सामग्रीमा जानुहोस्

उगो योरिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उगो योरिस
सन् २०१८ फिफा विश्वकपमा फ्रान्सको प्रतिनिधित्व गर्दै योरिस
व्यक्तिगत जानकारी
पुरा नाम उगो हद्रियन दोमिनिक योरिस[]
जन्म मिति (1986-12-26) २६ डिसेम्बर १९८६ (उमेर ३९)[]
जन्म स्थान निस, फ्रान्स
उचाइ १.८८ मिटर[]
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
टोटनह्याम
सङ्ख्या
युवा करियर
सन् १९९३–१९९७ CEDAC Cimiez
सन् १९९७–१००५ निस
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २००५–२००६ निस ख २० (०)
२००५–२००८ निस ७२ (०)
सन् 2००८–२०१२ लियोने १४६ (०)
सन् 2०२२– टोटनह्याम २५१ (०)
अन्तर्राष्ट्रिय करियर
सन् २००४ १८ वर्ष मुनि (०)
सन् १००४–२००५ १९ वर्ष मुनि १४ (०)
सन् २००६ २० वर्ष मुनि (०)
सन् १००६–२००८ २१ वर्ष मुनि (०)
सन् १००८– फ्रान्स ११४ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३:४३, ७ मार्च २०२०
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १० सेप्टेम्बर २०१९

उगो योरिस (जन्म: २६ डिसेम्बर १९८६), एक फ्रान्सेली अन्तर्राष्ट्रिय फुटबल खेलाडी हुन्। उनी हाल फ्रान्स राष्ट्रिय फुटबल टोली र अङ्ग्रेजी फुटबल क्लब टोटनह्याम हट्स्पर फुटबल क्लबका लागि गोलरक्षकको रूपमा मैदान उत्रने गर्दछन्। उनी राष्ट्रिय टोली र क्लबका कप्तान पनि हुन्।

निसमा जन्मिएका उनी सन् १९९५ देखि नै निसको स्थानीय फुटबल क्लब ओजिसे निसका लागि पहिलो पटक फुटबल क्षेत्रमा आएका थिए। उनलाई सन् २००० मा अरूका माझ परिचित बनेका थिए। सन् २००८ मा, उनले फ्रान्सको लिग अँमा प्रदर्शन गर्ने क्लब ओलाँपिक लियोनेसँग आबद्ध भएका थिए। उनले सो क्लबमा उत्कृष्ट प्रदर्शन गर्दै उनको पुस्ताको एक सवल गोलरक्षकको रूपमा आफूलाई उभ्याउन सफल भएका थिए। उनले तीन पटक लिग अँमा उत्कृष्ट गोलरक्षकको उपाधि प्राप्त गरिसेका छन्। सन् २०१० मा उनले क्लबलाई च्याम्पियन्स लिगको सेमिफाइनल सम्म पुर्‍याउनका लागि महत्त्वपूर्ण योगदान गरेका थिए। सन् २०१२ मा, उनले क्लबको कुप द फँसको उपाधि हात पार्दै अङ्ग्रेजी फुटबल क्लब टोटनह्याममा आबद्ध भएका थिए।[]

लन्डनको उक्त क्लमा उनी सन् २०१२ को संस्करणमा आएका थिए। क्लबमा उनको उत्कृष्ट प्रदर्शन रहेका कारण उनलाई विश्वको सर्वश्रेष्ठ गोलरक्षकहरू मध्येको एक मानिन्छ। सन् २०१८-१९ युइएफए च्याम्पियन्स लिगमा उनले पटक पटक विपक्षीहरूको प्रहारलाई असफल तुल्याउँदै टोलीलाई उक्त प्रतियोगिताको फाइनल सम्म पुर्‍याउन अहम् भूमिका निर्वाह गरेका थिए, तथापि, टोली लिभरपुलसँग २-० गोल अन्तरले पराजित हुँदै उपविजेता बनेको थियो। उनले प्रथम पटक च्याम्पियन्स लिगको फाइनल खेल खेल्ने मौका पाएका थिए। उनी हालसम्म, टोटनह्याममा सर्वाधिक उपस्थिति जनाउने गोलरक्षक हुनुका साथ साथै उनी च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा धेरै उपस्थिति जनाउने फ्रान्सेली गोलरक्षक पनि हुन्। उनी सन् २०१५ मा क्लबको कप्तानको रूपमा नियुक्त भएका थिए। [] उनले युरो २००८ पछि फ्रान्सेली टोलीमा प्रदापण गरेका थिए र सन् २००९ को अन्त्यदेखि उनी शीर्ष स्थानमा रहन सफल छन्। त्यसपछि उनी सन् २०१० को विश्वकपमा कप्तानको रूपमा उपस्थित भएका थिए।

उनीसँग राष्ट्रिय टोलीमा गोलरक्षकको रूपमा धेरै प्रतियोगिताहरूको विवरण रहेको छ। सन् २०१० फिफा विश्वकप, सन् २०१२ युरो, सन् २०१४ विश्वकप, सन् २०१६ युरो र सन् २०१८ फिफा विश्वकपमा उनले फ्रान्सको टोलीलाई नेतृत्व गर्ने गोलरक्षकको रूपमा सेवा गरेका थिए र उनकै कप्तानीमा रहेको राष्ट्रिय टोलीले सन् २०१८ फिफा विश्वकपको विजेता बन्न सफल भएको थियो।[]

सन् २०१६ र सन् २०१९ को बीचमा, उनले तीन सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिताहरूको फाइनल सम्मको यात्रा तय गरेका थिए जसमा सन् २०१६ युरो, सन् २०१८ फिफा विश्वकप र सन् २०१८-१९ युइएफए च्याम्पियन्स लिग समावेश छ।

बाल्यकाल र व्यतिगत जीवन

[सम्पादन गर्नुहोस्]

क्लव कार्यकाल

[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय कार्यकाल

[सम्पादन गर्नुहोस्]

कार्यकाल तथ्याङ्क

[सम्पादन गर्नुहोस्]
अद्यावधिक १० मार्च २०१०[][][][१०]
क्लबद्वारा उपस्थिति र गोल, संस्करण र प्रतियोगिता
क्लब संस्करण लिग राष्ट्रिय प्रतियोगिता लिग प्रतियोगिता युरोप अन्य[११] जम्मा
विभागउपस्थितिगोलउपस्थितिगोलउपस्थितिगोलउपस्थितिगोलउपस्थितिगोलउपस्थितिगोल
ओजिसे निस ख २००४–०५ चाम्पियोनात नेसनल २ १२१२
सन् २००५–०६
जम्मा २०२०
ओजिसे निस सन् २००५–०६ लिग अँ १०
सन् २००६–०७ ३७३७
सन् २००७–०८ ३०३०
जम्मा ७२७७
लियोने सन् २००८–०९ लिग अँ ३५४६
सन् २००९–१० ३६१४५२
सन् २०१०–११ ३७४७
सन् २०११–१२ ३६४८
सन् २०१२–१३
जम्मा १४६३८१९५
टोटनह्याम हट्स्पर सन् २०१२–१३ प्रिमियर लिग २७३३
सन् २०१३–१४ ३७४५
सन् २०१४–१५ ३५४४
सन् २०१५–१६ ३७४६
सन् २०१६–१७ ३४४३
सन् १०१७–१८ ३६४३
सन् १०१८–१९ ३३११४४
सन् १०१९–२० १२१८
जम्मा २५१५८३१६
कार्यकाल भरिमा ४८९१३९६६०८

अन्तर्राष्ट्रिय

[सम्पादन गर्नुहोस्]
अद्यावधिक १० सेप्टेम्बर २०१९[]
उपस्थिति र गोल (राष्ट्रिय टोली र वर्ष)
राष्ट्रिय टोलीवर्षउपस्थितिगोल
फ्रान्स सन् २००८
सन् २००९
सन् २०१०११
सन् २०११११
सन् २०१२१३
सन् २०१३११
सन् २०१४११
सन् २०१५
सन् २०१६१३
सन् २०१७
सन् २०१८१४
सन् २०१९
जम्मा११४

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Décret du 31 décembre 2018 portant promotion et nomination"Journal Officiel de la République Française (फँसेली भाषा) (२०१९ संस्करण)। १ जनवरी २०१९। सङ्ग्रह मिति २४ अगस्ट २०१९
  2. "फिफा विश्वकप रूस २०१८: खेलाडीहरूको सूची: फँस" (पिडिएफ)। फिफा। १५ जुलाई २०१८। पृष्ठ ११। सङ्ग्रह मिति ११ जनवरी २०१९
  3. "उगो योरिस: अवलोकन"। प्रिमियर लिग। सङ्ग्रह मिति ११ जनवरी २०१९
  4. Hugo Lloris, le capitaine qui n'aime pas la lumière.
  5. Caillet, Jean-Baptiste (२०१६-०६-१९)। "Qui est le plus grand capitaine de l'équipe de France ?" (फ्रान्सेली भाषा)। L'Équipe। सङ्ग्रह मिति २०१८-०७-१७
  6. "Décret du 31 décembre 2018 portant promotion et nomination"legifrance.gouv.fr। १ जनवरी २०१९। सङ्ग्रह मिति ८ सेप्टेम्बर २०१९
  7. 1 2 "Lloris, Hugo", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच १० जनवरी २०१३
  8. "La Carriere de Hugo Lloris" (फ्रान्सेलीमा), Ligue de Football Professionnel, मूलबाट १८ डिसेम्बर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ फेब्रुअरी २०१०
  9. "Hugo LLORIS" (फ्रान्सेली भाषा)। ओलाँपिक लियोने। सङ्ग्रह मिति ७ फेब्रुअरी २०१०
  10. Hugo Lloris प्रोफाइल सकरवेमा. Retrieved २ January २०१८.
  11. त्रफिस देस चाम्पियन्स सहित अन्य प्रतियोगिताहरू पनि समावेश छ,

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]