सामग्रीमा जानुहोस्

त्रिशूल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
त्रिशूल
दिल्लीको रङ्गपुरीमा त्रिशूल बोकेको शिवको मूर्ति
प्रकारत्रिशूल
उद्गम स्थलदक्षिण एसिया (देशहरू: भारत, भुटान, श्रीलङ्का, नेपाल , अफगानिस्तान, माल्दिभ्स गणराज्य, पाकिस्तान (बौद्धपाकिस्तानी हिन्दूको लागि), बङ्गलादेश)
दक्षिण पूर्व एसिया (देशहरू: थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया)

त्रिशूल (संस्कृत: त्रिशूल, आईएएसटी: triśūla) एक परम्परागत हतियार हो । यो हतियार एक हिन्दु चिन्हको रूपमा पनि प्रयोग हुन्छ । त्रिशूलमा धारिला तिनवटा चुच्चा हुन्छन् । तिनवटा धारिला चुच्चाहरूमा काठ, धातु अथवा बाँसको छडीको बिंड बनाएर त्रिशूल बनाइएको हुन्छ हिन्दू देवता भगवानशिव को हातमा त्रीशूल सदैव शोभायमान रहन्छ । यो भगवान शिवको सबैभन्दा प्रिय अस्त्र हो । शिवको त्रिशूल पवित्रता एवं शुभकार्यको प्रतिक हो । प्रायः सबै शिवालय (शिव मन्दिर)हरूमा त्रिशूल अनिवार्य रूपमा स्थापित गरिन्छ । धेरै जसो सुन, चाँदी र फलामको धातुबाट बनेको त्रिशूल शिवालयमा देखिन्छ । बिना त्रिशूलको शिवालय अधूरो हुन्छ । आफ्ना मनोकाङ्क्षाहरू पुरा भएमा शिवरात्री तथा अन्य शिव पूजनका दिनमा भगवान शिवलाई त्रिशूल अर्पित गरिन्छ । दशैंको नवरात्रका समयमा घरमा पनि घटस्थापना गरेर जमरा राखेको बेला त्रशूलका चुच्चाहरूलाई देवी दुर्गाको प्रतिक मानेर पूजा गरिन्छ । चैते दशैंका बेला पनि देवीका सबै अस्त्र सस्त्रहरूको साथमा त्रिशूलको पूजा गरिन्छ । यसै त्रिशूलले भगवान शिवले आफ्नो छोरा गणेश शिर काटेको कथा विभिन्न हिन्दू धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ ।

व्युत्पत्ति

[सम्पादन गर्नुहोस्]

त्रिशूलको अनुवाद निम्नानुसार छ:

विश्वकै ठुलो त्रिशूल

[सम्पादन गर्नुहोस्]

विश्वकै ठुलो त्रिशूल भारतको पिथौरागढमा अहीले सम्मकै सवैभन्दा ठुलो भनिएको २७ सय किलो तौल भएको त्रिशूल थियो र दोस्रो ठुलो भनिएको नेपालको पाल्पामा १७ सय किलोको त्रिशूललाई मानीदै आएको थियो । अब भने दाङको धर्ना गाविस १ धारापानी स्थित पाण्डवेश्वर मन्दिर धारपानीमा विश्वकै ठुलो त्रिशूल ठड्याइएको छ ।[] यो त्रिशूल साढे ५५ फिट अग्लो ८ हजार १ सय १३ किलोको तौल रहेको पञ्चधातुबाट बनेको छ । उक्त त्रिशूल पञ्चधातु सुन, चाँदी, तामा, फलाम र पितलबाट निर्माण गरीएको छ । उक्त त्रिशूल विभिन्न समुदायका भक्तजनहरूबाट प्राप्त सहयोगबाट निर्माण गरिएको हो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]