सामग्रीमा जानुहोस्

बाँस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बाँस
जापानको क्योटोमा रहेको बाँसको झयाङ
वैज्ञानिक वर्गीकरण e
जगत:वनस्पति
प्राकृतिक समूह:फूल फुल्ने वनस्पति
प्राकृतिक समूह:एकदलीय वनस्पति
शाखा:कोमेलाइनिड्स
गण:पोल्स
परिवार:पोसिए
प्राकृतिक समूह:बिओपी प्राकृतिक समूह
उपपरिवार:Bambusoideae


Luerss.

मूल प्रजातिहरू
[[|विविधता]]
>१,४६२ (ज्ञात) प्रजातिहरू
पर्याय[]
  • ओलिरोइडे, रोबार्ट पिल्गर (सन् १९५६)
  • पारियानोइडे, बुजिन (सन् १९६५)

बाँस घाँस कूलको एक फूल फुल्ने सदाबहार बहुवर्षीय एकदलीय वनस्पति हो।[] यस परिवारको अन्य महत्वपूर्ण सदस्य दूबो, गहूँ, मकै, जौधान हो। यो पृथ्वीमा रहेका सम्पूर्ण वनस्पतिहरू मध्ये सबैभन्दा तीव्र गतिले बढ्न सक्ने एक काष्ठीय विरुवा हो। यसका केही प्रजातिहरू एक दिन अर्थात २४ घण्टामा ९१० मिलिमिटर (३६ इन्च)सम्म बढ्ने गर्दछ। केही समयको लागि भएपनि केही प्रजातिका बाँसहरूको बढ्ने गति ४० मिलिमिटर (१.५ इन्च) प्रति घण्टासम्म पुग्ने गर्दछ। यसको काण्ड, लामो, प्रायः खोक्रो र हाँगायुक्त हुन्छ। बाँसको जरा विभिन्न स्थानमा फैलिएको र रेशादार हुन्छ। यसको पात सामन्य र शीर्ष भाग भाला जस्तै चुच्चो परेको हुन्छ। एउटा बाँसले आफ्नो जीवन कालमा एक पटक मात्रै फल दिने गर्दछ। यसको फूल सेतो हुन्छ।[]

पश्चिम एसिया तथा दक्षिण पश्चिम एसियामा बाँसलाई एउटा महत्वपूर्ण वनस्पति मानिन्छ। यसको आर्थिक र सांस्कृतिक महत्व रहेको छ। बाँसको प्रयोग गरेर घर, घरेलू समान त बनाइन्छ नै यो भोजनको समेत स्रोत हो। सय ग्राम बाँसको तामामा ६०.३६ ग्राम कार्बोहाइड्रेट र २६५.६ किलो क्यालोरी उर्जा हुने गर्दछ।[]११५ भन्दा बढी कूल भएको बाँसको १,४६२ भन्दा बढी प्रजातिहरू रहेका छन्।[]नेपालमा ५३ प्रजातिको बाँस पाइन्छ।

पूर्वी एसियामा, ५० उत्तरी अक्षांशदेखि लिएर उत्तरी अस्ट्रेलिया तथा पश्चिममा, भारत, नेपाल तथा हिमालयको पहाडदेखि उष्ण कटिबन्धीय क्षेत्र, अफ्रिकाको उपसहारा क्षेत्र तथा अमेरिकामा दक्षिण-पूर्व अमेरिकादेखि लिएर अर्जेन्टिनाचिलीमा (४७ दक्षिण अक्षांश) सम्म बाँसको वन पाइने गरिन्छ।

बाँसमाथि वर्षा र घामको असर त्यति धेरै नपर्ने भएकोले किसानहरूको लागि यसको खेती उपयोगी हुन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Soreng, Robert J.; Peterson, Paul M.; Romaschenko, Konstantin; Davidse, Gerrit; Zuloaga, Fernando O.; Judziewicz, Emmet J.; Filgueiras, Tarciso S.; Davis, Jerrold I. et al. (२०१५), "A worldwide phylogenetic classification of the Poaceae (Gramineae)", Journal of Systematics and Evolution 53 (2): 117–137, आइएसएसएन 1674-4918, डिओआई:10.1111/jse.12150 open access publication - free to read
  2. "ध्यान नपुगेको बाँस (समृद्धि र सम्भावना)", हिमाल खबर, अन्तिम पहुँच २०२०-०९-२२ अभिलेखिकरण २०१९-०९-२३ वेब्याक मेसिन
  3. "यी हुन् बाँसको तामा खानुका फाइदा !", सङ्गालो खबर (नेपालीमा), २०१७-०९-०५, अन्तिम पहुँच २०२०-०९-२२
  4. "अर्थतन्त्रमा बाँसको योगदान— २", कारोबार दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२२
  5. बस्नेत, खेमा (२०१८-०७-१९), "चीनसँग 'बेत–बाँसको प्रविधि' सहकार्य, यस्तो छ नेपालमा सम्भावना", हाकाहाकी (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२२ अभिलेखिकरण २०१९-०३-२५ वेब्याक मेसिन