२०१९–२० युएफा च्याम्पियन्स लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् २०१९–२० युइएफए च्याम्पियन्स लिग
लिस्बोन स्थित एस्तादियो दा लुसमा फाइनल खेलको आयोजना हुनेछ।
प्रतियोगिता विवरण
मितिछनोट चरण:
२५ जुन – २८ अगस्त २०१९
प्रतिस्पर्धा:
१७ सेप्टेम्बर २०१९ – २३ अगस्त २०२०
टोलीहरूप्रतिस्पर्धा: ३२
जम्मा: ७९(५४ सङ्गठनहरूबाट)
अन्तिम स्थान
विजेताजर्मनी बायर्न म्युनिख[१] (6औँ उपाधि)
उप-विजेताफ्रान्स पेरिस सेन्ट जर्मेन (पिएसजी)
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू११९
गोल सङ्ख्या३८६ (३.२४ प्रति खेल)
उपस्थिति४,७५८,३९८ (३९,९८७ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)पोल्यान्ड रोबर्ट लेवान्डोस्की
(१५ गोल)
तथ्याङ्कहरू १९ अगस्त २०२० सम्म अद्यावधिक गरिएको छ।


सन् २०१९–२० युइएफए च्याम्पियन्स लिग युरोपेली फुटबल महासङ्घद्वारा आयोजित युरोपका प्रतिष्ठित क्लबको फुटबल प्रतियोगिताको ६५औँ संस्करण हो। यो हालको नाममा नामकरण भएदेखिको २८औँ संस्करण हो।

यसको फाइनल खेल पुर्तुगालको राजधानी लिस्बोन स्थित, एस्तादियो दा लुस नामक रङ्गशालामा आयोजना भएको थियो। सन् २०१९–२०२० युइएफए च्याम्पियन्स लिगको विजेता बायर्नले, सन् २०१९–२०२० युइएफए युरोपा लिगको विजेता सेभियासँग सन् २०१९–२०२० युइएफए सुपरकपमा खेल्न पाएको छ जहाँ विजेता टोलीहरू कतारमा हुने सन् २०२० फिफा क्लब विश्वकपका लागि स्वचालित रूपमा छनोट भएका छन् भने तिनीहरू सन् २०२०-२१ युइएफए च्याम्पियन्स लिगको समूह चरणमा पनि स्वचालित रूपमा छनोट भएका छन्।[२]

क्वार्टर फाइनल पछि कोरोना विषाणु महामारीको प्रभावका कारण खेलहरू १२ देखि २२ अगस्तसम्म लिस्बोन, पुर्तुगालमा (एस्तादियो दा लु र एस्तादियो होसे आल्भालादे) को तटस्थ स्थानहरूमा एकल खेल निष्कासन चरणको रूपमा खेलाइएको थियो।[३]

यसको अभियानलाई अगाडि राख्दै, भिडिओ सहायक निर्णायक प्रणाली दोस्रो चरणको खेल देखि नै प्रयोगमा रहेको थियो। साविक विजेता लिभरपुल र उपविजेता टोटनह्याम दोस्रो चरणमा क्रमशः आत्लेतिको माद्रिद र आरबी लाइपसिकसँग पराजित हुँदै खेलबाट बाहिरिएका थिए। फाइनल खेलमा जर्मनेली क्लब बायर्न म्युनिखले फ्रान्सेली क्लब पिएसजीलाई १-० को गोल अन्तरले हराउँदै उपाधि हात पारेको थियो। बायर्न हार बिहिन सबै खेल जित्दै उपाधि हात पार्ने बायर्न पहिलो युरोपेली क्लब बनेको थियो।[१][४]

कोरोना महामारीको प्रभाव[सम्पादन गर्नुहोस्]

दोस्रो चरण चार हप्तामा खेलिने क्रममा रहेको थियो जहाँ पहिलो उपचरण फेब्रुअरी महिनाको दुई हप्ता र दोस्रो उपचरण मार्च महिनामा खेल्ने पक्का गरिएको थियो। कोरोना महामारीको प्रभावले पहिलो उपचरण अप्रभावित रहेको थियो, तर दोस्रो उपचरण भने यस महामारीको कारण पूर्णरूपमा प्रभावित भएको थियो। खेल तालिकाको पहिलो हप्तामा सबै चार खेलहरू अगाडि सारिएको थियो तथापि, स्पेन र फ्रान्समा महामारीको तीव्रताका कारण भालेन्सिया र पीएसजीको घरेलु खेलहरू बन्द रङ्गशालामा खेलाइएको थियो। १५ मार्चमा, युरोपेली फुटबल महासङ्घले प्रतिस्पर्धा रोक्ने घोषणा गरेको थियो जसको अर्थ बाँकी दोस्रो उपचरणका खेलहरू अनिश्चित कालका लागि स्थगित गरिएको थिए।[५][६] कार्यदलले बाँकी सत्रलाई पुनः समायोजन गर्न आह्वान गरेको थियो। २३ मार्चमा, युरोपेली फुटबल महासङ्घले तुर्कीको स्तानबुल सहर स्थित अततुर्क ओलम्पिक रङ्गशालामा यसको फाइनल खेलको आयोजना गर्ने निर्णयलाई बदलेको घोषणा गरेको थियो र फाइनल खेल उक्त रङ्गशालामा नहुने बताइएको थियो। रङ्गशालमा सन् २०२१ को फाइनल खेल आयोजना गर्ने निर्णय लिइएको थियो।[७][८]

१७ जुनमा, च्याम्पियन्स लिगका बाँकी खेलहरू अगस्त महिनामा पुन: सञ्चालन गरिने घोषणा गरिएको थियो भने यसको फाइनल खेल २३ अगस्तमा हुने बताइएको थियो।[९] यसका बाँकी खेलहरू पुर्तगालमा सम्पन्न हुने निर्णय लिइएको थियो जहाँ चरणका चार खेलहरू पूर्वनिर्धारण गरिएकै स्थानमा खेलाइने बताइएको थियो।[१०] अन्तिमका ८ खेलहरू एक उप प्रतियोगिताको शैलीको रूपमा खेलाइने बाँकी निर्धारण गरिएका प्रतियोगिताहरू पुरानै ढाँचा अन्तर्गत खेलाइने तय भएको थियो। प्रतियोगिताका सबै बाँकी खेलहरू युरोपमा फैलिएको महामारीका बीच मानिसहरूको उपस्थितिको रहित बन्द रङ्गशालामा खेलाइएको थियो।[११]

अन्तिम खेलहरूको लागि स्थान[सम्पादन गर्नुहोस्]

लिस्बोन
२०१९–२० युएफा च्याम्पियन्स लिग is located in लिसबन
एस्तादियो दा लुस
एस्तादियो दा लुस
एस्तादियो होसे आल्भाल्दे
एस्तादियो होसे आल्भाल्दे
लिस्बोनमा रङ्गशालाको अवस्थिति, पुर्तुगाल
लिस्बोन
एस्तादियो दा लुस
(फाइनल)
एस्तादियो होसे आल्भाल्दे
क्षमता: ६४,६४२ क्षमता: ५०,०९५

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "बायर्न म्युनिखलाई च्याम्पियन्स लिग उपाधि"हाम्रो खेलकुद ((नेपाली भाषा)। सङ्ग्रह मिति २४ अगस्ट २०२० 
  2. "VAR to be introduced in 2019/20 UEFA Champions League", युएफा डटकम (युरोपेली फुटबल महासङ्घ), २७ सेप्टेम्बर २०१८, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१८ 
  3. "VAR to be introduced in 2019/20 UEFA Champions League", युएफा डटकम (युरोपेली फुटबल महसङ्घ), २७ सेप्टेम्बर २०१८, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१८ 
  4. "पिएसजीलाई हराउँदै बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि" ((नेपाली भाषा)। सेतोपाटी। सङ्ग्रह मिति २३ अगस्ट २०२० 
  5. "च्याम्पियन्स लिग र युरोपा लिगका सबै खेल स्थगित"मकालु खबर ((नेपाली भाषा)। सङ्ग्रह मिति २३ अगस्ट २०२० 
  6. "च्याम्पियन्स लिग र युरोपा लिगका सबै खेलहरु स्थगित" ((नेपाली भाषा)। खरिबोट। सङ्ग्रह मिति २३ अगस्ट २०२० 
  7. "All of this week's UEFA matches postponed", युरोपेली फुटबल महासङ्घ (युएफा), १५ मार्च २०२०, अन्तिम पहुँच १५ मार्च २०२० 
  8. "UEFA postpones EURO 2020 by 12 months", युरोपेली फुटबल महासङ्घ (युएफा), १७ मार्च २०२०, अन्तिम पहुँच १७ मार्च २०२० 
  9. "युरोपेली च्याम्पियन्स लिग सुरु हुँदै" ((नेपाली भाषा)। आदर्श खबर। सङ्ग्रह मिति २३ अगस्ट २०२० 
  10. "UEFA Club Finals postponed", UEFA.com (Union of European Football Associations), २३ मार्च २०२०, अन्तिम पहुँच २३ मार्च २०२० 
  11. "European finals to be held in Lisbon and Cologne", amp.dw.com 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]