श्रीनाथ गण
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
श्रीनाथ गण नेपाली सेनाको एक गण (बटालियन) हो । यो गणको स्थापना १८१९ आश्विनमा कम्पनीको रुपमा भएको थियो भएको थियो।[१] बङ्गालका नवाव मीर कासिमको पराजित फौजबाट प्राप्त भएका करिब ५०० बन्दुक र २ तोपका सहायताले खडा गरेको ५ कम्पनी मध्ये यो पनि एक हो। सुरुमा यो गण नुवाकोटमा थियो, हाल दाङमा तैनाथ छ।
गोरखा दर्बार स्थित इष्ट देवता गोरखनाथको नाममा श्रीनाथ कम्पनी खडा गरिएको थियो।
स्थापना
[सम्पादन गर्नुहोस्]५ असोज १८१९ मा पृथ्वीनारायण शाहले भएका सबै लडाकु दस्ता एकत्रित गरी सु-संगठित सैन्य शक्ति निर्माण गर्ने उद्देश्यले पुरानो गोरखागण, श्रीनाथ गण, कालीबक्स गण, बद्रीबहादुर गण र सबुजदल गण गरी पाँचवटा सैन्य गण स्थापना गरेका थिए । यो गण नुवाकोट देवीघाटमा रहेको छ ।
योगदानहरू
[सम्पादन गर्नुहोस्]- नेपालको एकिकरणकाल
- नेपाल –तिब्बत /चीन युद्ध
- नेपाल अङ्ग्रेज युद्ध, बुटवलको लडाईं
- बझांग सैनिक कारबाही, २०१८
- नेपाल तिब्बत युद्ध, सन् १८५५-१८५६
- भारतीय सिपाही बिद्रोह, १८५७
- प्रथम विश्व युद्ध, भारतको शान्ति सुरक्षा कायम गर्न कलकत्तामा
- दोश्रो विश्व युद्ध , भारतको शान्ति सुरक्षा कायम गर्न
- संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्य (लेबनान -१९८५ र १९९२, युगोस्लाभिया-१९९५ मा, कंगोमा २००४ मा)
अहिले सम्मका गणपतिहरू
[सम्पादन गर्नुहोस्]- बलबाहादुर खत्री
- शैलेन्द्रबहादुर महत
- वीरेन्द्र प्रसाद शाह
- गुप्तबहादुर कार्की
- कुँवर शमशेर जबरा
- पशुपति शमशेर जबरा, ... ...
- ...
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ डा. तुलसीराम वैद्य, डा. विजय कुमार मानन्धर, डा. प्रेमसिंह बस्न्यात (२०६५ फागुन १२), नेपालको सैनिक इतिहास (भाग-२), नेपाली जंगी अड्डा, पृ: २२९, आइएसबिएन 978-9937-2-1177-2।