सामग्रीमा जानुहोस्

मोहम्मद सलाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोहम्मद सलाह
मोहम्मद सलाह २०२१ मा लिभरपुलसँग
व्यक्तिगत जानकारी
पुरा नाम मोहम्मद सलाह हामेद धली तह[]
जन्म मिति (1992-06-15) १५ जुन १९९२ (उमेर ३३)[]
जन्म स्थान नाग्रिग, मिश्र[]
उचाइ १.७५ मि[]
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
लिभरपुल
सङ्ख्या ११
युवा करियर
२००४–२००५ इतिहाद बस्युन[]
२००५–२००६ ओथमासन तनका[]
२००६–२०१० एल मक्वालोन
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१०–२०१२ एल मक्वालोन ३८ (११)
२०१२–२०१४ एफसी बाजेल ४७ (९)
२०१४–२०१६ चेल्सी १३ (२)
२०१५ → एसिएफ फ्योरेन्तिना (ऋणमा) १६ (६)
२०१५–२०१६रोमा (ऋणमा) ३४ (१४)
२०१६–२०१७ रोमा ३१ (१५)
२०१७– लिभरपुल ७४ (५४)
अन्तर्राष्ट्रिय करियर
२०१०–२०११ मिश्र २० वर्ष मुनी ११ (३)
२०११–२०१२ मिश्र २३ वर्ष मुनी ११ (४)
२०११– मिश्र ६२ (३९)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १९:४९, १५ सेप्टेम्बर २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २०:२३, ८ सेप्टेम्बर २०१८ (युटिसी)

मोहम्मद सलाह घाली (अरबी: محمد صلاح غالي, अरबी उच्चारण: [मोहामदु सलाह]; ( जन्म १५ जुन १९९२) मिश्रका व्यवसायीक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब लिभरपुलमिश्र राष्ट्रिय फुटबल टोलीको लागि अग्रपङ्क्तिबाट खेल्ने गर्छन्।

सलाहले उनको फुटबल कार्यकाल सन् २०१० मा मिश्र प्रिमियर लिग अन्तर्गतको कायरो स्थित एल मक्वमलोन फुटबल क्लबबाट सुरुवात गरेका थिए।[] त्यसपछिको केही महिना उक्त क्लबमा आफ्नो पदोन्नति गराएपछि उनी बाजेल फुटबल क्लबमा आवद्ध भएका थिए। स्विट्जरल्याण्डको एक क्लबमा पर्दापण गर्दै सलाहले उक्त टोलीलाई उपाधिको विजेता बनाउने महत्त्वपूर्ण भूमिका खेलेका थिए भने उनले उक्त प्रतियोगितामा सुनौलो जुत्ता समेत हात पार्न सफल भएका थिए। सलाहको प्रस्तुतबाट प्रभावित हुँदै उनलाई प्रिमियर लिगको एक क्लब चेल्सीले सन् २०१४ मा ११ मिलियन पाउण्डमा उनलाई उक्त क्लबमा आवद्ध बनाएको थियो। चेल्सीसँग आवद्ध भएको केही महिना पछि उनी इटालीको माथिल्लो श्रेणीको फुटबल लिग सिरी एको क्लब रोमा र पछि फ्लोरेण्टिनामा केही महिनाका लागि ऋणमा आवद्ध भएका थिए। अन्ततः एएस रोमाले उनलाई सन् २०१६ मा सोही क्लबमा आवद्ध गराएको थियो।

एएस र‍ोमामा एक वर्ष आफ्नो फुटबल कार्यकाल अगाडि बढाइसके पछि उनलाई प्रिमियर लिगको क्लब लिभरपुलले सन् २०१७ मा ३६.९ मिलियन पाउण्डमा खरिद गरेको थियो। सलाहले लिभरपुलमा आवद्ध भ‌ैसकेपछि उनले प्रमियर लिगको ३६अौँ संस्करण सम्म कायम भएको कीर्तिमान तोडेका थिए जहाँ उनले ३६ लिग चरणका खेलहरूमा ३२ गोल गर्न सफल भएका थिए भने उनले त्यस लिगमा सुनौलो जुत्ता समेत हात पारेका थिए।

सलाहले प्रमियर लिगमा उत्कृष्ट खेल खेलका कारण उनले थुप्रै पुरस्कार पनि जितेका थिए जसमा पिएफए वर्षको उत्कृष्ट खेलाडी, एफपीए वर्षको उत्कृष्ट फुटबल खेलाडी आदि पुरस्कारहरू समावेश छन्। सन् २०१८ मा सलाह फिफा द्वरा पुरुष खेलाडी अवार्डको तेस्रो स्थानमा पर्न सफल भएका थिए। उनले सन् २०१८-१९ प्रमियर लिग अन्तर्गत सर्वाधिक गोल गर्न सफल खेलाडी पनि बने भने उनले लिभरपुललाई सन् १०१८-१९ च्याम्पियन्स लिगको अन्तिम खेल जिताउन ठूलो भूमिका पनि निर्वाह गरेका थिए।

क्लब कार्यकाल

[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय कार्यकाल

[सम्पादन गर्नुहोस्]

युवा कार्यकाल

[सम्पादन गर्नुहोस्]

सलाहाले सन् २००४ देखि अौपचारिक रूपमा फुटबल खेल्न सुरु गरेका थिए जस अन्तर्गत उनी सन् २००४ मा मिश्रको एक फुटबल क्लब इतिहाद बस्युनसँग आवद्ध भएका थिए भने उनले उक्त क्लबका लागि एक वर्ग फुटबल खेलेका थिए।[] सलाहले मिश्र राष्ट्रिय फुटबल टोली (बीस वर्ष मुनिको)मा ११ उपस्थिति र मिश्र राष्ट्रिय फुटबल टोली (२३ वर्ग मुनिको)मा पनि ११ उपस्थिति जनाएका थिए जहाँ उनले सन् २०११ फिफा यु-२० विश्वकप र सन् २०१२ को ग्रीष्मकालीन ओलम्पिकमा मिश्रको प्रतिनिधित्व गर्दै भाग लिएका थिए।[] सलाहले उक्त प्रतियोगिता अन्तर्गत उत्कृष्ट १६ को चरणमा अर्जेण्टिना विरुद्ध पेनाल्टी गोल गरेका थिए तर उक्त खेलमा मिश्र राष्ट्रिय फुटबल टोलीले २-१ को हार बेहोर्नु परेको थियो।[]

सलाह सन् २०१२ को ग्रीष्मकालीन ओलम्पिकमा मिश्र युवा राष्ट्रिय टोलीको खेलाडीको रूपमा मैदान उत्रिँदै समूह चरणका तीन खेल मध्य तीनै खेलमा गोल गर्न सफल भएका थिए।[१०] उक्त प्रतियोगिता अन्तर्गत सलाहले २६ जुलाई २०१२ का दिन ब्राजिल विरुद्ध दोस्रो गोल गरेका थिए तर उक्त खेल ब्राजिलले ३-२ अङ्कले जितेको थियो।[११] २९ जुलाई २०१९ का दिन सलाहले न्युजिल्याण्ड विरुद्ध एक गोल गर्दै खेललाई बराबरी सम्म पुर्‍याउन सफल भएका थिए। १ अगष्ट २०१२ का दिन मिश्र युवा फुटबल टोलीको सामना बेलारुस विरुद्ध भएको थियो जुन समूह चरढको अन्तिम खेल थियो।[१२] बेलारुसको विरुद्धमा सलाहले मिश्रका लागि पहिलो गोल गर्न सफल भएको थियो भने उक्त खेल मिश्रले ३-१ गोल अन्तरले हात पार्न सफल भएको थियो। ४ अगष्ट २०१२ का दिन मिश्र राष्ट्रिय फुटबल टोली जापान विरुद्धको खेलमा पराजित हुँदै प्रतिस्पर्धाबाटै बाहिरिन पुगेको थियो।[१३]

राष्ट्रिय टोली तथा पदोन्नति

[सम्पादन गर्नुहोस्]

सलाहले ३ सेप्टेम्बर २०११ का दिन मिश्रको राष्ट्रिय फुटबल टोलीबाट वरिष्ठ फुटबल कार्यकालको सुरुवात गरेका थिए जहाँ मिश्र सियरे लियोन विरुद्ध २-१ गोल अन्तरले पराजित भएको थियो।[१४] सलाहले राष्ट्र टोलीबाट उनको व्यक्तिगत पहिले गोल नाइजर विरुद्ध गरेका थिए जुन खेलमा मिश्रले ३-० गोल अन्तरले खेल जित्न सफल भएको थियो जुन खेल ८ अक्टोबर २०११ का दिन २०१२ अफ्रिकी राष्ट्रकपको छनोटका लागि भएको थियो।[१५] १० जुन २०१२ का दिन २०१४ फिफा विश्वकप छनोट खेलमा मिश्रको सामना गिनीसँग भएको थियो जहाँ सलाहले ९३अौँ मिलेटमा गोल गर्न सफल भए भने उक्त खेल मिश्रले ३-२ गोल अन्तरले जित्न सफल भएको थियो।[१६] ९ जुन २०१३ का दिन सलाहले २०१४ फिफा विश्वकप छनोट खेल अन्तर्गत मिश्र विरुद्ध जिम्बाब्वेको खेलमा सलाहले एकै खेलमा तीन गोल गर्न सफल भएका थिए।[१७] उक्त खेलको एक हप्ता पछि सलाहले मोजाम्बिक विरुद्ध एक गोल गरे जसकारण मिश्र राष्ट्रिय फुटबल टोली विश्वकप छनोट खेलको फाइनलमा प्रवेश गरेको थियो।[१८] १० सेप्टेम्बर २०१२ मा दिन सलाहले गिनी विररुद्ध एक गोल गर्न सफल भएका थिए।[१९]

कार्यकाल तथ्याङ्क

[सम्पादन गर्नुहोस्]
अद्यावधिक १ जुन २०१९ सम्मको[२०]
क्लबमा जनाएका उपस्थितिहरू र गोलहरू
क्लब सिजन लिग राष्ट्रिय कप[] लिग कप[] अन्तरमहादेशीय जम्मा
विभागखेलगोलखेलगोलखेलगोलखेलगोलखेलगोल
एल मक्वालोन २००९–१० मिश्री प्रिमियर लिग
२०१०–११ मिश्री प्रिमियर लिग २०२४
२०११–१२ मिश्री प्रिमियर लिग १५१५
जम्मा ३८११४४१२
एफसी बाजेल २०१२–१३ सुइस सुपर कप २९१७५०१०
२०१३–१४ सुइस सुपर लिग १८१०२९१०
जम्मा ४७२६७९२०
चेल्सी २०१३–१४ प्रिमियर लिग १०११
२०१४–१५ प्रिमियर लिग
जम्मा १३१९
एसिएफ फ्लोरिन्टिना (ऋण) २०१४–१५ सिरी ए १६२६
रोमा (ऋण) २०१५–१६ सिरी ए ३४१४४२१५
रोमा २०१६–१७ सिरि ए ३११५४११९
जम्मा ६५२९१५८३३४
लिभरपुल २०१७–१८ प्रिमियर लिग ३६३२१५११५२४४
२०१८–१९ प्रिमियर लिग ३८२२१२५२२७
जम्मा ७४५४२७१६१०४७१
कार्यकाल जम्मा २५३१११२११०७८२७३५१४८
  1. मिश्र कप, सुइस कप, एफ ए कप र कोपा इतालिया सहित
  2. इएफएल कप सहित

अन्तर्राष्ट्रिय

[सम्पादन गर्नुहोस्]
अद्यावधिक १६ नोभेम्बर २०१८ सम्मको[२१]
राष्ट्रिय टोलीका लागि जनाएको उपस्थिति, खेलेको खेल र गरेको गोल
राष्ट्रिय टोलीवर्षखेलगोल
मिश्र २०११
२०१२१५
२०१३
२०१४
२०१५
२०१६
२०१७११
२०१८
जम्मा६२३९

अन्तर्राष्ट्रिय गोलहरू

[सम्पादन गर्नुहोस्]
अद्यावधिक १६ नोभेम्बर २०१८ सम्म सलाहले खेलेका अन्तर्राष्ट्रिय खेलहरू[२१]
मिती, स्थान, उपस्थिति, प्रतियोगी, नतिजा र प्रतिस्पर्धीको आधारमा गरिएको अन्तर्राष्ट्रिय गोलहरू
क्र.स मिती स्थान उपस्थिति विरोधी अङ्क नतिजा प्रतिस्पर्धा सन्दर्भ
८ अक्टोबर २०११कायरो अन्तर्राष्ट्रिय रङ्गशाला, कायरो, मिश्र नाइजर२–०३–०२०१२ अफ्रिकी राष्ट्र कप छनोट[२२]
२७ फेब्रुअरी २०१२थानी बिन जिसम रङ्गशाला, दोहा, कतार केन्या१–०५–०मैत्रीपूर्ण खेल[२३]
२९ मार्च २०१२खार्टुम रङ्गशाला, खारटुम, सुडान युगान्डा१–१२–१[२४]
३१ मार्च २०१२खार्टुम रङ्गशाला, खार्टुम, सुडान चाड१–०४–०[२५]
२२ मे २०१२अल-मेरिख रङ्गशाला, सुडान१० टोगो२–०३–०[२६]
३–०
१० जुन २०१२स्टुड डु २८ सेप्टेम्ब्रे, कोनेक्रि, गिनी१२ गिनी३–२३–२२०१४ फिफा विश्वकप छनोट[२७]
१५ जुन २०१२बोर्ग एल अरब रङ्गशाला, अलेक्जेण्ड्रिया, मिश्र१३ मध्य अफ्रिकी गणतन्त्र२–१२–३२०१३ अफ्रिकी राष्ट्र कप छनोट[२८]
६ फेब्रुअरी २०१३भिसेन्टे काल्डिरोन रङ्गशाला, म्याड्रिड, Spain१८ चिली१–२१–२मैत्रीपूर्ण[२९]
१० 9 जुन 2013राष्ट्रिय खेलकुद रङ्गशाला, हरारे, जिम्बाब्वे२० जिम्बाब्वे२–१४–२२०१४ फिफा विश्वकप छनोट[३०]
११ ३–१
१२ ४–२
१३ १६ जुन २०१३Estádio da Machava, Maputo, Mozambique२१ मोजाम्बिक१–०१–०[३१]
१४ १४ अगष्ट २०१३El Gouna Stadium, El Gouna, Egypt२२ युगान्डा२–0३–०मैत्रीपूर्ण[३२]
१५ १० सेप्टेम्बर २०१३El Gouna Stadium, El Gouna, Egypt२३ गिनी३–२४–२2014 FIFA World Cup qualification[३३]
१६ ५ मार्च २०१४Tivoli-Neu, Innsbruck, Austria27 बोस्निया र हर्जगोभिना2–02–0Friendly[३४]
१७ ३० मे २०१४Estadio Nacional Julio Martínez Prádanos, Santiago, Chile२८ चिली1–0२–३[३५]
18 10 अक्टोबर 2014बोत्स्वाना राष्ट्रिय रङ्गशाला, बोत्स्वाना३२ बोत्स्वाना२–०२–०२०१५ अफ्रिकी राष्ट्रकप[३६]
१९ १५ अक्टोबर २०१४कायरो अन्तर्राष्ट्रिय रङ्गशाला, कायरो, मिश्र३३ बोत्स्वाना२–०२–०[३७]
२० १९ फेब्रुअरी २०१४Stade Mustapha Ben Jannet, Monastir, Tunisia३५ ट्युनिसिया१–०१–२[३८]
२१ १४ जुन २०१५बोर्ग अल अरब रङ्गशाला, अलेक्जेण्ड्रिया, मिश्र३७ तान्जनिया३–०३–०२०१७ अफ्रिकी राष्ट्रकप छनोट[३९]
२२ ६ सेप्टेम्बर २०१५Stade Omnisports Idriss Mahamat Ouya, N'Djamena, Chad३८ चाड३–१५–१[४०]
२३ २५ मार्च २०१६Ahmadu Bello Stadium, Kaduna, नाइजेरिया४० नाइजेरिया१–११–१[४१]
२४ ४ जुन २०१६राष्ट्रिय रङ्गशाला, ताञ्जानिया, Dar es Salaam, ताञ्जानिया४२ तान्जनिया१–०२–०[४२]
२५ २–०
२६ ९ अक्टोबर २०१६Stade Municipal de Kintélé, Brazzaville, Republic of the Congo४४ कङ्गो१–१२–१२०१८ फिफा विश्वकप छनोट[४३]
२७ १३ नोभेम्बर २०१६बोर्ग अल अरब रङ्गशाला, अलेक्जेण्ड्रिया, मिश्र४५ घाना१–०२–०[४४]
२८ २५ जनवरी २०१७Stade de Port-Gentil, Port-Gentil, Gabon४९ घाना१–०१–०२०१७ अफ्रिकी राष्ट्र कप[४५]
२९ १ फेब्रुअरी २०१७Stade de l'Amitié, Libreville, गाबोन५१ बुर्किना फासो1–0१–१ (४–३ (पेनाल्टी)२०१७ अफ्रिकी राष्ट्र कप[४६]
३० ५ सेप्टेम्बर २०१७बोर्ग अल अरब रङ्गशाला, अलेक्जेण्ड्रिया, मिश्र५५ युगान्डा१–०१–०२०१८ फिफा विश्वकप छनोट[४७]
३१ ८ अक्टोबर २०१७बोर्ग अल अरब रङ्गशाला, अलेक्जेण्ड्रिया, मिश्र५६ कङ्गो१–०२–१२०१८ फिफा विश्वकप छनोट[४८]
३२ २–१
३३ २३ मार्च २०१८लेज्जिग्रुण्ड, जुरिच, स्वीट्जरल्याण्ड५७ पोर्तगाल१–०१–२मैत्रीपूर्ण[४९]
३४ १९ जुन २०१८क्रेष्टोभस्काई रङ्गशाला, सेन्ट पिट्सबर्ग, रुस५८ रुस१–३१–३२०१८ फिफा विश्वकप[५०]
३५ २५ जुन २०१८भोलगराड एरिना, रूस५९ साउदी अरब१–०१–२[५१]
३६ ८ सेप्टेम्बर २०१८बोर्ग अल अरब रङ्गशाला, अलेक्जेण्ड्रिया, मिश्र६० नाइजर३–०६–०२०१९ अफ्रिकि राष्ट्र कप[५२]
३७ ५–०
३८ १२ अक्टोबर २०१८अल सलाम रङ्गशाला, कायरो, मिश्र६१ एस्वातिनी४–०४–१[५३]
३९ १६ नोभेम्बर २०१८बोर्ग एल अरब रङ्गशाला, अलेक्जेण्ड्रिया, मिश्र६२ ट्युनिसिया३–२३–२[५४]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. फरहा तफिक (२७ अगस्ट २०१८), "EFA considers Salah’s demands, denies disciplinary committee ‘rumor’", मिश्र स्वतन्त्र।
  2. "मोहम्मद सलाह", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू, अन्तिम पहुँच १ मे २०१८
  3. "मोहम्मद सलाहको मिश्र देखिको विश्वकप सम्मको यात्रा" (अरबीमा), अन्तिम पहुँच ९ अक्टोबर २०१७
  4. "२०१८ फिफा विश्वकप रूस: मिश्रा फुटबल खेलाडीहरू" (पिडिएफ), फिफा, १७ जुन २०१८, पृ: ९। अभिलेखिकरण ६ डिसेम्बर २०१९ वेब्याक मेसिन
  5. 1 2 "लिभरपुल र मिश्र राष्ट्रिय फुटबल टोलीका अग्रपङ्क्ति खेलाडी मोहम्मद सलाहको कहानी", अरब समाचार, अन्तिम पहुँच २९ अगस्ट २०१८
  6. मिश्र, दैनिक समाचार (२०१९), "" एल मक्वालोन""
  7. "Men's Olympic Football Tournament – Previous Tournaments", FIFA, अन्तिम पहुँच २५ अगस्ट २०१८
  8. "FIFA U-20 World Cup Colombia 2011 – Matches – Argentina-Egypt", FIFA, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१८
  9. "Olympic Football Tournament London 2012 – Men | Egypt", FIFA, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१८
  10. Daniel Taylor (२६ जुलाई २०१२), "Olympics 2012: football | Brazil hang on to the three points in the face of Egypt's brave comeback | Brazil 3–2 Egypt", The Guardian, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१८
  11. "Relive Egypt's 1–1 draw with New Zealand (London 2012)", Al-Ahram, २९ जुलाई २०१२, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१८ अभिलेखिकरण ४ अगस्ट २०२० वेब्याक मेसिन
  12. "Olympic Games – Group C | Egypt 3–1 Belarus", Sky Sports, १ अगस्ट २०१२, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१८
  13. Barney Corkhill (४ अगस्ट २०१२), "London 2012 Olympics | Result: Japan 3–0 Egypt", Sports Mole.co.uk, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१८
  14. "Sierra Leone 2–1 Egypt: Pharaohs eliminated from Afcon qualification", Goal.com, अन्तिम पहुँच २५ अगस्ट २०१८
  15. "Egypt 3–0 Niger: The Pharaohs thrash the Mena, who qualify nonetheless", Goal.com, अन्तिम पहुँच २५ अगस्ट २०१८
  16. "WC Africa – Group 7 | Guinea 2–3 Egypt", Sky Sports, १० जुन २०१२, अन्तिम पहुँच २८ जुन २०१८
  17. "Salah stars as Egypt stay on course for World Cup Finals", CNN, ९ जुन २०१३, अन्तिम पहुँच ६ अगस्ट २०१५
  18. "Egypt through to final round of World Cup qualifying", BBC Sport, १६ जुन २०१३, अन्तिम पहुँच ६ अगस्ट २०१५
  19. Hatem Maher (१० सेप्टेम्बर २०१३), "Egypt maintain perfect World Cup qualifying run with 4–2 win", Al-Ahram, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१८
  20. "मोहम्मद सलाह: जानकारी", सकरवे, पर्फोर्म ग्रुप, अन्तिम पहुँच ११ मार्च २०१९
  21. 1 2 "मोहम्मद सलाह", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच २६ डिसेम्बर २०१८
  22. किङ्स्ली कोब (८ अक्टोबर २०११), "मिश्र ३–० नाइजर: अफ्रिकी।राष्ट्र कप छनोट", गोल डटकम, अन्तिम पहुँच २७ जुलाई २०१६
  23. अहमद एल रसल (२७ फेब्रअरी २०१२), "मिश्र विरुद्ध कतार", अल-अहरम, अन्तिम पहुँच २७ जुलाई २०१६
  24. "मिश्र/युगाण्डा: मैत्रीपूर्ण खेलको नतिजा", अल अफ्रिका डटकम, ३० मार्च २०१२, अन्तिम पहुँच २७ जुलाई २०१६
  25. मोहम्मद (१ अप्रिल २०१२), "मैत्रीपूर्ण खेलमा मिश्रले चाडलाई ४-० गोलले हरायो", अल-अहरम, अन्तिम पहुँच २७ जुलाई २०१६
  26. "मिश्र ३-० टोगो", गोल डटकम, २३ मे २०१२, अन्तिम पहुँच २७ जुलाई २०१६
  27. "गिनी २–३ मिश्र", गोल डटकम, १० जुन २०१२, अन्तिम पहुँच २७ जुलाई २०१६
  28. "मिश्र २–३ मध्य अफ्रिकी गणतन्त्र", गोल डटकम, १५ जुन २०१२, अन्तिम पहुँच २७ जुलाई २०१६
  29. हाबिब अल (६ फेब्रअरी २०१३), "Egypt fall to Chile in Madrid", किङफुट, अन्तिम पहुँच २७ जुलाई २०१६
  30. "Egypt thrash Zimbabwe 4–2 to secure 12-point lead", starafrica.com, ९ जुन २०१३, अन्तिम पहुँच २७ जुलाई २०१६
  31. "Egypt qualify for the final World Cup qualifying play-offs after beating Mozambique 1–0", EPFA Egypt.com, १६ जुन २०१३, अन्तिम पहुँच २७ जुलाई २०१६ अभिलेखिकरण २०१६-०८-१९ वेब्याक मेसिन
  32. "Egypt beat Uganda 3–0 as friendly goes ahead despite political upheaval", Al-Ahram, १४ अगस्ट २०१३, अन्तिम पहुँच २७ जुलाई २०१६[स्थायी मृत कडी]
  33. Hatem Maher (१० सेप्टेम्बर २०१३), "Egypt maintain perfect World Cup qualifying run with 4–2 win", Al-Ahram, अन्तिम पहुँच २७ जुलाई २०१६[स्थायी मृत कडी]
  34. Hatem Maher (५ मार्च २०१४), "Egypt give Gharib winning start with 2–0 victory over Bosnia", Al-Ahram, अन्तिम पहुँच २७ जुलाई २०१६
  35. "Egypt fall 3-2 in Santiago to World Cup-bound Chile", किङफुट, ३१ मे २०१४, अन्तिम पहुँच १८ फेब्रुअरी २०१४
  36. Hatem Maher (१० अक्टोबर २०१४), "Egypt revive Nations Cup hopes with 2–0 win in Botswana", Al-Ahram, अन्तिम पहुँच २७ जुलाई २०१६
  37. "Egypt seal double over Botswana in 2015 AFCON qualifying", किङफुट, १५ अक्टोबर २०१४, अन्तिम पहुँच २७ जुलाई २०१६
  38. "RELIVE: Tunisia v Egypt (2015 AFCON qualifiers)", Al-Ahram, १९ नोभेम्बर २०१४, अन्तिम पहुँच २७ जुलाई २०१६
  39. "Salah leads Egypt to 3–0 thrashing of Tanzania", africanfootball.com, १४ जुन २०१५, अन्तिम पहुँच २७ जुलाई २०१६
  40. Omar Zaazou (६ सेप्टेम्बर २०१५), "Morsi hat-trick helps Egypt thump Chad 5–1 away from home", Al-Ahram, अन्तिम पहुँच २७ जुलाई २०१६
  41. "Afcon 2017: Salah scores late leveller for Egypt against Nigeria", BBC Sport, २५ मार्च २०१६, अन्तिम पहुँच २७ जुलाई २०१६
  42. Khaled Ali (४ जुन २०१६), "Salah brace against Tanzania seals AFCON comeback", KingFut, अन्तिम पहुँच २७ जुन २०१६
  43. "Egypt earn comeback win at Congo to lead World Cup qualifying group", Al-Ahram, ९ अक्टोबर २०१६, अन्तिम पहुँच ९ अक्टोबर २०१६
  44. "Egypt 2 Ghana 0: Salah, Said put Black Stars in trouble", Yahoo Sports, १३ नोभेम्बर २०१६, अन्तिम पहुँच १३ नोभेम्बर २०१६ अभिलेखिकरण २०१६-११-१४ वेब्याक मेसिन
  45. "Egypt v Ghana: AFCON 2017 – as it happened", The Guardian, २५ जनवरी २०१७, अन्तिम पहुँच २५ जनवरी २०१७
  46. "Burkina Faso 1–1 Egypt (3–4 pens): AFCON 2017 semi-final – as it happened", द गार्डियन, १ फेब्रुअरी २०१७, अन्तिम पहुँच १ फेब्रुअरी २०१७
  47. "2018 World Cup: Egypt leapfrog Uganda at top of Group E", बिबिसी खेलकुद, ५ सेप्टेम्बर २०१७, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१७
  48. "Liverpool star Mo Salah sends Egypt to Russia 2018 with winner in fifth minute of added time against Congo", डेली मिरर, ८ अक्टोबर २०१७, अन्तिम पहुँच ८ अक्टोबर २०१७
  49. "Salah goal spoiled by Ronaldo double as Portugal earn 2–1 win over brave Egypt", Al-Ahram, ५ सेप्टेम्बर २०१७, अन्तिम पहुँच २३ मार्च २०१८
  50. एमी लरेन्स (१९ जुन २०१८), "मोहम्मद सलाहको गोल", द गार्डियन, अन्तिम पहुँच १८ फेब्रअरी २०१९
  51. मोहमद खलिद (२५ जुन २०१८), "मिश्रले साउदी अरबलाई पराजित गर्‍यो", किङफुट, अन्तिम पहुँच १८ फेब्रअरी २०१९
  52. लुक म्याकब्रिड (८ सेप्टेम्बर २०१८), "मिश्रले नाइजरलाई ६ का विरुद्ध ० गोल अन्तरले पराजित गर्‍यो", फिङफुट, अन्तिम पहुँच १८ फेब्रअरी २०१९
  53. मोहमद खलिद (१२ अक्टोबर २०१८), "मिश्रको जित", किङफुट, अन्तिम पहुँच १८ फेब्रअरी २०१९
  54. अली स्माइल (१६ नोभेम्बर २०१८), "मिश्रले ट्युनिसियालाई हरायो", किङफट, अन्तिम पहुँच १८ फेब्रअरी २०१९

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]