ढाका आबाहनी लिमिटेड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ढाका आबहानी लिमिटेड
पुरा नामआबाहनी लिमिटेड ढाका
स्थापना१९७२; ५२ वर्ष अघि (१९७२)
मैदानबङ्गाबन्धु राष्ट्रिय रङ्गशाला
मैदान क्षमता३६,०००
अध्यक्षबङ्गलादेश काजी नाबिल अहमद
म्यानेजरबङ्गलादेश सत्यजित दास रुपु
प्रशिक्षकपोर्तगाल मारियो लेमोस
लिगबङ्गलादेश प्रिमियर लिग
सन् २०१८–१९दोस्रो
रङ
रङ
वर्तमान संस्करण

ढाका आवाहनी लिमिटेड (बङ्गाली: ঢাকা আবাহনী লিমিটেড) पूर्व; आवाहानी क्रीडाचक्र (बङ्गाली: আবাহনী ক্রীড়াচক্র) बङ्गलादेशको ढाका स्थित एक आधिकारिक फुटबल क्लब हो।

यो क्लब सन् १९७२ मा शेख मुजिबिर रहमानका जेठा छोरा शेख कमलले इकबल स्पोर्ट्स क्लबलाई पुनर्गठन गर्दै स्थापना गरिएको थियो। हाल सम्म यस क्लबले बङ्गलादेश प्रिमियर लिगको उपाधि सर्वाधिक ६ पटाक उचालेको छ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

यस क्लबले सन् १९७४ मा मुख्य घरेलु उपाधि हात पारेको थियो भने पछि यो क्लब ढाका लिगसँग पनि जोडिएको थियो।[२][३] सन् २००७ मा बङ्गलादेश राष्ट्रिय फुटबल सङ्घले बङ्गलादेशमा बङ्गलादेश प्रिमियर लिगको शुरूवात गरेको थियो भने पहिलो संस्करणको लिग यस क्लबले जित्न सफल भएको थियो। ढाका आवहानी लिमिटेडले सन् २००८-०९, बि लिग र सन् २००९-१० को बङ्गलादेशी प्रिमियर लिगका संस्करणहरू लगातार ३ पटक हात पर्न सफल भएको थियो। एक संस्करणमा विश्राम गरेपछि ढाका आवहानी लिमिटेडले कार्यकालको चौँथो उपाधि सन् २०१२ बङ्गलादेश प्रिमियर लिग पनि जित्न सफल भएको थियो।[४] केही वर्षसम्म उपाधि नजितेको ढाका आवहानी लिमिटेडले पुनः सन् २०१६ बङ्गलादेश फेडरेसन कप जित्न सफल भएको थियो। यस क्लबले सन् २०१६ बङ्गलादेश फुटबल प्रिमियर लिग पनि जितेको थियो। यो फुटबल क्लब अनुभवी प्रशिक्षक जोर्जी कोटनको मार्गदर्शनमा व्यवसायीक लिग जित्ने र नयाँ कीर्तिमन बनाउने पहिलो टोली बनेको थियो जुन यो क्लबको पाँचौ व्यवसायीक लिग उपाधि थियो। [५] सन् २०१७ को बङ्गलादेश फेडेरेसन कप जित्दै ढाका आवहानी लिमिटेडले सन् २०१६-१७ संस्करणको शुरूवात गरेको थियो भने यस उपाधि जित्दै ढाका आवहानी लिमिटेडले कडा प्रतिस्पर्धी क्लब ढाका मोहम्मदीनल राखेको कीर्तिमानसँग बराबरी गरेको थियो जुन ढाका आवहानीका लागि १०अौँ बङ्गलादेश फेडेरेसन कप उपाधि हो।[६] ५ जनवरी २०१८ का दिन ढाका आवहानी लिमिटेडले बङ्गलादेश प्रिमियर लिगको फाइनल खेलमा शेख जामाल धनमोण्डीलाई २ को विरुद्ध ० गोल अन्तरले हराउँदै कीर्तिमानी छैटौँ पटक उपाधि जित्न सफल भएको थियो। यो उपाधि यस क्लबले अमलेश सेनको नाममा समर्पित गरेका थिए जसले यस क्लबमा लागि पहिला खेलाडी र पछि एक कुशल प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए जसको सन् २०१७ अक्टोबरमा निधन भएको थियो।[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Abahani seal record sixth title", ढाका ट्रिब्युन, अन्तिम पहुँच २८ जनवरी २०१८ 
  2. "And the first-ever B. League crown goes to Abahani", बिडिन्युज, अन्तिम पहुँच ६ फेब्रुअरी २०१८ 
  3. http://www.banglanews24.com, "Abahani claims hat-trick titles in B-League", बाङ्ला न्युज, अन्तिम पहुँच ६ फेब्रुअरी २०१८ 
  4. "Fed Cup champions Abahani on cloud nine", ढाका ट्रिब्युन, अन्तिम पहुँच २८ जनवरी २०१८ 
  5. "Champions Abahani end unbeaten", द डेली ष्टार, ३१ डिसेम्बर २०१६, अन्तिम पहुँच ६ फेब्रुअरी २०१८ 
  6. "Walton Federation Cup 2017: Dominant Abahani retain title", ढाका ट्रिब्युन, अन्तिम पहुँच ६ फेब्रुअरी २०१८ 
  7. "Abahani dedicate title to Amalesh", ढाका ट्रिब्युन, अन्तिम पहुँच ६ फेब्रुअरी २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]