सामग्रीमा जानुहोस्

ओलिभिए जिरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ओलिभिए जिरू
सन् २०१८ को फिफा विश्वकपमा जिरू राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै
व्यक्तिगत जानकारी
पुरा नाम ओलिभिए जोनातँ जिरू[]
जन्म मिति (1986-09-30) ३० सेप्टेम्बर १९८६ (उमेर ३९)[]
जन्म स्थान सँबेरी, फ्रान्स
उचाइ १.९३ मी[]
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
एसी मिलान
सङ्ख्या
युवा करियर
१९९२–१९९९ फ्रगेस
१९९९–२००५ ग्रनोब्ल फुत ३८
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००५–२००८ ग्रनोब्ल फुत ३८ २३ (२अा)
२००७–२००८ → इस्त्र (ऋण) २२ (१४)
२००८–२०१० तुर ४४ (२४)
२०१०–२०१२ मोन्तपेलिए ७३ (३३)
२०१० → तुर (ऋण) १७ (६)
२०१२–२०१८ आर्सनल १८० (७३)
२०१८–२०२१ चेल्सी ७५ (१७)
२०२१- एसी मिलान (४)
अन्तर्राष्ट्रिय करियर
२०११– फ्रान्स ११० (४६)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १९:०४, २६ सेप्टेम्बर २०२० (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २०:५८, ११ अक्टोबर २०२० (युटिसी)

ओलिभिए जिरू (फ्रान्सेली: ɔlivje ʒiʁu); जन्म ३० सेप्टेम्बर १९८६ एक फ्रान्सेली व्यावसायिक फुटबल खेलाडी हुन् । उनी क्लब एसी मिलानफ्रान्स राष्ट्रिय फुटबल टिमको लागि खेल्ने गर्दछन् । उनी अग्रपङ्क्तिको रूपमा मैदानमा उत्रने गर्दछन् ।

सन् २००८ मा तुर फुटबल क्लबमा सम्मिलित हुनुभन्दा अगावै उनले लिग २ खेल्ने क्लब, ग्रनोब्लेबाटआफ्नो आधिकारिक फुटबल कार्यकाल शुरू गरेका थिए । तुरमा आवद्ध रहेकै समय उनले आफ्नो दोस्रो संस्करणमा २१ गोलका साथ सर्वाधिक गोलकर्ता बनेका थिए । जसको फलस्वरूप उनी फ्रान्सको सबभन्दा माथिल्लो श्रेणीको फुटबल लिग, लिग अँ को फुटबल क्लब मोन्टेपिलरमा आवद्ध हुने मौका पाए । जिरू सन् २०१० मा अङ्ग्रेजी प्रिमियर लिगको फुटबल क्लब आर्सनलमा आवद्ध हुनु अघि, लिग अँ को संस्करण २०११-२०१२ मा २१ गोलका साथ पुन सर्वाधिक गोलकर्ता बने, जसले गर्दा उनले खेल्ने क्लब मोन्टेपिलरले आफ्नो पहिलो लिग अँ को उपाधि हात पारेको थियो । जिरूले सन् २०१४, २०१५ र २०१७ को एफए कप आर्सनलबाट जितेका थिए । आर्सनल क्लबबाट उनले कुल २५३ खेल खेलेर जम्मा १०५ गोल गरेका थिए । सन् २०१८ जनवरीमा १८ महिनाको सम्झौतामा जिरू आर्सनल क्लबबाट चेल्सीका लागि ऋणमा आवद्ध भएका थिए ।

सन् २०११ देखि उनी फ्रान्सका लागि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सहभागी हुँदै आइरहेका छन् । उनले फ्रान्स राष्ट्रिय फुटबल टिमका लागि ८० भन्दा बढी उपस्थिति जनाइसकेका छन् भने ३० भन्दा बढी गोल समेत गरिसकेका छन् । युइएफए युरो २०१२२०१४ फिफा विश्वकपमा क्वार्टर-फाइनलमा पुग्ने फ्रान्स फुटबल टोलीका एक महत्त्वपूर्ण सदस्यका रूपमा उनले आफुलाई उभ्याएका थिए । युइएफए युरो २०१६ मा फ्रान्सेली टिम फाइनलसम्म पुगेर दोस्रो हुदाँ उनको भूमिका निकै प्रसंशानीय रहन पुग्यो साथै उनी प्रतियोगिताको दोस्रो सर्वाधिक गोलकर्ता बनेर ब्रोन्ज बुट प्राप्त गर्न सफल भए । फ्रान्स राष्ट्रिय फुटबल टिमले २०१८ फिफा विश्वकपको उपाधि हात पार्दा समेत उनको भूमिका महत्त्वपूर्ण रहेको थियो ।

जिरूको जन्म सन् १९८६ सेप्टेम्बर ३० फ्रान्सको चामबेरीमा भएको थियो र उनी ग्रनोब्लेमा हुर्केका थिए । जिरू आफ्ना दुवै हजुरआमाको तर्फबाट इटालियन मुलका हुन् ।[][] जिरूले आफ्नो फुटबल जीवनको सुरुवात आफ्नै गृहनगरको क्लबमा खेल्दै गरेका थिए । उनले ६ वर्षको फुटबल प्रशिक्षण पछि १३ वर्षको उमेरमा व्यावसायिक फुटबल खेल्नका लागि ग्रनोब्ले फुटबल क्लबमा आवद्ध भएका थिए ।

क्लब कार्यकाल

[सम्पादन गर्नुहोस्]

२१ वर्षको उमेरमा पहिलो व्यावसायिक क्लबमा आवद्ध हुनु अघि जिरूले ५ वर्ष ग्रनोब्ले युथ एकेडेमीमा प्रशिक्षण लिएका थिए । खेलाडीको रूपमा व्यावसायिक फुटबल क्लबसँग अनुबन्धनले उनको खेल विकासमा एक महत्त्वपूर्ण भाग भएको कुरा उनले पछि स्वीकारेका थिए । त्यसै समय उनले 'यसले मेरो पहिलो व्यावसायिक सम्झौतामा मेरो क्षमताको बारेमा जानकारी गराउन मद्दत गर्नेछ' भन्ने कुरा बताएका थिए ।[] २००५-०६ को संस्करण पछि उनलाई क्लबको सुरक्षित टिममा राखिएको थियो जसले फ्रान्सको पाँचौ तहको लिग खेलिरहेको थियो । जिरूले सो लिगमा खेलेका १५ खेलहरूमा १५ गोल गर्दै टोलीमा एक महत्त्वपूर्ण खेलाडीको रूपमा आफुलाई स्थापित गरेका थिए ।[] उनको स्थायी प्रदर्शनले गर्दा टिमको नयाँ प्रबन्धक पेटन प्युलेक्वेन र निकोला माल्ग्रीले उनलाई वरिष्ठ टिमको लागि पदोन्नति गरी २२ नम्बरको जर्सी प्रदान गरेका थिए । सन् २००७ फेब्रुअरी २६ मा, जिरूले फ्रान्सेली फुटबल क्लब ले हाब्रे विरुद्ध अतिरिक्त समयमा आफ्नो पहिलो व्यावसायिक गोल गर्दै टिमलाई विजयी बनाएका थिए ।[]

इस्त्र एफसी (ऋणमा)

[सम्पादन गर्नुहोस्]

केही खेलकुद समय कमाउने प्रयासमा जिरूले सन् २००७-०८ संस्करणमा इस्त्र एफसीको लागि ऋणमा आवद्ध भए । उनले आफ्नो विकास एक स्ट्राइकरको रूपमा जारी राखे र उनको दोस्रो खेलमा क्लबको साथमा लेवललाई २-१ ले पराजित गरे ।[] त्यसको दई हप्ता पछि, जिरूले भेनेस र क्रिटेल विरुद्ध गोल गरे ।[१०][११] उनले अर्लस-एभिगनन विरुद्ध दुई गोल गरे जुन खेल २-० को गोल अन्तरमा समाप्त भएको थियोे[१२] र त्यसको १५ दिन पछि, जिरूले पाउ फुटबल क्लबको बिरुद्धमा फेरि दुई गोल गरे र यो समयमा ३-२ को गोल अन्तरले इस्त्र फुटबल क्लब खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।[१३] उनले इस्त्रको लागि १४ गोल गरेका थिए ।

जिरू २०१० मा तुरको लागि खेल्दै ।

सन् २८ मे २००८ मा जिरूले लिग २ को क्लब तुरको लागि ३ वर्षको सम्भैता गरे । उनेलाई १२ नम्बरको जर्सि दिईयो र चोटको कारण तुरका आवद्ध भएको ५ महिना पझि उनले सन् २००८ सेप्टेम्बर ३ मा आफ्नो पहिलो खेल खेले । उनको टर्सबाट रहेको पहिलो खेलमा तुरले बोलग्नेलाई कोप्ले डी ला लिगमा २-१ गोल अन्तरले हराएको थियो । त्यसको एक महिना पछि, उनले क्लबको लागि आफ्नो पहिलो गोल गरेका थिए । उनले तुर क्लबको लागि आफ्नो क्लब कार्यकाल भरी जम्मा २४ गोल गरेका छन् ।

जिरू आधिकारिक रूपमा सन् १ जुलाई २०१० मा मोन्टपेलीयर क्लबमा आबद्ध भएका थिए । उनी सँगै २९ जुलाई मा मन्टपेलीयरको यूईएफई युरोपपा लीगको तेस्रो क्वालिफिकेसनमा हङ्गेरिया क्लब ग्यारीय ईटीओको पहिलो चरणमा उनको क्लब र युरोपेली क्लबको खेल भएको थियो । खेलमा, जिरूले पहिलो खेलको पहिलो हापमा क्लबको लागि पहिलो गोल गरेका थिए ।[१४]

२०१२–१३ संस्करण

[सम्पादन गर्नुहोस्]
जिरू अर्सनलको लागि खेल्दै ।

जिरूले सन् २०१२ जुन २६ मा आर्सनल फुटबल क्लबको लागि आबद्ध भएका थिए । उनलाई ९.६ युरोमा आर्सनल क्लबले खरिद गरेको थियो[१५] साथै क्लबले उनलाई १२ नम्बरको जर्सी दिएको थियो ।[१६] आर्सनलका लागि उनले आफ्नो पहिलो खेल १८ अगस्ट, २०१२ मा खेलेका थिए । उनले आर्सनल क्लबका लागि आफ्नो पहिलो गोल भने २६ सेप्टेम्बरमा गरेका थिए । उनको पहिलो प्रिमियर लिग गोल सन् ६ अक्टोबरमा गरेका थिए, वेस्ट ह्याम युनाडटेड विरुद्ध जीरूले पहिलो प्रिमियर लिग गोल गरेका थिए ।[१७]

२०१३–१४ संस्करण

[सम्पादन गर्नुहोस्]
मेसुट ओजल र जिरू २०१३ मा

जिरूले एस्टन भिल्ला विरुद्ध २०१३-१४ प्रिमियर लिग संस्करणको उद्घाटन खेलमा गोल गरेका थिए,[१८] तर उनको क्लब आर्सनलले भने उक्त खेलमा ३-१ को हार बेहोर्नु परेको थियो । १ सेप्टेम्बरमा, उत्तर लन्डनकोमा टोटन्ह्याम हटस्पर विरुद्धको खेलमा उनको मात्र गोल रहेको थियो ।[१९] २६ अक्टोबरमा, आर्सनलले क्रिस्टल प्यालेसलाई २-० को गोल अन्तरले पराजित गर्दा जिरूले संस्करणको दोस्रो गोल गरेका गिए, जो प्रीमियर लिगको शीर्ष स्थानमा आर्सनललाई राख्नका निम्ति सफल साबित भएको खेल थियो । त्यसको लगभग एक महिना पछि आर्सनलले साउथ ह्यामटनलाई २-० गोल अन्तरले पराजित गर्दा जिरूले महत्त्वपूर्ण दुबै दुई गोल गरेका थिए ।

२०१४–१५ संस्करण

[सम्पादन गर्नुहोस्]

२०१४ एफए कम्युनिटी शिल्ड को खेलमा म्यान्चेस्टर सिटी विरुद्ध आर्सनलले ३-० को जित दर्ता गर्दा जिरूले तेस्रो गोल गरेका थिए । सन् ३० सेप्टेम्बर २०१४ उनको २८ औँ जन्मदिनका दिन, जिरूले आर्सनलमा पुन नयाँ अनुबन्धन हस्ताक्षर गरे, उनले २०१८ सम्म क्लबमा रहने गरी £ ८०,००० सम्म आफ्नो साप्ताहिक ज्याला बढाएर सम्झौता गरेका थिए ।

२०१५–१६ संस्करण

[सम्पादन गर्नुहोस्]

जिरूले ओजिलको पासको सदुपयोग गर्दै क्रिस्टल प्यालेसको बिरुद्ध आर्सनलको लागि संस्करणको पहिलो गोल गरेका थिए । सन् २०१६ मे ८ मा जिरूले म्यानचेस्टर सिटीको बिरुद्ध गोल गरेका थिए तर त्यो खेल २-२ गोलमा समाप्त भएको थियो । एक हप्ता पछि २०१५-१६ संस्करणको अन्तिम खेलमा जिरूले एस्टन भिल्ला विरुद्ध ह्याटि्रक परा गरेका थिए, प्रिमियर लिगको संस्करण २०१५-१६ मा उनले १६ गोल गरेका थिए ।

२०१६-२०१७ संस्करण

[सम्पादन गर्नुहोस्]

२०१६-२०१७ प्रिमियर लिग संस्करणमा जिरूले आर्सनलको पहिलो नौ खेलहरूमा मात्र तीन पटक खेलेका थिए । सन् २९ अक्टोबर २०१६ का दिन प्रिमियर लिग को म्याच डेडमा १० औँ खेलको मा ६९ औँ मिनेटमा मैदान प्रवेश गरेका जिरूले उक्त खेलमा २ गोल गरेका थिए । सन्डरल्याण्ड विरूद्वको उक्त खेलमा आर्सनल ४-१ गोल अन्तरले विजयी हुन सफल भएको थियो ।

सन् २०१७ सेप्टेम्बर २८ मा जिरूले आर्सनल क्लबको लागि १०० गोल पुरा गर्न सफल भएका थिए ।

जिरू (बायाँ) फेब्रुअरी २०१८ मा चेल्सीको तर्फबाट

सन् ३१ जनवरी २०१८ मा, जिरूले अज्ञात शुल्कको लागि चेल्सीसँग १८ महिना सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।[२०] उनले प्रिमियर लिग शुरु भएको ५ दिन पछि चेल्सीका लागि पहिलो खेल वाटफोर्डको बिरुद्धमा खेलेका थिए । जहाँ उनी पेड्रोको स्थानमा ६४ औँ मिनेटमा आएका थिए । यद्यपि, परिणाम ४-१ को गोल अन्तरमा वाटफोर्डले जितेको थियोे । उनले एफए कपमा चेल्सीको तर्फबाट पहिलो गोल हल सिटीको बिरुद्धमा गरेका थिए जसमा चेल्सी ४-० को गृह जित हात पारेको थियोे ।[२१] । १३ फेब्रुअरी मा जिरूले चेल्सीका लागि आफ्नो पहिलो खेल खेलेका थिए । उक्त खेलमा एडन हजर्डको सहायतामा क्लब ३-० गोल अन्तरले विजयी भएको थियो ।[२२]

सन् ८ नोभेम्बर २०१८ मा, जिरूले संस्करणको आफ्नो पहिलो गोल गर्न सफल भएका थिए । उनले २०१८-१९ युइएफए युरोपा लिग समूह चरण अन्तरर्गतको चौथो खेल मा बिएटीई बोरीसोभ विरूद्धको खेलमा गोल गरेका थिए । उक्त खेल पछि चेल्सी उक्त प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको थियो ।[२३] यस्तै २४ नोभेम्बरमा जीरूले प्रिमियर लिगमा पनि टोटनह्याम हस्टपर विरूद्ध पहिलो गोल गरेका थिए । उक्त खेलमा भने चेल्सी टोटनह्याम सँग ३-१ गोल अन्तरले पराजित भएको थियो ।[२४]

अन्तर्राष्ट्रिय कार्यकाल

[सम्पादन गर्नुहोस्]
२२ मार्च २०१३ मा जिरू फ्रान्सबाट जर्जिजको विरुद्धमा खेल्दै

फ्रान्सेली राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्नु भन्दा पहिले जिरूले राष्ट्रिय युवा टोलीको साथ कुनै पनि उपस्थिती जनाएका थिएनन् । सन् २००१ मा उनलाई राष्ट्रिय यू-१६ टोलीको प्रतिनिधित्व गर्नका लागि तालिम कार्यशालामा बोलाइएको थियो तर युवा टोलीमा बरिस्ठ युवा खेलाडी योहान कबाय र यान गार्कुफ थिए भने टोलीको प्रशिक्षकको रूपमा पेरी मेनकवास्की रहेका थिए । त्यसैले पनि उनले उक्त टोलीमा स्थान बनाउन सफल भएका थिएनन् ।[२५] त्यस कार्यशाला पछि जिरूले २००१-०२ को संस्करण अन्तरालमा पनि खेल्ने मैका पाएका थिएनन् ।

सन् ३ नोभेम्बर २०११ का दिन घरेलु टोली मोन्टेपिलरमा जिरूको प्रस्तुति देखेर राष्ट्रिय टोलीका प्रशिक्षक लरेन्ट ब्याङ्कले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जिरूको नाम खेलाडीको सुचिमा राखेका थिए ।[२६][२७] जिरूले उनको पहिलो अन्तर्राष्ट्रिय खेल सन् ११ नोभेम्बर २०११ मा अमेरिकाको विरुद्धमा खेलेका थिए भने सन् १५ नोभेम्बर २०११ मा बेल्जियमको विरुद्धमा खेलेका थिए । जिरूले उनको पहिलो अन्तर्राष्ट्रिय खेलमा राष्ट्रको प्रतिनिधित्व गर्न पाउँदा आफ्नो बाल्य अवस्थाको सपना पूरा भएको छ भनेर सञ्चार माध्यमहरूलाई भनेका थिए । उनिले फ्रान्स राष्ट्रिय टिमबाट पहिलो पटक अमेरिकाका विरुद्ध अन्तर्राष्ट्रिय खेल खेलेका थिए । जहाँ उनी अतिरिक्त खेलाडिको रूपमा मैदान प्रवेश गरेका थिए । त्यो खेल फ्रान्सले १-० गोल अन्तरले जितेको थियो । जिरूले बेल्जियमका विरुद्ध पनि दोस्रो अन्तर्राष्ट्रिय खेल खेलेका थिए तर खेल गोल रहित समाप्त भएको थियो । सन् २९ फेब्रुअरी २०१२ का दिन जिरूले जर्मनीको विरुद्ध उनको पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए जुन खेल २-१ गोल अन्तरमा फ्रान्सले जितेको थियो । त्यस खेलको ३ महिना पछि उनलाई युइएफए युरो २०१२ को फ्रान्सेली फुटबल टिमको अन्तिम खेलाडिहरूको सुचिमा समावेश गरिएको थियो । त्यस घोषणाको दुई दिन अघि जिरूले आइसल्यान्डका विरुद्ध गोल गर्नमा २ सहायता गरेका थिए । [२८]

सन् १६ अक्टोबर, २०१२ मा २०१४ फिफा विश्वकप छनौट खेलमा जिरूले स्पेनका विरुद्ध गोल गर्दै खेललाई १-१ को बराबरीमा पुराएका थिए ।[२९] त्यस खेलमा उनी अतिरिक्त खेलाडिको रूपमा ८८ ‌औं मिनेटमा मैदान भित्र्यिका थिए । उनले स्पेनको विरुद्धमा गरेका गोलका कारणले र आर्सनलमा देखाएको प्रस्तुतिले उनलाई र उनको आर्सनलका खेलाडी साथी लरेन्ट कोसिल्नीलाई १४ नोभेम्बरमा इटालीका विरुद्धमा खेल्नका लागि डाकिएको थियो । [३०] त्यस खेलमा जिरूले निकै थोरै गोल गर्ने मौका पाएका थिए र उनलाई अर्का अतिरिक्त खेलाडीसँग साटिएको थियो । सन् ११ अक्टोबर २०११ का दिन जिरूले अष्ट्रेलियाका विरुद्ध २ गोल गर्दै खेलका उत्कृष्ट खेलाडि घोषित भएका थिए जुन खेलमा फ्रान्सले अष्ट्रेलियालाई ६-० गोल अन्तरले हराएको थियो । [३१]

जिरू २०१८ फिफा विश्वकपमा राफाएल भरानका साथमा

सन् १३ मे २०१४ मा जिरूलाई २०१४ फिफा विश्वकपमा खेल्ने अन्तिम खेलाडीको सुचिमा सुचिकृत गरियो । उनले खेलको पहिलो खेलमा उनी एक अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए जुन खल फ्रान्सले होन्डुरसको विरुद्धमा खेलको थियो । जिरूलाई त्यो खेल पछि फ्रान्सका पशिक्षकले स्विट्जरल्याण्ड विरुद्धमा प्रमुख खेलाडीको रूपमा राखेको थियो । त्यस खेलमा जिरूले १७ ‌औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यो गोल उनको व्यक्तिगत पहिलो विश्वकप गोल र १०० औँ अन्तर्राष्ट्रिय खेल थियो ।

सन् १० जुन, २०१६ मा युइएफए युरो २०१६ को पहिलो खेलमा फ्रान्सले रोमानीयालाई २-१ गोल अन्तरले जितेको थियो । जिरूले यस खेलमा फ्रान्सको लागि शुरु देखि अन्तिमसम्म खेल्ने खेलाडीको रूपमा ५० औँ उपस्थिति जनाएका थिए । फ्रान्सको अर्को खेलमा जिरूले ५७ औँ मिनेटमा हेडिङ गर्दै टोलीलाई अग्रता दिलाएका थिए । जिरूले क्वाटरफाइनल खेलमा पनि १ गोल गर्न सफल भएका थिए, जुन खेलमा फ्रान्सले आइसल्यान्ड विरुद्ध ५-१ गोल अन्तरले विजय हाँसिल गरेको थियो । युइएफए युरो २०१६ को फाइनल खेलमा फ्रान्स राष्ट्रिय टोली पोर्चुगलसँग हार्न पुगेको थियो । पूर्ण प्रतियोगिताको नतिजा आएपछि जिरू प्रतियोगिताकै सबैभन्दा धेरै गोल गर्ने खेलाडीको दोस्रो स्थानमा परेका थिए जहाँ उनले ३ गोल र २ सहायता गरेका थिए र उनले काश्य जुत्ता पनि जितेका थिए ।

खेल्ने तरिका

[सम्पादन गर्नुहोस्]

जिरू धेरै आक्रमणकारी पदहरूमा खेल्ने क्षमता राख्छन्, तर सामान्यतया उनी एक अग्रपङ्क्ति वा केन्द्रिय अग्रपङ्क्तिको रूपमा खेल्ने गरेका छन् तथा उनी कहिले काँही एक दृतिय अग्रपङ्क्तिको रूपमा पनि खेलेको पाईन्छ । उनलाई कडाँ र दमदार स्ट्राइको रूपमा लिन सकिन्छ ।[३२][३३] उनी सामन्यतया अगाडि बढ्दै रक्षापङ्क्तिका खेलाडीहरूलाई भ्रममा पार्न माहिर छन् ।[३४]

फुटबल बाहिर

[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन

[सम्पादन गर्नुहोस्]
जिरू मे २०१५ मा

जिरूको एउटा सानो भाइ छन् रोमेन, उनी पनि एक फुटबल खेलाडी हुन् । उनी लिग २ को फुटबल क्लब एक्सर एकेडेमीबाट खेल्दछन् र फ्रान्स राष्ट्रिय फुटबल टिमका लागि १५ वर्ष भन्दा कम वा १७ वर्ष भन्दा कम उमेरका खेलाडीको प्रतिनिधित्व गर्दछन् ।

जिरूले सन् २०११ मा जेनिफरसँग विवाह गरे ।[३५] उनीहरूको छोरी जेड १८ जून २०१३ मा जन्मिएकी थिइन् । जिरू एक रोमन क्याथोलिक हुन् र उनको दाहिने हातमा ट्याटू रहेको छ । फेब्रुअरी २०१४ मा, जिरूले मोडल सेलीया केसँग मीलि आफ्नी श्रीमतीलाई धोका दिएका थिए । यो घटना पछि, जिरूले आफ्नी श्रीमतीसँग उनलाई व्यभिचार नगरेकोमा माफी मागेका थिए ।

खेलजीवन तथ्याङ्क

[सम्पादन गर्नुहोस्]
अद्यावधिक २९ सेप्टेम्बर २०२०[३६][३७][३८]
क्लबका लागि जनाएको उपस्थिति तथा गरेका गोलहरू
क्लब संस्करण लिग राष्ट्रिय कप[] लिग कप[] युरोप[] अन्य[] जम्मा
विभाग उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल
ग्रनोब्ल २००५–०६ लिग २
२००६–०७ लिग २ १७१९
जम्मा २३२५
इस्त्र (ऋण) २००७–०८ सम्पिओँना नास्सिओनाल ३३१४३४१४
तुर २००८–०९ लिग २ २३२६१३
२००९–१० लिग २ ३८२१४१२३
जम्मा ६१३०६७३६
मोन्तपेलिए २०१०–११ लिग अँ ३७१२४३१४
२०११–१२ लिग अँ ३६२१४२२५
जम्मा ७३३३८५३९
आर्सनल २०१२–१३ प्रिमियर लिग ३४११४७१७
२०१३–१४ प्रिमियर लिग ३६१६५१२२
२०१४–१५ प्रिमियर लिग २७१४३६१९
२०१५–१६ प्रिमियर लिग ३८१६५३२४
२०१६–१७ प्रिमियर लिग २९१२४०१६
२०१७–१८ प्रिमियर लिग १६२६
जम्मा १८०७३२३१३३८१६२५३१०५
चेल्सी २०१७–१८ प्रिमियर लिग १३१८
२०१८–१९ प्रिमियर लिग २७१४११४५१३
२०१९–२० प्रिमियर लिग १८२५१०
२०२०–२१ प्रिमियर लिग
जम्मा ५९१३१८११९१२९
कुल ४२९१६५४०२२२४५८२८५५५२२५
  1. कुपे दे फ्रँस, एफए कप सहित
  2. कुपे दे ला लिग र इएफएल कप सहित
  3. युएफा च्याम्पियन्स लिग र युएफा युरोपा लिग सहित
  4. एफए कम्युनिटी सिल्ड र युएफा सुपर कप सहित

अन्तर्राष्ट्रिय

[सम्पादन गर्नुहोस्]
अद्यावधिक ११ अक्टोबर २०२०[३९]
राष्ट्रिय टोलीका लागि जनाएबो उपस्थितिहरूमा गरेका गोलहरू
राष्ट्रिय टोलीवर्षउपस्थितिगोल
फ्रान्स सन् २०११
सन् २०१२१२
सन् २०१३१२
सन् २०१४
सन् २०१५१०
सन् २०१६१४
सन् २०१७१०
सन् २०१८१८
सन् २०१९१०
सन् २०२०
जम्मा१०१४२

अन्तर्राष्ट्रिय गोलहरू

[सम्पादन गर्नुहोस्]
२५ मार्च २०१९ का अनुसार[४०]
मितिका अनुसार अन्तर्राष्ट्रिय गोलहरू, स्थान, उपस्थिती, प्रतिशपर्धी, अङ्क, नतिजा
न. मिति स्थान उपस्थिती प्रतिशपर्धी अङ्क नतिजा प्रतिशपर्धा
२९ फेब्रुअरी २०१२वेसरस्टेडन, ब्रिमेन, जर्मनी जर्मनी१–०२–१मैत्रीपुर्ण खेल
१६ अक्टोबर २०१२भिसेन्ट रङ्गशाला म्याड्रिड, स्पेन१३ स्पेन१–११–१२०१४ फिफा विश्वकप छनौट
२२ मार्च २०१३स्टेट डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स१६ जर्जिया१–०३–१
११ अक्टोबर २०१३पार्क डेस प्रिन्सेस, पेरिस, फ्रान्स२३ अस्ट्रेलिया२–०
६–०
मैत्रीपुर्ण खेल
३–०
२७ मे २०१४स्टेट डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स२८ नर्वे२–०
४–०
४–०
८ जुन २०१४स्टेड पेरि, फ्रान्स३० जमैका४–०८–०
२० जुन २०१४इटिपाभ एरिना, साल्भाडोर, ब्राजिल३२ स्विट्जरल्यान्ड१–०५–२२०१४ फिफा विश्वकप
१० २९ मार्च २०१५स्टेट गिचार्ड, सेन्ट-इटिना, फ्रान्स३७ डेनमार्क२–०२–०मैत्रीपूर्ण अेल
११ ११ अक्टोबर २०१५पार्केन स्टेडन, कोपनहेगन, डेन्मार्क४३ डेनमार्क१–०
२–१
१२ २–०
१३ १३ नोभेम्बर २०१५स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स४४ जर्मनी१–०२–०
१४ २५ मार्च २०१६आम्स्टरडम एरिना, आमस्टरडम, नेदरल्यान्ड४६ नेदरल्यान्ड२–०३–२
१५ ३० मे २०१६स्टेड डे ला, नान्टेस, फ्रान्स४८ क्यामेरून२–१३–२
१६ ४ जुन २०१६स्टेड सेन्ट, मेट्ज, France४९ स्कटल्यान्ड१–०
३–०
१७ २–०
१८ १० जुन २०१६स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स५० रोमानिया१–०२–१युइएफए युरो २०१६
१९ ३ जुलाई २०१६स्टेड डे फ्रान्स , सेन्ट-डेनिस, फ्रान्स५३ आइसल्यान्ड१–०
५–२
२० ५–१
२१ १ सेप्टेम्बर २०१६स्टेडियो सान निकोला, बरी, इटाली५६ इटाली२–१३–१मैत्रीपूर्ण खेल
२२ २५ मार्च २०१७स्टेड जोसे, लक्जम्बर्ग सहर, लग्जम्बर्ग६० लक्जेम्बर्ग१–०
३–१
२०१८ फिफा विश्वकप छनौट
२३ ३–१
२४ २ जुन २०१७रोजहन पार्क, रिन्स, फ्रान्स६२ पाराग्वे१–०
५–०
मैत्रीपूर्ण
२५ २–०
२६ ३–०
२७ ९ जुन २०१७फ्रेन्डस् एरिना, सोल्ना, स्विडेन६३ स्विडेन१–०१–२२०१८ फिफा विश्वकप छनौट
२८ १० अक्टोबर २०१७स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स६८बेलारुस बेलारुस२–०२–१
२९ १० नोभेम्बर २०१७स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स६९ वेल्स२–०२–०म‌ैत्रीपूण
३० २३ मार्च २०१८स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स७० कोलोम्बिया१–०२–३
३१ २८ मे २०१८स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स७२ आयरल्यान्ड१–०२–०
३२ ९ सेप्टेम्बर २०१८स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स८३ नेदरल्यान्ड२–१२–१२०१८-१८ युइएफए राष्ट्र लिग
३३ २० नोभेम्बर २०१८स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स८७ उरुग्वे१–०१–०मैत्रिपूण खेल
34 22 March 2019जिम्ब्रु रङ्गशाला, चिसिनाउ , माल्डोभा८८ मोल्दोभा३–०4–1२०२० युइएफए युरो कप छनोट
35 २५ मार्च २०१९स्टेड डे फ्रान्स, सेन्ट-डेनिस, फ्रान्स८९ आइसल्यान्ड२–०४–०

उपाधि तथा सम्मानहरू

[सम्पादन गर्नुहोस्]

फ्रान्स मोन्तपेलिए

  • लिग अँ: २०११-१२[४१]

इङ्ल्यान्ड आर्सनल

  • एफए कप: २०१३-१४, २०१४-१४, २०१६-१७
  • एफए कम्युनिटी शिल्ड: २०१४, २०१५, २०१७

इङ्ल्यान्ड चेल्सी

अन्तर्राष्ट्रिय

[सम्पादन गर्नुहोस्]

 फ्रान्स

  • लिग अँ सर्वाधिक गोलकर्ता : २०११-१२[४४]
  • राष्ट्रिय खेलाडीहरू लिग अँ का वर्ष खेलाडी : २०११-१२[४५]
  • प्रिमियर लिग महिनाको उत्कृष्ट खेलाडी : २०१५ मार्च[४६]
  • लिग २ खेल्ने राष्ट्रिय उत्कृष्ट वर्ष खेलाडी :२००९-१९०[४७]
  • लिग २ वर्ष उत्कृष्ट टिम : २००९-१०
  • लिग २ खेल्ने राष्ट्रिय उत्कृष्ट महिना खेलाडी : सेप्टेम्बर २००९, नोभेम्बर २००९[४८]
  • युईएफए युरोपियन च्याम्पियनसिप ब्रोन्ज बुट : २०१६
  • फिफा पुस्कार अवार्ड: २०१७[४९]

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Décret du 31 décembre 2018 portant promotion et nomination" [Decree of 31 December 2018 on promotion and appointment], Journal Officiel de la République Française (फ्रान्सेलीमा) 2019 (0001), १ जनवरी २०१९, PRER1835394D, मूलबाट १३ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अगस्ट २०१९
  2. "FIFA World Cup Russia 2018: List of players: France" (PDF), FIFA, १५ जुलाई २०१८, पृ: ११, मूलबाट २ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अक्टोबर २०१८ अभिलेखिकरण १२ अगस्ट २०१८ वेब्याक मेसिन
  3. "Olivier Giroud", Chelsea F.C., मूलबाट ५ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अक्टोबर २०१८
  4. "Aux origines de Payet, Giroud et Griezmann", La revue française de Généalogie
  5. "Giroud, la Marseillaise et sa mamie", सोफुट डटका
  6. "Olivier Giroud, buteur né", ले मोन्डे, ३० अक्टोबर २०११, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२
  7. "Olivier Giroud, buteur né", ले मोन्डे, ३० अक्टोबर २०१२, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२
  8. "ग्रिनोवल र लि हाभ्रे बिच भएको खेलको प्रतिवेदन", Ligue de Football Professionnel, २६ फेब्रुअरी २००७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२
  9. "लेवल र इस्त्र बिच भएको खेलको प्रतिवेदन", फुट-नेसनल, ११ अगस्ट २००७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२
  10. "भेनेस र इस्त्र बिच भएको खेलको प्रतिवेदन", फुट-नेसनल, २५ अगस्ट २००७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२
  11. "क्रिटल र इस्त्र बिच भएको खेलको प्रतिवेदन", फुट-नेसनल, १ सेप्टेम्बर २००७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२
  12. "आर्लस एभिगनन र इस्त्र बिच भएको खेलको प्रतिवेदन", फुट-नेसनल, २२ सेप्टेम्बर २००७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२
  13. "पाउ र इस्त्र बिच भएको खेलको प्रतिवेदन", फुट-नेसनल, ६ अक्टोबर २००७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२
  14. "ग्यो र मोन्टेपिलर बिच भएको खेलको प्रतिवेदन", युइएफए (फ्रान्सेलीमा), २९ जुलाई २०१०, अन्तिम पहुँच ६ फेब्रुअरी २०१२
  15. हारे, जो (२ जुलाई २०१२), "जिरू आर्सनलसँग आबद्ध भएका छन्", लन्डन: द टेलिग्राफ, अन्तिम पहुँच २४ जनवरी २०१४
  16. "जिरू आर्सनलमा आबद्ध भएका छन", आर्सनल फुटबल क्लब, मूलबाट २ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ जुन २०१२ |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  17. "वेस्ट ह्याम १–३ आर्सनल बिबिसी स्पोर्ट अभिगमन मिति ६ अक्टोबर २०१२
  18. ओर्नसटेन, डेभिड (१७ अगस्ट २०१३), "आर्सनल १–३ एस्टन भिल्ला", बिबिसी (बिबिसी स्पोर्ट), अन्तिम पहुँच ७ सेप्टेम्बर २०१३
  19. मागोवन, एलिस्टर (१ सेप्टेम्बर २११३), "आर्सनल १–० टोटन्ह्याम हटस्पर", बिबिसी (बिबिसी स्पोर्ट), अन्तिम पहुँच ७ सेप्टेम्बर २०१३
  20. "जिरू चेल्सीमा आबद्ध भएका छन्", चेल्सीको आधिकारिक वेबसाइट (अङ्ग्रेजीमा), अन्तिम पहुँच ३१ जनवरी २०१८
  21. "चेल्सी ४ हल सिटि ० खेलको विवरण", इभिनिङ स्ट्यान्डर्ड (अङ्ग्रेजीमा), १७ फेब्रुअरी २०१८। अभिलेखिकरण २०१८-०२-१७ वेब्याक मेसिन
  22. "चेल्सी ३–० वेस्ट ब्रुमविच एल्बियन खेलको विवरण", स्काईस्पोर्ट्स (अङ्ग्रेजीमा), १२ फेब्रुअरी २०१८।
  23. "जिरूले चेल्सीलाई युरोपा लिगको नकआउट चरणमा प्रवेश गराय", एसबिएस (अङ्ग्रेजीenमा), अन्तिम पहुँच ९ नोभेम्बर २०१८
  24. "प्रिमियर लिग - टोटनह्याम ३ चेल्सी १ - खेलको प्रतिवेदन", बिइन स्पोर्ट्स (अङ्ग्रेजीमा), अन्तिम पहुँच २५ नोभेम्बर २०१८
  25. "La liste des participants au rassemblement du CTNFS" (फ्रान्सेलीमा), फ्रान्स फुटबल सङ्घ, १७ अगस्ट २००१, अन्तिम पहुँच ७ फेब्रुअरी २०१२
  26. "सार्बाधिक गोलकर्ता जिरूले फ्रान्स राष्ट्रिय फुटबल टोलीमा आवद्ध भएका छन्", फ्रान्स२४, ३ नोभेम्बर २०११, अन्तिम पहुँच ७ फेब्रुअरी २०१२
  27. "जिरू फ्रान्स राष्ट्रिय टोलीमा", युइएफए, १० नोभेम्बर २०११, अन्तिम पहुँच ७ फेब्रुअरी २०१२
  28. "Le joueur du MHSC Olivier Giroud sélectionné en équipe de France" (फ्रान्सेलीमा), मिडि लिब्रे, ३ नोभेम्बर २०११, अन्तिम पहुँच ७ फेब्रुअरी २०१२
  29. "फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेल जित्न सफल भएको छ", स्काई-स्पोट्स, १४ नोभेम्बर २०१२, अन्तिम पहुँच १६ नोभेम्बर २०१६
  30. "ओलिभिए जिरू र लरेन्ट कोसील्नीले फ्रान्स राष्ट्रिय टोलीका लागि खेल्ने भएका छन्", स्पोर्ट्स उपडेट, १० नोभेम्बर २०१२, अन्तिम पहुँच ११ नोभेम्बर २०१२
  31. "स्पेन १–१ फ्रान्स:", गोल डट कम, १६ अक्टोबर २०१२, अन्तिम पहुँच १४ मे २०१४
  32. "Giroud, tras los pasos de Guivarch, el 'falso 9 de la Francia del 98': un delantero sin gol... que es fundamental" (स्पेनीमा), मार्का, १२ जुलाई २०१८, अन्तिम पहुँच ३० नोभेम्बर २०१८
  33. "Giroud, un avenir en bleu" [Giroud, a future in blue], Le Dauphiné (फ्रान्सेलीमा), ८ नोभेम्बर २०११, अन्तिम पहुँच ५ फेब्रुअरी २०१२
  34. "कसरी आर्सनलका जिरूले रक्षपङ्क्तिका खेलाडीहरूलाई भ्रममा पार्दछन् ?", बिबिसी स्पोर्ट्स, २६ सेप्टेम्बर २०१३।
  35. "ओलिभिए जरु र उनकी श्रीमती जेनिफर", फेब्रुअरी २०१४, अन्तिम पहुँच १५ फेब्रुअरी २०१४
  36. Olivier Giroud सकरबेसमा
  37. "Olivier Giroud Bio, Stats, News", मूलबाट ५ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जनवरी २०१३ अभिलेखिकरण ५ सेप्टेम्बर २०१२ वेब्याक मेसिन
  38. "Olivier Giroud", मूलबाट १९ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्ट २०१४
  39. "Giroud, Oliver", राष्ट्रिय फुटबल टोली, अन्तिम पहुँच १४ नोभेम्बर २०१५
  40. "ओलिभिए जिरू-राष्ट्रिय फुटबल टिम खेलाडी", ५ जुन २०१६, अन्तिम पहुँच ५ जुन २०१६
  41. "ओलिभिए जिरू", युरो स्पोर्ट्स डटकम
  42. म्याकनल्टि, फिल (१९ मे २०१८), "चेल्सी १–० म्यानचेस्टर युनाइटेड", बिबिसी स्पोर्ट, अन्तिम पहुँच १९ मे २०१८
  43. म्याकनल्टि, फिल (१५ जुलाई २०१८), "फ्रान्स ४–२ कोएसिया", बिबिसी स्पोर्ट्स, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१८
  44. "फ्रान्स – सर्बाधिक गोलकर्ता", आरएसएसएसएफ डटकम
  45. "UNFP: Trophées UNFP du football: Le palmarès complet...", नेसनल युनियन अफ प्रोफेसनल फुटबलर, १४ मे २०१२, मूलबाट ३ मार्च २०१४-मा सङ्ग्रहित। |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण ३ मार्च २०१४ वेब्याक मेसिन
  46. "ओलिभिए जिरू: अवलोकन", प्रिमियर लिग, अन्तिम पहुँच २९ सेप्टेम्बर २०१८
  47. "आधिकारिक सर्बाधिक गोलकर्ताको सुची: २००९–१० लिग अँ", लिग अँ डटकम
  48. "Trophées UNFP: ओलिभिए जिरू: Palmarès & trophée", नेसनल युनियन अफ प्रफेसनल फुटबलर, अन्तिम पहुँच ६ फेब्रुअरी २०१२
  49. "२०१८/१९ प्रमियर लिग माइलस्टोन्स", प्रमियर लिग, २२ अक्टोबर २०१८, अन्तिम पहुँच २७ अक्टोबर २०१८ उद्दरण त्रुटी: Invalid parameter "*[[प्रिमियर" in <ref> tag. The supported parameters are: dir, follow, group, name.

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]