२०१८-१९ युइएफए च्याम्पियन्स लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१८–१९ युइएफए च्याम्पियन्स लिग
प्रतियोगिता विवरण
मितिप्रवेश:
२६ जून – २९ अगष्ट २०१८
मुख्य प्रतियोगिता:
१८ सेप्टेम्बर २०१८ – १ जून २०१९
टोलीहरूमुख्य प्रतियोगिता: ३२
जम्मा: ७९(५४ सङ्गठनहरूबाट)
अन्तिम स्थान
विजेताइङ्ल्यान्ड लिभरपुल[१] (६औँ उपाधि)
उप-विजेताइङ्ल्यान्ड टोटनह्याम हट्सपर
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू१२५
गोल सङ्ख्या३६६ (२.९३ प्रति खेल)
उपस्थिति६,१६३,०४४ (४९,३०४ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)अर्जेन्टिना लियोनेल मेस्सी (१२ गोल)

२०१८–१९ युइएफए च्याम्पियन्स लिग युरोपेली फुटबल महासङ्घले आयोजना गर्ने युरोपको प्रमियर क्लब फुटबल प्रतियोगिताको ६४अौँ संस्करण थियो, र यस प्रतियोगिताको नाम युइएफए च्याम्पियन्स लिगमा परिवर्तन गरेपछिको २७अौँ संस्करण थियो।

प्रतियोगिताको फाइनल खेल स्पेनको राजधानी म्याड्रिडमा अवस्थित वाण्डा मेट्रोपोलिटानोमा लिभरपुलटोटनह्याम बीच आयोजना गरिएको थियो। यो फाइनलमा दुबै अङ्ग्रेजी क्लब पुगेको दोस्रो पटक हो। यस अघि सन २००८ मा दुबै अङ्ग्रेजी क्लब चेल्सीम्यानचेष्टर युनाइटेड फाइनलमा पुगेका थिए जसको खेल मस्कोमा आयोजना गरिएको थियो।[२] लिभरपुलले टोटनह्यालाई २-० गोल अन्तरले पराजित गर्दै २०१८-१९ युइएफए युरोपा लिगको विजेता चेल्सीसँगको खेल २०१९ युइएफए सुपर कपमा पक्का गरेको छ र विजेता क्लब लिभरपुल २०१९ मा कतारमा आयोजना हुने फिफा क्लब विश्वकपको लागि पनि छनोट भएको छ। क्लब २०१९-२० युइएफए च्याम्पियन्स लिगको समूह चरणमा पनि स्वचलित रूपमा छनोट भैसकेको छ।[३]

प्रतियोगितामा पहिलो पटक, भिडियो एसिष्टेण्ट रेफ्री (भिएआर) प्रणाली १६ को चरणबाटै प्रयोगमा ल्याइएको थियो। [४]

अघिल्लो विजेता रियल म्याड्रिडले अघिल्ला ३ वटा उपाधिहरू लगातार हात पारेको थियो तर यस पटक भने क्लब १६ को चरणबाटै एज्याक्ससँग पराजित भएसँगै बाहिरिएको थियो।[५][६]

तथ्याङ्क[सम्पादन गर्नुहोस्]

प्रवेश चरण र प्ले-अफ चरण समावेश छैन।

सर्वाधिक गोलकर्ता[सम्पादन गर्नुहोस्]

पद खेलाडी टोली गोल खेलिएको समय
1 अर्जेन्टिना लियोनेल मेस्सी स्पेन एफसी बार्सिलोना १२ ८३७
पोल्यान्ड रोबर्ट लेवान्डोस्की जर्मनी बायर्न म्युनिख ७१४
अर्जेन्टिना सर्जियो अग्वेरो इङ्ल्यान्ड म्यानचेस्टर सिटी ५१०
पोर्तगाल क्रिस्टियानो रोनाल्डो इटाली युभेण्टस ७४९
माली मौसा मारेगा पोर्तगाल एफसी पोर्तो ८४०
सर्बिया दुसन टाडिच नेदरल्यान्ड एज्याक्स १०८०
7 क्रोएसिया एनद्रेज क्रामारिच जर्मनी १८९९ होफिनहाइम ४८१
अर्जेन्टिना पौलो डाइबाला इटाली युभेण्टस् ५१८
ब्राजिल नेयमार फ्रान्स पेरिस सेन्ट-जर्मेन ५३२
बोस्निया र हर्जगोभिना एडिन जेको इटाली रोमा ५७०
ब्राजिल लुकास मौरा इङ्ल्यान्ड टोटनह्याम हट्स्पर ७२५
इङ्ल्यान्ड ह्यारी केन इङ्ल्यान्ड टोटनह्याम हट्स्पर ७७८
इङ्ल्यान्ड राहिम स्टर्लिङ इङ्ल्यान्ड म्यानचेष्टर सिटी ८७१
इजिप्ट मोहम्मद सलाह इङ्ल्यान्ड लिभरपुल १०५८

स्रोत:[७]

सर्वाधिक गोलगर्नमा सहयोग[सम्पादन गर्नुहोस्]

पद खेलाडी टोली सहयोग खेलिएको मिनेट
1 जर्मनी लिरोय साने इङ्ल्यान्ड म्यानचेष्टर सिटी ३९५
उरुग्वे लुइस स्वारेज स्पेन बार्सिलोना ९००
स्पेन जोर्डि अल्बा स्पेन बार्सिलोना ९९०
सर्बिया दुसन टाडिच नेदरल्यान्ड एज्याक्स १०८०
5 बेल्जियम केभिन डि ब्रोइना इङ्ल्यान्ड म्यानचेष्टर सिटी २४७
अल्जेरिया रियाद महारेज इङ्ल्यान्ड म्यानचेष्टर सिटी ३८८
स्पेन कार्लस सोलर स्पेन भ्यालेन्सिया ३९०
बोस्निया र हर्जगोभिना एडिन जेको ढाँचा:झण्डा चिन्श रोमा ५०७
फ्रान्स किलिएन एम्बाप्पे फ्रान्स पेरिस सेन्ट-जर्मेन ७०१
इङ्ल्यान्ड ट्रेण्ट अलेक्जेण्डर-आर्नल्ड इङ्ल्यान्ड लिभरपुल ९२१

संस्करणका उत्कृष्ट मानिएका खेलाडीहरू[सम्पादन गर्नुहोस्]

जून २, २०१९ मा, युइएफएको प्राविधिक अध्ययन समूहले निम्न उल्लेखित २० खेलाडीहरूलाई संस्करणका उत्कृष्ट खेलाडी मानेका थिए[८]

स्थान खेलाडी टोली
गोलरक्षक जर्मनी मार्क-आन्द्रे टेर स्टिजेन स्पेन बार्सिलोना
ब्राजिल एलिसन बेकर इङ्ल्यान्ड लिभरपुल
रक्षापङ्क्ती इङ्ल्यान्ड ट्रेण्ट अलेक्जेण्डर-आर्नल्ड इङ्ल्यान्ड लिभरपुल
नेदरल्यान्ड Virgil van Dijk इङ्ल्यान्ड Liverpool
स्कटल्यान्ड Andrew Robertson इङ्ल्यान्ड Liverpool
नेदरल्यान्ड Matthijs de Ligt नेदरल्यान्ड Ajax
बेल्जियम Jan Vertonghen इङ्ल्यान्ड Tottenham Hotspur
मध्यपङ्क्ति बेल्जियम Kevin De Bruyne इङ्ल्यान्ड Manchester City
फ्रान्स Moussa Sissoko इङ्ल्यान्ड Tottenham Hotspur
मोरोक्को Hakim Ziyech नेदरल्यान्ड Ajax
नेदरल्यान्ड Frenkie de Jong नेदरल्यान्ड Ajax
फ्रान्स Tanguy Ndombele फ्रान्स Lyon
नेदरल्यान्ड Georginio Wijnaldum इङ्ल्यान्ड Liverpool
ब्राजिल David Neres नेदरल्यान्ड Ajax
इङ्ल्यान्ड Raheem Sterling इङ्ल्यान्ड Manchester City
अग्रपङ्क्ती ब्राजिल Lucas Moura इङ्ल्यान्ड Tottenham Hotspur
सर्बिया Dušan Tadić नेदरल्यान्ड Ajax
अर्जेन्टिना Lionel Messi स्पेन Barcelona
पोर्तगाल Cristiano Ronaldo इटाली Juventus
सेनेगल Sadio Mané इङ्ल्यान्ड Liverpool

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "लिभरपुललाई च्याम्पियन्स लिग उपाधि", हाम्रो खेलकुद, जेष्ठ १९, २०७६, अन्तिम पहुँच जेष्ठ २०, २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-०२ मिति
  2. "२०१९को च्याम्पियन्स लिगको फाइनल म्याड्रिडको स्ट्याडियो मेट्रोपोलिटानोमा हुने भएको छ", युइएफए, २० सेप्टेम्बर २०१७, अन्तिम पहुँच ३ नोभेम्बर २०१८ 
  3. "युइएफए च्याम्पियन्स लिग", युइएफए, २९ मे २०१८। 
  4. "भिएआर प्रणाली १६ को चरणबाटै प्रयोगमा", युइएफए, ३ डिसेम्बर २०१८, अन्तिम पहुँच ३ डिसेम्बर २०१८ 
  5. सिएनएन, मटियास ग्रिज, "एज्याक्ससँगको लज्जास्पद हारसँगै रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ", सिएनएन, अन्तिम पहुँच १४ मार्च २०१९ 
  6. "च्याम्पियन्स लिग: विजेता रियल म्याड्रिड एज्याक्ससँग पराजित", डिएनए इण्डिया, ६ मार्च २०१९, अन्तिम पहुँच १४ मार्च २०१९ 
  7. "तथ्याङ्क — खेल विवरण — खेलाडीहरू — गोलहरू", युइएफए डटकम, युरोपेली फुटबल महासङघ, अन्तिम पहुँच १ जून २०१९ 
  8. "युइएफए च्याम्पियन्स लिग प्रतियोगिताका उत्कृष्ट खेलाडीहरू", युइएफए डटकम, २ जून २०१९। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]