२०२१ कोपा अमेरिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२१ कोपा अमेरिका
CONMEBOL Copa América Brasil 2021
चित्र:2021 Copa América logo.svg
Vibra o Continente
(Vibra el Continente)
English: Rocking the Continent
प्रतियोगिता विवरण
आयोजक राष्ट्रब्राजिल [note १]
मिति१३ जुन-१० जुलाई [२]
टोलीहरू१०(१ सङ्घहरूबाट)
स्थान(हरू)५ (४ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता अर्जेन्टिना (१५औँ उपाधि)
उप-विजेता ब्राजिल
तेस्रो स्थान कोलोम्बिया
चौथो स्थान पेरू
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू२८
गोल सङ्ख्या६५ (२.३२ प्रति खेल)
उपस्थिति७,८०० (२७९ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)अर्जेन्टिना लियोनेल मेसी
कोलोम्बिया Luis Díaz
(दुवैको ४ गोल)
उत्कृष्ट खेलाडी(हरू)अर्जेन्टिना लियोनेल मेसी
ब्राजिल नेयमार
उत्कृष्ट खेल पुरस्कार ब्राजिल

२०२१ कोपा अमेरिका दक्षिण अमेरिकी राष्ट्रिय फुटबल टोलीहरूको मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता, कोपा अमेरिकाको ४७औँ संस्करण हो। यस प्रतियोगिताको आयोजना दक्षिण अमेरिकी फुटबल सङ्घद्वारा सन् २०२१ जुन १३ देखि जुलाई १० सम्म ब्राजिलमा भइरहेको छ।[२] सुरुमा प्रतियोगिता १२ जुन -१२ जुलाई सम्म अर्जेन्टिना र कोलम्बियामा संयुक्त रुपमा २०२० कोपा अमेरिकाको नाममा आयोजना गर्ने तय गरिएको थियो। १७ मार्च २०२० मा, कन्मेबोलले कोभिड -१९ महामारीको कारणले प्रतियोगिता अर्को वर्षलाई स्थगित गर्ने घोषणा गर्यो। यो घोषणा युएफाको युरो २०२० लाई २०२१ मा गर्ने निर्णय सँग जुध्यो।[३]

२० मे २०२१ मा, कोलम्बियामा राष्ट्रपति इभान डुके मार्केज विरुद्ध भइरहेको प्रदर्शनको कारणले कोलम्बियालाई सहआयोजकको रुपमा हटाइयो, भने कोभिड-१९ मामिलाको कारणले अर्जेन्टिनालाई ३० मे मा हाटाइयो। अर्को दिन कन्मेबोलले ब्राजिललाई प्रतियोगिताको नयाँ आयोजक पुष्टि गर्यो। [१]

आयोजक ब्राजिल प्रतियोगिताको साविक विजेता हो। ब्राजिलले ब्राजिलमै भएको २०१९ कोपा अमेरिकाको रुपमा ९औं उपाधी जितेको थियो।

फाइनलमा अर्जेन्टिनाले आयोजक ब्राजिललाई १-० गोलले पराजित गर्दै १५औं उपाधी जित्यो। यो १९९३ यताकै पहिलो अर्जेन्टिनी उपाधी थियो । [४] अर्जेन्टिनाले सर्वाधिक धेरै पटक कोपा अमेरिका उपाधी जित्ने उरुग्वेको किर्तिमान पनि बराबरी गर्यो ।[५] कोलम्बियाले तेस्रो स्थान हात पार्यो।

अवार्ड[सम्पादन गर्नुहोस्]

प्रतियोगिताको अवार्ड निम्नानुसार भयो:[६]

नोट[सम्पादन गर्नुहोस्]

  1. सुरुमा, प्रतियोगिता अर्जेन्टिनाकोलम्बियामा आयोजना गरिने तय भएको थियो। २० मे २०२१ मा, कोलम्बियालाई देशमा रहेको राजनैतिक संकटको कारणले सह-आयोजकबाट हटाइयो, भने ३० मे २०२१ मा अर्जेन्टिना कोभिड -१९ महामारीको कारणले आयोजकको रुपमा बाहिरियो। अर्को दिन कन्मेबोलले प्रतियोगिता ब्राजिलमा आयोजना गरिने निर्णय गर्यो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Brasil será sede de la CONMEBOL Copa América 2021" (स्पेनीमा), CONMEBOL, ३१ मे २०२१। 
  2. २.० २.१ "Em reviravolta, Brasil é escolhido a nova sede da Copa América", Globo Esporte (पुर्तुगालीमा), ३१ मे २०२१। 
  3. "Comunicado Oficial", CONMEBOL.com, १७ मार्च २०२०। 
  4. "Copa America 2021 Final Highlights: Argentina beat Brazil 1-0, Messi wins first senior International trophy", The Indian Express (अङ्ग्रेजीमा), २०२१-०७-११, अन्तिम पहुँच २०२१-०७-११ 
  5. Das, Andrew (२०२१-०७-११), "Messi and Argentina Beat Brazil to Win the Copa América", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२१-०७-११ 
  6. "Mejor jugador, goleador, mejor arquero: los destacados de la CONMEBOL Copa América 2021", Copa América (स्पेनीमा), ११ जुलाई २०२१, अन्तिम पहुँच ११ जुलाई २०२१  वेब्याक मेसिन अभिलेखिकरण ११ जुलाई २०२१ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]