सामग्रीमा जानुहोस्

घोडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

घोडा
घरपालुवा घोडा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
उपप्रजाति:
E. f. caballus
त्रिपद नाम
Equus ferus caballus
(लिन्नेअस), १७५८

घोडा (अश्व) मानिसको नजिकभएको संसारको सबै भन्दा प्राचीन स्तनधारी घरपालुवा जनावर हो, जसले अज्ञात काल देखि मानिसको कुनै न कुनै रूपमा सेवा गरेको छ। घोडा ईक्यूडी (Equidae) परिवार अंतर्गत पर्दछ। यस परिवारमा घोडाको अतिरिक्त वर्तमान युगको गधा, जेब्रा, टट्टू एवं खच्चड पनि पर्दछन। आदिनूतन युग (Eosin period)को ईयोहिप्पस (Eohippus) नामक घोडाको प्रथम पूर्वज देखि लिएर आज सम्मको सारा पूर्वज र सदस्य त्यहि परिवारमा सम्मिलित छन्। यसको वैज्ञानिक नाम ईक्वस (Equus) ग्रिक शब्दबाट लिईएको हो, जसको अर्थ घोडा हुन्छ, तर यस परिवारको दोस्रो सदस्य ईक्वस जातिको नै अन्य छ: उपजातिहरूमा विभाजित छन्। अत: केवल ईक्वस शब्दले घोडाको अभिहित गर्न उचित छैन। आजको घोडाको सही नाम ईक्वस कैबेलस (Equus caballus) हो। यसको पाल्तू र जंगली दुबै प्रजातिका घोडालाई त्यहि नामले नै चिनिने गर्छन। यद्धपि, मध्य एसियाको पश्चिमी मंगोलिया र पूर्वी तुर्किस्तानमा पाईने ईक्वस प्रज्वेलस्की (Equus przwalski) नामक घोडाको वास्तविक जंगली घोडा मानिछन। दक्षिण अफ्रिकाको जंगलहरूमा आज पनि घोडा बृहत झुण्डमा पाइन्छन्, जहाँ एक भाले र धेरै पोथीहरू रहन्छ। सबै भन्दा अधिक १,००० सम्म घोडा एक साथ जंगलमा पाईने गरेका छन्। यिनीहरू सबै घोडा ईक्वस कैबेलसको नै पूर्वज हुन। एक झुण्डको घोडा दोस्रो झुण्डमा जाने र उनिहरूलाई कुनै ब्यबधान पुर्याउने काम गर्दैन। खतराको समयमा भाले चारै तर्फबाट पोथीहरूलाई घेरेर बस्छन र आक्रमणकारीको सामना गर्छन। एसियामा एकदम संख्यामा यिनको ठिगने कदको जंगली सम्बन्धी ५० देखि लिएर सयौंको संख्यामा झुंडहरूमा बस्छन। मानिसले आफ्नो आवश्यकता अनुसार यिनीहरूलाई घरपालुवा बनाउने गर्छन।

Diagram of a horse with some parts labeled.
External anatomy of a horse[][]

आयु र जीवन चरणहरू

[सम्पादन गर्नुहोस्]

नस्ल, व्यवस्थापन र वातावरणमा निर्भर गर्दै, आधुनिक घरपालुवा घोडाको आयु २५ देखि ३० वर्षको हुन्छ।[] असामान्य रूपमा, केही जनावरहरू आफ्नो ४० को दशकमा र कहिलेकाहीं, त्योभन्दा माथि बाँच्छन्।[]


  1. Goody, John (२०००), Horse Anatomy (2nd संस्करण), J A Allen, आइएसबिएन 0-85131-769-3 
  2. Pavord, Tony; Pavord, Marcy (२००७), Complete Equine Veterinary Manual, David & Charles, आइएसबिएन 978-0-7153-1883-6 
  3. उद्दरण त्रुटी: अवैध <ref>चिनो; Ensminger46 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  4. Wright, B. (मार्च २९, १९९९), "The Age of a Horse", Ministry of Agriculture, Food and Rural Affairs, Government of Ontario, मूलबाट जनवरी २०, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-१०-२१