पेनाल्टी-सुटआउट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पेनाल्टी सुटआउटमा पेनाल्टी प्रहार गर्द फुटबल खेलाडी

पेनाल्टी सुटआउट (अङ्ग्रेजी: penalty shoot-out) अथवा यसलाई टाइब्रेकर पनि भन्ने चलन छ । यो फुटबल खेलको एक महत्त्वपूर्ण नियम हो । यसले फुटबल खेलमा बिजेता र उपबिजेता छुट्ट्याउन विशेष भुमिका निर्वाह गर्दछ । फुटबल खेलमा निर्धारित ९० मिनेटको समयमा पनि खेलको कुनै पनि स्पष्ट नतिजा आउन नसके ३० मिनेटको अतिरिक्त समय थपिन्छ । तर यसरी पनि कुनै निर्णय नआएको खण्डमा बल्ल पेनाल्टी सुट आउटको प्रयोग गरिन्छ ।

प्रयोग हुने अवस्था[सम्पादन गर्नुहोस्]

समूह चरण वा लिग चरण बाहेकको नक आउट चरणको जुन सुकै फुटबल प्रतियोगिताहरूमा यस नियमको प्रयोग गरिन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

फिफा विश्वकपको इतिहास पल्टाउने हो भने केबल दुई पटक मात्र पेनाल्टी सुटआउटरू प्रयोग गरी प्रतियोगिताको बिजेता र उप बिजेताको छनौट गरिएको थियो । जुन सन् १९९४ र २००६ को विश्वकपको फाइनल थियो । यसैगरी यस नियमलाई फिफा ले २००४ देखि लागू हुने गरी फिफाको ''ल अफ द गेम''मा परिमार्जन गरेको नियमहरूको नियम नम्बर १० मा उल्लेख गरिएको छ। जहाँ यसरी उल्लेख गरिएको छ । जस्तै ;नियम १०

  • विजय निर्धारण सम्बन्धमा :- अब गोल्डेन वा सिल्भर गोलका आधारमा म्याचको निर्णय हुने छैन । निर्धारित ९० मिनेटबाट कुनै निर्णय हुन नसकेमा १५/१५ गरेर जम्मा ३० मिनेटको अतिरिक्त समयमा खेलाइनेछ । त्यसबाट पनि टुङ्गो नलागे म्याच पेनाल्टी सुटआउटमा जानेछ।

चर्चित घटनाहरु[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

तीन पुरुष विश्वकप सहित नौ FIFA 11-a-side प्रतियोगिताको फाइनल पेनाल्टी सुटआउटमा गएको छ। केही उल्लेखनीय खेलहरू यस प्रकार छन्।

  • लिस्बनमा पोर्चुगल र ब्राजिलबीचको 1991 फिफा विश्व युवा च्याम्पियनसिपको फाइनलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो जुन पोर्चुगलले 4-2 ले जित्यो, अन्तिम शट रुई कोस्टाबाट आएको थियो।
  • क्यालिफोर्नियाको पासाडेनाको रोज बाउलमा सन् १९९४ फिफा विश्वकपको फाइनलमा ब्राजिल र इटालीबीचको खेल अतिरिक्त समयमा गोलरहित बराबरीमा सकिएको थियो। ब्राजिल शूट-आउट 3-2 जित्न गयो। [48]
  • सन् १९९९ फिफा महिला विश्वकपको फाइनलमा पनि रोज बाउलमा आयोजना भएको थियो, आयोजक अमेरिका र चीनबीचको खेल अतिरिक्त समयमा पनि गोलरहित बराबरीमा सकिएको थियो। संयुक्त राज्य अमेरिकाले शुटआउट ५–४ ले जितेर प्रतियोगिता जित्ने पहिलो आयोजक राष्ट्र बन्यो।
  • फ्रान्सइटाली बीचको २००६ फिफा विश्वकपको फाइनल पनि पेनाल्टी सुटआउटमा गयो (1-1 को बराबरी पछि अतिरिक्त समयमा 30 मिनेटको गोलरहित बराबरी पछि) र बर्लिनको ओलम्पिक स्टेडियममा फ्रान्स विरुद्ध इटालीले 5-3 ले जित्यो। [४९]

विश्वकप खेलमा पहिलो पेनाल्टी सुटआउट सन् १९८२ मा पश्चिम जर्मनी र फ्रान्सबीचको नाटकीय सेमिफाइनल खेलमा भएको थियो। पेनाल्टी सुटआउट बराबरीमा सकिएपछि यो सडन डेथमा गयो। .[२][३][४]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. McNulty, Phil (१८ डिसेम्बर २०२२), "World Cup final: Argentina beat France on penalties in dramatic Qatar showpiece", BBC Sport, अन्तिम पहुँच १८ डिसेम्बर २०२२ 
  2. "A Look Back at France's World Cup History to Discern its Future", The New York Times, १० जुलाई २०१८, अन्तिम पहुँच १५ अगस्ट २०२१ 
  3. Varis Sharma (९ जुलाई २०१८), "Night of Seville: The best Semi-final in World Cup history", SportsKeeda, अन्तिम पहुँच १५ अगस्ट २०२१ 
  4. GRAHAME L. JONES (१३ जुलाई १९९४), "WORLD CUP USA '94 : The Penultimate Game : Looking for the Best Semifinal of All Time? Go Back to Seville, Spain, on July 8, 1982: West Germany vs. France", Los Angeles Times, अन्तिम पहुँच १५ अगस्ट २०२१