श्रेणी:नेपाली सेना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

ईतिहास तथा परिचय[सम्पादन गर्ने]

नेपाल एकिरण अभियान नेपाली सेनाको इतिहासमा एक कोसेढुङगा हो यौटा बलियो सैनिक सङ्गठन बिना एकिकरण संभव हुनै सक्दैनथ्यो।तसर्थ सैनिक संरचनाको बिकासका लागी बाहीर बाट हतियार तथा प्रविधी भित्रयाइ गोर्खामा सेना संगठित गरियो। गोर्खाली फौजले नुवाकोट तथा सन १७४४मा छिमेकी कान्तीपुर राज्य कब्जा गरेपछी गोर्खाली फौजलाइ शाही नेपाली सेनको रूपमा चिनिन थालियो। तिनीहरूको वीरता, स्वामी भक्ती तथा साधारणपना बाट शत्रूपनी प्रभावित हुन थाले।शाही नेपाली सेना सँग लडेको लडाँइमा उनिहरूको वीरता बाट प्रभावित भइ ब्रिटीस इस्ट इन्डीय कम्पनीले पनी आफ्ना सेनामा नेपाली भर्ती शुरू गर्यो जुन अहिले सम्म गोर्खाली सेनाको रूपमा कायम छ। ब्रिटीस हरू तिनलाइ ग्रुखाज भन्ने गर्दछन।अझै सम्म कतै केही गलत बुझाइ छ कि शाही नेपाली सेना ब्रिटीस तथा भारतीय गोर्खा सेनाको हिस्सा हो जबकी भारत अथवा ब्रिटेनमा रहेका गोर्खाली फौज बिदेशी सैनिक सङ्गठनका हिस्सा हुन जस्मा नेपाली युवा लाई भर्ती गर्ने गरिन्छ।र शाही नेपाली सेना नै (सक्कली गोर्खाली फौज) हो, नेपालको राष्ट्रिय सेना हो जुन देस १७४४ देखी स्वतन्त्र, सार्बभौम तथा रहिरहेको छ जाँहा कहिले पनी कुनै पनी औपनीवेसीक सक्ती लाई छिर्न नदिनु नेपाली सेनाको सबै भन्दा ठूलो सफलता रहेको छ।नेपाली सेनाको संचालन तथा शुरूवात बडामाहाराज पृथ्वी नारायण शाह बाट भएको थियो।

नेपाली सेना दक्षीण एसियाको सबै भन्दा पुरानो सेना हो, यो सेना नेपाल एकिरणको शुरूवात सँगै बन्न शुरूभएको थियो यसका संस्थापक राजा पृथ्वी नारायण शाह थिए। हाल यो सेनामा ९७००० हजारको हारा हारीमा जनसक्ती रहेको छ। नेपालमा मावोवादी विद्रोहको सुरूवात पछि केही जनसक्ती नेपाली सेना तथा नेपाल प्रहरी बाट लगी नेपाल ससस्त्र प्रहरी बल बनाइएको थियो भने केही सेना नेपाल ससस्त्र बन रक्षक फोर्समा पनी जाने गर्दछन। नेपाली सेनाको प्रधान कार्यालय (नेपाली जंगी अड्डा) काठमाडौंको भद्रकालीमा रहेको छ। साथै नेपाली सेना पृतना प्रधान कार्यालय हरू पुर्वको इटहरी, हेटौडा, उपत्यका (सिंह दरवार) , पोखरा , सुर्खेत तथा दिपायलमा रहेका छन, नेपाली सेनाका वाहीनी, गण तथा गुल्म हरू देशका सबै भागमा रहेका छन। नेपाली सेना वाह्रय आक्रमण तथा आन्तरिक द्वन्द बाहेक का बेलामा बिकास निर्माण खास गरी सेनाले बनाएका सडकमार्ग हरू देसका प्राय सबै भागमा रहेकाछन, त्यसै गरी राष्ट्रिय सम्पती (बिध्धुत,टेलीफोन स्टेसन तथा एतिहासीक गढी दरवार हरू)को सुरक्षा, राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु सुरक्षामा संलग्न रहदै आएको छ त्यस बाहेक अन्य बिकास निर्माण तथा प्राकृतीक बिपत्तीमा उद्धारका लागी यो शक्ती नेपालको मेरू दण्ड नै हो।

सङ्गठन संरचना[सम्पादन गर्ने]

नेपाल अधिराज्यको संबिधान २०४७ अनुसार जुन जनवरी ००७ सम्म नेपालको एक्टीभ संबिधान पनी हो।तर सरकारले यो २०४७को संबिधान नयाँ संबिधान फार्फत फेरीने जनाइ रहेको छ तर यो नयाँ संबिधानको कुनै समय सिमा तोकीएको छैन त्यसैले नयाँ ब्यवस्थीत संविधान नल्याइए सम्म नेपाली सेनाको बेसीक कमान्ड निम्न अनुसार छ।

सुप्रीम कमान्ड[सम्पादन गर्ने]

२०४७को संविधानको धारा ११९मा श्री ५ माहाराजाधिराज नेपाली सेनाका परमाधिपती रहने व्यवस्था छ तर २००६को अप्रील मुभमेन्ट पछि संसदले परमाधीपती संबन्धी ब्यवस्था खारेज गरेको छ।राजा लाई कुनै पनी किषीमको प्रसासनिक कार्य गर्न बाट रोक लागइएको छ। तर नेपाली सेनाको सुप्रीम कमान्ड का बारेमा पनी अन्तरीम संविधान केही बोलेको छैन हाल यो संसदमातहत रहेको मानीएको छ

राष्ट्रिय सुरक्षा परिषद[सम्पादन गर्ने]

२०४७को संबिधान अनुसार प्रधानमन्त्री, रक्षा मन्त्री र प्रधान सेनापती रहेको सुरक्षा परिषदको सिफारीसमा श्री ५ बाट नेपाली सेनाको परिचालन गरिने उल्लेख छ। तर हाल

तह[सम्पादन गर्ने]

  • परमाधिपती:"ग्रान्ड" "कमान्डर इन चिफ Commander in Chief" - न
  • फिल्ड मार्सल field Marshal
  • प्रधान सेनापती: "मुख्य जर्नेल" तर अंग्रजीमा चिफ अफ आर्मी स्टाफ "Chief of the Army Staff" भनिने
  • अतिरथी जर्नेल General
  • रथी Lieutenant General
  • उपरथी (मेजर जर्नेल)Major General
  • सहायक रथी (ब्रिगेडियर जर्नेल) Brigadier General
  • महा सेनानी Colonel
  • प्रमुख सेनानी Lieutenant Colonel
  • सेनानी Major
  • सह सेनानी Captain
  • उप सेनानी Lieutenant
  • सहायक सेनानी Second Lieutenant
  • प्रमुख सुबेदार Warrant Officer
  • सुबेदार Warrant Officer 1
  • जमदार Warrant Officer 2
  • हुद्दा Sergeant
  • अमल्दार Corporal
  • प्यूठ Lance Corporal
  • सिपाही Private
  • सैन्य Recruit
  • फलोअर्स Followers

एकिकरण अभियानका लडाँइ[सम्पादन गर्ने]

नेपाली सेनाले नेपाल एकिकरण अभियानमा थुप्रै लडाँइ लड्यो जसको फलस्वरूप सिंगो र एकिकृत नेपाल नेपालीले पाउन सके साथै सेनाले नेपाल एकिकरण अभियानका लडाँइहरूबाट पनि अनुभव, अनुशासन तथा रणकौसलता सिक्दै गयो।

देश रक्षाका लागी लडिएका[सम्पादन गर्ने]

वाह्य युद्धमा संलग्नता[सम्पादन गर्ने]

अन्तराष्ट्रिय शान्ती स्थापनार्थ परिचालन[सम्पादन गर्ने]

नेपाली सेनाको शान्ती स्थापना का राष्ट्रसंघिय शान्ती स्थापना मिसनमा लामो सहकार्य रहिआएको छ।सन १९५८मा नेपालले (UNOGIL/ United Nations Observer Group in Lebanon)मा ५ सैनिक सुपेरीवेक्षक पठाएपछी यो क्रम सुरू भएको हो। र पहिलो सैनिक गणको रूपमा पुरानो गोरख गण सान्ती स्थापनार्थ इजिप्टमा १९७४ देखी खटीएको थियो नेपाली सेनाले राष्ट्र संघिय सान्ती सैनिक मिसनमा संलग्न भएको ५० बर्ष नाघेको छ। हाल सम्म नेपाली सेनाले भाग लिएका सान्ती स्थापनार्थ संयुक्त राष्ट्रसंघिय मिसन३१ पुगेको छ भने ३१ मिसनमा झण्डै ६२ हजार नेपाली सेनाले सेवा गरिसकेका छन , नेपाली सैनिक अधिकृत हरू फोर्स कमान्डर,विषेश सैनिक अधिकृत, इमपार्टल मिलीटरी अबजर्भर तथा अनुसासीत अधकृतको रूपमा कार्य गरिसकेका छन।नेपाली सेनाले केही अती खतरनाक भनिएका स्थानमा समेत सान्ती स्थापना कार्यमा भागलिएका छन।हाल सम्म संयुक्त राष्ट्रसंघ शान्ती स्थापना मिसनमा वीरगती प्राप्त गर्ने नेपाली सैनिकहरू ५४ जवानले राष्ट्र संघिय सान्ती मिसनमा ज्यान गुमाएका छन भने ५७ अपांग भएका छन।

नेपाली सैनिकले उनिहरूको सैनिक दक्षताका लागी विश्वव्यापी स्याबासी बटुलेका छन खास गरी युद्धग्रस्त अफ्रिकाको सान्ती बाहाली र स्थिरताको क्षेत्रमा, नेपाल संयुक्त राष्ट्रसंघ लाई सैनिक सहयोग गर्ने राष्ट्रमध्य चौथो प्रमुख राष्ट्रहो।नेपाली सैनिक हरूले आफ्नो ज्यानको बाजी लगायर पनी राष्ट्रसंघको मिसनलाइ टेवा दिएकछन र नेपालको असंलग्न राष्ट्रको छबीलाइ प्रष्ट पार्न मद्धत गरेका छन।

नेपाली सेनाले भाग लिएका मुख्य सैनिक मिसनहरू

आन्तरिक द्वन्द तथा गडबडी[सम्पादन गर्ने]

खम्पा निससस्त्रीकरण - 1974

सन १९७४मा नेपाली भुमी प्रयोग गरी तिब्बती खम्पा हरूले चिनीया सेना विरूद्ध गुरिल्ला युद्ध शुरू गरे। तिनीहरूले उत्तरी नेपालको मुस्ताङ जिल्लामा बेस समेत बनाइ गुप्त रूपमा अभ्यास समेत गर्न थालेपछी चीन सरकारतथा अन्तराष्ट्रिय समुदायको अनुरोधमा शाही नेपाली सेना परिचालन गरियो।९ वटा स्थल सैनिक बटालीयन (गण) (हेलीकोप्टर सपोर्ट साथ ) हरूका युनिट हरू खम्पा हरूको पोष्ट मुस्ताङ पुगे र तिनी हरूलाइ आत्म समर्पण गर्न समय सिमा तोकी दिए।हतियार त्यागी आत्मसर्मपण गर्ने हरूलाइ नेपालको नागरीकता समेत दिइने जानकारी गराइयो , खम्पा कमान्डर वाङदी सर्मपण गर्न तयार भए तर मुस्ताङ छाडी आफ्नो फौज लिएर उत्तर पश्चिमी नेपालका डोल्पा, मुगु, जुम्ला हुदै भागे। पछि नेपाल प्रहरीको एक चौकी लुटदै गर्दा शाही नेपाली सेना बाट डोटीमा मारिए।यो नै पहिलो अवसर थियो जसमा शाही नेपाली सेना आन्तरीक सुरक्षामा यती ठूलो संख्यामा परिचालन भएको थियो

नेपाली माओवादी जनयुद्ध

सन २००१मा शाही नेपाली सेना मावोवादी शक्ती विरूद्ध परिचालीत भयो, थुप्रै लडाँइ तथा अपरेसन का बेलमा सेना मानव अधिकार उलंघनका घटनामा पनी मुछीयो। खास गरी पुर्व प्रधान सेनापती हरू प्रजव्ल सम्शेर राणा तथा प्यार जंग थापाको कालमा माथिल्ला सैनिक नेतृत्व समेत विवादीत रह्यो

अमेरीका/नेपाल सैनिक संबध[सम्पादन गर्ने]

अमेरीका नेपाल सैनिक संबध प्रजातन्त्रीक संस्थाको सहयोग (नागरीक नियन्त्रीत सैनिक )पेसेवर सैनिक विकासमा अधारीत छ।अमेरीका सेनाले मानव अधिकारको सम्मान गरेको हेर्न चाहान्छ।दुबै देशको हाल सम्पर्क शुत्रको पनी राम्रो बिकास भएको छ।नेपाली सेनाका टोली हरूले हाइटी, इराक तथा सोमालीयामा अमेरीकी सेना संगै अपरेसनमा भागलिए यसले पनी दुइ सेनाको संबध लाई अझ बलीयो बनाएको छ अमेरीकाले केही हतियार सैन्य साहयता बाहेक नेपाली सेना लाई शान्ती स्थापना कार्यका लागी चाहिन सक्ने कमान्ड एन्ड जनराल स्टाफ, यु एस सैनिक वार कलेज तथा इनहयान्स इन्टर नेसनल पिसकीपीङ क्यापबिलिटीज लगायतका थुप्रै तालीम दिदै रहेको छ अमेरीकी सेना का एसीया प्यासीफिक क्षेत्रका कमान्डर इनचिफले नेपाल संगको सैन्य संबधलाइ हेर्ने जिम्मेवारी पुरा गर्छन।

तथ्यांक[सम्पादन गर्ने]

सैनिक साखा हरू: नेपाली सेना (includes नेपाली सैनिक विमान सेवा),नेपाल ससस्त्र प्रहरी बल नेपाल प्रहरी

सैनिक जनशक्ती – सैनिक उमेर: 17 वर्ष

सैनिक जनशक्ती - उपलब्धता:
पुरूष तथा महिला उमेर 15-49: 6,674,014 (2003 est.)

सैनिक जनसक्ती – सैनिक सेवाका लागी दक्ष:
पुरूष तथा महिला उमेर 15-49: 3,467,511 (2003 est.)

सैनिक जनशक्ती- वार्षीक उत्पादन:
महिला तथा पुरूष: 303,222 (2003 est.)

सैनिक खर्च – अमेरीकी डलरमा: $57.22 million (FY02)

सैनिक खर्च - जि.डि.पिको प्रतिसत: 1.1% (FY02)

गोर्खाली Gurkhas[सम्पादन गर्ने]

नेपाल गोर्खाली सेनाका लागी पनी प्रशिद्ध छ गोर्खाली नेपालीको दोस्रो नाम जस्तै हो। जुन नेपालका विभिन्न जाती जनजाती लाई सम्बोधन गर्ने गरिन्छ। अंग्रेज नेपाल युद्ध भएपछी दुबै एक अर्का बाट प्रभावीत हुन पुगेपछी नेपाली लाई ब्रिटीस सेनामा भर्ना गर्न थालियो खास गरी उनीहरूको बाहदुरी र सोझो पनलाइ देखेर, १९४७मा भारत स्वतन्त्र हुदा पनी केही गोर्खाली सेना ब्रिटीसले लगी केही भारतमा छोडेर अन्तमा नेपाल,ब्रिटेन तथा भरत त्रिपक्षीय सैनिक सन्धी मिलाइयो। हाल पनी ब्रिटीस तथा भारतीय सेनामा उल्लेख्य संख्यामा गोर्खाली सेना रहेको छ।गोर्खाली (नेपाली) सेना बाहदुरी का साथै उनी हरूले बोक्ने हतियार खुकुरीका कारणले पनी प्रशिद्ध छन।

यो पनी हेर्नुहोसः[सम्पादन गर्ने]

References[सम्पादन गर्ने]

ढाँचा:CIA WFB 2003

,,

उपश्रेणीहरू

यो श्रेणीका जम्मा ४ श्रेणीहरू मध्ये निम्न ४ उपश्रेणीहरू छन्।

"नेपाली सेना" श्रेणीमा भएका लेखहरू

कुल ६३ मध्ये यो श्रेणीमा ६३ पृष्ठहरू रहेका छन् ।