कप्तान किनलोक विरूद्ध पौवागढीको युद्ध

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


पौवागढीको युद्ध
पौवागढीको युद्ध

पौवागढीको युद्ध कान्तिपुरका राजा जयप्रकास मल्ल एकिकरण गर्दै अगाडि बढीरहेका गोर्खाली शक्ति विरूद्ध उनलाई सहयोग गर्ने बिदेशी शक्तिको खोजीमा थिए।उनले बेतीयामा रहेका ब्रिटीस काउन्सेलर ग्लाडिङलाई ब्रिटीस इस्ट इन्डिया कम्पनी सरकारबाट आपतकालीन साहयताको लागि आग्रह गरे।आफ्नो तर्फबाट राजा पृथ्वी नारायण शाहले पनि कान्तीपुर वा गोरखा जे भए पनि यो नेपालको आन्तरीक मामीला भएको र यसमा हस्तक्षेप गरी कान्तीपुर का राजा लाई हस्तक्षेप नगर्न चिठी लेखे तर कम्पनी सरकारले पृथ्वी नारायणको आग्रहलाई अस्वीकार गर्दै गोर्खा फर्किन र कान्तीपुर कु ब्यापार मार्ग खुला गर्न चेतवनी दियो।थुप्रै सैन्य अभियान का वरिष्ठ सेनानायक कप्तान किनलोक नेतृत्वमा सस्त्र अस्त्रले सुस्सजित २४०० सेना तथा सहयोगी समुहका साथ नेपाल आक्रमणका लागि ब्रिटीस इस्ट इन्डीया कम्पनी सरकारले खटायो।कप्तान किनलोकले भारतको पटना बाट काभ्रेपलान्चोकको पनौतीलाई निसाना बनाएर अघि बढे।

किनलोक पटना बाट १७ अगस्ट १९६७ मा हिडे तर जव उनीहरू जव ढुङग्रेबासबाट सिन्धुलीगढीका लागि अघि बढदै थिए नेपाली सैन्य टोली हरूले अगाडि र पछाडी दुबैतिरबाट अकास्मीक आक्रमण गरे किनलोक का थुप्रै सेना मारिन पुगे उनी १६०० जती घाइते सेना लिएर पछाडी जनकपुर तिर फर्के र उनले अर्को आक्रमण बाग्मती नदीको किनारै किनार गर्ने योजना बनाए र निसान हरीहरपुर गढी लाई बनाउने निधो गरे। उनका ७०० सेना घाइते थिए तर पनि उनको दोस्रो सैनिक अभियान २० सेप्टेम्बर १७६७ मा हरिहरपुर गढीका लागि सुरू भयो। तर खराव जलवायुको स्थीती अनी बढेका नदी हरू अर्का अप्ठेरा बनेका थिए। पृथ्वी नारायण शाहले हरीहरपुर गढीको सुरक्षाका लागि रामकृष्ण कुंवरलाई तैनाथ गरेका थिए।किनलोकले जब रामकृष्ण कुवंर हरिहर पुर गढीमा रहेको थाह पाए अनि असजीलो महसुस गरे उनी नेपाली सेनाले देखाएको रणकौसल बाग्मती लगायतका बढेका खोला नाला लगायतले मानसिक रूपमा थकित थिए। अन्तमा भएको एक लाडांइ पछि उनी बचेका केही सेना लिएर तुरून्त भारत फर्के।

,,