्न सफल भएको थियो।[८][९] विश्व विजेताको स्थितिको कारण उपाधि जित्न सक्ने मनपर्ने टोलीहरू मध्ये एकको रूपमा फ्रान्सले कतार प्रवेश गरेको थियो।[१०] सन् १९३४१९३८ मा इटाली र सन् १९५८१९६२ मा ब्राजिलले फिफा विश्वकपको उपाधि सफलतापूर्वक रक्षा गरिसकेकोले उक्त उपलब्धिको अनुकरण गर्ने फ्रान्सेली टोलीले लक्ष्य राखेको थियो। सन् १९३४१९३८ मा इटालीको भितोरियो पोज्जोपछि दुई पुरुष फिफा विश्वकप उपाधि जित्ने दोस्रो व्यवस्थापक बन्ने प्रयासमा दिदिया देशँ थिए।[११] एउटा खेलाडीको रूपमा सन् १९९८ को फिफा विश्वकप प्रतियोगिता जितेर, देशँले ब्राजिलका दिग्गज पेले (खेलाडीको रूपमा) र मारियो जागालो (खेलाडीको रूपमा दुई र व्यवस्थापकको रूपमा एक) पछि तीनवटा फिफा विश्वकप उपाधि जित्ने तेस्रो व्यक्ति बन्न खोजिरहेका थिए।[१२][१३]

फ्रान्स जस्तै अर्जेन्टिनाले यसअघि सन् १९७८१९८६ मा दुई पटक विश्वकप जितेको थियो।[१४] अर्जेन्टिनाले सन् १९३०, १९९०२०१४ गरी तीन पटक फाइनलसम्मको यात्रा तय गरेको भएता पनि उपाधि जित्न असफल रहेको थियो। सन् २०१४ को फाइनलमा पराजित भएपछि अर्जेन्टिना सन् २०१५२०१६ मा चिलीसँग लगातार दुई कोपा अमेरिकाको फाइनलमा पराजित भएको थियो। सन् २०१८ को फिफा विश्वकपको नकआउट चरणमा उपाधि विजेता फ्रान्ससँग पराजित भएर निराशाजनक प्रदर्शन गरेको अर्जेन्टिनी टोलीले २०१९ कोपा अमेरिका प्रतियोगितामा तेस्रो स्थानमा चित्त बुझाएको थियो।[१५] नवनियुक्त प्रशिक्षक लियोनेल स्कालोनीले अर्जेन्टिनालाई २८ वर्षमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जिताउन सफल नेतृत्व गरेका थिए। २०२१ कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई १-० ले हराएर कप्तान लियोनेल मेसीले अर्जेन्टिनालाई आफ्नो नेतृत्वमा पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउन सफल भएका थिए।[१६][१७] युरोपेली विजेता इटालीलाई ३-०[१८] ले हराएर २०२२ फिनालिजजिमा जितेर अर्जेन्टिना कतारमा आयोजना गरिएको फिफा विश्वकप जित्न सक्ने मनपर्ने टोलीहरू मध्ये एकको रूपमा प्रवेश गरेको थियो।[१९][२०]

यी दुई राष्ट्रहरू लगातार दोस्रो पटक फिफा विश्वकपको नकआउट चरणमा भिडेका थिए। सन् २०१८ मा रुसको कजान एरिनामा खेलिएको राउन्ड अफ १६ खेलमा फ्रान्सले अर्जेन्टिनाविरुद्ध ४-३ को जीत निकाल्न सफल भएको थियो। उक्त खेललाई 'द इन्डिपेन्डेन्ट'ले 'सबै समयको सबैभन्दा रोचक विश्वकप खेलहरू मध्ये एक' भनेर उल्लेख गरेको थियो।[२१] एन्टोनी ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए पनि एन्जेल डी मारियागाब्रिएल मेर्कादोले अर्जेन्टिनाको लागि गोल गर्दै खेलमा बढत दिलाउन सफल भएका थिए, त्यसपछि फ्रान्सले बेन्जामिन पभार[२२]किलियन एम्बाप्पेको दुई गोलले[२३] अग्रता लिन सफल भएको थियो। सर्जियो अग्वेरोले खेलको अतिरिक्त समयमा एक गोल गरेपनि अर्जेन्टिनाले बराबरी गर्न सफल भएन्।[२४]

सन् २०२२ फिफा विश्वकपको सेमिफाइनल, तेस्रो स्थानको खेल र फाइनल खेलको लागि सन् २०२२ डिसेम्बर ११ मा उक्त खेलहरूमा प्रयोग गरिने भकुण्डोको घोषणा गरिएको थियो। एडिडास कम्पनीको 'एडिडास अल-हिल्म' नामको उक्त भकुण्डो 'एडिडास अल रिहला'को एक प्रकार हो, जसको अर्थ अरबी भाषामा 'सपना' हुने गर्छ। फिफा विश्व कपको उपाधि उठाउने हरेक राष्ट्रको सपनालाई सन्दर्भित गर्नको लागि सो भकुण्डोलाई 'अल हिल्म' अर्थात् 'सपना' नामकरण गरिएको थियो।[२५] भकुण्डोको प्राविधिक पक्षहरू एक जस्तै भएता पनि, यसको रङ समूह चरण र अघिल्लो नकआउट खेलहरूमा प्रयोग गरिएका अल-रिहला भकुण्डोहरू भन्दा फरक थियो जसमा सुनौलो धातुयुक्त, खैरो सिम्रिक, विशिष्टिकृत बरगन्डी र रातो डिजाइनले आयोजक राष्ट्र कतारको राष्ट्रिय रङलाई सन्दर्भ गरेको थियो भने फाइनलको स्थान लुसेल स्टेडियमफिफा विश्वकप ट्रफीको सुनौलो रङ साझा गरिएको थियो। +टिमजिएस्त बर्लिन[२६], हो बुलानी[२७], ब्राजुका फाइनल रियो[२८], र टेलस्टार मेच्टा[२९] भकुण्डोपछि यो फिफा विश्वकप फाइनल खेलहरूको लागि पाँचौँ विशेष भकुण्डो रहेको थियो।

स्थान[सम्पादन गर्नुहोस्]

कतारको सबैभन्दा ठूलो रङ्गशालाको रूपमा रहेको लुसेल स्टेडियममा २०२२ फिफा विश्वकपको फाइनल खेलसहित जम्मा १० खेल खेलिएको थियो।

फाइनल खेल लुसेल सहरको लुसेल स्टेडियममा खेलिएको थियो, जुन दोहाको सहरी केन्द्रबाट लगभग १५ किलोमिटर (९.३ माइल) उत्तरमा अवस्थित छ।[३०] सन् २०२२ को फिफा विश्व कपको आयोजना गर्ने लिलामी अधिकार पत्र दस्तावेजमा[३१] कतारले यो रङ्गशालालाई फाइनल खेल आयोजना गर्नको लागि राखेको थियो। यसैको फलस्वरूप सन् २०२० जुलाई १५ मा फाइनल स्थलको रूपमा पुष्टि गरेको थियो।[३२] रङ्गशालालाई समूह चरणमा ६ र ३ अन्य नकआउट खेलहरू सहित नौ अन्य खेलहरू आयोजना गर्नको लागि छुट्याइएको थियो।[३३]

कतार फुटबल सङ्घको स्वामित्वमा रहेको लुसेल रङ्गशाला कतारले विश्वकप जित्ने लिलामीको एक भागको रूपमा निर्माण गरेको थियो। यो रङ्गशाला ब्रिटिस फर्म फोस्टर एन्ड पार्टनर्स र पपुलस कम्पनीद्वारा[३४] डिजाइन गरिएको थियो भने यसको वास्तुकला मनिका आर्किटेक्चरद्वारा गरिएको थियो।[३५] यो रङ्गशालाले आफ्नो वातावरण शीतल गर्नको लागि सौर्य शक्तिको प्रयोग गर्दछ र यसले शून्य कार्बन उत्सर्जन गर्ने गरेको दावी गरिएको छ।[३६] यो रङ्गशालाको निर्माण सन् २०१७ अप्रिलमा[३७] सुरु भएको थियो भने यसलाई सन् २०२० मा सम्पन्न गर्ने योजना बनाइएको थियो। योजना अनुरूप काम पूर्ण रूपले स्थगित भएता पनि यो रङ्गशालाको निर्माण अन्ततः सन् २०२१ नोभेम्बरमा सम्पन्न भएको थियो।[३८] यो रङ्गशालामा अपेक्षा भन्दा ढिलो[३९] सन् २०२२ सेप्टेम्बर ९ म लुसेल सुपर कपको पहिलो खेल आयोजना गरिएको थियो।[४०]

फाइनलसम्मको यात्रा[सम्पादन गर्नुहोस्]

अर्जेन्टिना[सम्पादन गर्नुहोस्]

अर्जेन्टिनाको फाइनलसम्मको यात्रा
विरोधी नतिजा
 साउदी अरब १-२
 मेक्सिको २-०
 पोल्यान्ड २-०
राउन्ड १६  अस्ट्रेलिया २-१
क्वाटर फाइनल  नेदरल्यान्ड २-२ (अ.स)

(४–३ पेना.)

सेमिफाइनल  क्रोएसिया ३-०

फिफा विश्वकप २०२२ को 'समूह सी'मा परेको र तीन वर्षको अन्तरालमा ३६ खेलको लामो अपराजित यात्रा[४१] तय गरेको अर्जेन्टिनाले आफ्नो उद्घाटन खेल साउदी अरबविरुद्ध २-१ ले पराजित हुन पुगेको थियो।[४२][४३] पेनाल्टी क्षेत्रबाट लियोनेल मेसीको सुरुवाती गोलले अग्रता लिएको अर्जेन्टिनाले धेरै अस्वीकृत गोलहरू गर्न भ्याएको थियो तर ती सबै गोलहरू रेफरीद्वारा अफसाइड कायम गरिएको थियो।[४४] पहिलो हाफ सकिए लगत्तै साउदी अरबले पाँच मिनेटको अन्तरालमा सालेह अल-शेहरीसलिम अल-दौसारीको दुई गोलको मद्दतले अर्जेन्टिनालाई स्तब्ध बनाएको थियो।[४५] यद्यपि दोस्रो खेलमा मेसीको लामो दुरीबाट गरिएको गोल र एनसो फेर्नान्देसलाई गरिएको सहयोगले अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले पराजित गर्दै विश्व कप जित्न सक्ने आशा जगाएको थिए।[४६] जितबाट उत्साहित भएको अर्जेन्टिनाले मेसीले पहिलो हाफमा पेनाल्टीलाई गोलमा रूपान्तरण गर्न नसकेता पनि आलेक्सिस माक आलिस्तेरहुलियान आलभारेसको गोलमा पोल्यान्डलाई २-० ले पराजित गर्दै 'समूह सी' मा पहिलो स्थानमा प्राप्त गर्न सफल भएको थियो। अर्जेन्टिनाले जित निकालेसँगै मेक्सिको र साउदी अरब दुवै विश्वकपबाट बाहिरिएको थियो।[४७]

राउन्ड अफ १६ मा, अर्जेन्टिनाले 'समूह डी'को उपविजेता अस्ट्रेलियासँग सामना गरेको थियो। मेसीले नकआउट चरणमा आफ्नो पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने आलभारेसले अचम्भित तरिकाले अस्ट्रेलियाको गोलरक्षक म्याथ्यु रायनलाई छकाउँदै खाली जालीलाई भकुण्डो चुमाउँदै अग्रता दोब्बर बनाएका थिए। प्रतिउत्तरमा अस्ट्रेलियाले फेर्नान्देसको आत्मघाती गोलले खेललाई २-१ को स्थितिमा ल्याएको थियो भने खेललाई सनसनीपूर्ण समाप्ति सिर्जना गर्नको लागि अस्ट्रेलियाका अजिज बेहिचगारङ कुयोलले पाएको मौकालाई अर्जेनटिनी गोलरक्षक एमिलियानो मार्टिनेसले विफल बनाएका थिए।[४८] क्वाटर फाइनल खेलमा अर्जेनटिनाले २०१४ फिफा विश्वकपको सेमीफाइनलमा भिडेको नेदरल्यान्ड्सको सामना गरेको थियो। अर्जेन्टिनाले नाविएल मलिनाको एक र मेसीद्वारा पेनाल्टीमा गरिएको एक गोलले खेलमा दुई गोलको अग्रता पाएको थियो, तर खेलको दोस्रो हाफको अन्तिम समयमा आएर वाउट वेगहोस्टको दुई ढिलो गोलले ९० मिनेटको खेल बराबरीमा सकिएको थियो। त्यसपछि अतिरिक्त समयमा दुवै टोलीले सफलता पाउन सकेन र विजेता निर्णय गर्न पेनाल्टी सुट आउटको प्रयोग गरिएको थियो। अर्जेनटिनी गोलरक्षक एमिलियानो मार्टिनेसले डच टोलीका भिर्जिल भान डाइकस्टेभन बारहाउसद्वारा प्रहार गरिएको पेनाल्टी रक्षा गरेका थिए भने खेलको निर्णायक गोल अर्जेनटिनी खेलाडी लाउटारो मार्टिनेसले गरेका थिए। पेनाल्टी सुट आउटमा अर्जेनटिनाका फर्नान्देसले मात्र गोल गर्न सकेका थिएनन्। अर्जेन्टिनाले २०१८ विश्वकपको उपविजेता क्रोएसियासँग सेमिफाइनल खेल खेलेको थियो।[४९] २०१८ विश्वकपमा क्रोएसियासँग ३-० ले पराजित भएको अर्जेन्टिनाले निर्णायक सेमिफाइनल खेलमा क्रोएसियालाई सोही समान गोल अन्तरले पराजित गरेको थियो। पहिलो हाफको पेनाल्टीमा लियोनेल मेसीले गोल गरे भने पाँच मिनेटपछि आलभारेसले एकल गोल गरेका थिए। खेलको दोस्रो हाफमा मेसीले आलभारेसलाई उनको दोस्रो गोल गर्न सघाएपछि अर्जेन्टिनाले आठ वर्षमा दोस्रो पटक फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो।[५०]

फ्रान्स[सम्पादन गर्नुहोस्]

फ्रान्सको फाइनलसम्मको यात्रा
विरोधी नतिजा
 अस्ट्रेलिया ४-१
 डेनमार्क २-१
 ट्युनिसिया ०-१
राउन्ड १६  पोल्यान्ड ३-१
क्वाटर फाइनल  इङ्ल्यान्ड २-१
सेमिफाइनल  मोरोक्को २-०

सन् २०१८ मा रुसमा सम्पन्न विश्वकप जितेको फ्रान्सले आफ्नो विश्व कप अभियान निवर्तमान विश्व विजेताको रूपमा सुरु गरेको थियो। फ्रान्स 'समूह डी' मा परेको थियो जहाँ उसको पहिलो भेट एएफसी प्रतिनिधि अस्ट्रेलियासँग भएको थियो। अस्ट्रेलियाका खेलाडी क्रेग गुडविनले गोल गर्दै सुरुवाती नौ मिनेटको खेलमा फ्रान्सलाई दवाबमा राखेको थियो तर फ्रान्सेली खेलाडी ओलिभिए जिरूको दोहोरो गोल र आद्रियाँ राबियो र किलियन एम्बाप्पेको एक एक गोलको मद्दतले ४-१ को सहज जित हात पार्न सफल भएको थियो।[५१] जितबाट सशक्त बनेको फ्रान्सले अत्यधिक सङ्गठित र खतरनाक डेनमार्क पक्षलाई दोस्रो हाफमा फ्रान्सेली खेलाडी एम्बाप्पेले पहिलो गोल गर्दै अग्रता दिलाएता पनि डेनमार्कका खेलाडी आन्द्रियास क्रिस्टेनसेनले बराबरी गोल फर्काएको थियो तर पुनः एम्बाप्पेले ८६औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई २-१ ले जित दिलाउन सफल भएका थिए। यससँगै कतारमा आयोजित विश्वकपको नकआउट चरणमा पुग्ने फ्रान्स पहिलो टोली बनेको थियो र सन् १९९४ पछि यसो गर्ने पहिलो युरोपेली विश्व विजेता बनेको थियो।[५२] नकआउट चरणमा पुग्ने सुनिश्चित भएसँगै, फ्रान्सले आफ्नो धेरैजसो खेलाडीलाई विश्राम दिएर ट्युनिसियाविरुद्धको अन्तिम खेल खेलेको थियो। उक्त खेलमा फ्रान्समा जन्मेका ट्युनिसियाली खेलाडी वाहबी खाजरीको गोलको कारण १-० को हार बेहोरेको थियो। खेलको अन्तिम समयमा फ्रान्सेली खेलाडी एन्टोनी ग्रिजम्यानले गोल गरेर खेल बराबरीमा ल्याएता पनि भार प्रविधिले गोललाई अस्वीकृत गरेको थियो। फ्रान्सले अस्ट्रेलियाविरुद्ध उच्च गोल अन्तरको कारण आफ्नो समूहको शीर्ष स्थानमा कायम रह्न सफल भएको थियो।[५३]

राउन्ड अफ १६ को खेलमा फ्रान्सले 'समूह सी' को उपविजेता पोल्यान्डसँग भिडेको थियो। फ्रान्सका खेलाडी जिरूको एक र एम्बाप्पेको दुई गोलसहित फ्रान्सले खेलमा ३-० को अग्रता कायम गरेको थियो तर रोबर्ट लेवान्डोस्कीले खेल सकिन लागेकै समयमा पेनाल्टी मार्फत एक गोल गरेता पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सफल हुन सकेनन्।[५४] क्वार्टर फाइनलमा फ्रान्सले आफ्नो पुरानो प्रतिद्वन्द्वी इङ्ल्यान्डसँग तनावपूर्ण खेल खेलेको थियो। उक्त खेलमा फ्रान्सको तर्फबाट ओरेलियाँ चुयामेनीले पहिलो गोल गर्दै अग्रता दिलाएता पनि अङ्ग्रेज कप्तान ह्यारी केनद्वारा दोस्रो हाफको ५४औँ मिनेटमा पेनाल्टी गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए तर दोस्रो हाफको खेलमा प्रवेश गरेको १२औँ मिनेटमा फ्रान्सेली खेलाडी जिरूले दोस्रो गोल गर्दै खेलमा अग्रता कायम गरेको थियो। ८४औँ मिनेटमा पुनः एक पटक इङ्ल्यान्डले पेनाल्टी प्राप्त गरेको थियो जसलाई केनले जाली चुमाउन सकेनन् र फलस्वरूप फ्रान्सले २-१ को जित निकाल्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो।[५५] फ्रान्सले त्यसपछि प्रतियोगिताको सबैभन्दा ठूलो अप्रत्यासी टोली मोरक्कोको सामना गरेको थियो, जसले स्पेनपोर्चुगल जस्ता सशक्त फुटबल टोलीहरूलाई हराएर सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। सेमिफाइनल खेलमा फ्रान्सको तर्फबाट थेयो हर्नानदेसरँदाल कलो मुयानीको दुई गोलको कारण फ्रान्सले अफ्रिकी राष्ट्रको इतिहास रच्ने दौडलाई अन्त्य गर्न सफल भएको थियो। यो जितसँगै फ्रान्सले आफ्नो इतिहासमा पहिलो पटक लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुग्न सफल भएको थियो।[५६]

खेल[सम्पादन गर्नुहोस्]

सारांश[सम्पादन गर्नुहोस्]

फ्रान्सले ८८,९६६ दर्शकले भरिएको रङ्गशालामा स्थानीय समयानुसार ठीक १८:०० बजे (१५:०० युटिसी) मा खेल सुरुवात गरेको थियो। अर्जेन्टिनालाई २३औँ मिनेटमा पेनाल्टी क्षेत्रमा उसमान देम्बेलेले बायाँ तर्फबाट डी मारियालाई भकुण्डो लग्दै गर्दा फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। लियोनेल मेसीले पेनाल्टीमा सफलतापूर्वक गोल गरेका थिए। ३६औँ मिनेटमा, डी मारियाले दायाँबाट आलेक्सिस माक आलिस्तेरको सहयोगमा भकुण्डो पाएपछि गोल पोस्टको दायाँ कुनामा गोलरक्षकलाई छकाउँदै बायाँ खुट्टाले गोल हानेर अर्जेन्टिनालाई खेलमा २-० को अग्रता दिलाएका थिए। फ्रान्सले पहिलो हाफको अन्त्य नजिकै दुई खेलाडीलाई प्रतिस्थापन गरेता पनि पहिलो हाफमा फ्रान्स २ गोलले पछि परेको थियो। फ्रान्सले ८०औँ मिनेटसम्म गोलको प्रयास गर्न सकेको थिएन्, त्यही समयमा निकोलस ओतामेन्दीले पेनाल्टी क्षेत्रमा रँदाल कलो मुयानीद्वारा बल लाँदै गर्दा लडाएपछि उसले पेनाल्टी पाएको थियो। पेनाल्टीमा किलियन एमबाप्पेले बायाँ कर्नरमा गोल गरेका थिए। दुई मिनेटपछि मार्कस थुरामले भकुण्डोलाई हावामा उडाएर एम्बाप्पेलाई पेनाल्टी क्षेत्रमा सहयोग गरेपछि उनले गोल पोस्टको दाहिने कुनामा दायाँ खुट्टाले गोल गरेपछि खेल २-२ को बराबरीमा आइपुगेको थियो। थपिएको समयको अन्त्यतिर फ्रान्सेली गोलरक्षक उगो योरिसले मेसीद्वारा प्रहार गरिएको कडा प्रहारलाई विफल तुल्याइदिएका थिए। निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा योरिसले दायाँतर्फ लाउटारो मार्टिनेसको प्रहारलाई बचाएपनि भकुण्डोलाई सुरक्षित राख्न सकेनन् जसलाई मेसीले गोलमा परिणत गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएको थियो। फ्रान्सले खेलको ११८औँ मिनेटमा एम्बाप्पेद्वारा प्रहार गरिएको भकुण्डो गोनसालो मोन्तिएलको हातमा लागेपछि फ्रान्सले दोस्रो पेनाल्टी पाएको थियो। एम्बाप्पेले गोल पोस्टको बायाँतर्फ भकुण्डो प्रहार गरेर आफ्नो तेस्रो गोल गरेका थिए। सन् १९६६ मा इङ्ल्यान्डको लागि ज्योफ हर्स्टपछि पुरुष विश्वकप फाइनलमा ह्याट्रिक गर्ने एम्बाप्पे दोस्रो खेलाडी बनेका थिए। अतिरिक्त समयको अन्त्य समयमा फ्रान्सका रँदाल कलो मुयानीको प्रहारलाई अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेसले उत्कृष्ट तरिकाले बचाएपछि खेल ३-३ को बराबरीमा समाप्त भएको थियो र नतिजा निकाल्नको लागि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।

एम्बाप्पे र मेसीले पेनाल्टी सुटआउटमा पहिलो दुई प्रयासलाई सफलतापूर्वक परिणत गरेका थिए तर किन्सले कोमँको प्रयासलाई अर्जेन्टिनाका गोलरक्षक मार्टिनेसले जोगाएका थिए। पाउलो दिबालाले गोल पोस्टको मध्य भागमा भकुण्डो प्रहार गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाएका थिए। त्यसपछि ओरेलियाँ चुयामेनीले आफ्नो प्रहारलाई गोल पोस्ट बाहिर पठाएका थिए भने लियान्द्रो पारेदेसले गोल गर्दै फ्रान्सलाई ३-१ ले पछि पार्दै हारको नजिक धकेलेको थियो। रँदाल कलो मुयानीले गोल गरेर फ्रान्सलाई जीवित राखेता पनि अर्जेन्टिनाको लागि गोनसालो मोन्तिएलले गोल पोस्टको बायाँतर्फ गोल गर्दै अर्जेन्टिनालाई उनको तेस्रो विश्वकप उपाधि र सन् १९८६ पछिको पहिलो उपाधि दिलाउन सफल भएका थिए।

विवरण[सम्पादन गर्नुहोस्]


अर्जेन्टिना
फ्रान्स
गोर २३ एमिलियानो मार्टिनेस YC १२०+५'
दार २६ नाविएल मलिना Substituted off ९१'
केर १३ क्रिस्टियन रोमेरो
केर १९ निकोलस ओतामेन्दी
बार निकोलस तालियाफिको Substituted off १२०+१'
रम २४ एनसो फेर्नान्देस YC ४५+७'
केम रोद्रिगो दे पाउल Substituted off १०२'
केम २० आलेक्सिस माक आलिस्तेर Substituted off ११६'
दाअ १० लियोनेल मेसी ()
केअ हुलियान आलभारेस Substituted off १०२'
बाअ ११ एन्जेल डी मारिया Substituted off ६४'
प्रतिस्थापनहरू:
मध्य मार्कोस अकुनिया YC ९०+८' Substituted in ६४'
रक्षा गोनसालो मोन्तिएल YC ११६' Substituted in ९१'
मध्य लियान्द्रो पारेदेस YC ११४' Substituted in १०२'
अग्र २२ लाउटारो मार्टिनेस Substituted in १०२'
रक्षा हेर्मन पेसेला Substituted in ११६'
अग्र २१ पाउलो दिबाला Substituted in १२०+१'
व्यवस्थापक:
लियोनेल स्कालोनी
गोर उगो योरिस ()
दार हुल कुन्दे Substituted off १२०+१'
केर राफाएल भरान Substituted off ११३'
केर १८ दायोत उपामेकानो
बाँर २२ थेयो हर्नानदेस Substituted off ७१'
केम ओरेलियाँ चुयामेनी
केम १४ आद्रियाँ राबियो YC ५५' Substituted off ९६'
दाप ११ उसमान देम्बेले Substituted off ४१'
आम एन्टोनी ग्रिजम्यान Substituted off ७१'
बाप १० किलियन एम्बाप्पे
केअग्र ओलिभिए जिरू YC ९०+५' Substituted off ४१'
प्रतिस्थापनहरू:
अग्र १२ रँदाल कलो मुयानी Substituted in ४१'
अग्र २६ मार्कस थुराम YC ८७' Substituted in ४१'
अग्र २० किन्सले कोमँ Substituted in ७१'
मध्य २५ एदुयार्दो कामाभिङ्गा Substituted in ७१'
मध्य १३ युसुफ फोफाना Substituted in ९६'
रक्षा २४ इब्राहिमा कोनाते Substituted in ११३'
रक्षा आक्सेल दिसासी Substituted in १२०+१'
व्यवस्थापक:
दिदिया देशँ

म्यान अफ द म्याच:
लियोनेल मेसी (अर्जेन्टिना)[५७]


खेलका नियमहरू[५८]

तथ्याङ्क[सम्पादन गर्नुहोस्]

पहिलो हाफ[५९][६०]
तथ्याङ्क अर्जेन्टिना फ्रान्स
गरिएको गोल
जम्मा प्रहार
लक्ष्यमा प्रहार
रक्षा गरेको
भकुण्डो नियन्त्रण ५९% ४१%
कर्नर किक
फाउल गरेको १० ११
अफसाइड
पहेँलो कार्ड
रातो कार्ड

दोस्रो हाफ[५९][६०]
तथ्याङ्क अर्जेन्टिना फ्रान्स
गरिएको गोल
जम्मा प्रहार
लक्ष्यमा प्रहार
रक्षा गरेको
भकुण्डो नियन्त्रण ४५% ५५%
कर्नर किक
फाउल गरेको
अफसाइड
पहेँलो कार्ड
रातो कार्ड

अतिरिक्त समय[५९][६०]
तथ्याङ्क अर्जेन्टिना फ्रान्स
गरिएको गोल
जम्मा प्रहार
लक्ष्यमा प्रहार
रक्षा गरेको
भकुण्डो नियन्त्रण ६२% ३८%
कर्नर किक
फाउल गरेको
अफसाइड
पहेँलो कार्ड
रातो कार्ड

सम्पूर्ण[५९][६०]
तथ्याङ्क अर्जेन्टिना फ्रान्स
गरिएको गोल
जम्मा प्रहार २० १०
लक्ष्यमा प्रहार १०
रक्षा गरेको
भकुण्डो नियन्त्रण ५४% ४६%
कर्नर किक
फाउल गरेको २६[note २] १९
अफसाइड
पहेँलो कार्ड
रातो कार्ड

टिप्पणीहरू[सम्पादन गर्नुहोस्]

  1. अतिरिक्त समय सुरु हुनु अघि र अतिरिक्त समयको पहिलो हाफमा गरिएको प्रतिस्थापन बाहेक अतिरिक्त समयमा चौथो अवसरको साथ प्रत्येक टोलीलाई प्रतिस्थापन गर्न तीनवटा मात्र अवसर दिइएको छ।
  2. अर्जेन्टिनाको गोलरक्षक एमिलियानो मार्टिनेसले फ्रान्सको कुनै खेलाडीलाई प्रत्यक्ष रूपले फाउल गरेका थिएनन्, तथ्य के थियो भने उनले खेलमा अयोग्य व्यवहार गरेको कारण रेफरीद्वारा उनलाई पहेँलो कार्ड दिइएको थियो। अयोग्य व्यवहारलाई समेत फाउलको रूपमा गिन्ती गर्ने गरिन्छ।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "FIFA World Cup – Final – Argentina v France", FIFA, १८ डिसेम्बर २०२२, अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 
  2. "Doha, Qatar Weather History", Weather Underground, १८ डिसेम्बर २०२२, अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 
  3. Goff, Steven (१८ डिसेम्बर २०२२), "Lionel Messi earns World Cup glory as Argentina tops France in a chaotic, captivating final", The Washington Post, अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 
  4. "2022 World Cup final: Argentina vs. France highlights and reactions", ESPN, १८ डिसेम्बर २०२२, अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 
  5. "2022 World Cup final: Argentina vs. France highlights and reactions", ESPN, १८ डिसेम्बर २०२२, अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 
  6. Summerscales, Robert (१८ डिसेम्बर २०२२), "Argentina beat France on penalties in best World Cup Final ever", Sports Illustrated, अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 
  7. "Damien Duff declares World Cup final the 'best final ever' on RTE", Irish Mirror, १८ डिसेम्बर २०२२, अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 
  8. "France 0–1 Germany", BBC Sport (en-GBमा), अन्तिम पहुँच १५ डिसेम्बर २०२२ 
  9. Borden, Sam (१० जुलाई २०१६), "At Euro 2016 Final, Portugal Loses Ronaldo but Defeats France", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच १५ डिसेम्बर २०२२ 
  10. Collings, Simon (१८ नोभेम्बर २०२२), "Rating the World Cup favourites: Brazil, Argentina and France", Evening Standard (अङ्ग्रेजीमा), अन्तिम पहुँच १५ डिसेम्बर २०२२ 
  11. "Who is Vittorio Pozzo French World Cup coach Didier Deschamps is trying to emulate", FIFA, अन्तिम पहुँच १४ डिसेम्बर २०२२ 
  12. "World Cup Champions Squads 1930–2018", RSSSF, १५ सेप्टेम्बर २०२१, अन्तिम पहुँच १४ डिसेम्बर २०२२ 
  13. West, Jenna (१५ जुलाई २०१८), "Didier Deschamps Becomes Third to Win World Cup as Player and Manager", Sports Illustrated, अन्तिम पहुँच १६ जुलाई २०१८ 
  14. "World Cup 1930–2022", RSSSF, १ डिसेम्बर २०२२, अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 
  15. Brewin, John (३ जुलाई २०१९), "Brazil 2–0 Argentina: Copa América semi-final – as it happened", The Guardian 
  16. "Argentina stun Brazil in Copa América final to end 28-year trophy drought", The Guardian, ११ जुलाई २०२१। 
  17. "Argentina beat Brazil 1–0 to win Copa America, 1st major title in 28 yrs", Reuters, ११ जुलाई २०२१। 
  18. "Messi echoes Maradona in masterclass as Argentina sends epic World Cup statement", Fox Sports, १ जुन २०२२। 
  19. "Argentina are favourites for World Cup 2022 win in Qatar with 'happy' Lionel Messi, says Joe Cole", Eurosport, २२ नोभेम्बर २०२२। 
  20. "World Cup 2022 betting odds: which team are favourites to win?", Reuters, १४ डिसेम्बर २०२२। 
  21. Liew, Jonathan (३० जुन २०१८), "Why France vs Argentina was one of the greatest World Cup games of all time", The Independent, मूलबाट १० जुलाई २०१८-मा सङ्ग्रहित। 
  22. "Pavard's stunner voted Hyundai Goal of the Tournament", www.fifa.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-२० 
  23. "France v Argentina Live Commentary & Result, 30/06/18, World Cup", www.goal.com, अन्तिम पहुँच २०२२-१२-२० 
  24. "2018 FIFA World Cup Russia™: France - Argentina", www.fifa.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-२० 
  25. "adidas reveals the FIFA World Cup™ official Finals match ball", FIFA.com (अङ्ग्रेजीमा), FIFA, ११ डिसेम्बर २०२२, अन्तिम पहुँच ११ डिसेम्बर २०२२ 
  26. "Golden "Teamgeist Berlin" ball for the FIFA World Cup Final", FIFA.com, FIFA, १८ अप्रिल २००६, मूलबाट १७ मे २०१९-मा सङ्ग्रहित। 
  27. FIFA.com (२० अप्रिल २०१०), "Glittering golden ball for Final", fifa.com, मूलबाट अप्रिल ३०, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जुन २०१६ 
  28. "adidas Brazuca Final Rio unveiled", FIFA.com, Fédération Internationale de Football Association, २९ मे २०१४, मूलबाट २९ मे २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ जुलाई २०१४ 
  29. "adidas Football Reveals Official Match Ball for the Knockout Stage of the 2018 FIFA World Cup Russia", 2018 FIFA World Cup, २०१८-०६-२६, अन्तिम पहुँच २०१८-०६-२६ 
  30. "Lusail Stadium", Supreme Committee for Delivery & Legacy, अन्तिम पहुँच ३० मार्च २०२२  वेब्याक मेसिन अभिलेखिकरण ४ मे २०२२ मिति
  31. "Lusail Iconic Stadium for Qatar 2022 is revealed at Leaders in Football conference in London" (प्रेस विज्ञप्ति), Foster and Partners, ६ अक्टोबर २०१०, अन्तिम पहुँच ३० मार्च २०२२ 
  32. "FIFA World Cup match schedule confirmed: hosts Qatar to kick off 2022 tournament at Al Bayt Stadium", FIFA, १५ जुलाई २०२०, अन्तिम पहुँच ३० मार्च २०२२ 
  33. "FIFA World Cup Qatar 2022 – Match Schedule", FIFA.com, Fédération Internationale de Football Association, ११ अगस्ट २०२२, अन्तिम पहुँच ११ अगस्ट २०२२ 
  34. "Lusail Iconic Stadium – FIFA World Cup Qatar", e-architect, ७ मार्च २०१९, अन्तिम पहुँच २० जनवरी २०२२ 
  35. "Lusail Iconic Stadium World Cup 2022: Qatar World Cup Stadium", fifaworldcupnews.com, २३ सेप्टेम्बर २०२१, अन्तिम पहुँच १७ फेब्रुअरी २०२२ 
  36. "Qatar's Lusail Iconic Stadium for Solar World Cup Stadium", architecture-view.com, २७ अक्टोबर २०१०, मूलबाट १६ जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ फेब्रुअरी २०२२ 
  37. "Work starts on Qatar World Cup final stadium at Lusail", thepeninsulaqatar.com, १२ अप्रिल २०१७, अन्तिम पहुँच २४ फेब्रुअरी २०२२ 
  38. Parkes, James (२३ नोभेम्बर २०२१), "Foster + Partners-designed Lusail Stadium among eight completed Qatar World Cup venues", Dezeen, अन्तिम पहुँच ३० मार्च २०२२ 
  39. "Photos: Lusail Super Cup tests stadium hosting World Cup final", aljazeera.com, अन्तिम पहुँच १६ सेप्टेम्बर २०२२ 
  40. Sobura, Tomasz (२ फेब्रुअरी २०२२), "New stadium: The date bowl still awaiting its first game", StadiumDB.com, अन्तिम पहुँच ३० मार्च २०२२ 
  41. Cons, Roddy (१८ नोभेम्बर २०२२), "When could Argentina break the world record unbeaten streak at the 2022 World Cup?", Diario AS 
  42. "Qatar's World Cup has seen the biggest upsets in recent history", The Economist, ९ डिसेम्बर २०२२, अन्तिम पहुँच १९ डिसेम्बर २०२२ 
  43. Smith, Rory (२२ नोभेम्बर २०२२), "Saudi Arabia Leaves Another Scar on Argentina's Soul", The New York Times 
  44. King, Kieran (२२ नोभेम्बर २०२२), "Argentina stunned as they have three goals ruled out in Saudi Arabia World Cup defeat", The Mirror 
  45. "Saudi shock: Argentina stunned in historic World Cup upset", 1 News (अङ्ग्रेजीमा), अन्तिम पहुँच १५ डिसेम्बर २०२२ 
  46. "Argentina 2–0 Mexico: Lionel Messi and Enzo Fernandez stunners keep La Albiceleste alive with crucial victory", Eurosport (अङ्ग्रेजीमा), २६ नोभेम्बर २०२२, अन्तिम पहुँच १५ डिसेम्बर २०२२ 
  47. "Argentina coast past Poland 2–0 to top World Cup Group C", Al Jazeera (अङ्ग्रेजीमा), अन्तिम पहुँच १५ डिसेम्बर २०२२ 
  48. Waugh, Chris; Dominski, Michael (४ डिसेम्बर २०२२), "Reaction to Argentina's win over Australia", The Athletic (अङ्ग्रेजीमा), अन्तिम पहुँच १५ डिसेम्बर २०२२ 
  49. Fisher, Ben (९ डिसेम्बर २०२२), "Argentina edge Netherlands in shootout to win World Cup quarter-final thriller", The Guardian (अङ्ग्रेजीमा), अन्तिम पहुँच १५ डिसेम्बर २०२२ 
  50. "Argentina Sweeps Past Croatia 3–0 to Reach World Cup Final", VOA (अङ्ग्रेजीमा), अन्तिम पहुँच १५ डिसेम्बर २०२२ 
  51. "France 4–1 Australia: Olivier Giroud strikes twice to equal Les Bleus goal-scoring record in come-from-behind win", Eurosport UK (अङ्ग्रेजीमा), २२ नोभेम्बर २०२२, अन्तिम पहुँच १५ डिसेम्बर २०२२ 
  52. "France 2–1 Denmark: Kylian Mbappe lights up World Cup with double", Sky Sports (अङ्ग्रेजीमा), अन्तिम पहुँच १५ डिसेम्बर २०२२ 
  53. Das, Andrew (३० नोभेम्बर २०२२), "In a Wild Finish, Tunisia Goes Out With a Win Against France", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच १५ डिसेम्बर २०२२ 
  54. "France aren't playing well and they don't even need to, for the moment", MARCA (अङ्ग्रेजीमा), ४ डिसेम्बर २०२२, अन्तिम पहुँच १५ डिसेम्बर २०२२ 
  55. "France beat England 2–1 after a nail-biting match at the World Cup", euronews (अङ्ग्रेजीमा), १० डिसेम्बर २०२२, अन्तिम पहुँच १५ डिसेम्बर २०२२ 
  56. "France end Morocco dream to set up Argentina final", BBC Sport (en-GBमा), अन्तिम पहुँच १५ डिसेम्बर २०२२ 
  57. "Argentina and Messi spot on for World Cup glory", FIFA, १८ डिसेम्बर २०२२, अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 
  58. "Regulations – FIFA World Cup Qatar 2022", FIFA.com, Fédération Internationale de Football Association, १५ डिसेम्बर २०२१, अन्तिम पहुँच ३० मार्च २०२२ 
  59. ५९.० ५९.१ ५९.२ ५९.३ "World Cup: Argentina vs France", Sofascore, १८ डिसेम्बर २०२२, अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 
  60. ६०.० ६०.१ ६०.२ ६०.३ "Argentina vs France: live info and stats - FIFA World Cup 2022", Diario AS, अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]