नेयमार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
नेयमार
ECUADOR vs BRASIL (29392285815) (cropped).jpg
२०१६ मा नेयमार
व्यक्तिगत विवरण
पुरा नाम नेयमार डा सिल्भा संटोस जुनियर[१]
जन्म स्थान मोगी डास क्रुज, ब्राजिल[१]
उचाई १.७५ मी (५ फिट ९ इन्च)[२]
खेल्ने स्थान फरवार्ड, बिंगर
क्लबको विवरण
हालको क्लब बार्सिलोना
नम्बर ११
युवा क्लब
१९९९–२००३ सानटिस्टा
२००३–२००९ संटोस
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००९–२०१३ संटोस १०३ (५४)
२०१३–२०१७ बार्सिलोना १२३ (६८)
२०१७– पेरिस सेन्ट जर्मेन (०)
राष्ट्रिय टिम
२००९ ब्राजिल अण्डर-१७ (१)
२०११ ब्राजिल अण्डर-२० (९)
२०१२ ब्राजिल अण्डर-२३ (४)
२०१०– ब्राजिल ५० (३३)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २०१४ मे १७.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी २०१४ जुन १२

नेयमार डा सिल्भा संटोस जुनियर को जन्म ब्राजिलमा सन् १९९२ फेब्रुअरी ५ मा भएको हो । आफ्ना फुटबल टिमका खेलाडी तथा दर्शकदीर्घा माझ उनी नेयमारको नामले चिनिन्छन् । उनि ब्राजिलबाट खेल्छन । व्यावसायिक रुपमा हाल उनी स्पेनिस क्लब बार्सिलोना फुटबल क्लबबाट विश्व किर्तिमानी रकममा फ्रान्सेली क्लब पियसजीमा आबद्ध भएका छन्।र पियसजीमा खेल्दै छन् । उनि फुटबल खेल मैदानमा फरवार्ड, बिंगरबाट खेल्ने गर्छन ।

क्लब जीवन[सम्पादन गर्ने]

ब्राजिलियन फरवार्ड नेयमार बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)मा हाल सम्मकै सर्वाधिक महंगो विश्व कीर्तिमानी रकममा ट्रान्सफर भएका थिए।

सान्तोष क्लब[सम्पादन गर्ने]

सान्टोसबाट ट्रान्सफर[सम्पादन गर्ने]

नेयमार सन् २०१३मा सान्टोसबाट एफसी बार्सिलोना आउँदा पनि विश्व फुटबलमा तहल्का मच्चिएको थियो। त्यस समय ५७ मिलियन युरो तिरेको बार्सिलोनाले क्लबमात्र नभएर नेयमारका पिता र ब्राजिलको केहि सरकारी कार्यालयमा समेत केहि रकम तिर्नुपरेको थियो।रियल म्याड्रिडले पनि उनलाई पछ्याईरहेको अवस्थमा बार्सिलोनाले मोटो रकम तिरेको थियो।

एफसी बार्सिलोना[सम्पादन गर्ने]

२०१३-१३ सिजनबाट नेयमार बार्सिलोना प्रवेश गरेका हुन्।भने २०१७-१८ सिजनमा बार्सिलोनाबाट ट्रान्सफर भएर पिएसजी पुषेका हुन्।[३]

बार्सिलोनाको ‘एमएसएन'[सम्पादन गर्ने]

सन् २०१४ मा सुआरेजको आगमनसँगै नेयमारको प्रदर्शनमा पनि सुधार आयो। उनले पहिलो सिजनमा ४१ खेल खेल्दै १५ गोल र १५ असिस्ट दिएपनि सुआरेज आएपछिको दोश्रो सिजनमा भने ३९ गोल र ११ असिस्ट दिन सफल रहे। त्यसै सिजन बार्सिलोनाले च्याम्पियन्स लिग, स्पेनिस लिग र कोपा डेल रे जितेर ट्रेबल हासिल गर्यो।

पिएसजीसँगको अभूतपूर्व प्रदर्शन[सम्पादन गर्ने]

सन् २०१६/१७को च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६को पहिलो लेगमा बार्सिलोना ४-०ले पराजित भयो। तर दोश्रो लेगको ८८औं मिनेट सम्ममा पनि ३ गोलको आवश्यकता रहेको बार्सिलोनाले अन्तिम ६ मिनेटमा ३ गोल गर्दै खेल जित्यो। ८८औं मिनेटमा नेयमारले फ्रिकिक मार्फत गोल गरे भने त्यसको २ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। उनले अन्तिम मिनेटमा सर्जी रोबर्टोलाई दिएको पास गोल भएपछि बार्सिलोनाले अहिलेसम्मकै उत्कृष्ट पुनरागमन गर्यो। [४]

पेरिस सेन्ट जर्मेन[सम्पादन गर्ने]

ब्राजिलियन फरवार्ड नेयमार बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने लगभग पक्का भइसके पछि उनी विश्व कीर्तिमानी रकममा पिएसजीमा अनुबन्ध भएका थिए।[५]


राष्ट्रिय टिम[सम्पादन गर्ने]

२०१४ फिफा विश्वकप[सम्पादन गर्ने]

ब्राजिलमा आयोजित विश्वकपमा नेयमारले उत्कृष्ट प्रदर्शन गर्ने आशा राखिएको थियो। उनले आफुले खेलका ५ खेलमा ४ गोल र १ असिस्ट प्रदान गरे तर कोलम्बियासँगको खेलमा ढाडमा चोट बोकेपछि उनले बाँकी खेल खेल्न सकेनन्। नेयमारबिनाको ब्राजिलले सेमिफाइनलमा घरेलु मैदानमा जर्मनीसँग ७-१को पराजय व्येहोर्यो।

रियोमा ओलम्पिक स्वर्ण[सम्पादन गर्ने]

सन् २०१६मा रियो ओलम्पिकको फुटबलमा ब्राजिलले स्वर्ण पदक जितेको थियो। फुटबल जगतमा ब्राजिलले जित्न बाँकि रहेको एकमात्र पदकका रुपमा लिइएको यस उपाधि जिताउन नेयमारले उल्लेख्य भूमिका खेले। २०१४ को विश्वकपमा लज्जास्पद पराजय भोगेको जर्मनीलाई फाइनलमा पराजित गर्दै ब्राजिलले स्वर्ण पदक जित्यो।साथै उनी यो स्वर्ण विजेता टिमका कप्तान समेत रहेका थिए।

गोल विवरण[सम्पादन गर्ने]

क्लबकालागि गोल[सम्पादन गर्ने]

अन्तराष्ट्रिय गोल[सम्पादन गर्ने]

वर्ष अनुसार गोल[सम्पादन गर्ने]

फुटबल बाहिर[सम्पादन गर्ने]

उपाधिहरू[सम्पादन गर्ने]

क्लब[सम्पादन गर्ने]

ब्राजिल सान्तोष क्लब
स्पेन एफसी बार्सिलोना
फ्रान्स पेरिस सेन्ट जर्मेन

अन्तर्राष्ट्रिय[सम्पादन गर्ने]

 ब्राजिल

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्ने]

स्रोतहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "नेयमार". ESPN. http://espnfc.com/player/_/id/132948/neymar-da-silva-santos-j%C3%BAnior?cc=3888. 
  2. "नेयमार प्रोफाइल". FC Barcelona.com. Retrieved 9 May 2014
  3. [[१]]/ नेयमार विश्व किर्तिमान रकममा पियसजी जााे लगभग पक्का
  4. [[२]]/ नेयमारले गरे चमत्कार
  5. [[३]]/ नेयमारका करियरकै शीर्ष ५ क्षण