सामग्रीमा जानुहोस्

एसियाली फुटबल महासङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एसियाली फुटबल महासङ्घ
Asian Football Confederation
सङ्क्षिप्त नामएएफसी
आदर्श वाक्यएक एसिया एक लक्ष्य
गठन8 मे 1954; ७१ वर्ष पहिले (1954-०५-08)
स्थानमनिला, फिलिपिन्स
प्रकारखेल सङ्गठन
प्रधान कार्यालयबुकित जलिल, क्वालालम्पुर, मलेसिया
सदस्यता
४७ सदस्य सङ्गठनहरू
आधिकारिक भाषा
अङ्ग्रेजी, अरबी[]
अध्यक्ष
सलमान बिन इब्राहिम अल खलिफा
उपाध्यक्ष
See list
महासचिव
दातो विन्डसर जोन[][]
मूल सङ्गठनहरू
फिफा
वेबसाइटwww.the-afc.com
एएफसी सदस्य

एसियाली फुटबल महासङ्घ एएफसी (Asian Football Confederation) (AFC) एसियाभित्र फुटबल आयोजना गर्ने एउटा आधिकारिक निकाय हो। यस सङ्घका ४६ वटा सदस्य देशहरू छन, र ति देशहरू मध्य धेरै देशहरू एसिया महादेशमा स्थित छन् । युरोप तथा एसिया दुवै क्षेत्रका राष्ट्रहरू, जस्तै टर्की, ताजिकिस्तान, अजरबैजान, जर्जिया अनि रसिया लगायतका देशहरू एफसीको साटो युइएफएका सदस्यहरू हुन् । एसिया महादेशका इजरायल अनि अर्मेनिया युइएफएका सदस्य हुन् । हुनत: दुवै देशको भूभाग एसिया महादेशमा रहेको छ । अर्को तिर, अस्ट्रेलिया, पहिले ओएफसीको सदस्य रहेको थियो जुन पछि आएर सन् २००६ देखि एएफसीको सदस्य हो ।

एएफसीको स्थापना ८ मे १९५४ मा मनिला, फिलिपिन्समा भएको थियो । यो फिफाको ६ महादेशीय सङ्घहरू मध्ये एक हो । यसको मुख्य कार्यालय बुकित जलिल, क्वालालम्पुर, मलेसियामा अवस्थित छ । यस सङ्घको वर्तमानको प्रमुख अध्यक्ष सलमान बिन इब्राहिम अल खलिफा हुन् ।

सदस्य राष्ट्रहरू

[सम्पादन गर्नुहोस्]
एएफसीमा पर्ने राष्ट्रहरू

एएफसीले ४६ वटा सदस्यहरूलाई पाँचवटा क्षेत्रमा विभाजन गरेको छ ।

  • पश्चिम एसियाबाट १२
  • मध्य एसियाबाट ६
  • दक्षिण एसियाबाट ७
  • पूर्वी एसियाबाट १०
  • दक्षिण-पूर्वी एसियाबाट १२
फिफा कोडदेशराष्ट्रिय टिमस्थापनाफिफा
सदस्य
एएफसी
सदस्य
आईओसी
सदस्य
पक्षिम एसियाली फुटबल सङ्घ
BHR बहराइन(पु, )१९५७१९६८१९६९हो
IRQढाँचा:Country data ईराक(पु, )१९४८१९५०१९७०हो
JOR जोर्डन(पु, )१९४९१९५६१९७०हो
KUW कुवेत(पु, )१९५२१९६४१९६४हो
LIB लेबनान(पु, )१९३३१९३६१९६४हो
OMA ओमान(पु, )१९७८१९८०१९८०हो
PLE प्यालेस्टाइन(पु, )१९२८१९९५१९९६हो
QAT कतार(पु, )१९६०१९७२१९७४हो
KSA साउदी अरब(पु, )१९५६१९५६१९७२हो
SYR सीरिया(पु, )१९३६१९३७१९७०हो
UAE संयुक्त अरब इमिरेट्स(पु, )१९७११९७४१९७४हो
YEM यमन(पु, )१९६२१९८०१९८०हो
मध्य एसिया फुटबल सङ्घ (सिएएफएफ)
AFG अफगानिस्तान(पु, )१९३३१९४८१९५४हो
IRN इरान(पु, )१९२०१९५८१९५४हो
KGZ कजाख्स्तान(पु, )१९९२१९९४९९३हो
TJK ताजिकिस्तान(पु, )१९३६१९९५१९९३हो
TKM तुर्कमेनिस्तान(पु, )१९९२१९९४१९९३हो
UZB उज्बेकिस्तान(पु, )१९४६१९९४१९९३हो
दक्षिण एसियाली फुटबल सङ्घ (साफ)
BAN बङ्गलादेश(पु, )१९७२१९७६१९७३हो
BHU भुटान(पु, )१९८३२०००१९९३हो
IND भारत(पु, )१९३७१९४८१९५४हो
MDV माल्दिभ्स(पु, )१९८२१९८६१९८४हो
NEP नेपाल(पु, )१९५११९७२१९५४हो
PAK पाकिस्तान(पु, )१९४७१९४८१९५४हो
SRI श्रीलङ्का(पु, )१९३९१९५२१९५४हो
पूर्वी एसिया फुटबल सङ्घ (इएएफसङ्घ
CHNचीन चीन(पु, )१९२४१९३११९७४हो
GUM ग्वाम(पु, )१९७५१९९६१९९१हो6
HKG हङकङ(पु, )१९१४१९५४१९५४हो
JPN जापान(पु, )१९२११९२११९५४हो
PRK उत्तर कोरिया(पु, )१९४५१९५८१९७४हो
KOR दक्षिण कोरिया(पु, )१९२८१९४८१९५४हो
MAC मकाउ(पु, )१९३९१९७८१९७८हो
MNG मङ्गोलिया(पु, )१९५९१९९८१९९३हो
NMIउत्तरी मारिआना टापुउत्तरी मारियाना द्वीप 1,2(पु, )२००५N/A२००९हैन
TPEचिनियाँ ताइपेईचिनीयाँ ताइपेइ(पु, )२९३६१९५४१९५४हो
एएसइएएन फुटबल संङ्घ (एएफएफ)
AUS अस्ट्रेलिया(पु, )१९६११९६३२००६हो
BRU ब्रुनेई(पु, )१९५९१९७२१९६९हो
CAM कम्बोडिया(पु, )१९३३१९५४१९५४हो
IDN इन्डोनेसिया(पु, )१९३०१९५२१९५४हो
LAOलाओसलाओस(पु, )१९५११९५२१९६८हो
MAS मलेसिया(पु, )१९३३१९५४१९५४हो
MYA म्यानमार(पु, )१९५७१९४८१९५४हो
PHI फिलिपिन्स(पु, )१९०७१९३०१९५४हो
SIN सिंगापुर(पु, )१८९२१९५२१९५४हो
THA थाइल्याण्ड(पु, )१९१६१९२५१९५४हो
TLS पूर्वी टिमोर(पु, )२००२२००५२००२हो
VIE भियतनाम(पु, )१९६०१९६४१९७८हो

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
  1. "AFC STATUTES Edition 2017", AFC, ८ मे २०१७, अन्तिम पहुँच १५ जनवरी २०१८ अभिलेखिकरण २७ डिसेम्बर २०१७ वेब्याक मेसिन
  2. http://www.the-afc.com/afc-general-secretary
  3. Christopher Raj (३ डिसेम्बर २०१५), "Prime choice to lead FIFA", The Star, अन्तिम पहुँच २५ मार्च २०१६