बसुन्धरा किङ्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बसुन्धरा किङ्स
चित्र:Bashundhara Kings Logo.jpg
पुरा नामबसुन्धरा किङ्स
उपनाम(हरू)द किङ्स
स्थापनासन् २०१३
मैदाननीलफामारी रङ्गशाला, नीलफामारी
मैदान क्षमता२१,३५९
मालिकबसुन्धरा ग्रुप
अध्यक्षबङ्गलादेश इमरुल हासान[१]
प्रमुख प्रशिक्षकस्पेन ओस्कर ब्रुजन
लिगबङ्गलादेश प्रिमियर लिग
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
वर्तमान संस्करण

बसुन्धरा किङ्स (बङ्गाली: বসুন্ধরা কিংস) बङ्गलादेश नीलफामारी जिल्लाको एक फुटबल क्लब हो।[२] यस क्लबले बङ्गलादेशमा आयोजना हुने विभिन्न घरेलु प्रतियोगिता लगाएत बङ्गलादेश प्रिमियर लिगमा पनि भाग लिँदै आएको छ। यस क्लबले सन् २०१७ को बङ्गलादेश च्याम्पियन्स लिगमा पनि भाग लिएको थियो जुन यस क्लबको पहिलो उपस्थिति थियो।[३]

इतिहास[सम्पादन गर्नुहोस्]

स्थापना[सम्पादन गर्नुहोस्]

बसुन्धरा किङ्स फुटबल क्लबले सन् २०१६ मा अग्रगामी लिग डिसिसिबाट सुरुवात गरेको थियो जहाँ यो क्लब तेस्रो स्थानमा परेको थियो।[४] त्यस पछि यो क्लब बङ्गलादेशको तेस्रो विभागीय फुटबल लिगमा पदोन्नति भएको थियो तर यस क्लबले बङ्गलादेश च्याम्पियन्स लिगमा खेल्ने निर्णय गरेको थियो जुन खेलाडी र सबै आवस्यक सुविधा भएको बङ्गलादेशको सबैभन्दा दोस्रो ठूलो लिग हो।[५] सन् २०१७ मार्चमा यस क्लबले बङ्गलादेश फुटबल सङ्घ द्वरा अन्य घरेलु लिग र अन्तर्राष्ट्रिय खेलहरू खेल्ने अनुमानि प्राप्त गरेको थियो। १३ मे २०१७ का दिन यस क्लबले सन् २०१७ को बङ्गलादेश च्याम्पियन्स लिग खेल्ने खेलाडीहरू दर्ता गरेको थियो भने तात्कालिक समयमा बङ्गलादेश राष्ट्रिय टोलीका अग्रपङ्क्ति[का खेलाडी रोकुनुज्मान कञ्चनले यस टोलीको नेतृत्व गरेका थिए।[६]

सन् २०१७–१८ संस्करण[सम्पादन गर्नुहोस्]

बसुन्धरा किङ्सले ७ अगष्ट २०१७ बङ्गलादेश च्याम्पियन्स लिगको संस्करणमा उत्तर बरिदहरा विरुद्ध पहिलो आधिकारिक खेल खेलेको थियो जहाँ यस क्लबका खेलाडी रिपन विश्वासले सोही खेलमा यस क्लबका लागि पहिलो आधिकारिक गोल गरेका थिए।[७] १८ अगष्ट २०१७ का नोफेल स्पोर्टिङ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै यस क्लबले पहिलो आधिकारिक जित निकाल्न सफल भएको थियो भने यस खेलमा बसुन्धरा किङ्सका कप्तान कञ्चनले एक मात्र गोल गरेका थिए जुन खेल जित्नका लागि पर्याप्त बन्यो।

४ नोभेम्बर २०१७ का दिन बसुन्धरा किङ्सले सन् २०१७ बङ्गलादेश च्याम्पियन्स लिगमा सहभागी हुने घोषणा भएको थियो भने यस क्लबले एक खेल अगावै अग्रानी बेङ्कलाई २ का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै पहिलो उपाधि जित्न सफल भएको थियो। खेल सकिन केही क्षण रहँदा बसुन्धरा किङ्सका लागि एमडी इमरुल हसान मैदान प्रवेश गरेका थिए जसले यस अघिका कुनै पनि खेलमा समावेश भएका थिएनन् तर खेलमा उनले बल छुन नसकेपछि उनको क्लबले खेल जित्दा उनी निकै खुसी भएका थिए। [८]

सन् २०१७ को बङ्गलादेश च्याम्पियन्स लिगको संस्करणमा बसुन्धरा किङ्सका अग्रपङ्क्ति, कप्तान तथा अनुभवी खेलाडी कञ्चनले यस संस्करणमा ११ गोल गर्न सफल भएका थिए भने अरिफुल इस्लामले।यस संस्करणमा नोफेल स्पोर्ट्स क्लबका लागि सर्वाधिक १२ गोल गर्न सफल भएका थिए।[९] ११ नोभेम्बर २०१७ का दिन बङ्गलादेश फुटबल महासङ्घले यस क्लबलाई विजेता उपाधि हस्तान्तरण गरेको थियो जुन यस क्लबका लागि पहिलो घरेलु सफलता थियो।[१०][११]

सन् २०१८–१९ संस्करण[सम्पादन गर्नुहोस्]

सन् २०१८ जुलाई २९ देखि बसुन्धरा किङ्सले सन् २०१८-१९ बङ्गलादेश च्याम्पियन्स लिगका लागि अन्य नयाँ खेलाडीलाई यस क्लबमा आबद्ध गर्ने काम शुरू गरेको थियो भने यस क्लबले केही क्बलसँग खेलाडी साट्फेर पनि गरेको थियो।[१२] यस क्लबले अग्रपङ्क्तिमा ताहदुल आलम साबुज, रक्षापङ्क्तिमा नरुल नइम फैजल र मध्यपङ्क्तिमा महम्मद इब्राहिम जस्ता खेलाडीहरूलाई आबद्ध पत्रमा हस्ताक्षर गराएको थियो।[१३] ५ सेप्टेम्बर २०१८ का दिन आउँदो संस्करणका लागि स्पिनार्ड ओस्कर बुर्जोनलाई यस क्लबको आधिकारिक प्रशिक्षक बनेका थिए जुन बङ्गलादेशका क्लबहरूका लागि पहिलो विदेशी प्रशिक्षक थिए।[१४][१५] १६ सेप्टेम्बर २०१८ का दिन बसुन्धरा किङ्सले कोष्टारिका राष्ट्रिय फुटबल टोलीका अग्रपङ्क्तिका खेलाडी डेनियल कोलिड्रेसलाई यस क्लबमा आवद्ध गराएको थियो जुन सन् २०१८ को फिफा विश्वकपका लागि कोष्टारिकाका २३ खेलाडी मध्ये एक थिए। [१६]

२१ सेप्टेम्बर २०१८ का दिन बसुन्धरा किङ्स फुटबल क्लबले आफ्नै गृहमैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल माल्दिभ्सको न्यु रोडिएण्ट एससीको विरुद्धमा मैत्रीपूर्ण खेल खेलेको थियो।[१७] त्यस खेलमा बसुन्धरा किङ्सले न्यु रोडेण्टलाई ४ का विरुद्ध १ गोल अन्तरले हराउन सफल भएको थियो जहाँ हाइटीका अग्रपङ्क्तिका खेलाडी कार्भिन्स बेलफोर्टले १, गाम्बियाका अग्रपङ्क्तिका खेलाडी ओसमन जलाले १ र बङ्गलादेशी अग्रपङ्क्तिहरू तहादुल आलम र महाबाबुर रहमान सुफिलले १-१ गोल गरेका थिए। १३ अक्टोबर २०१८ मा यस क्लबले खेलाडी दर्ता गर्ने काम पूर्ण गरेको थियो भने यस क्लबले ३ विदेशी खेलाडी सहित ३२ खेलाडीको नाम बङ्गलादेश फुटबल महासङ्घलाई पेश गरेको थियो।[१८]

२९ अक्टोबर २०१८ का दिन बसुन्धरा किङ्स सन् २०१८ को बङ्गलादेश फेडेरेसन कपमा भाग लिएको थियो भने यस क्लबले ढाका स्थित एक फुटबल क्लब मोहम्मदेनलाई ५-२ गोल अन्तरले पराजित गरेको थियो। कोष्टारिकाको प्रतिनिधित्व गर्दै सन् २०१८ विश्वकपमा भाग लिएका डेनियल कोलिन्ड्रेसले क्वाटरफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै बिजेएमसी क्लबलाई सेमिफाइनल सम्म पुर्‍याउन सफल भएका थिए भने बसुन्धरा किङ्सले बिजेएमसीलाई यस प्रतिस्पर्धामा ५-१ गोलको फराकिलो अन्तरले हराउन सफल भएको थियो।[१९] सन् २०१८ को बङ्गलादेश फेडेरेसन कपमा बसुन्धरा किङ्सका तहादुल आलम सबुज ७० मिनेटमा मैदान प्रवेश गरी शिख रसल केसी क्लब विरुद्ध एक गोल गरेका थिए जुन बसुन्धरा किङ्सको जितका लागि पर्याप्त बनेको थियो भने यस जितले बसुन्धरा किङ्सलाई फाइनल सम्म डोर्‍याएको थियो। २३ नोभेम्बर २०१८ कन दिन यस प्रतिस्पर्धाको फाइनल खेलमा भने बसुन्धरा किङ्स ढाका आबहानीसँग ३-१ गोल अन्तरले पराजित भएको थियो।[२०]

२ डिसेम्बर २०१८ का दिन बसुन्धरा किङ्सले सन् २०१९ बङ्गलादेश स्वतन्त्र कपमा शेख जामाल धनमण्डीलाई २ का विरुद्ध १ गोल अन्तरले हराउँदै सुखद शुरूवात गरेको थियो।[२१] १४ डिसेम्बर २०१८ का दिन बसुन्धरा किङ्सका गोलरक्षक आनिसुर रहमानले रहमाटगञ्ज एमएफएस विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए भने किङ्सले रहमाटगञ्जलाई टाई ब्रेकरमा ३-२ गोफरल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको थियो। २० डिसेम्बर २०१८ का दिन बङ्गलादेश स्वतन्त्र कपमा पनि बसुन्धरा किङ्सका गोलरक्षक आनिसुर रहमान जिकोले ढाका आबहानीको विरुद्धमा उत्कृष्ट प्रदर्शन गरेका थिए भने उक्त खेलमा बसुन्धरा किङ्सले पेनाल्टी सुटआउट मार्फत ढाका आबहानीलाई ७-६ को गोल अन्तरले हराउन सफल भएको थियो।[२२] २६ डिसेम्बर २०१८ का दिन बसुन्धरा किङ्सले साविक विजेता शेख रसल केसीलाई २-१ को सङ्घर्ष पूर्ण गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने खेल अन्तर्गतको थप अतिरिक्त समयमा भन्दा केही अगाडि मैदान प्रवेश गरेका बसुन्धरा किङ्सका खेलाडी मोटिन मियाले गोल गर्दै क्लबलाई जित दिलाउन सफल भएका थिए।[२३]

१९ जनवरी २०१९ का दिन बसुन्धरा किङ्सले उक्त क्लबको पहिलो लिग खेल शेख जामाल धनमण्डी क्लबलाई १-० गोल अन्तरले पराजित गरेको थियो जहाँ बसुन्धरा किङ्सका खेलाडी मार्कस भिनिकसले एक मात्र गोल गरेका थिए जुन खेल जित्न पर्याप्त बन्यो। २३ जनवरी २०१९ का दिन बसुन्धरा किङ्सले आफ्नै गृहमैदान शेख कमल रङ्गशालामा ढाका आबहानीलाई ३-० गोल अन्तरले हराउन सफल भएको थियो।[२४] २९ अप्रिल २०१९ का दिन बसुन्धरा किङ्सले ट्रिटिडाडका अग्रपङ्क्तिका खेलाडी विलिस प्लाजालाई बङ्गलादेश फुटबल प्रिमियर लिग खेल्नका लागि चर्चिल ब्रदर्स एससीबाट ऋणमा आबद्ध भएका थिए। ६ जुन २०१९ का दिन बसुन्धरा किङ्सले बिजेएमसी फुटबल क्लबलाई शेख कमल रङ्गशाला नीलफामरीमा २-० गोल अन्तरले पराजित गरेको थियो जसका कारण बसुन्धरा किङ्स बङ्गलादेश प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको थियो जुन बसुन्धरा किङ्सको १२अौँ लगातार जित थियो भने बङ्गलादेश प्रिमियर लिगको इतिहासमै सबैभन्दा लामो अपराजितको कीर्तिमान यात्रा बसुन्धरा किङ्सले बनाएको थियो। [२५][२६][२७]

२५ जुलाई २०१९ बिहीबार भएको खेलमा बसुन्धरा किङ्सले सन् २०१८-२०१९ बङ्गलादेश फुटबल प्रिमियर लिगको फाइनलमा मोहम्मदिन स्पोर्ट्स क्लबलाई शेख कमल रङ्गशालामा पराजित गर्दै उपाधि हात पार्न सफल भएको थियो भने यस जितसँग बसुन्धरा किङ्स बङ्गलादेश फुटबल प्रिमियर लिगमा पहिलो उपस्थिति जनाउँदै विजेता बन्न सफल हुँदै नयाँ कीर्तिमान कायम गरेको थियो। [२८]

बसुन्धरा किङ्स बङ्गलादेश फुटबलको शीर्ष लिग बङ्गलादेश प्रिमियर लिगको सन् २०१८-२०१९ संस्करणमा पहिलो उपस्थिति जनाउँदै विजेता बन्ने पहिलो फुटबल क्लब बन्न सफल भएको थियो जुन बसुन्धरा किङ्सको लागि दोस्रो सफलता थियो भने यस अघि किङ्सले बङ्गलादेश स्वतन्त्रता कपमा दोस्रो स्थान प्राप्त गरेको थियो।[२९] ३ अगष्ट २०१९ मा बसुन्धरा किङ्सले बङ्गलादेश प्रिमियर लिगमा स्मरणीय पर्दापण गरेको थियो भने यस क्लबले शुरूवात खेलमा चिटागोङ आबहानी लिमिटेडसँग १-१ को बराबरी खेलेको थियो।[३०][३१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Imrul Hasan wants to make a mark in Asian football", Dhaka Tribune, जनवरी ११, २०१९। 
  2. "বসুন্ধরা কিংসের চারে চার" (बाङ्लामा)।  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-११ मिति
  3. "Bashundhara Kings win Championship League", The Daily Star (अङ्ग्रेजीमा), २०१७-११-०५, अन्तिम पहुँच २०१८-०३-२९ 
  4. "Arambagh clinch U-16 Pioneer League", Dhaka Tribune, ९ अप्रिल २०१६, पृ: २६। 
  5. "Bashundhara Kings, from Pioneer League to BCL champion", Dhaka Tribune, ४ नोभेम्बर २०१७। 
  6. "বসুন্ধরা কিংস", Kaler Kantho (बङ्गालीमा), अन्तिम पहुँच २०१८-०३-२९ 
  7. "Bashundhara Kings share points with Uttar Baridhara", Daily Sun, ८ अगस्ट २०१७, अन्तिम पहुँच १९ जुन २०१८ 
  8. "Bashundhara Kings beat Nofel Sporting", Daily Sun, १८ अगस्ट २०१७। 
  9. "চ্যাম্পিয়ন হয়েই প্রিমিয়ারে বসুন্ধরা কিংস", jagonews24.com (बङ्गालीमा), अन्तिम पहुँच २०१८-०३-२९ 
  10. "মার্সেল বাংলাদেশ চ্যাম্পিয়নশিপ লিগের পুরস্কার বিতরণ", risingbd.com (बङ्गालीमा), मूलबाट २०१८-१२-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०३-२९ 
  11. "Bashundhara Kings crowned champions of BCL 2017", Bangladesh Football Federation (अङ्ग्रेजीमा), मूलबाट २०१८-०६-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०३-२९  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०६-२० मिति
  12. "Bashundhara Kings ropes in top booters", Daily Sun, ३० जुलाई २०१८। 
  13. "Bashundhara Kings coach Oscar Bruzon in city", Daily Sun, ४ सेप्टेम्बर २०१८। 
  14. "Bashundhara Kings rope in World Cup star Colindres", Daily Sun, १७ सेप्टेम्बर २०१८। 
  15. "Kings unveil Costa Rican WC star", New Age 
  16. "Bashundhara Kings beat New Radiant in friendly", Dhaka Tribune, २१ सेप्टेम्बर २०१८। 
  17. "Bashundhara Kings complete players’ registration", Dhaka Tribune, १३ अक्टोबर २०१८, अन्तिम पहुँच १२ नोभेम्बर २०१८ 
  18. "Costa Rica’s WC star Colindres shines on debut in Bangladesh", Dhaka Tribune, २९ अक्टोबर २०१८, अन्तिम पहुँच १२ नोभेम्बर २०१८ 
  19. "Colindres treble powers Kings into semis", The Daily Star, १२ नोभेम्बर २०१८, अन्तिम पहुँच १२ नोभेम्बर २०१८ 
  20. "Super-sub Sabuz carries Bashundhara to final", Dhaka Tribune, अन्तिम पहुँच २४ नोभेम्बर २०१८ 
  21. "Abahani seal hattrick title", The Daily Star, अन्तिम पहुँच २४ नोभेम्बर २०१८ 
  22. "Colindres steers Bashundhara to victory", Dhaka Tribune, डिसेम्बर २, २०१८, अन्तिम पहुँच २५ अगस्ट २०१९ 
  23. "Kings survive R'ganj scare", The Daily Star, डिसेम्बर १५, २०१८, अन्तिम पहुँच २५ अगस्ट २०१९ 
  24. "Heroic Zico propels Kings to final", The Daily Star, डिसेम्बर २१, २०१८, अन्तिम पहुँच २५ अगस्ट २०१९ 
  25. "Bashundhara Kings' coronation", The Daily Star, डिसेम्बर २७, २०१८। 
  26. "Kings earn first glory in Dhaka football", Dhaka Tribune, डिसेम्बर २६, २०१८। 
  27. "Bashundhara beat Abahani in home debut at Nilphamari", Dhaka Tribune, जनवरी २४, २०१९, अन्तिम पहुँच २५ अगस्ट २०१९ 
  28. "Indian Football Transfers: Willis Plaza moves to Bangladeshi side Bashundhara Kings on loan from Churchill Brothers", Sportskeeda.com, अप्रिल २९, २०१९, अन्तिम पहुँच २५ अगस्ट २०१९ 
  29. "B. Kings register record-breaking victory against BJMC", Bangladesh Football Federation, ७ जुलाई २०१९।  वेब्याक मेसिन अभिलेखिकरण ७ जुलाई २०१९ मिति
  30. "Veni, Vidi, Vici for Bashundhara Kings", Daily Sun  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-२९ मिति
  31. "Kings end memorable debut season with draw", Dhaka Tribune, अगस्ट ३, २०१९। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]