सामग्रीमा जानुहोस्

बङ्गलादेश फुटबल महासङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बङ्गलादेश फुटबल महासङ्घ
एसियाली फुटबल महासङ्घ
Association crest
स्थापना१९७२; ५३ वर्ष अघि (१९७२)
प्रधान कार्यालयढाका सहर
फिफा मान्यता१९७६
एसियाली फुटबल महासङ्घ मान्यता१९७४[]
दक्षिण एसियाली फुटबल सङ्घ मान्यता१९९७
अध्यक्षकाजी सालाउद्दिन
वेवसाइटbff.com.bd

बङ्गलादेश फुटबल महासङ्घ (बङ्गाली: বাংলাদেশ ফুটবল ফেডারেশন) बङ्गलादेश सरकारीको अधिनमा रहेका एक आधिकारिक फुटबल सङ्घ हो।[] यस सङ्घले बङ्गलादेशमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना तथा व्यवस्थापन गर्न गर्छ। यस सङ्घले हाल बङ्गलादेश राष्ट्रिय फुटबल टोली र बङ्गलादेश महिला फुटबल टोलीको प्रशासकीय रूपमा व्यवस्थापन तथा खेलहरू सञ्चालन गर्ने गर्छ।

बङ्गलादेश फुटबल महासङ्घले बङ्गलादेश भित्र हाल बङ्गलादेश प्रमियर लिग र अन्य राष्ट्रिय स्तरका फुटबल प्रतियोगिताहरू तथा अन्य प्रतियोगिताहरू पनि आयोजना गर्दै आएको छ। बङ्गलादेश फुटबल महासङ्घ दक्षिण एसियाली फुटबल महासङ्घको एक संस्थापन गर्ने सङ्घ पनि हो। यो महासङ्घ बिएफएफ भवन, मोती झेल र राजधानी ढाकामा आधारित छ।[]

बङ्गलादेश फुटबल महासङ्घको स्थापना सन् १९७२ जुलाई १५ मा एमडी योसुफ आलीले (पूर्व शिक्षा, संस्कृति तथा खेलकुद मन्त्री) गरेका थिए। आलीले यस सङ्घको स्थापना गरेपछि उनले अब्दुल हासिमलाई यस सङ्घको सचिव पदमा नियुक्त गराएका थिए।[] यस महासङ्घले एसियाली फुटबल महासङ्घ र फिफासँग क्रमशः सन् १९७३ र १९७६ मा सम्बद्धता प्राप्त गरेको थियो। सन् २९८३-८६ र सन् २९९८-०२ मा बङ्गलादेश एसियाली फुटबल महासङ्घको कार्यकारी समितिमा निर्वाचित भएको थियो भने सन् १९९०-९४ सम्म हाफिजुद्दिन अहमद एसियाली फुटबल महासङ्घको उप-प्रधानको रूपमा निर्वाचित भएका थिए।[] सन् १९४८ मा शुरू भएको ढाका लिगको नेतृत्व पछि बङ्गलादेश फुटबल महासङ्घले लिएको थियो भने बङ्गलादेशको स्वतन्त्रता पश्चात् यस लिग दर्शनहरूले सर्वाधिक रुचाएका थिए। दर्शक तथा अनुयायीहरूको आधार तथा माया पाएपछि यो लिग पुनः सञ्चालनमा ल्याइएको थियो। सन् १९८० मा बङ्गलादेश फुटबल महासङ्घले फेडेरेसन कपको पनि स्थापना गरेको थियो जसका कारण यो कप पछि देशकै सर्वाधिक उच्च घरेलु टोलीहरूको प्रतियोगिता बन्न सफल भएको थियो। सन् २००७ मा बङ्गलादेश फुटबल महासङ्घले देशकै उच्च घरेलु लिग बङ्गलादेश प्रिमियर लिगको (शुरूवात चरणमा बि लिग) स्थापना गरेको थियो।[] सन् २००९ मा बङ्गलादेश फुटबल महासङ्घले सर्वाधिक लगानीमा घरेलु प्रतियोगिता सुपर लिगको स्थापना पनि गरेको थियो। सन् २०१२ मा यस सङ्घले बङ्गलादेश च्याम्पियनसिप लिगको पनि स्थापना गरेको थियो। यो सङ्घ दक्षिण एसियाली फुटबल महासङ्घको एक प्रमुख अङ्ग हो तथा उक्त महासङ्घ संस्थापन गर्न सङ्घ पनि हो।

प्रतियोगिताहरू

[सम्पादन गर्नुहोस्]
प्रतियोगिताको नाम सुरुवात वर्तमान विजेता टिप्पणी
बङ्गलादेश प्रिमियर लिग २००७ ढाका आबाहनी लिमिटेड बङ्गलादेशको सर्वोच्च फुटबल लिग
बङ्गलादेश च्याम्पियनसिप लिग २०१२ बसुन्धरा किङ्स देशको दोस्रो ठूलो फुटबल लिग
ढाका प्रिमियर लिग १९४८ स्वाधीनता क्रिडा सङ्घ [] ढाका लिगको नयाँ नाम
फेडरेसन कप (ढाका) १९८० ढाका आबाहनी लिमिटेड देशको सबैभन्दा ठूलो क्लब प्रतियोगिता
सुपर कप २००९ मोहामेदान स्पोर्टिङ क्लब देशको सबैभन्दा अधिक बजेटको लिग
पायोनियर लिग १९८७ आनसार र भिडिपी
बङ्गबन्धु गोल्ड कप १९९६-९७ प्यालेस्टाइन अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]